कालु कुमालेको सिर्जनाभित्रको ब्यथा

सोमबार ०५ आस्विन, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

डोल्मा शेर्पा

डोल्मा शेर्पा

सिन्धुपाल्चोक, नेपाल

कालु कुमालेको सिर्जनाभित्रको ब्यथा

सिर्जनाको मुहान व्यक्तिको निजात्मक अनुभूतिको ढुकढुकीमा लुकेको हुन्छ । कलाकारले भोगेको परिबेश, वातावरण र सामाजिक अन्तरसम्बन्धले कलालाई सिंगार्छ । कला आफैमा कला होइन, मानवीय गतिविधिको प्रतिविम्ब पनि हो । कलाकारका मन र मस्तिष्कमा ठोकिँदै आएका दुख, पीडा अनि सुखानुभूतिले जव दृश्यमा अनुवाद हुन्छ  तव कला सामाजिकीरणमा परिणत हुन्छ । 

कुनै पनि सिर्जना कला, संस्कृति र साहित्यले निजात्मक र सार्वजनिक बिषयलाई  समाजको प्रतिविम्ब प्रतिविम्बित गरिरहेको हुन्छ । नेपाली समाजमा धेरै सिर्जनाकर्मीहरु छन् । कलाका बिबिध विधामा आ–आफ्नो स्थानबाट योगदान दिईरहेका छन् । कला चित्रकारको कुचीबाट प्रस्फुटन हुन्छ, कला मूर्तिकारको कच्चापदार्थ मार्फत आकार ग्रहण गर्दछ । कला अभिनयमा, अभिव्यक्तिमा, जीवनका विविध क्षेत्रमा सार्वजनिक हुन्छ । 

नेपालको मूर्तिकलाका सुविख्यात नाम कालु कुमालेलाई  लिनु पर्ने हुन्छ । प्राचीन कालबाट नै सुरु भएको नेपाली सभ्यता र संस्कृतिको इतिहासका रुपमा परिचित मूर्तिचित्रको परम्परालाई निरन्तरता दिने मूर्तिकार मध्ये एक कालु कुमाले हुनुहुन्छ ।

यस्तै सिर्जनाकर्मी मध्ये नेपालको मूर्तिकलाका सुविख्यात नाम कालु कुमालेलाई  लिनु पर्ने हुन्छ । प्राचीन कालबाट नै सुरु भएको नेपाली सभ्यता र संस्कृतिको इतिहासका रुपमा परिचित मूर्तिचित्रको परम्परालाई निरन्तरता दिने मूर्तिकार मध्ये एक कालु कुमाले हुनुहुन्छ । उहाँ मूर्तिकलाका विविध क्षेत्रमध्ये क्रोधकलामा पारङ्गत कलाकर्मी मानिनुहुन्छ । त्यसैले उहाँ क्रोधकला शिरोमणी उपाधिबाट विभूषित हुनु भएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्थापित कुमाले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्घ प्रवल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मान लगायत दर्जनौ सम्मान, विभूषण र पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

क्रोधकला शिरोमणी कुमाले हाल हात्तिबनको आफ्नै निजी निवासमा मूर्ति सिर्जनामा व्यस्थ हुनु हुन्छ । उहाँको नविनतम सिर्जना मध्ये एक सतीदेवीलाई बोक्दै गरेका शिवजीको मूर्ति पनि एक हो । वैदिक साहित्य पुराण तथा स्वस्थानी ब्रतकथामा आधारित शिवलीलाको आख्यानमा आधारित यो मूिुर्तकला आफैमा मूर्तिकारको जीवन भोगाईको आफनो मा्रलिक अभिव्यक्ति हो । मूुिर्तकार कुमालेको भनाईमा यो मूर्तिले आफनी श्रीमति लक्ष्मीमायाको वियोग कथा समेटेको छ । क्रोधकला शिरोमणी कुमाले २०७४ साल माघ २४ गते पत्नी वियोगमा पर्नू भएको थियो । त्यही बियोगलाई स्मरण गर्दै आफ्नो व्यथा मूर्तिमा उतारेको उहाँको स्पष्टोक्ती छ । त्यसो त उहाँको जीवनमा धेरै उतार चढाव आएका छन् । आफ्ना दुई जवान छोराहरुको असमायीक निधन र सामाजिक सम्बन्धमा आएको खटपट मूर्तिकार कुमालेको बेदनाका स्रोतहरु हुन् ।

राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्थापित कुमाले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्घ प्रवल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मान लगायत दर्जनौ सम्मान, विभूषण र पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

उहाँले ८८ औँजन्मोत्सब मनाएकै भोलिपल्ट छोरा अन्तरेको मृत्युको खबर सुन्नमा आएको थियो । कुमालेको भनाई अनुसार छोराको निधन त विधिको नियति भन्ने सोचौला तर मृत्यु पछिको घटना र परिघटना आफ्ना लागि पीडादायी थियो । 

उहाँका १३ सन्तान थिए । ती सन्तानहरुमा पनि जिवित ८ मध्ये अन्तरे छोरा बिरेन्द्रको मृत्युको कथा बेग्लै छ । भन्नुहुन्छ् –‘सामन्य पेट दुखेको भनेर अस्पताल (बी.एन्ड.बी) भर्ना भएका छोरा बिरेन्द्र, अस्पतालबाट कहिल्यै फर्केनन् । पहिलो जाँच गराउँदा सामन्य मृगौलामा पत्थर देखिएको डाक्टरहरुले बताएका थिए । तर भोलिपल्ट फोक्सो, मृगौला, कलेजो आदिमा समस्या आएको बताए । अनि सुरु भयो डायलासिस, भेन्टीलेटर, अक्सिजन अनि अन्तिममा मृत्यु ... ।’ 

‘छोराको मृत्यु कसरी भयो ?अहिले भन्न सक्दिन । हामीले देखेको भोगेको कथा त्यही हो’– उहाँले थप्नु भयो  –‘छोराको बिरामीको खबर पछि साहिँला छोरा राकेश र बुहारीलाई अस्पताल पठाएँ । अस्पताल पुग्दा अन्तरे छोराका परिवार तथा सम्धिहरु समेतले खासै वास्तै गरेनन् । अन्य दाजुभाई र भतिज, भान्जासंग एवं ज्वाईहरुसँग केहि सल्लाह गरेर राकेश र बुहारी रत्न फर्केछन् । बारम्बारको फोनमा पनि स्वस्थ्य प्रगति हुँदै आएको छ भन्ने बाहेक अरु कुनै जानकारी दिइएन । मलाई कसैले अस्पतालसम्म जानलाई लिन समेत आएनन् । अस्पताल भर्ना भएको ४२औँ दिनमा  र भ्यान्टिलेटरमा राखेको ३८औँ दिनमा अस्पतालले मृत घोषणा गरेछन् । 

छोराको मृत्यु पछिका मुत्यु सस्कारमा उहाँको धेरै गुनासहरु रहेछन् । उहाँले भन्नु भयो, ‘बाबुको नाताले आफुसँग कमसेकम सल्लाह त गर्नू पर्ने हो ? तर कसैले गरेनन् । दाहसंस्कार पछि अस्तु विसर्जनको खबर पनि मलाई भएन । कुनै पनि खबर नआए पछि दिनगन्ति अनुसार कपालखौरने, शुद्धि कार्य पनि हात्तीबनम ानै गरेँ ।’ उहाँको थप भनाई थियो ‘बुबाको नाताले पौवः (मृतबस्त्र) दु कनेगु (शोक खबर) मा मसँग सल्लाह गर्नु पर्ने थियो । तर कसैले पनि मलाई सोधेनन् । ८८ बर्षको म बुढोले के नै पो गर्न सक्थे र ? तर पनि मलाई सोध्नु पर्ने हैसियत पनि दिएनन् । हुँदा हुँदा लत्था (४५ दिनको पुण्य तिथी) को निम्तो पत्रमा समेत मेरो नाम उल्लेख नगरी आफन्तहरुलाई वितरण गरेको थाहा पाउँदा निकै पीडाबोध भयो । 

आफ्नो अर्धांङ्गिनी लक्ष्मीमायाको निधन भएको १३ औँ पुण्यतिथिको दिनदेखि हात्तिबनमा निरन्तर बस्दै आउनु भएको कुरा उहाँले बताउनु भयो ।

नेपाल तथा विदेशका धेरै गुम्बा, मन्दिर र संग्रहालयहरुमा उहाँका मुर्तीकलाले स्थान पाएको छ । मूलतः धातुका मुर्तीहरु मार्फत उत्कृष्ठ सिर्जना गर्न सफल क्रोधकला शिरोमणी कुमाले आज बन्दाबन्दिमा पनि त्यतिकै कृयाशिल हुनुहुन्छ । 

विं सं २०२४ माआमा ज्ञानी थकुँ, २०३५ सालमा वुबा सानु कुमाले, २०७४ माघमा आफ्नी श्रीमति लक्ष्मीमाया, २०६० मा काईँला छोरा सुरेन्द्र, २०७५ मा माहिला छोरा काजीरत्न र २०७७ जेष्ठ २७ मा अन्तरे छोरा बिरेन्द्रको नधनको सम्झनाले उहाँलाई समय समयमा उद्धेलित बनाउँछ । तैपनि ती वियोग र भोगाईहरुलाई मूर्तिकलामा परिणत गर्न लागि पर्नुभएको छ । 

नेपाल तथा विदेशका धेरै गुम्बा, मन्दिर र संग्रहालयहरुमा उहाँका मुर्तीकलाले स्थान पाएको छ । मूलतः धातुका मुर्तीहरु मार्फत उत्कृष्ठ सिर्जना गर्न सफल क्रोधकला शिरोमणी कुमाले आज बन्दाबन्दिमा पनि त्यतिकै कृयाशिल हुनुहुन्छ । 

कलाले मानव समाजको मौलिक पहिचानको इतिहासलाई जीवन्त बनाउँछ । कालु कुमाले जस्ता यस धर्तीका प्रतीभावान धर्तीपुत्रहरुको सिर्जना यसै तर्फ केन्द्रीत छन् ।  नेपालको बहुजातीय, बहुसाँस्कृतिक मुलुकका लागि यस्ता कृति अजम्बरी स्तम्भ हुनेछ । कालु कुमाले यही अजम्बरी सर्जक कलाकार हुनुहुन्छ । उहाँको सुस्स्वास्थ्य र दीर्घायूको कामना गर्दछु । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook