मेरो वाल्यकालको चाडवाड र दँशैको सन्दर्भ

आईतवार ०९ कार्तिक, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

डा. सुरेश तामाङ

डा. सुरेश तामाङ

संखुवासभा, नेपाल

मेरो वाल्यकालको चाडवाड र दँशैको सन्दर्भ

मेरोे वाल्यकालका धेरै कुराहरु अझै पनि मेरो लागि स्मरणीय छन् । पूर्वी पहाडको एक मिश्रीत जाति र भाषाभाषी भएको मेरो गाउँमा म जन्मेर हुर्केको हुँ । उसबेला मानिने चाडवाडहरुमा दँशै र तिहारले निकै महत्व राख्दथ्यो । उसो त हाम्रो गाउँघरमा साउने संक्रान्ति (लुतो फाल्ने), माघे संक्रान्ति, भूमिराज आदिको चलन थियो । यसका साथै पानी ढिला परेमा सन्सारी पूजा, हरेक वर्ष मौसम अनुसार उँधौली उँभौली, आइतवारे र विहिवारे जस्ता देवीदेवताहरुको पूजाहरु गर्ने चलन पनि थियो । कोहि लाहुर लागे वा विशेष उपलब्धि गरेमा पन्चवली दिने र अरुण नदिमा पूजा गर्ने चलन पनि थियो । हिमाली भेगका भोटे शेर्पा र तामाङहरुले ल्होसार माने पनि सदरमुकाम वरिपरिका अधिकांश जातजातिले दँशै मान्ने चलन थियो । 

अर्को कुरा तिनताका मिठो खान र नयाँ लुगा लाउन दँशै नै पर्खनुपर्ने हुन्थ्यो । तयारी कपडाको चलन भरखरै आउँदै गरेकोले थानको कपडा लिएर सिलाउनु पर्ने वाध्यता नै थियो । वालि (वालिघरे) प्रथा अनुसार एक मात्र माइला (दमाइ) दाईकोमा दिनभर कुर्दा पनि पालो आउन्नथ्यो । दशैंमा केहि वर्ष फरक पारेर मामाघर गएको पनि सम्झना आउँछ । तिहारमा टिका र फुलका माला लगाएको अनि देउसी भैलो खेलेको पनि विर्सन कठिन छ । तर मैले दँशैंतिहार नमानेको पनि करिब २५ वर्ष भएछ । यतिका वर्ष चाड नमाने पनि म घटेको चाँहि छैन तर आफन्तजन भेट्न नपाउँदा खल्लो मन भने हुन्छ । त्यसमा केहि ब्यक्तिगत ब्यस्थता, पारिवारिक बाध्यता, राजनैतिक परिवर्तन र विवेचनात्मक चेत पनि कारक छन् । नेपालमा २०४६ सालको जनआन्दोलन र मेरो गाउँ छाडी शिक्षा र रोजगारीको नयाँ जीवन यात्रामा लाग्नु“सिँगारी हराउनु र बाघ कराउनु” जस्तै भएको छ । 

उसबेला मानिने चाडवाडहरुमा दँशै र तिहारले निकै महत्व राख्दथ्यो । उसो त हाम्रो गाउँघरमा साउने संक्रान्ति (लुतो फाल्ने), माघे संक्रान्ति, भूमिराज आदिको चलन थियो ।

मेरो वाल्यकालमा यि चाडबाडहरु निकै रमाइलो र हर्ष उल्लासका साथ मानिन्थ्यो । गाँउमै विवाह भएका फुपुहरु र एक जना काकाको परिवार नआएसम्म हाम्रो घरमा कुनै पनि चाड नै शुरु हुन्थेन । हरेक वर्ष दँशै नआउँदै आँगन र घर वरिपरि सरसफाइ गरिन्थ्यो । गाँउका सबैलेझारजँगल काट्ने, खुर्कने, रातोमाटो र कमेरो (सेतो माटो) ले घर पोत्ने आदि काम गर्थे । दँशैको लागि पहिला नै हरेक परिवारले अन्नपात जोहो गर्ने गर्थे । आफ्नो परिवारको लागि के कति मासु (शिकार) लिने अनुमानित तौल वा भागको माग गर्थे । गाउँमा फुलपातीको दिन सामुहिक रुपमा त्यसको ब्यवस्था गर्ने चलन थियो । हरेक परिवारले आफ्नो निजी पशुपन्छि समेत पनि जगेडा गरेका हुन्थे । अस्टमीका दिन घरघरमा मार हान्ने चलन थियो । त्यसको प्रमाण स्वरुप भित्तामा दुबै हातले रगतको छाप लाउने पनि गर्थे । कुमाल गाउँमा कारोबारी लगायत केहि परिवारले विशेष रुपमा अष्टमीको मार हानेको हेर्न हामी ताँती लागेर जान्थ्यौं ।

यो रहर वा बाध्यता भन्ने थाहा थिएन तर रातो टिका र जमरा लाउने चलन थियो । हाम्री माम (बज्यै) र फुपु बर्षेनी माइला मुखिया मान्नका लागि केहि कोसेली पोल्टोमा च्यापेर उहाँको घर जानुहुन्थ्यो । सायद १, २ पटक म पनि पछि लागेको थिएँ । गाउँमा केहि ठाँउमा लिँगे पिङहरु र अलि माथितिर चर्के (रोटे) पिङ पनि हाल्थे । एउटा छिमेकी भाइले लँगुर बुर्जा खेलाउने गर्थे । दक्षिणा स्वरुप पाएको २, ४ रुँपैया पनि उस्ले कप्ल्याक्क पारिहाल्थ्यो । एयरपोर्टतिर त तास जुवा पनि खेल्ने खेलाउने पनि गर्थे । हामी सानै भएकाले त्यहाँ हाम्रो उपस्थिती सम्भव थिएन । यहि बेलामा हामी खेतमा अक्षेतापाती चढाउन र सभा खोलामा पौडि खेल्न पनि जान्थ्यौं । तिहारमा देउसी खेलेर जम्मा भएको कोषबाट सामुहिक भोज खान गाँउका सबै जना सभा खोलामा जान्थ्यौं । स्वर्गिय शेर बहादुर दाइले केटाकेटीको लाइनमा खाना बाँड्ने बेलामा सँधै भन्थे “वान वान चोक्टा, तुरुक तुरुक झोल” । 

शायद त्यो तामाङ जातिको परम्परागत चाड म्हेनिङको एक रुप रहेछ क्यारे । जसमा आफनो परिवारका सदस्य मात्र सहभागी हुन्थे। घरको मुलीले गर्ने यो पूजामा पिता, पूर्खा र कुल कुलायनको प्रार्थना गरिन्थ्यो । 

हामी अरुण पारी कुलुङ मामाघर जान तँछाड मछाड गथ्र्यौ । धेरै सन्तान भएको परिवारमा पालो शान्ति गर्नु पर्ने हुन्थ्यो । एकाध वर्ष विराएर पालो आउने हुँदा कुनै वर्ष त झगडा (रुवाबासी) गरेर पनि आमाको पछि लागिन्थ्यो । दिनभर पैदल हिँडेर जानु पर्ने मामाघर । कोसेली सहितको झोला बोक्न पनि सबै जना तयार भइन्थ्यो । बाटोमा थाकेपछि खाजा (चाम्रे भात) खान पाउँदा कति रमाइलो हुन्थ्यो । मामाघरमा टिकाजमरा आशिर्वाद र केहि दक्षिणा पनि मिल्थ्यो । त्यो भन्दा धरै ताजा फलफुल, दहि दुध पनि खान पाइने । फर्कँदा कोसेली सुन्तला, कागति र मौसमी सागपात बोक्न सकेजति पनि ल्याउन पाइने । तर म २०४५ साल पछि मामाघर गएको छैन । हाम्रा बाजेबज्यै बितिसके पनि मामाहरुको परिवार छँदैछ । यहि क्रममा हाम्रो घरमा परिवारिक पूजा पनि फूलपातीको राती हुन्थ्यो । शायद त्यो तामाङ जातिको परम्परागत चाड म्हेनिङको एक रुप रहेछ क्यारे । जसमा आफनो परिवारका सदस्य मात्र सहभागी हुन्थे। घरको मुलीले गर्ने यो पूजामा पिता, पूर्खा र कुल कुलायनको प्रार्थना गरिन्थ्यो । 

तत्कालिन पन्चायत ब्यवस्थाको अन्तिम समयमा एक भाषा एक भेष र धर्मको नीति थियो । सबै पन्च नेपाली सबै नेपाली पन्चको सिद्धान्त थियो । जहाँ राज्यद्धारा आदिवासीहरु माथि चरम दमन र विभेद गरेको कुरा धेरैलाई पत्तो थिएन भने थाहा पाएर पनि बोल्न नसक्ने अवस्था थियो । उसबेलाको सरकार र राज्य ब्यवस्थाले दँशै तिहार जसरी नै अन्य चाडवाडलाई मान्यता र प्रवर्धन गरेको थिएन । धेरै गैह्रहिन्दु आदिवासी जनजातिहरुलाई यो कुराको चेत समेत पनि थिएन कि कुनै चाडलाई सरकारले काखि च्पाप्छ र अर्कोलाई हेला गर्छ । अहिले धर्मनिरपेक्षता सहितको गणतन्त्रमा सबै चाड र सँस्कार समान छन् । संविधानत हरेक जातिसमूहको भाषिक र सांस्कृतिक अधिकार समान छन । आफनो धर्म र प्रथाजनित कर्म गर्न राज्यले कसैलाई बन्देज गर्न मिल्दैन । 

यसपालि त विश्वब्यापी रुपमा नै कोरोनाले यातायात, जमघट र चाडबाडहरु प्रभावित भएका छन् । यसमा केहि गुनासो गर्ने ठाउँ छैन । यदि बाँचे चाडबाड फेरि मानौँला । तर हाम्रो आफ्नो ज्यान भन्दा चाडवाड ठूलो भन्ने पक्षमा मछैन ।

अर्कोतिर आजकाल चाडबाडको स्वरुप र त्यो बेलाको जस्तो महत्व नै कहाँ छ र ? राजनैतिक चेतका हिसाबले पनि सबै जाति भाषी र समूहको आआफना चाडवाड र रीतिरिवाज हुन्छन् । सबैले एक अर्काको सम्मान गर्दै आफ्नो सँस्कार र सस्कृति मान्दा हुन्छ भन्ने मलाई लाग्छ । तर चाडबाडका नाममा हुने मारकाट र प्राणी हत्या तथा अन्य कतिपय अन्धविश्वासहरु कायमै छन् । सांस्कृतिक सम्पदा जोगाउनु हामी सबैको कर्तब्य हो तर यसको विकृति प्रति पनि सजग हुनुपर्छ । आजकाल हुँदा खाने बाहेकका लागि त नयाँ कपडा र मिठो खान चाड पर्खनै पर्दैन । दमाइ दाइले सिलाएको कपडा लाउने तर उसलाई अछुत भनेर हेला गर्ने अनि दँशैको भाग भनेर खसि वा सुँगुरको पुच्छरको सानो मासु मात्र दिने अमानवीय चलन थियो । 

अहिले आम मानिसहरुले चाडबाड उसबेलाको रुपमा मान्दैनन् । अनावश्यक तडकभडक र प्रतिस्पर्धा गर्ने तथा अत्याधिक मांशहार र मद्यपानले विकृत रुप लिएको छ । कतिपयको लागि यो केवल इष्टमित्र भेट्ने र छुट्टि मान्ने मौका पनि भएको छ । धेरै आदिवासी समूह र गैरहिन्दु जातजातिहरुले दँशै लगायत हिन्दु चाडबाड मान्दैनन् । बरु उनीहरुले आफनै परम्परागत चाडवाडहरु मान्न थालेका छन् । कतिपयले माने पनि परिमार्जित रुपमा सेतो टिका लगाएको तर तिहार भने कतिपय आदिवासी समुदायमा अझै पनि प्रचलित रहेको अवस्था छ । त्यसमा पनि यसपालि त विश्वब्यापी रुपमा नै कोरोनाले यातायात, जमघट र चाडबाडहरु प्रभावित भएका छन् । यसमा केहि गुनासो गर्ने ठाउँ छैन । यदि बाँचे चाडबाड फेरि मानौँला । तर हाम्रो आफ्नो ज्यान भन्दा चाडवाड ठूलो भन्ने पक्षमा मछैन ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु डा. सुरेश तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook