गोर्खा भुपू सैनिकका मुद्दा सम्बोधन नहुनुको कारण

बुधवार १२ कार्तिक, २०७७   |   कानून र मानवअधिकार

Print This   |   Font Size + -

गोर्खा भुपू सैनिकका मुद्दा सम्बोधन नहुनुको कारण

ईमानदार, बफादार र बहादुरको अर्को नाम गोर्खा हो । यी गोर्खाहरू आदिवासी जनजाति हुन् जसलाई अँग्रेजहरुले द्यभकत ःबचतष्ब ित्चष्दभ या ल्भउब िअर्थात नेपालका उच्च लडाकु जातिको उपमा दिएका छन । यि लडाकु जातिहरुमा बिशेष गरेर गुरुङ, मगर, राइ, लिम्बु र तामाङ पर्दछन । यी जातिहरु जन्मसिद्ध सोझा, ईमानदार, बफादार, बहादुर, अनुशासित, देशभक्त, निडर र निश्पक्ष हुन्छन् । तर बिडम्बना, नेपालका आदिवासी जनजाति भएकै कारण यिनिहरुमाथि बेलायतले चरम बिभेद गरेको छ ।

जुन जातिहरूमा राष्ट्रको माया हुन्छ उ स्वभावैले देशभक्त, निडर र बहादुर हुन्छ । यही बहादुरीको कारण अंग्रेजले नालापानीको युद्धमा गोर्खाली सेनासित लज्जास्पद् हार बेहोर्नु परेको थियो, जबकी त्यतिबेला ब्रिटिशले संसारमा जीतमात्र हात पार्दै थियो । नालापनीको युध्दमा गोर्खालीहरुले देखाएको बिरता र सौर्यताबाट प्रभावित भएपछी ब्रिटिशले सन १८१६ मा सम्पन्न सुगौली सन्धीपछी यी जातीहरूलाई आफ्नो फौजमा भर्ती गरेर संसार जीत्ने र आफ्नो साम्राज्य बिस्तार गर्ने महत्वाकान्छा बढयो र त्यही अनुसारको रणनीति बनाइ आफ्नो महत्वा कान्छा पुरा ग¥यो ।

लडाईमा अगाडि 

इतिहासमा उल्लेख भएअनुसार सन १९१४ देखी १९१८ सम्म र सन १९३९ देखी १९४५ सम्म भएको दुइवटा विश्व युद्धमा दुईलाख भन्दा बढी गोर्खाली सेनाहरुले बेलायतको पक्षबाट कठिन युद्ध लडे । गोर्खाहरू अनुशासित र बहादुर हुनाकै कारण ब्रिटिशले यि गोर्खा सैनिकहरूलाई बिभिन्न युद्धमा सँधै अघिल्लो पंङ्तीमा खटायो ।

जहाँ जहाँ खतरा त्यही त्यही गोर्खाहरूलाई खटायो र जीत हात पार्यो र बेलायतलाई संसारमा कहिल्यै सुर्य नडुब्ने देशको रुपमा स्थापित गरायो । तर बेलायतले बेलायती साम्राज्यको बिकास र बिस्तार गर्न योगदान पुराउने यि इमान्दार र बफादार गोर्खाहरुको सम्मान गर्न सकेन, यिनीहरूको खुन र पसिनाको सही मुल्यांकन गर्न सकेन र अहिलेसम्म गरेको पनि छैन । 

जहाँ जहाँ खतरा त्यही त्यही गोर्खाहरूलाई खटायो र जीत हात पार्यो र बेलायतलाई संसारमा कहिल्यै सुर्य नडुब्ने देशको रुपमा स्थापित गरायो । तर बेलायतले बेलायती साम्राज्यको बिकास र बिस्तार गर्न योगदान पुराउने यि इमान्दार र बफादार गोर्खाहरुको सम्मान गर्न सकेन, यिनीहरूको खुन र पसिनाको सही मुल्यांकन गर्न सकेन र अहिलेसम्म गरेको पनि छैन । 

सुविधामा विभेद नै विभेद 

गोर्खाहरू माथी तलव र पेन्शन लगाएतका अरू बिभिन्न सुबिधाका कुराहरूमा हदैसम्मको असमानता र अमानबियता छ । बिश्वयुद्द र अरू बिभिन्न युद्दमा मरेका, घाईते भएका, हराएका, र बेपत्ता पारिएका गोर्खाहरूको लेखाजोखा राखेन व राखेर पनि र लुकायो र जलायो भन्नेबारे अहिलेसम्म कुनै सत्य तत्य देखाउन सकेको छैन । उनिहरुको परिवार सबैलाई आजसम्म उचित छतीपुर्ती  दिएको छैन ।

त्यसबेला गोर्खाहरू र तिन्का आफ्नाहरू कसैको पनि ब्रिटिशले गरेको अन्याय, बिभेद र अमानबियताको दुख÷पिडा पोखाउने र खुन÷पसिनाको हिसाबकिताब खोज्ने हैसियत थिएन ।

लडाईमा मरेकाहरूको बिधवाहरूलाई खबर सम्म भएन । ती बिधवाहरू श्रीमानको पर्खाईमा तड्पी तड्पी मरेर गए । यसरी ब्रिटिशले गोर्खाहरूलाई निरन्तर सोसिरहे भने अर्का्तिर नेपाल सरकारलाई बेखबर राखे, नत नेपाल सरकारले नै आफ्नो नागरिकका  बारे कुनै चासो लियो ।

लडाईमा मरेकाहरूको बिधवाहरूलाई खबर सम्म भएन । ती बिधवाहरू श्रीमानको पर्खाईमा तड्पी तड्पी मरेर गए । यसरी ब्रिटिशले गोर्खाहरूलाई निरन्तर सोसिरहे भने अर्का्तिर नेपाल सरकारलाई बेखबर राखे, नत नेपाल सरकारले नै आफ्नो नागरिकका  बारे कुनै चासो लियो । बरु बेलायत, भारत र नेपालबिच सन् १९४७ नोभेम्बर ९ मा त्रिपक्षीय सन्धि गरेर बेलायत सरकारले नेपाली युवाहरूलाई ब्रिटिश सेनामा भर्ती गर्ने थप सुबिधा प्राप्त ग¥यो । बेलायत सरकारले नेपाली युवा हरुलाइ ब्रिटिश सेनामा भर्ती गरे बापत नेपाल सरकारलाई बर्षेनी राजास्व बुझाएर नेपाल सरकारलाई अझ मौन राख्यो ।

नयाँ पुस्ता कुरा बुझदै छन् 

अहिले आएर ती सोझा गोर्खाहरूको सन्तानहरूले र अहिलेका गोर्खाहरूले केही पढे लेखे र ती तिता इतिहासलाई अध्ययन गरेर यथार्थता पत्ता लगएपछी उनिहरुले भुपू गोर्खाहरूको समान आधिकार र सुबिधाको लागि लडाई शुरू गरेको अहिले ३ दशक पुरा  भएको छ । यो ३ दशकको लामो लडाईंको पारिणामस्वरुप भुपु गोर्खाहरुको पे र पेन्सेन लगायत अन्य सूबिधामा केही सुधार भएको पनि छ । तर गोर्खा सैनिकहरुले आफुसँगै बेलायती सेनामा कामगर्ने बेलायती नागरिकसरह कुनै सुबिधा पाएका छैनन । बिडम्बना बेलायतले गोर्खा सैनिखरु माथि गरेको अन्याय र अत्याचार बारे नेपाल सरकारले बेलायत सरकारसँग कुनै अर्थपूर्ण पहल गरेको छैन । 

नेपाल सरकारले बेलायत सरकारसँग अर्थपूर्ण पहल नगर्नुको खास कारण गोर्खाहरूको बहादुरीता, इमन्दारीता, बफादारीता, र देशभक्तिको भावना नै हो । गोर्खा सैनिकहरु मूल रूपमा नेपालका आदिवासी जनजाती हुन । उनिहरु गरीब छन, तर इमान्दार र देशभक्त छन । गरिवी र बेरोजगारीको कारण उनिहरु मुग्लान पस्न वाध्य छन, तर आफ्नो मातृभूमी प्रति उनिहरुलाई अपार माया छ । अर्काको देशको लागि रगतको  खोलो बगाउन सक्ने जनजातिहरु आवश्यक परेमा आफ्नो देशको लागि रगतको  खोलो बगाउन पछी नपर्ने प्रतिबद्धता अहिले भारत्ले सीमा अतिक्रमण गरेपछी भारतीय सेनामा काम गर्ने नेपाली गोर्खा सैनिक्ले जाहेर गरिसकेका छन । 

अहिलेका गोर्खाहरू सचेत र सक्षम् पनि छन् । तर उनिहरु आर्थिक हिसाबले कमजोर छन । त्यसैले रोजी रोटीको लागि उनिहरु बिदेश जानै पर्ने हुँदा देशको राजनीति र शासनसत्ता प्रती उनिहरुलाई अहिलेसम्म त्यती चासो छैन । यदी बेलायतले उनिहरुको पे, पेन्सन र अरु सुबिधा बढाई  दियो भने उनिहरु पनि आर्थिक हिसाबले सबल हुन्छन अनी उनिहरुले पनि देशको राजनीति र शासनसत्ता प्रती चासो राख्ने छन । त्यसो भयो भने अहिलेको शाशकहरुलाई चुनौती हुन्छ भनेर नै नेपालका शासकहरुले गोर्खा सैनिकहरुको समस्याप्रती कुनै चासो दिदैनन् ।

नेपालका शासकहरु जहिलेपनि आदिवासी जनजाती मूलका गोर्खाहरु सदासर्बदा गरीब नै रहुन र रोजी रोटीका लागि बिदेश नै जाउन भन्ने चाहना राख्छन । त्यसो गरेमा उनिहरुले कालान्तरसम्म नेपालमा निश्चिन्तरुपमा एकछत्र शासन  गर्न पाउछन । त्यसैले भुपू गोर्खाहरुको समस्या सम्बोधन नगरेको हो ।

नेपालका शासकहरु जहिलेपनि आदिवासी जनजाती मूलका गोर्खाहरु सदासर्बदा गरीब नै रहुन र रोजी रोटीका लागि बिदेश नै जाउन भन्ने चाहना राख्छन । त्यसो गरेमा उनिहरुले कालान्तरसम्म नेपालमा निश्चिन्तरुपमा एकछत्र शासन  गर्न पाउछन । किनकी यहाँका गैह्रजनजाती शासकहरुलाई आफु र आफनो शासनसत्ताप्रती सबैभन्दा बढी त्रास  जनजाती हरुबाट छ । त्यसैले भुपू गोर्खाहरुको समस्या सम्बोधन नगरेको हो । नत्र गोर्खा सैनिकहरुले उनिहरूको आफ्नो समकक्षी सरह पेन्सन् र अन्य सुबिधा पाए भने आफ्नै देशलाई फाईदा हुने कुरामा नेपालका शासकहरुले कुनै अग्रसरता नदेखाउनुको तात्पर्य के हो त ? 

जताततै आन्दोलन 

अहिले यस्तो बिभेद, अन्याय र असमानताको समस्या बेलायती सेनाबाट अवकाश पएका भुपू गोर्खाहरुलाई मात्र नभएर सिङगापुर गोर्खा प्रहरिबाट अवकाश पाएका भुूपूु गोर्खाहरुमा पनि रहेछ भन्ने तथ्य उजागर भएको छ ।. त्यसैले उनिहरुपनि समान कामको समान सुबिधाका लागि ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन अन्तर्गत सगठित भई आफ्नो  १६ बुँदे माग सहित बेलायत र सिङगाापुर सरकारको बिरुद्द आन्दोलनमा उत्रिएका छन । त्यसै गरी असमानता, अन्याय र बिभेद्का बिरुद्द बुर्नाइ रिजर्व युनिट्मा कार्यरत गोर्खाहरु पनि जाग्न थाले का छन । जे होस समय परिबर्तित र गतिशिल हुन्छ ।

भुपू गोर्खाहरुप्रति नेपालका शासकहरुको उदासीनताले ढिलाई भएपनि भुपू गोर्खाहरुमा पनि आफ्नो हक अधिकार प्रती चेतनाको बिकास हुन थालेको छ । उनिहरुहरु पनि सचेत र सगठित हुन थालेका छन र आफ्ना सेवा सुबिधाको पक्षमा निरन्तर आवाज उठाउन थालेका छन । यो सकारात्मक पक्ष हो । हामी भुपू गोर्खाहरु हाम्रा पुर्खाले हामीलाई सिकै आएको कुरा ढिलाई हुन्छ राम्रै हुन्छ भन्नेमा विश्वाश गर्छौ । हामी भुपू गोर्खाहरु सचेत होऔ, सगठित होऔ, र आफ्नो हक अधिकारको लागि दृढ संकल्पका साथ अगाडि बढौ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook