महामारीको बहानामा साँस्कृतिक अतिक्रमण

बुधवार १९ कार्तिक, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

महामारीको बहानामा साँस्कृतिक अतिक्रमण

नेपालमा जवजव विकासका सन्र्दभमा बहस हुन्छ, त्यसबेला वर्गिय र सामुदायिक विकासका सवालमा चर्चा गर्नु पर्ने हुन्छ । यस मुद्धामा खास समुदायको पहिचान किटानी गर्न आवश्यक हुन्छ । अनि आदिवासी जनजाति,  दलित, मधेशी, मुस्लिम तथा लोपोन्मुखका विकासका एजेण्डा उठाउनु पर्ने हुन्छ । 
 
विश्वव्यापी कोरोना महामारीको कारण हाम्रो सबै पक्ष प्रभावित छ । आर्थिक, सामाजिक,  राजनीतिक क्षेत्र थिलथिलो बन्दै गएको छ ।  विश्वव्यापी देखिएको यो चुनौतिलाई सामना गर्न विभिन्न उपायहरु अन्य मुलुकका सरकारहरुले गरिरहेका छन् । राज्य सरकार आफैमा नागरिकको अभिभावक हो त्यसैले नागरिकको जिउज्यानको संरक्षण गर्न सरकार अग्रसर हुनु पर्दछ । तर नेपालमा भने यस्तो संकटका बेला राज्य गैह्रजिम्मेवार बनेको छ । नागरीकका न्युनतम आवश्यकताका सवालमा मात्र होइन स्वास्थ्य सामग्री व्यवस्थापनमा समेत नाकाम सावित हुंदै गएको छ । यस महामारीको समयमा काठमाडा उपत्यकाका सवै साँस्कृतिक पर्व, पुजा तथा जात्रा समेत प्रभावित भएको छ । महामारीका कारण साँस्कृतिक व्यबहारहरु न्युन हुनु स्वभाविक भए पनि राज्य सरकारका कारण साँस्कृतिक प्रचलनहरु माथि अतिक्रमण हुनु चाही गंभीर बिषय हो । काठमाडौ उपत्यकाका साँस्कृतिक प्रचलनहरुमाथि त्यही अतिक्रमणको सिलशिला सुरु भएको छ । 

जात्रा बन्न नसकेको जात्रा 

काठमाडौ उपत्यकाका तीनै शहर विश्वका लागि सम्पदा स्थलहो । यो शहर हरेक धर्म, सम्प्रदायको तीर्थस्थल पनि हो । उपत्यकाका तीनै शहरमा बैशाख देखि भदौ सम्म विभिन्न साँँस्कृतिक पर्वहरु मनाईने गरिन्छ । ती मध्ये भक्तपुरको विस्का जात्रा, ललितपुरको बुङ द्योः  अर्थात रातो मछिन्द्रनाथको जात्रा तथा काठमाडौको येँया पुन्ही अर्थात इन्द्र जात्रा मुख्य राष्ट्रिय पर्वहरु हुन् । जसमा भक्तपुरलाई छाडेर ललितपुर तथा काठमाडौका केही जात्रा पर्बमा राष्ट्र प्रमुखको समेत उपस्थिति रहन्छ । तर यस पटककको ललितपुरको बुङ द्योः जात्रामा भने त्यसो हुन सकेन । कोरोनाको महामारीका कारण खल्लोपन भन्दा पनि अमिलो नै बनेको छ । 

काठमाडौ उपत्यकाका तीनै शहर विश्वका लागि सम्पदा स्थलहो । यो शहर हरेक धर्म, सम्प्रदायको तीर्थस्थल पनि हो । उपत्यकाका तीनै शहरमा बैशाख देखि भदौ सम्म विभिन्न साँँस्कृतिक पर्वहरु मनाईने गरिन्छ । ती मध्ये भक्तपुरको विस्का जात्रा, ललितपुरको बुङ द्योः  अर्थात रातो मछिन्द्रनाथको जात्रा तथा काठमाडौको येँया पुन्ही अर्थात इन्द्र जात्रा मुख्य राष्ट्रिय पर्वहरु हुन् ।

विश्व महामारीको चक्र युहमा फसेको बेला भौतिक दुरी र स्वास्थ्यको ख्याल गरेर निर्माण भै सकेको बुङ द्योःको रथ तानेर उचित स्थानमा पु¥याउन जेठ महिना देखी नै गुठीयार, ज्यापु समाज, गुर्जुहरुको टोलीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँग पहल गरेका थिए । लगातारको बैठक, संञ्चार माध्ययममा अन्तर्वार्ता तथा जात्रासंग आवद्ध उन्नाईस जातीय सरोकारवाला,अधिकारकर्मी,ज्यापु महागुठीको बिभिन्नस्तरिय बैठक मार्फत सरकार, सम्बन्धित निकायलाई बारम्बार ताकेता गर्ने काम भएको थियो । कारण रथ अलपत्र अवस्थामा रहेकोले र धार्मीक मुल्य मान्यता अनुरुप रथ बनाई सके पछि अलपत्र पार्न नहुने भएकाले यसको विसर्जन गर्न अनिवार्य थियो । यदी त्यसो भएन भने त्यसले देशमा अनिष्ट हुने विश्वास स्थानीयवासीको थियो । जसरी पनि यो रथ पूजा तथा यात्रा समापन गर्नै पर्ने दवावमा स्थानीयवासी थिए । यदी रथको समापन गर्न नसकेमा सोह्सय बर्ष पहिले भक्तपुरको अखण्ड श्रीमहाबिहारसँग भएको लिखित सम्झौता अनुरुप सो बिहारले यो जात्रा भक्तपुर लैजान पाउने व्यवस्था रहेकले पनि ललितपुरवासी बढी दवाव र चिन्तित थिए । 

तर यि सबै मान्यता र प्रचलनलाई बेवास्ता गर्दै स्थानीय प्रशासनले गर्न नहुने काम गर्यो  । स्थानीय सरकारको अदुरदर्शी नीतिको परिणमस्वरुप भदौ १८ गते त्यहाँ अप्रीय घटना पनि घट्यो । त्यही घटनामा केही आम नागरिक र प्रहरी समेत घाइते भए । समय हुँदासम्म कानमा तेल हालेर बस्ने स्थानीय प्रशासनले यसलाई अरु मलजल गर्ने काम पछिसम्म पनि गरेको थियो । केही युवाहरुलाई गिरफतार गर्ने काम समेत गरेको थियो । तर व्यापक जनदवाव बढे पछि उनीहरुलाई छाड्न प्रशासन बाध्य भएको छ । 

अन्धविश्वास नै किन नहोस् कम्तिमा राष्ट्र र नागरिकको रक्षार्थ राज्य सरकारले नै ठुला धार्मिक अनुस्ठान र पूजा पाठ गराएर नागरिकमा उत्साह र विश्वास जगाउने काम गर्नु पर्दथ्यो, अहिलेको महामारीमा । तर, आफ्नो ज्यानको पर्वाह नगरी संँस्कृति जोगाउन लागि परेका स्थानीय संस्कृतिप्रेमीहरुलाई सरकारले खोजीखोजी धरपकट गरेको कतैबाट छिपेको छैन ।

बुङ द्योःको  इतिहास यस्तै महामारी र अनिकाल सँग जोडिएको छ ।  १२ बर्षसम्म पानी नपरेर अनिकाल परेको बेला भारतको आसाम कामरुपाबाट बुङ द्योःको आगमन नेपालमा भए पछी यहाँ सहकाल भएको किम्वदन्ती छ । साँस्कृतिक परम्परा अनुसार बुङ द्योःको जात्राले शान्ति र सुरक्षा प्रदान गर्ने जनविश्वास छ । जब ठुलाठुला प्राकृतिक प्रकोप तथा महामारीका घटना हुन्छन्, तब निश्चित देवीदेवताको पूजा हुने हाम्रो परम्परा नै हो । यो आदिवासी जनजातिको प्रथा, परम्परा र विश्वास पनि हो । बुङ द्योःको परम्परा पनि त्यही हो । 

यतिबेला बिफर संसारबाट हराइसक्यो, तर पनि हरेक वर्ष शितलामाइको पुजा पशुपतीमा अझै हुन्छ ।  बिशेष जैन धर्मावलम्बीका महिलाहरु टाउकोमा चुनर  ओढेर  पूजा ब्रत बस्ने गर्दछन् । अन्धविश्वास नै किन नहोस् कम्तिमा राष्ट्र र नागरिकको रक्षार्थ राज्य सरकारले नै ठुला धार्मिक अनुस्ठान र पूजा पाठ गराएर नागरिकमा उत्साह र विश्वास जगाउने काम गर्नु पर्दथ्यो, अहिलेको महामारीमा । तर, आफ्नो ज्यानको पर्वाह नगरी संँस्कृति जोगाउन लागि परेका स्थानीय संस्कृतिप्रेमीहरुलाई सरकारले खोजीखोजी धरपकट गरेको कतैबाट छिपेको छैन ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु मीरा राजभण्डारी अमात्य

किताबहरु

Helping Hands

Like us on Facebook