भाषिक औपनिवेशिकता

शुक्रवार १९ मंसिर, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

निष्णु थिङ  

निष्णु थिङ  

काठमाडौं, नेपाल

भाषिक औपनिवेशिकता

दशैंको अर्थात् म्हेनिङको विदा भयो, घरमा आउने विगंरमा गत कार्तिक ७ गते एकजना जिल्लावासी भाई पनि भेट भयो । उनले मलाई चिन्दो रहेछ । उनले मलाई त्यो पुरानो भेट र चिनजानको पुनस्मरण गराएपछि मैले उनीसित मातृभाषामा बोल्न शुरु गरेँ । तर जवाफचाहि मूलधारको भाषा निकै पछि नेपाली नामकरण भएको भाषामै दिइरह्यो । बाटाभरि गफमा उनले मसित धेरैजसो नेपाली र बीचबीचमा अग्रेंजी मिसाएर बोल्दै आयो । उनलाई आफनो मातृभाषा राम्रोसित आँउथ्यो, मैले बाटोभरि नै उनीसित तामाङमै कुराकानी गरेपछि उनले केही बोले । तर उनको जोडचाहि नेपालीमै थियो । उनले त्यो दिन मसितको वार्तालापमा ८० प्रतिशत नेपाली र १० प्रतिशत नेपालीमा अग्रेंजी मिसाएर र १० प्रतिशत मात्रै आफनो मातृभाषा प्रयोग गरे । 

भाषिक औपनिवेशीकरण इतिहास र अवधारणा 

नेपालमा भाषिक औपनिवेशीकरण प्रक्रिया आधुनिक राज्यको निर्माणको थालनीबाटै शुरु भएको हो । खासगरी यो भाषिक औपनिवेशीकरणको सिलसिला युरोपमा अठारौं शताब्दीमा निर्मित राष्ट्र–राज्यको अवधारणामा टेकेर राज्यहरु निर्माणको लहर चलेदेखि भएको हो । राष्ट्र–राज्यको मुख्य जग नै शासकहरुको भाषा र संस्कृति राज्यको बनाउने कार्यबाट हुन गएको हुन् । यो अभियान यति प्रभावकारी र जोडका साथ विश्वभरि नै लहरको रुपमा आयो, त्यो नेपालका शासकजातिले पनि अपनाए । त्यसरी आधुनिक राष्ट्र–राज्यको निर्माण नै विजेता जाति वा भाषीले अरु जाति र भाषीमाथि आफ्नो भाषा र संस्कृति, धर्म लाद्ने र थोपर्ने अभियान बन्यो, त्यसैलाई आधुनिक राष्ट्र–राज्यको रुपमा अथ्र्याइयो । 

विश्वमा अग्रेंजी उपनिवेशवादको विस्तार र साम्राज्यको निर्माणको काल अग्रेंजी भाषा र संस्कृति, धर्म लाद्ने कार्य सँगसँगै शुरु भयो । दक्षिण एसियाको अधिकतर राष्ट्रहरुमा अग्रेंजी उपनिवेशीकरण कायम हुदै गर्दा यो क्षेत्रमा पनि यो भाषाले शासकीय रुप धारण गर्यो।

विश्वमा अग्रेंजी उपनिवेशवादको विस्तार र साम्राज्यको निर्माणको काल अग्रेंजी भाषा र संस्कृति, धर्म लाद्ने कार्य सँगसँगै शुरु भयो । दक्षिण एसियाको अधिकतर राष्ट्रहरुमा अग्रेंजी उपनिवेशीकरण कायम हुदै गर्दा यो क्षेत्रमा पनि यो भाषाले शासकीय रुप धारण गर्यो। भारतमा दुई सय वर्ष शासन गर्दा उनीहरुले आफनो भाषालाई राज्यको भाषा बनाएर लाद्ने काम भयो । त्यसको प्रभाव के भयो भने उनीहरु भारत छोडेर गएको ७०–७५ वर्षको दौरानमा यो भाषा झन मजबुत हुदै आयो । भारतीयहरु अग्रेंजी बोल्न जान्नुलाई निकै गर्वको, इज्जतको र उच्चताको अनुभूति गर्छन् । यसैमा बोल्न सक्नुलाई सफलताको रुपमा अगींकार गर्दछन् । 

घटना एक 

एकजना पक्तिंकारको दाई केही वर्ष अगाडि दिल्ली भ्रमणको क्रममा उनलाई उनका साथीहरुले हिन्दी नबोल्न र अग्रेंजी बोल्नलाई सुझाएको रहेछ । तर उनले हिन्दीमा आफना आफन्तलाई फोन गर्न मोबाइलको लागि सहयोग मागेको थियो, उनलाई कसैले सहयोग गरेनन् । पछि उनले अग्रेंजीमा पुनः अर्को पटक अनुरोध गरेपछि उनले मोबाइल पायो र आफनो आफन्तसित गफ गर्न पायो । भारतमा बलिउडमा अग्रेंजी बोल्न नसक्ने कलाकारलाई हीनको नजरले हेरिन्छ । त्यतिमात्रै होइन अग्रेंजीमा दख्खल नहुनु भनेको क्यारियर संकट हुनु र अवसरबाट वञ्चित हुनु पनि हो । त्यसैले अग्रेंजी भाषामात्रै नभएर क्यारियर विकासको एउटा महत्वपूर्ण साधन नै हुन गयो । 

घटना दुई 

नेपालमा पनि हरेक क्षेत्रमा नेपाली भाषामा जसको दख्खल छ, उसैले सबै ठाँउमा मौका पाउँछन् । राज्यको लामोकालसम्म र अझैसम्म एकल भाषिक नीतिको कारणले गर्दा यहाँ बोलिने अरु भाषाहरुलाई कमसल, कमोपयोगी र न्यून महत्वमा दरिन्छ । भाषाकै कारणले नेपालमा थुप्रै जातिका मानिसहरु अवसरबाट वञ्चित हुदै आएका छन् । साथमा, उनीहरुले भाषिक विभेद खेप्दै आएका छन् । पद्म रत्न तुलाधर जेल पर्दा उनका आमा उनलाई भेट्न गएकी थिइ । तर उनीहरुबीच सवांद नै हुन सकेन । किनकि राज्यले नेवारी बोल्न वर्जित गरेको थियो, उनको आमालाई खस नेपाली भाषा बोल्न आउदैन थियो । यसरी नेपालमा पनि औपनिवेशिक भारतमा अग्रेंजी भाषाको भूमिका जस्तै नेपाली भाषाले पनि भूमिका निर्वाह गर्दै आएको छ । त्यसको कारणले जसरी भारतीयहरु अग्रेंजी बोल्न लालायित छन्, त्यसरी नै नेपाली बोल्न उनीहरु चाहन्छन् । 

घटना तीन 

पक्तिंकार सानो छदा शहर, काठमाण्डौंबाट आएकाहरुले गाँउमा अत्यधिक नेपाली भाषा नै बोल्ने गरिन्थे । उनीहरुलाई आफनो मातृभाषा आउदथ्यो तर नेपाली नै बोल्दथे । नेपाली बोलेर उनीहरु आफुलाई गाँउका अरुहरुभन्दा जान्ने, बुझ्ने, माथिल्लो कोटिको प्रमाणित गर्न चाहन्थे । उनीहरुले नेपाली भाषा बोलेर आफुलाई शहरीय भएको ठान्दथे । त्यसरी काठमाण्डौंमा काम गरेर फर्कनेहरुमा नेपाली भाषा मोह अचाक्ली पाइन्थ्यो । त्यो बोल्नुलाई उनीहरु आफ्नो श्रेष्ठता सोच्दथे । 

औपनिवेशिक दिग्भ्रम 

महात्मा गान्धी लण्डनमा ब्यारिष्टर पढ्न गए । उनले त्यहाँबाट ब्यारिष्टर डिग्री हासिल गरेर फरर अग्रेंजी बोलेर, अग्रेंजकै भेषभुषामा चट्ट सजिएर हिड्न पाउदा निकै गौरवान्वित महसुस गर्दथ्यो । त्यसरी जहाँ जहाँ अग्रेंजको उपनिवेश थियो, त्यहाँका मानिसहरु पनि आफुलाई उनीहरुजस्तै हुन चाहन्थे । त्यसको लागि उनीहरुले अग्रेंजको भाषा, शिक्षा र पोशाक, रहनसहन र संस्कृतिलाई नक्कल गरी गरी त्यस्तै वानी व्यवहार प्रदर्शन गर्दथे । त्यसो गर्दा उनीहरु सम्मानित र उच्च कोटिका नागरिक आफुलाई ठान्ने गर्दथे ।

नेपालमा पनि नेपाली भाषा, संस्कृति, भेषभुषा, रहनसहन स्वीकारयोग्य बनाउन राज्यले हेजमनिको निर्माण ग¥यो । परिणामतः यहाँका विभिन्न जातिका मानिसहरुमा हेजमनिको निर्माण हुन गई औपनिवेशिक मानसिकता तयार हुन गयो ।

नेपालमा पनि नेपाली भाषा, संस्कृति, भेषभुषा, रहनसहन स्वीकारयोग्य बनाउन राज्यले हेजमनिको निर्माण ग¥यो । परिणामतः यहाँका विभिन्न जातिका मानिसहरुमा हेजमनिको निर्माण हुन गई औपनिवेशिक मानसिकता तयार हुन गयो । त्यसैले उनीहरु जानीनजानी टुटेफुटेको अग्रेंजी बोलेजस्तै नेपाली बोल्न चाहन्छन् । त्यसैलाई प्राथमिकतामा राख्छन् र आफनो भाषा र संस्कृतिलाई घृणा गर्न थाल्छन् । 

गाँउको परिदृश्य 

गाँउघरतिर अचेल वैदेशिक रोजगारबाट फर्केर आउनेहरु थुप्रै छन् । उनीहरुले रोजगारको सिलसिलामा केही वर्षसम्म त्यहाँ रहदा उक्त देशका स्थानीय भाषाहरु सिक्दछन्, जसले उनीहरुलाई त्यहाँ वृत्तिविकासको लागि मदत पनि गर्दछ । अचेल गाँउघरमा जब रोजगारीबाट फर्केर आउनेहरु आपसमा भेट्छन्, अरवी, कोरियन, मलायन् भाषाहरु बोल्दछन् । उनीहरुबीच लामो लामो वार्तालाप त्यही भाषामा भएको पाइन्छ । बरु उनीहरु जानी नजानी अग्रेंजी बोल्न चाहन्छन् ।

गाँउघरमा आजकाल बच्चाबच्चीलाई नेपाली र अग्रेंजी भाषा सिकाउने तीव्र लहर चलेको छ । त्यही कारणले बच्चाहरु मातृभाषा बोल्न सक्दैनन् । कुनै पनि जातिको वा समाजको भाषाको स्थिति के छ भनी अध्ययन र सर्भेक्षण गर्ने हो भने त्यहाँका केटाकेटीहरु, बच्चाबच्चीहरुबीचमा आपसमा सवांदको भाषा के छ ? त्यो बुझ्न आवश्यक छ ।

तर आफनो मातृभाषा बोल्न चाहदैनन् । गाँउघरमा आजकाल बच्चाबच्चीलाई नेपाली र अग्रेंजी भाषा सिकाउने तीव्र लहर चलेको छ । त्यही कारणले बच्चाहरु मातृभाषा बोल्न सक्दैनन् । कुनै पनि जातिको वा समाजको भाषाको स्थिति के छ भनी अध्ययन र सर्भेक्षण गर्ने हो भने त्यहाँका केटाकेटीहरु, बच्चाबच्चीहरुबीचमा आपसमा सवांदको भाषा के छ ? त्यो बुझ्न आवश्यक छ । किनकि जुनसुकै भाषाको सवांहक नै साना केटाकेटीहरु ने हुन् । ती नानीहरुको दैनिक जीवनमा कुन भाषाको प्रयोग भइरहेको छ, त्यसकै आधारमा सो भाषाको भविष्य कस्तो छ भनी आकलन गर्न सकिन्छ । 

अचेल गाँउमा साना बच्चाबच्चीहरुलाई सानैदेखि मातृभाषामा जोड दिइदैन । उनीहरुलाई नेपाली वा अग्रेंजी भाषामा हुर्काइन्छ । त्यसैले उनीहरुलाई मातृभाषा आउदैन । पक्तिंकारको गाँउमा अहिले त्यस्तै परिदृश्य देख्न सकिन्छ । साना बालबालिकाहरुको कुराकानीको माध्यम गैरमातृभाषा हुदा त्यसको प्रत्यक्ष असर त्यो भाषाको आयुमा पर्न जान्छ । जबकि यहि गाँउमा पक्तिंकारका पुस्तालाई आफनै भाषामा हुर्काइएको थियो । तर अहिलेका परिस्थितिमा यो एउटा परिकथा, दन्त्यकथा होला जस्तो छ । 

बाध्यात्मक परिस्थिति 

नेपालमा बोलिने विभिन्न मातृभाषाहरु यद्यपि नेपालको सविंधान–२०७२ ले समान र राष्ट्रभाषाको दर्जा दिइएको छ । तैपनि त्यो दर्जा नाममा मात्र सीमित रहेको छ । यहाँ नेपाली भाषाबाहेक अरु भाषालाई कतै पनि स्थान दिइएको छैन । राज्यको विभिन्न अगंहरुमा यी भाषाहरुले कतै महत्व र स्थान नपाउदा क्रमशः प्यारालाइसिस हुदै गएको छ भने मातृभाषीहरुले नै आफना भाषालाई गौण मानेर प्रयोगमा कमी ल्याइरहेका स्थिति छ । आफनो घरपरिवार र गाँउमा बाहेक कतै उपयोगिता नदेखिएको कारणले गर्दा उनीहरुमा हीनता बोध सृजना हुन गइ भाषिक आत्महत्याको अवस्था पैदा हुदैछ । 

निष्कर्ष 

लण्डनमा आफनो शिक्षा पूरा भएपछि महात्मा गान्धी दक्षिण अफ्रिकाको लागि यात्रा गर्ने क्रममा उनले जुन अपमान गोराहरुबाट भोग्नु प¥यो, त्यसले उनको जीवनको टर्निङ पोइन्ट सृजना भयो । सो घटनाले उनमा अग्रेंजी शिक्षा र भाषाको ज्ञान हासिल गरेपछि ‘आफुपनि अग्रेंजी हुँ’ भन्ने भ्रम निवारण ग¥यो । नेपालमा पनि यस्ता ठक्करहरु खानेहरु धेरै छन् तैपनि महात्मा गान्धीजस्ता व्यक्तिहरु भाषाको क्षेत्रमा देखा नपर्नुले यो हाम्रो चिन्ता र खेदको विषय हुन गएको छ । गान्धीका जस्ता अठोट हुने व्यक्तिहरु भए जस्तो प्रकारको औपनिवेशिकता यहाँ टिक्नेवाला छैन । दुखको कुरा यहाँ गोड्सेहरुको संख्या दिनानुदिन बढ्नुले भोलिको दिन सुखद देखिदैन ।     


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook