आदिवासी ज्ञान प्रयोग भएन भने पहिचान जोगिदैन

मंगलवार २३ मंसिर, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

डोल्मा शेर्पा

डोल्मा शेर्पा

सिन्धुपाल्चोक, नेपाल

आदिवासी ज्ञान प्रयोग भएन भने पहिचान जोगिदैन तस्विर : शैलेश डंगोल

विश्वव्यपि महामारी, जलवायु संकट, प्राकृतिक स्रोतको संरक्षण लगायतमा आदिवासी ज्ञान लाभदायक भए पनि यस्तो ज्ञानको प्रयोग हुन नसकेको आदिवासी विज्ञहरुको भनाई छ । उहाँहरुका अनुसार यदी आदिवासी ज्ञान संरक्षण हुन सकेन भने पहिचान पनि लोप भएर जाने खतरा छ । 

आदिबासी विज्ञ डा. लाल रापचाको भनाईमा आदिवासी ज्ञान ‘भाषामा हुन्छ । भाषा मासियो भने ज्ञान पनि लोप हुन्छ । अहिले आदिवासीको भाषा हराउँदै गएका कारण ज्ञान पनि भाषा संगै हराउँदै गएको छ ।’  अर्का आदिवासी अधिकारकर्मी ङवाङ सोनाम शेर्पा पनि डा. रापचाको भनाईलाई समर्थन गर्दै आदिवासीका भाषा, धर्म, संस्कृति लगायत संरक्षण गरेमा मात्र आदिवासी ज्ञानको संरक्षण हुन सक्ने बताउनु हुन्छ ।

आदिवासी ज्ञान के हो ?

आदिबासी ज्ञान आदिवासीहरुले पुर्खौदेखि अभ्यास गर्दै आएको ज्ञान हो । यो ज्ञान मौखिक रुपमा पुस्ता हस्तान्तरणको प्रक्रियाले जिवन्त हुन्छ । ‘आदिवासी ज्ञान भाषा, संस्कृति, सभ्यतामा बाँचेको हुन्छ ।’  किराँत राई संस्कृतिका विज्ञ जय सिवाहाङ थप्नुहुन्छ र्– किराँती संस्कृतिमा चार तत्वहरु हुन्छ ति चार तत्वहरुमा घाम, पानी, माटो र हावा हो, यि चार तत्व विषक्त भएपछि रोग लाग्ने विश्वास गरिन्छ । यो अभ्यास किराँत सभ्यतामा छ । मुन्धुमले पनि यहि व्याख्या गर्दछ । यसैलाई आदिबासी ज्ञान भनेर बुझनु पर्छ ।’

औषधिमा आदिवासी ज्ञान 

आदिबासी ज्ञानकै सन्र्दभमा अर्का आदिवासी विज्ञ तथा नेपाल तामाङ घेदुङका उपाध्यक्ष आजितमान तामाङ भन्नुहुन्छ–‘स्थानी यऔषधीमुलो, जडिबुटीको प्रयोग गर्ने विधि आदिवासी ज्ञानमा हुन्छ । धामी झाँक्रीलाई जतिनै अन्धविश्वास भने पनि यस भित्र मनोबैज्ञानिक उपचार पद्धति रहन्छ ।’ उहाँको थप कथन छ –‘महामारीलाई तामाङ भाषामा ‘ह्याम’ भनिन्छ, आदिवासीहरुले महामारी विगतमा पनि व्यहोरेको यसबाट बुझन सकिन्छ ।’ 

आदिवासी ज्ञान आदिवासीले पुर्खा देखिको भोगाई, सीप, अनुभव र अभ्यास हो । यो कृषि पद्धति, खानपीन, लवाई खवाई, औषधि तथा जिवीकाका सबै क्षेत्रमा हुन्छ ।

विश्वभर फैलिएको कोरोना जस्तै महामारीमा आदिवासी ज्ञानको विशेष महत्व रहेको दावी आदिवासी विज्ञहरुको छ । आदिवासीको भाषामा ज्ञान रहेको तर्क गर्दै  डा रापचा थप्नु हुन्छ – सुनुवार भाषामा (बोस्पोत भनिने जडिबुटी बिरुवा जसलाई तामाङ भाषामा कोकोमेन्दो भनिन्छ । यस्ता अन्य धैरै जडिबुटीहरु आदिवासीले  प्रयोग गर्दै आएको भएता पनि यो ज्ञान  हराउने क्रममा छन ।

 वास्तवमा आदिवासी ज्ञान आदिवासीले पुर्खा देखिको भोगाई, सीप, अनुभव र अभ्यास हो । यो कृषि पद्धति, खानपीन, लवाई खवाई, औषधि तथा जिवीकाका सबै क्षेत्रमा हुन्छ । आदिवासी ज्ञान कहिलेबाट सुरु भएको भन्न सकिन्न । किनकि यसको सुरुवाती मिति अज्ञात हुन्छ । 

आदिबासी ज्ञान परम्परा हो 

आदिबासी ज्ञान आदिबासीको भुमि, जल, जमिन, भाषा र संस्कृतिसंग जोडिएको ज्ञान हो । यससंगै आदिबासी त्यसो त पश्चिमाहरुले पनि यो ज्ञानलाई सम्बोधन गरेको छ । पश्चिमा संसारमा यसलाई नेटिभ साइन्सका नामले चिनिन्छ । डा रापचा थप्नु हुन्छ –’हामीले नेटिभ साइन्सलाई अध्ययनको रुपमा ल्याउनु पर्छ र यसलाई अन्धविश्वास भनेर नकार्नु भन्दा यसबाट राम्रो ज्ञान लिनु आवश्यक भएको बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ «‘बोटविरुवाको ज्ञान नामसंगै हराउँदै गएको छ । हामीसंग भएका संस्कृतिक ज्ञानहरु पनि लोप हुँदै गएका छन ।

आदिबासी ज्ञान आदिबासीको भुमि, जल, जमिन, भाषा र संस्कृतिसंग जोडिएको ज्ञान हो ।

यि ज्ञानहरु आजको पुस्तामाझ हराउने क्रममा छ । यि हराउँदै गएका ज्ञानहरु आदिबासीका ज्ञान हुन । अर्का विज्ञ तामाङका अनुसार ‘पुर्खाहरुले जिविका चलाउदै आउने क्रममा सिकेर आएको ज्ञान जस्तै परम्परागत सिपहरु र त्यसमा आधारित ज्ञानहरुने आदिबासी ज्ञान हो ।’ 

अन्तराष्ट्रिय कानुनहरुमा आदिबासी ज्ञानको सम्बोधन

अन्तराष्ट्रिय कानुनहरुमा आदिबासी ज्ञान सम्बन्धी अधिकारका कुराहरु प्रष्टरुपमा खुलाएको छ । आइएलओ १६९, आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्टसंघीय घोषणा पत्र, जैविक विविधता

सम्बन्धी महासन्धी लगायतमा नेपालले हस्ताक्षर गरेको छ । बिडम्वना भनौ व्यवहारिक रुपमा भने यी काननूहरु हालसम्म कार्यन्वयनमा आउन सकेको छैन । आदिबासी विज्ञ शेर्पा थप्नुहुँन्छ – यीकानूनहरु पक्षराष्ट्र नेपाल हुँदा पनि आदिबासीका क्षेत्रमा व्यवहारिक कार्य गर्न सकरात्मक भने देखिदैन । 

आदिवासी ज्ञान सबै आदिवासीमा हुन्छ । तर पछिल्लो अवधिमा औपनिबेशीकरण तथा प्रभूत्वशाली जातिको संस्कृति एबम राज्यका नीति सकारात्मक नभएका कारण लोप हुन लागेको छ । यसको संरक्षण नभए आदिवासीको पहिचान पनि नष्ट हुने स्थिति छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook