कहिँ नभाको जात्रा हाँडीगाउँमा : आदिवासीका लागि राम्रो मौका 

आईतवार १९ पौष, २०७७   |   राजनीति

Print This   |   Font Size + -

डा. सुरेश तामाङ

डा. सुरेश तामाङ

संखुवासभा, नेपाल

कहिँ नभाको जात्रा हाँडीगाउँमा : आदिवासीका लागि राम्रो मौका 

नेपालको राजनैतिक आकाशमा कालो बादल मडारिएको छ । अहिले नेकपाहरुको भिडन्त जारी छ । आज त संघीयता नै खारेज गर्ने धम्की समेत आइ सक्यो । तर संघीयता कुनै सरकारले खारेज गर्न सक्छ र ? तेस्मा पनि काम चलाउ सरकारले । यो त संबिधानमा किटिएको प्रावधान हो । कसैको सनकको भरमा खारेज होला जस्तो त लाग्दैन । हुन त यिनीहरु गणतन्त्र र संघीयताको पक्षमा नै थिएनन् । आम नागरिक भने रमिता हेरेर बस्नु परेको छ । कतिपयका लागि यो कागलाई वेल सरह होला । तर सचेत नागरिकले देशको समसायिक राजनैतिक विषयमा चासो राख्नैपर्छ । साथै सबै पछाडी परिएका र सचेत जनहरु संगठित हुन आवश्यक छ । अवदेखि यिनको झिँगा धपाउने होइन । राज्यको हरेक क्षेत्रमा आफ्नो हिस्सा खोज्ने र लिने प्रण गर्नुपर्छ । 

आज देशमा जात्राको रोइलो छ । गुट उपगुटका जुलुस र विरोध सभाहरु भइरहेका छन् । अविस्वासको प्रस्ताव र कारवाहीहरु चल्दैछन । संघीय सरकारको विमार प्रदेशहरुमा पनि सर्दैछ ।

आज देशमा जात्राको रोइलो छ । गुट उपगुटका जुलुस र विरोध सभाहरु भइरहेका छन् । अविस्वासको प्रस्ताव र कारवाहीहरु चल्दैछन । संघीय सरकारको विमार प्रदेशहरुमा पनि सर्दैछ । सबैका आआफ्ना ढोल र डम्फु छन् । आज पनि कार्यकर्ताहरु कता कता भेला भएका छन् । कसले धेरै ठूलो भिड देखाउने भन्ने प्रतिस्पर्धा छ । भेँडाहरुको भिड हरियो घाँसको खोजिमा हुने नै भयो । यो हामी सबैको दूर्भाग्य हो, समृद्धि त खोलैखोला गयो । 

यो जात्रा हामी जस्ता भूँइमान्छेका लागि गरिएकै होइन । यिनीहरु आफ्नो पद र स्वार्थका लागि कसरत गर्दैछन् । अचम्म तिनकै पछि लागेर हल्लाखल्ला अनि ताली मार्ने जमात पनि ठूलै छ । त्यसमा आदिवासी जनजाति, दलित र मधेशीहरु पनि सामेल छन् । जो पुस्तौंदेखि विभेद र अन्यायमा थिए । अर्कोतिर हिलोमा माछा मार्न राजावादीहरु पनि यहि बेला सकृय छन् । तर सचेत र विवेकीहरु किन मौन रमिता हेरिरहेका छन ? मनमा गम्दैछन् यिनको हली गोठाला हुनु भन्दा त खेत जोतेर खानु र इमानले बाँच्नु बेस भनेर । चेत भएकाहरु भेँडाको बथानमा जाने कुरै भएन नि । 

यस्तो विकराल अवस्थामा सजग र सचेतहरुले किन विरोध नगर्ने ? अव विवेचनात्मक चेत भएकाहरुले नेतृत्व लिने कि नलिने ? कागजी गणतन्त्र र संविधानको पनि खास अर्थ छैन । अव नागरिकहरुले सोध्ने वेला भयो । मनपरितन्त्र कहिले सम्म हावी होला ? संघीयता र गणतन्त्र किन र कसका लािग ल्याइएको हो ? सामाजिक न्याय र जनताको अधिकार स्थापित गर्न होइन र ? गाउँगाउँका सिंहदरवारहरु के गर्दैछन ? कुराले चिउरा भिज्दैन । ब्यवहारमा खोइ त ? धर्म निरपेक्षता कता गयो ? खादा बहिस्कार र सँस्कृत भाषा केका लागि ? खोइ समानुपातिकता कहाँ छ ? यिनका परिवारजनका लागि हो र त्यो प्रावधान ? यिनीहरुसँग जवाफ छ ? 

जात्रा हामी जस्ता भूँइमान्छेका लागि गरिएकै होइन । यिनीहरु आफ्नो पद र स्वार्थका लागि कसरत गर्दैछन् । अचम्म तिनकै पछि लागेर हल्लाखल्ला अनि ताली मार्ने जमात पनि ठूलै छ ।

तिमरा, तलव, भत्ता, सुविधा, सुरक्षा कसले दिएको हो ? सवारी साधन पनि त हाम्ले नै किन्देका हौं । अव हामीलाई हाम्रो करको पनि पूरा हिसाब चाहिन्छ । असल नागरिकका हिसाबले घरजग्गा, सवारीसाधन, सिफारिस बाहेक अनेक थरि करहरु राज्यलाई तिरकै छौं त । खै सरकारले हामीलाई के दिएको छ ? हामी भने सँधै रैती मात्र हुने भयौं त ? 

यिनका दावी पनि कस्ता ? पत्याउनै कठिन । म नै ठूलो, मैले भने पछि किन नहुने ? मेरा मान्छे, मेरो पार्टी, मेरो कुर्सी, मेरो सम्धी, मेरी बुहारी, मेरा ब्यापारी, मेरा विचौलीया र दलाल साथी, अनि मेरा कम्पनी कोहि बदनाम छैनन् । हामी त हरेक कुरामा प्रथम । दलाल पूँजीवाद र सर्वसत्तावादमा यस्तै हुन्छ । सबै भन्दा खराब अक्षर वा शब्द म हो । एकाथरि विज्ञहरु उनको गफ सुनेर ताली पिड्दैछन । लाज छैन, हाम्रा आँखा र कान छैनन् ? हामी गुहु र गोबर चिन्दैनौं ? दिउँसै रात पार्ने ? ब्यवस्था बदलियो, जनताको अवस्था बदलिएन, कुर्सि कार्पेट फेरियो तर त्यसमा बस्ने मान्छे र उसको चरित्र र ब्यवहार त फेरिएन । गलत कुराको विरोध गर्न किन डराउने ?

अर्को अचम्म, सबै बरिष्ठ नेता रे, कसरी ? के हो क्राइटेरिया ? नाक चुच्चो कि थेप्चो हुनु पर्छ वरिष्ठताका लागि ? जनइ लाउनुपर्छ कि धोती कछाड ? कसले दियो त्यो उपाधि तिमीहरुलाई ? स्वघोषणा गर्दैमा हुन्छ ? सबै विज्ञ भए आची कसले खाने ? जय हनुमानजी की जय गाउँछन् । उखु किसानको बिचल्नी भयो, विचराहरु कता गए होलान ? यो देश कसले चलाएको छ यहिँ बाट थाहा हुन्छ । आज ति गुगल ब्वाइ कता होलान ? यसो यी नेताको भविष्यवाणी गर्दिन्थेकी ? अव त आँखा खोल सरकार र अनि जिम्मेवार बन जनताहरु । न्याउरी मारी पछुतो होला है । तर को भन्दा को कम । अर्का माननीयले भने लोडसेडिङ पनि कुलमानले हैन उनैले पो हटाएका रे । मजाकको पनि हद हुन्छ । सबका सब जोकरहरुले देश चलाएका छन् । यो त सरुवा रोग पो रहेछ । जोगिनुपर्छ है कमरेडहरु । 

यिनीहरुले चुनावै गर्दैनन् । यदि गरिहाले भने यसपाली देखाउनुर्छ । झोले राजनिती भन्दा माथि उठेर सामाजिक न्याय र अधिकारको पक्षमा भोट गर्नुपर्छ ।

यसमा आदिवासी जनजाति र दलितको झन अर्कै कथा छ । हिजोसम्म अरुका लागि लड्यौ । अव आफ्ना लागि लड । नत्र कुरा उहि हो । अर्को ५० वर्ष फेरि दमित भएर बाँच्नुपर्ला । तर यो राम्रो मौका हो । यिनीहरु आपसमा लडेको र एकले अर्कालाई खुइलाएको कति जाती । तर हामीहरु मासु भातमा विकी हाल्छौ । कोहि जन्मजात बैद्धधर्मका सन्तान हिन्दुधर्म र राजा फर्काउने । कोहि आफ्नो भाषा बिर्सेर सँस्कृतको वखान गर्ने । कोहि आफ्नो भेष भुलेर ढाका टोपी लगाउने ? यिनलाई नश्लवादी र मनुवादीहरुको पन्जामा छु भन्ने कुरा ज्ञान नै छैन । हिजो पूर्खाले गरेको दुःख र भोगेको पिडाले तिम्रो मन पोल्दैन ? 

अर्को कुरा यिनीहरुले चुनावै गर्दैनन् । यदि गरिहाले भने यसपाली देखाउनुर्छ । झोले राजनिती भन्दा माथि उठेर सामाजिक न्याय र अधिकारको पक्षमा भोट गर्नुपर्छ । यिनले चाहिँदा भाडो नत्र ठाँडो गर्छन । दासताबाट सँधैका लागि मुक्त भएर आफू, आफ्नो समुदाय र भावी पिँढीका लागि एकचोटि सोचौं । अझै पनि ढिलो भएको छैन । क्षणिक स्वार्थ होइन दीर्घकालीन लाभका लागि सजग बनौं । यसका लागि आदिवासी जनजातिहरु एक हुन आवश्यक छ । पार्टीका नाममा विभाजित भएर होइन एकढिक्का भएर आदिवासी जनजातिहरुले यिनलाई परास्त गरौं । राज्यले गरेको पूस्तौनीको विभेद अन्त्य गरौं । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook