विकास, राष्ट्रवाद र राजनीति

मंगलवार २० माघ, २०७७   |   वातावरण र विकास

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

विकास, राष्ट्रवाद र राजनीति

नेपालमा मात्र होइन विश्वभरि नै विकास, राष्ट्रवाद र तिनलाई बढाउने राजनीतिबारे बहस र छलफल निरन्तर भईआएका छन् । नेपालमा विकास, राष्ट्रवाद र राजनीति सम्बन्धमा मानिसहरुमा एक खाले शिक्षा तथा चेतना दिने काम भयो । त्यस्तो शिक्षा दिने काम सरकारी र राजनीतिक स्तरबाट नै भयो । यसर्थ, विकास, राष्ट्रवाद र राजनीति सम्बन्धमा मानिसहरुले अर्को पाटोको शिक्षा तथा चेत्ना नबुझ्ने मात्र होईन कि दिमागमा यसरी सेट भयो उनीहरुले अर्को पाटोको शिक्षा तथा चेत्नाको बिरोध गर्दछन् र गरिरहेका छन् । जुनसुकै बर्ग तथा समुदायबाट आएका नेपालका विद्धान पनि यहि चेतबाट शिक्षित भएका छन् र त्यहि अनुसार काम गर्ने, आफ्नो बिचार तथा अभिव्यक्ति दिने काम गर्दछन । ईटालियन माक्र्सवादी विद्धान ग्राम्स्कीको अनुसार गलत शासन सत्तालाई टिकाउने र फरक किसिमको मतलाई दबाउनेमा सहयोग गर्ने र भूमिका खेल्ने यिनै चेत भएका मानिसहरु हुन् र नेपालमा पनि त्यहि भईरहेको छ । 

२. विकास

विश्वमा बिकासको सर्व स्विकार्य एउटै परिभाषा र बुझाई छैन । आ–आफ्नो राजनीतिक बिचार र स्वार्थका आधारमा बिकासलाई परिभाषीत गर्ने र बुझ्ने अनि बुझाउने काम भईरहेको छ । हाम्रो देशमा धेरै मानिसहरुले बिकासलाई भौतिक बिकासकोरुपमा मात्र बुझेका छन् । भौतिक बिकास भन्नाले गाउ बस्ती उजाडेर, घरहरुमा डोजर चलाएर र जनताको जीवनसंग जोडिएका कुराहरुलाई नष्ट गर्दै सडक बनाउने, बिजुली ल्याउने, ठुलाठुला जल बिद्युत बनाउने र सन्चालन गर्ने, कलकारखाना निर्माण र सन्चालन गर्ने आदी कार्य हो जस्ले जनताको मानव अधिकार हनन् गर्दछ । बिकासको यस्तो बुझाई गलत छ । यस्तो विकास एउटा सानो जत्था र केहीको निहीत स्वार्थको लागी हुने गर्दछ । बिकासलाई बहुआयामिक (Multi-dimensional) र बहुक्षेत्र (Multi-sectoral) प्रकृयाकोरुपमा बुझ्ने गरिएको छैन । बिकास भनेको आर्थिक, सामाजिक, सास्कृतिक, मानविय, वातवरणीय तथा भौतिक सुख सुविधाका साथै मानव अस्तित्वसंग गासिएको प्रकृतिको संरक्षण र रक्षाको लागी कार्य हो । यि सबै मानव समुहको लागी हो । कुनै पनि मानव समुहको जीवन यापन, जीवन पद्धति, सामाजिक–आध्यात्मीक विश्वास, सामाजिक–सांस्कृतिक तथा आर्थिक आधारलाई नष्ट गरेर गरिने भौतिक बिकासलाई बिकास भन्न सकिन्न ।

भौतिक बिकासको पनि आवश्यक पर्छ तर त्यसले मानव समुहको जीवन यापन, जीवन पद्धति, सामाजिक–सांस्कृतिक विश्वास तथा आर्थिक आधारलाई नष्ट गर्न र खलबल्याउन हुदैन मिल्दैन । यसको अर्थ मानव समुहको मानव अधिकार हनन् हुनु हुदैन । यि सबैलाई सन्तुलन गरेर गरिने कार्यहरु मात्र बिकास हुन जुन कार्यले कसैको पनि मानव अधिकार हनन् हुदैन । सन्तुलन कायम नगरिएको कार्य निश्चित समुह, शक्ति तथा व्यक्तिहरुको स्वार्थ रक्षा र स्वार्थ पुर्ति गर्ने साधन तथा कार्य मात्र हुन्छन् । यस अर्थमा यो एउटालाई सिध्याएर अर्कोलाई बनाउने बिनासकारी काम मात्र हुन्छ । जसलाई औपनिबेशिक बिकास अवधारणा तथा पद्धति Colonial model of development भनिन्छ । बिकासको सन्तुलित अवधारणालाई अघि बढाउन संयुक्त राष्ट्र संघले मानव अधिकारमुखि बिकास पद्धति Human Rights Based Approach to Development ल्याएको छ । त्यसलाई सहजरुपले ग्रहण गर्ने र त्यसको आधारमा बिकास अवधारणालाई अभ्यास गर्न नसकिरहेको स्थिति छ । 

यस बिकास पद्धति तथा अवधारणाले मानव समुहको मानव अधिकारलाई केन्द्रमा राख्दछ । यसले योजना गरेको भौतिक बिकासले कुनै मानव समुहको मानव अधिकार हनन या उलंघन गर्ने भएमा त्यस योजनालाई परिमार्जन गरि उनीहरुको मानव अधिकार हनन् या उलंघन नहुने गरि तिनै मानव समुहको मन्जुरी र सहभागितामा उक्त योजना सन्चालन गरिनु पर्दछ भन्दछ । यस बिकास पद्धति र अवधारणा अनुसार कुनै पनि मानव समुहको मानव अधिकार हनन् गरेर भौतिक बिकासका कुरा गर्नेहरु बिकास बिरोधी हुन् । तिनै बिकास बिरोधीहरु भने मानव अधिकारको हनन् नगरि कार्य गर्नु पर्दछ भन्नेहरुलाई “बिकास बिरोधी” भनिरहेका छन् । यस अर्थमा जनताको मानव अधिकार ध्यान नदिएर आफु खुशी जथाभावी योजना गरेर काम गर्ने हाम्रो देशको सरकारहरु लगायत विभिन्न निकायहरु बिकास बिरोधी त हुन नै त्यसमाथी जनबिरोधी पनि रहेका छन् । कसैको सांस्कृतिक–आध्यात्मीक तथा जीवन पद्धतिकोरुपमा रहेको समाधिस्थल भत्काएर सडक तथा पार्क बनाउने कुरा बिकास हुदैन ।

कसैको आस्था तथा आध्यात्मीक स्थल, वातावरण, वन तथा आस्थाको क्षेत्रलाई अतिक्रमण गरेर गर्ने कार्य बिकास हुदैन । विश्वलाई दरसन्चान निरन्तरता दिने वातावरण तथा पर्यावरणलाई नष्ट गरेर गरिने कार्य विकास होईन हुदैन । सडक बनाउनु पर्छ तर समाधि स्थललाई जोगाएर छलेर तथा तर्काएर अलग ठाउबाट बनाउनु पर्छ । वातावरण तथा पर्यावरणलाई नष्ट हुनबाट जोगाएर बनाईनु पर्दछ । मानव समुहको जीवन यापनका आधारहरुलाई नष्ट नगरि गरिनु पर्दछ । सडक बनाउने नाममा कसैको घर सम्पति भत्काउनु नास गर्नु भनेको बिकास बिरोधी कार्य हो । नभत्काई नहुने, नास नगरि नहुने अवस्थामा सम्बन्धित पक्षलाई उसको भविष्यको सुनिश्चित गरेर चित्त बुझाएर र सहमति तथा मन्जुरी लिएर मात्र त्यस्तो कार्य गरिनु पर्दछ । यस्तो कार्य सबै सामाजिक–आध्यात्मीक तथा सांस्कृतिक स्थलहरुमा पनि लागु हुन्छ ।

२.१ विकासको अवधारणा 

साम्राज्य, उपनिबेश र त्यसबाट मुक्ति पछि राष्ट्रराज्य निर्माण गर्ने क्रममा अरुमाथी बाह्य तथा आन्तरिक उपनिबेश खडा गर्ने र आफ्नो स्वार्थ रक्षाको लागी आर्थिक बृद्धि गर्ने नाममा भौतिक बिकासको अवधारणा शुरु भयो । विश्वमा जति पनि उपनिबेशहरु कायम भए ति सबै व्यापार तथा बिकासकै नामबाट भए । सोझोरुपमा हुने उपनिवेशको कालखण्ड सन् १९४०–५० को दशकमा सकियो र उपनिवेशमा रहेका प्रत्येक देशहरु बाहिरीय उपनिबेशबाट मुक्ति त पाए तर आन्तरिक उपनिबेशकारी शक्तिले फेरी कथित बिकास र कथित राष्ट्रवादको नाममा उक्त देशका विभिन्न राष्ट्र, भाषाभाषीका जनसमुदायमाथी आन्तरिक उपनिबेश खडा गर्ने कथित बिकास र कथित राष्ट्रवादलाई बेजोडका साथ बढायो जुन आजसम्म कायम छ । यस्तो बिकासको अवधारणाका बिरुद्धमा वास्तविक, स्वतन्त्र र मौलिक प्रकारको विकास अवधारणाको लागी लडाई भईरहेको छ र लडाई गरिनु पनि पर्छ । 

उपनिबेशलाई धेरै हिसावले बुझन र परिभाषीत गर्नु पर्दैन । अर्कोको सत्व, अस्तित्व, र पहिचान (Entity, Existence and Identity) माथी अतिक्रमण गरि आधिपत्य कायम गर्नु र शासन गर्नु नै उपनिवेश हो । यसर्थ चरित्रको हिसावले समून्द्रपारको उपनिबेशी शक्ति होस या नजिकैको शक्ति होस् तिनीहरुलाई फरक फरक ढंगले छुट्याईरहनु पर्दैन । यस अर्थमा, एउटै देश भित्र पनि राष्ट्र (जातिगत) हिसावले कोही उपनिवेशकारी र कोही उपनिबेशकारीको उत्पीडनमा रहेका मानव समुह हुन सक्छन् । उपनिवेशकारीहरुले आफ्नो उपनिवेश कायम राख्न विकास, राष्ट्रवाद र राजनीतिलाई त्यहि अनुरुप डिजाईन गर्ने र परिभाषित गर्दछन् । हाम्रो देशमा पनि राज्य शासकहरुले अहिले अंगालिरहेको र अभ्यास गरिरहेको बिकास र राष्ट्रवादको अवधारणा आन्तरिक उपनिबेशकारी बिकास तथा राष्ट्रवादको अवधारणा हो । आजसम्मका राज्य शासकहरुले गर्दै आएको राजनीति र तिनले भनेको राजनीतिक व्यवस्थाहरु तिनको उपनिबेशलाई कायम राख्ने र सुदृढ गर्ने प्रकारका छन् । यस्ता अवधारणाहरुलाई कार्यान्वयन गर्न तिनीहरुले विश्वमा विभिन्न विकासका सिद्धान्तहरु प्रतिपादन गरेका छन् ।

२.२ बिकासका अवधारणा तथा सिद्धान्तहरु

औपनिबेशिक ख्क् स्वतन्त्र मौलिक बिकास अवधारणा (Colonial Development Concept VS Independent Peoples Development Concept)  

विकास अवधारणा आधारभूतरुपमा औपनिवेशिक र मौलिक विकास अवधारणा रहेको छ । विकास कहिले पनि न्युट्रल हुदैन । यसले कसै न कसै बर्ग तथा जाति समुदायको पक्षपोषण गरिरहेको हुन्छ । बर्गहरुको पक्षपोषण गर्ने विकास अवधारणाले एउटा बर्गलाई उकास्ने र अर्कोलाई अन्याय गर्ने काम गरिरहेको हुन्छ । जाति समुदायको पक्षपोषण गर्ने विकास अवधारणाले एउटा जाति समुहमाथी अर्को जाति समुहको उपनिवेशलाई बैधानिक्ता प्रदान गरिरहेको हुन्छ । सबैलाई समान गर्ने र सबैको भलाई तथा सम्बृद्धि गर्ने नाममा उक्त औपनिवेशिक अवधारणालाई कार्यान्वयन गरिरहेको हुन्छ । वास्तविकरुपमा विकासले सबै प्रकारका बर्ग, जाति तथा सम्प्रदायलाई समानता र न्याय दिन, विभेदलाई अन्त्य गर्न, औपनिवेशिक्ताको अन्त्य गर्न र सबैलाई समानता र न्याय दिने स्वतन्त्र मौलिक विकास अवधारणालाई अंगिकार गरि कार्यान्वयन गर्नु पर्ने हो । तर त्यस्तो भईरहेको छैन । 

जाति समुदायको पक्षपोषण गर्ने विकास अवधारणाले एउटा जाति समुहमाथी अर्को जाति समुहको उपनिवेशलाई बैधानिक्ता प्रदान गरिरहेको हुन्छ । सबैलाई समान गर्ने र सबैको भलाई तथा सम्बृद्धि गर्ने नाममा उक्त औपनिवेशिक अवधारणालाई कार्यान्वयन गरिरहेको हुन्छ । वास्तविकरुपमा विकासले सबै प्रकारका बर्ग, जाति तथा सम्प्रदायलाई समानता र न्याय दिन, विभेदलाई अन्त्य गर्न, औपनिवेशिक्ताको अन्त्य गर्न र सबैलाई समानता र न्याय दिने स्वतन्त्र मौलिक विकास अवधारणालाई अंगिकार गरि कार्यान्वयन गर्नु पर्ने हो । तर त्यस्तो भईरहेको छैन । 

आजसम्म आईपुग्दा बिकासलाई बुझ्ने आर्थिक बृद्धिको अवधारणाबाट आर्थिक बिकास हुदै बहुआयामीक (Multi-dimensional) र बहुक्षेत्र (Multi-sector) बिकासको अवधारणामा आईपुगेको छ । परम्परामुखि विकास अवधारणा, बृद्धिमुखि विकास अवधारणा, उपयोगीतामुखि विकास अवधारणा, आवश्यक्तामुखि विकास अवधारणा, क्षमतामुखि विकास अवधारणा, कल्याण /भलाईमुखि विकास अवधारणा, मानव अधिकारमुखि विकास अवधारणा आदी विभिन्न खाले विकास अवधारणाहरु रहेका छन् । तर पछिल्लो अवधारणालाई आन्तरिक तथा बाह्य उपनिवेशकारी शक्तिहरुले स्विकार गरिरहेका छैनन् । हाम्रो देशमा पनि राज्य शासकहरुले अहिले अंगालिरहेको र अभ्यास गरिरहेको बिकास र राष्ट्रवादको अवधारणा आन्तरिक उपनिबेशकारी बिकास तथा उपनिवेशकारी राष्ट्रवादको अवधारणा हो । यहि उपनिवेशकारी विकास तथा राष्ट्रवादलाई बलियो बनाउने राज्य शासन व्यवस्था, राज्यको संरचना, राज्य सत्ताको संरचना निर्माण गर्ने र अर्थतन्त्रको संरचना निर्माण गर्ने राजनीति भईरहेको छ र राजनीतिक अभ्यास भईरहेको छ । स्वतन्त्र मौलिक प्रकारको विकास अवधारणाले स्थान पाएको छैन । 

यिनै विभिन्न प्रकारका विकास अवधारणालाई कार्यान्वयन गर्ने विभिन्न सिद्धान्तहरु पनि प्रतिपादन गरिएको छ । यस्ता सिद्धान्तहरुलाई पनि औपनिवेशिक विकास सिद्धान्त र स्वतन्त्र मौलिक मानव विकास सिद्धान्त भनेर छुट्याउन आवश्यक छ । विभिन्न सिद्धान्तहरु आधुनिकीकरण सिद्धान्त Modernization theory, केनेसियनको बृद्धि सिद्धान्त, निर्भरमुखि सिद्धान्त Dependency theory, उत्तर आधुनिक्तावादी सिद्धान्त Postmodernist theory, नवउदारवादी सिद्धान्त Neoliberalism or Neoliberalist theory, मानव विकास सिद्धान्त Human development theory आदीलाई अहिले कायम रहेको उपनिवेशलाई तोड्ने र राष्ट्रहरुको समुदायगत विकासलाई जोड दिने सिद्धान्तहरु एकातिर र विकासको नाममा उपनिवेश कायम गर्ने सिद्धान्तहरुलाई अर्कोतिर राख्नु पर्ने हुन्छ । 

२.३ बिकास र राष्ट्रवादको सम्बन्ध

बिकासले कुनै कुनै राष्ट्रवाद र राजनीतिक बिचारलाई मलजल गरिरहेको र बढावा Promote दिईरहेको हुन्छ । यसलाई बिचार तथा राष्ट्रवादबाट अलग गरेर (Isolation मा) हेर्न सकिन्न र हेर्न हुदैन । दुई अवधारणा र सिद्धान्तका बिकासले फरक फरक राजनीतिक बिचार र राष्ट्रवादलाई प्रमोट गर्दछ । औपनिबेशिक बिकास अवधारणा सहितका सिद्धान्तहरुले उपनिबेश र आन्तरिक उपनिवेश खडा गर्ने राष्ट्रवाद र राजनीतिक बिचार तथा सिद्धान्तलाई पक्षपोषण गर्दछ । उदाहरणकोरुपमा कथित बिकासको नाममा लिम्बुवानमा लिम्बुहरुको सांस्कृतिक–सामाजिक–आध्यात्मीक क्षेत्रमा अतिक्रमण भईरहेको छ जस्ले बिलयी राजनीति, अभिजातिय (मण्डले या पहाडीय कथित उच्च जातिय) राष्ट्रवाद र राष्ट्र–राज्य अर्थात एकल जातिय राज्य निर्माणलाई पक्षपोषण गर्दछ ।

३. राष्ट्रवाद Nationalism 

राष्ट्र भनेको सांस्कृतिक ईकाईकोरुपमा रहेका जनसमुहहरु हुन्, यी जनसमुहहरु माटोसंग अभिन्नरुपमा गासिएका हुन्छन् । यिनै जनसमुहको रक्षार्थ गरिने कार्य र बिचार नै राष्ट्रवाद हो । त्यसैले सांस्कृतिक जनसमुह + देश या माटो या सार्वभौमिक्ता अर्थात देशभक्तवाद = राष्ट्रवाद हुन्छ अर्थात राष्ट्र + देशभक्तवाद = राष्ट्रवाद हुन्छ । राष्ट्र र देशभक्ति नङ मासु झै जोडिएको हुन्छ । यसर्थ, बहुलराष्ट्र + देशभक्तवाद = बहुलराष्ट्रवाद हुन्छ ।  

यथार्थमा, राष्ट्रवाद भनेको विभिन्न साँस्कृतिक, भाषिक, सामाजिक समुदाय र राष्ट्र (जाति) हरुको पहिचान तथा विकास, अस्तित्व एवम् तिनीहरूसँग सम्बन्धित राज्यको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनताको सधै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने विचार हो । यसैले राष्ट्रियता र राष्ट्रवादलाई राज्यको सार्वभौमिक्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको मात्र कुरा गर्नु र तिनलाई बलियो बनाउनु मात्र राष्ट्रवाद बुझ्नु हुदैन । त्यसरी बुझियो भने एकांकी हुन्छ, अपुरो हुन्छ र गलत हुन्छ । यसर्थमा बाह्र राष्ट्रवाद र आन्तरिक राष्ट्रवाद भनेर छुट्याउनु पनि गलत हुन्छ । राज्य भित्रका विभिन्न साँस्कृतिक, भाषिक, सामाजिक समुदाय र राष्ट्र (जाति) हरुको पहिचान एवम विकास र अस्तित्वमा देश तथा राज्यको अस्तित्व रहेको हुन्छ । सङ्क्षेपमा देश र राष्ट्रहरुको अस्तित्व र पहिचान अनि तिनको रक्षा, विकास तथा सम्बृद्धि अनि सो प्रतिको ममता नै राष्ट्रवाद हो । राष्ट्रवाद विचार Ideology पनि हो जसले आफ्नो (राष्ट्रको) पहिचानलाई स्थापित र प्रवद्र्धन गर्दछ । 

३.१ राष्ट्रवादको सैद्धान्तिक अवधारणा

खासमा राष्ट्रहरुले आफ्नो अस्तित्व र पहिचानका साथै आफ्नो भौगोलिक सिमालाई रक्षा गर्न राष्ट्रवादको अवधारणा आयो । तर समयको बिकास संगै यसले विभिन्न रुप ग्रहण गर्दै गयो अर्थात यस अवधारणालाई विभिन्न समयमा मोड्ने काम भयो । फ्रेन्च क्रान्तिले एकल राष्ट्र राष्ट्रवादको उदय गरायो भने त्यसपछि यो राष्ट्रिय (जातिय) राष्ट्रवाद Ethno-nationalism र नागरिक राष्ट्रवाद Civic nationalismमा विभाजन भयो । विविधता भएको देशमा देशको नागरिक अवधारणाबाट नागरिक राष्ट्रवादको उदय भयो । बहुभाषा, बहुसंस्कृति, बहुजाति अर्थात बहुल राष्ट्र युक्त विविधता भएको देशमा बहुल राष्ट्रवादको घाटी निमोठियो । हाम्रो देशमा पनि त्यहि काम भयो । नागरिक राष्ट्रवाद र राष्ट्र राष्ट्रवादमा खासै फरक छैन । घुमाई फिराई मोड्ने र सोझै मोड्ने फरक मात्र हो । यसैले, राष्ट्रवादबारे विभिन्न बुझाईहरु रहेका छन् । 
 

३.२ राष्ट्रवादबारे विभिन्न बुझाईहरु र विभिन्न प्रकारका राष्ट्रवादहरु

राष्ट्रिय राष्ट्रवाद / राष्ट्र राष्ट्रवाद दुबै एकल राष्ट्रवाद हुन भने राष्ट्र एक मात्र नभएर बहुल भएको राज्य या देशमा बहुल राष्ट्रवाद हुन्छ । नागरिक राष्ट्रवाद Civic nationalism पनि एकल राष्ट्र राज्य निर्माण गर्ने बिचार भएकोले यो पनि एकल जातिय राष्ट्रवाद Single ethno-nationalism कोरुपमा रहेको छ । राष्ट्र राष्ट्रवाद Ethno-nationalism यदि बहुल भए त्यो नै बहुलराष्ट्रवाद Pluri-nationalism हुन्छ । नेपालमा हाल राज्यले पक्षपोषण गरिरहेको र बढावा Promote गरिरहेको नेपाली राष्ट्रवाद भनेको पर्वते क्षेत्रि–बाहुनको राष्ट्रवाद अर्थात मण्डले राष्ट्रवाद जसलाई महेन्द्रीय राष्ट्रवाद पनि भन्ने गर्दछन् त्यो नै राष्ट्र राष्ट्रवाद /एकल जातिय राष्ट्रवाद Ethno-nationalism हो । कस्तो राष्ट्रवाद भन्ने कुरा राजनीतिक बिचारले निर्देशित गर्दछ । उदारवादी पुंजीवादी राजनीतिक बिचारले उदारवादी राष्ट्रवाद Liberal nationalism को बाटो लिन्छ । किन भने उस्ले विश्व पुंजीवादमा लैजान सिमा र फरक शासन व्यवस्थालाई अवरोध ठान्छ । यसैगरि, कम्युनिष्ट राष्ट्रवाद Communist nationalism ले साम्यवादी समाज Communism मा पुग्न अन्तर्राष्ट्रीयवाद (Internationalism को बाटो लिन्छ । यसैले यिनको राष्ट्रवाद अवसरवादी राष्ट्रवाद Opportunist nationalism हुन्छ । किन भने उसको बिचार तथा सिद्धान्तले राज्य, जाति र बर्ग बिलय गर्ने कुरा गर्दछ । यसरी नै एकल राष्ट्र राष्ट्रवादी बिचारले महेन्द्रीय मण्डले नेपाली राष्ट्रवाद नामको जातिय राष्ट्रवाद Ethno-nationalism जस्तो बाटो लिन्छ । यि सबै औपनिवेसिक राष्ट्रवाद Colonial nationalism हुन जसले अरुमाथी उपनिबेश खडा गर्दछ । यसर्थ, राष्ट्रवादलाई राजनीतिक बिचार तथा सिद्धान्तले निर्देशित गर्दछ र त्यसले पुग्ने गन्तव्यलाई निर्धारण गर्दछ । 

३.३ राष्ट्रवाद र बहुलराष्ट्रिय समाजवादको सम्बन्ध

जातिय विविधता भएको राज्य तथा देशमा राष्ट्रवाद बहुललराष्ट्रवाद भए मात्र सहि तथा वास्तविक राष्ट्रवाद True nationalism हुन्छ । यस्तो वास्तविक राष्ट्रवादलाई बहुलराष्ट्रवादले मात्र पक्षपोषण गर्दछ र अघाडी बढाउछ । यहि बहुलराष्ट्रवादले मात्र बहुलराष्ट्र रहने समाजवादको गन्तव्यमा पुर्याउछ । 

३.४ राष्ट्रवादको दृष्ट्रिकोणबाट नेपाली राज्यको चरित्र र व्याख्या

नेपाल राष्ट्र—राज्य या बहुल राष्ट्र—राज्य या राज्य—राष्ट्र के हो भन्नेमा पनि वादविवाद रहेको छ । यसबारे राजनीतिक समुह तथा जातिय समुहका आ—आफ्नै धारणा र बुझाईहरु छन् । राज्य र राष्ट्र निर्माण हुने आ—आफ्नै प्रकृयाहरु छन् । राज्य पहिले बन्यो कि राष्ट्र पहिले बन्यो अर्थात राज्यबाट राष्ट्र बन्यो कि राष्ट्र (जाति) ले भौगोलिक सिमा चाहेर या ओगटेर राज्य बन्यो भन्ने विवाद १७÷१८ औ शताव्दीताका युरोपमा पनि चलेको थियो । नेपालको सन्दर्भमा पनि त्यहि विवाद रहेको देखिन्छ । 

राष्ट्र निर्माणको प्रकृयाबारे आधारभुतरुपमा ३ खाले बिचार रहेका छन् । पहिलो बिचारले प्रत्येक भिन्न मानव समुह ÷ जाति नै राष्ट्र हो भन्दछ । दोस्रो बिचारले देश नै राष्ट्र हो भन्ने बिचार राख्दछ । तेस्रो बिचारले जस्को साझा भाषा छ, साझा संस्कृति छ, साझा अलग भूभाग छ, साझा मनोविज्ञान रहेको छ, साझा आर्थिक पद्धति या परस्पर सम्बन्धित आर्थिक सम्बन्ध रहेको स्थिर समुदाय नै राष्ट्र हो भन्दछ ।

राष्ट्र निर्माणको प्रकृयाबारे दोस्रो खाले बिचार राज्य नै राष्ट्र हो भन्ने धारणा धेरै व्यवहारिक छैन मात्र होईन गलत धारणा हो । यसको अर्थ भौगोलिक सिमा नै राष्ट्र हुदैन जबसम्म त्यसले एउटै सामाजिक, सांस्कृतिक र भाषिक मानव समुहको प्रतिनिधीत्व गर्दैन । राष्ट्र निर्माणको प्रकृयाबारे माक्र्सवादी कम्युनिष्टहरुले तेस्रो बिचारलाई प्रतिनिधीत्व गर्दछन् । माक्र्सवादी कम्युनिष्टहरु स्तालिनले परिभाषीत गरेको राष्ट्रको परिभाषालाई व्याख्या गर्दछन् र राष्ट्र निर्माणको प्रकृयालाई सोहि अनुसार बुझ्ने गर्दछन् । स्तालिनका अनुसार राष्ट्र भनेको कविला अर्थात कविलाई पद्धति होईन । राष्ट्र भनेको ५ वटा चरित्र या विशेषता भएको मानव समुह या जाति समुह हो जस्को साझा भाषा छ, साझा संस्कृति छ, साझा भूभाग छ, साझा मनोविज्ञान रहेको छ, साझा आर्थिक पद्धति या परस्पर सम्बन्धित आर्थिक सम्बन्ध रहेको स्थिर समुदाय हो । यसैले हुन सक्छ वामपन्थी कम्युनिष्टहरु मानव जातिको विकास खुट्कीलाहरुसंग राष्ट्र निर्माण तथा विकासको प्रकृयालाई जोड्दछन् । उनीहरुका अनुसार मानव जाति गण, कविला, जनजाति Nationality हुदै राष्ट्र Nation मा विकास हुन्छ भन्दछन् । 

माथी उल्लेख गरिएको राष्ट्रको ५ बिशेषता र गण, कविला, जनजाति र राष्ट्र (जाति) चरणबद्ध बिकासको कुरासंग धेरै सम्बन्धित देखिन्दैन । माथी उल्लेख गरिएको ५ बिशेषताका आधारमा नेपालका सबै जात जाति र आदिवासी जनजातिहरु राष्ट्र हुन् । सबैको आफ्नै तथा साझा भाषा छ, साझा संस्कृति छ, साझा भुभाग (थातथलो) छ, साझा मनोविज्ञान (हामी भन्ने भावना) छ र उनीहरु वीच परस्पर सम्बन्धित आर्थिक सम्बन्ध रहेको छ । यसैले, खस, मधेसी, थारु, लिम्बु, राई, मगर, गुरुङ, नेवार, तामाङ, राउटे, चेपाङ लगायतका आदिवासी जनजातिहरु सबै राष्ट्र हुन् । यस अर्थमा पहिलो र तेस्रो बिचारमा धेरै अन्तर छैन । तर नेपालका वामपन्थी कम्युनिष्टहरु यसलाई मान्न तयार छैनन् । यिनीहरु वामपन्थी कम्युनिष्ट कम र ब्राह्मणवादी जातिवादी बढी भएकोले अन्य देशका वामपन्थी कम्युनिष्टहरुले मानेको कुरा मान्न तयार हुदैनन् । 

सबैको आफ्नै तथा साझा भाषा छ, साझा संस्कृति छ, साझा भुभाग (थातथलो) छ, साझा मनोविज्ञान (हामी भन्ने भावना) छ र उनीहरु वीच परस्पर सम्बन्धित आर्थिक सम्बन्ध रहेको छ । यसैले, खस, मधेसी, थारु, लिम्बु, राई, मगर, गुरुङ, नेवार, तामाङ, राउटे, चेपाङ लगायतका आदिवासी जनजातिहरु सबै राष्ट्र हुन् ।

नेपालमा राष्ट्रवादसंग जोडिएको अर्को एउटा अनौठो बिचार, बुझाई र व्याख्या रहेको छ । उक्त समुहका अनुसार नेपालको एकीकरण सामन्ती राज्य बिस्तारको परिघटना मात्रै होइन, त्यो तात्कालीन आन्तरिक र बाह्य सामाजिक–आर्थिक र राजनीतिक कारणहरूले जन्माएको ऐतिहासिक आवश्यकता हो । नेपाल राज्य निर्माण प्रक्रियाका आफ्नै विशिष्टता छन् । यो निश्चित जाति समूहहरू राष्ट्रमा विकसित हुने र त्यसका आधारमा राज्य बन्ने प्रक्रियाबाट बनेको राष्ट्र–राज्य होइन, पहिले राज्य निर्माण भएर त्यसभित्र बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक पक्षहरू समाहित भई बनेको राज्य–राष्ट्र हो । बहुराष्ट्रियता या दुई राष्ट्रियताका नाममा चलेका बहस गलत मात्रै होइन, हानीकारक समेत छन् भन्दछ । 
पहिलो, यस बिचारले नेपाल राष्ट्र—राज्य होईन भनि बुझेको ठिकै हो । किन भने यो एउटै जातिको मात्र राज्य होईन । यो बहुजातिय, बहुभाषीक, बहुसांस्कृतिक राज्य हो । नेपालका सबै जातजाति र आदिवासी जनजातिहरु चरित्र र बिशेषताका हिसावले राष्ट्र हुन् । यसैले यो बहुल राष्ट्र—राज्य हो ।

दोस्रो, गोर्खा राज्यको बिस्तार हुनु अघि अहिले नेपाल भनिएको देश भित्र गोर्खा जस्नै धेरै राज्यहरु थिए । ति राज्यहरु कोही युद्धबाट पराजित गराएर त कोही सम्झौता र सहमतिबाट गोर्खा सहित नेपाल भएको राज्यमा समाबेश भएका थिए । जहासम्म गोर्खा राज्यको बिस्तार तात्कालीन आन्तरिक र बाह्य सामाजिक–आर्थिक र राजनीतिक कारणहरूले जन्माएको ऐतिहासिक आवश्यकता थियो भन्ने बिचार छ त्यस बिचारले गोर्खाको राज्य बिस्तारबाट असली हिन्दुस्तान अर्थात हिन्दु राज्य बनाउने गोर्खाका तत्कालिन शाशकको बिचारलाई घुमारो पाराले समर्थनका साथै कुनै पनि चरित्रको बिस्तारवादको समर्थन गर्दछ । धेरै राज्यहरु हुनु र सामान्ती राज्यहरु थिए भन्दैमा असली हिन्दुस्तान सम्राज्य बनाउने उदेश्यको खुनी आक्रमण र राज्य विस्तारको बिस्तारवादी उपनिवेशवादी कार्य ठिक थियो भनेर समर्थन गर्न सकिन्न । ऐतिहासिक आवश्यकता थियो भन्ने नाममा यस्तो कार्यको समर्थन उपनिवेशवादी विस्तारवादीहरुले मात्र गर्दछन् । 

त्यसबेलाको बाह्य कारण भनेको भारतमा अंग्रेज उपनिवेशवादीले कव्जा जमाउदै आएको थियो । अहिलेको नेपाल भित्र रहेका स—साना राज्यहरु एक आपसमा लड्थे र एकता थिएन । अंग्रेजको मुकाविला गर्न त यस भेगका राज्यहरुसंग आपसी समझदारी र सहमतिमा गर्न सकिन्थ्यो । अंग्रेजलाई रोक्न यस भेगका राज्यहरुमाथी हमला र युद्ध मच्चाएर सम्भव हुन्न भन्ने कुरा सामान्य मानिसले पनि बुझ्ने कुरा हो । गोर्खाका राजा पृथ्वीनारायण शाहले अंग्रेजलाई तिव्वत व्यापारमा नरोक्ने र अंग्रेजले पृथ्वीनारायण शाहको बाईसे चौविसे सहित अन्य राज्यहरुमाथी आक्रमण गरे राज्य बिस्तार गर्ने कामलाई हस्तक्षेप नगर्ने गरि अंग्रेजसंग मिलेमतो गरेको र अंग्रेजबाट नै हतियार लिएर यस भेगका अन्य राज्यहरुमाथी चढाई गरेको कुरा पनि खुलिसकेको छ । ईतिहासमा यस यथार्थलाई लुकाइएको थियो ।

अंग्रेजी उपनिबेशवादीहरुसंग सांठगाठ (सम्झौता) गरि तिनैबाट हतियार र सैनिक सल्लाह लिएर यस भेगका विभिन्न राज्यहरुलाई अधिनमा लिएर आर्य खस ब्राह्मणहरुको राज्य खडा गरेको भन्ने कुरालाई पुष्ठी गर्न अव अरु प्रमाणहरु खोजिरहनु पर्दैन । पछिल्लो समयमा शाह शाशकहरुको अंग्रेजसंग लेनदेन र तिव्वत व्यापारमा कुरा नमिलेको कारण अंग्रेजसंग युद्ध लड्नु पर्यो । गोर्खा राज्यले यहाका अन्य राज्यहरुसंग लड्दै त्यहि समयमा अंग्रेजसंग पनि लडेको होईन । गोर्खाको यस भेगका राज्यहरुमाथी हमला गरि राज्य बिस्तार गर्ने काम अंग्रेजसंग मुकाविला गर्न थिएन । अंग्रेजसंग लडाई गर्ने र अंग्रेजलाई रोक्नका लागी थिएन । यो सबै आन्तरिक उपनिवेश कायम गर्नका लागी थिए । यसको उदेश्य एक असली हिन्दुस्तान साम्राज्य बनाउने थियो । असली हिन्दुस्तान बनाउने कामलाई ऐतिहासिक आवश्यक्ता ठान्ने बिचार तथा चिन्तन हिन्दु अतिवादी र आर्य ब्राह्मणवादी बिचार तथा चिन्तन मात्र हुन्छ, प्रगतिशिल तथा क्रान्तिकारी बिचार तथा चिन्तन हुदैन । 

तेस्रो, यस बिचार तथा चिन्तनले नेपाली राज्य निश्चित जाति समूहहरू राष्ट्रमा विकसित हुने र त्यसका आधारमा राज्य बन्ने प्रक्रियाबाट बनेको राष्ट्र–राज्य होइन, पहिले राज्य निर्माण भएर त्यसभित्र बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक पक्षहरू समाहित भई बनेको राज्य–राष्ट्र हो भन्ने सन्दर्भमा निश्चितरुपमा राष्ट्र—राज्य होईन तर राज्य—राष्ट्र पनि होइन । राष्ट्र—राज्य बनाउन २४० बर्ष देखि प्रयास त भईआएकै छ र अहिले पनि जारी छ तर नेपाल एक राष्ट्र—राज्य हुन सकेको छैन । यसको अर्थ एकै भाषा अंगिकारको कुरा आउछ, एकै संस्कृति अबलम्बनको कुरा आउछ, एकैखाले रहन सहन, विश्वास, सामाजिक तथा धार्मिक प्रथा प्रचलनको कुरा आउछ र एकैखाले मनोविज्ञानको कुरा आउछ । यी कुराहरु सबै नेपाली जनताको एउटै छैन र सबैले साझा हो भनेर मानिसकेको स्थिति छैन । यस समुहले पनि देश अर्थात राज्यलाई राष्ट्र ठान्ने बिचार बोकेको छ । देश भनेको भौगोलिक ईकाई हो, राज्य भनेको राजनीतिक ईकाई हो र राष्ट्र भनेको सांस्कृतिक ईकाइ हो भन्ने कुरालाई यस बिचार समुहले बुझ्न सकिरहेको छैन । हरेक राजनीतिक ईकाइ राष्ट्र हुदैन भन्ने कुरा राजनीति शास्त्र अध्ययन गर्ने जो कोहीले बुझ्ने कुरा हो । राष्ट्रसंग संस्कृति जोडिन्छ । संस्कृतिसंग जनता आउछ । राज्यको आफ्नै संस्कृति हुदैन । राज्य आफै जनता होईन । नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएकै नाताले नेपाल राज्य—राष्ट्र हुदैन र राष्ट्र—राज्य पनि हुदैन । यसैले नेपाल एक राज्य—राष्ट्र हो भन्ने बिचार तथा मत बेठिक मात्र होईन आधार विनाको फोस्रो बिचार तथा तर्क हो । 

राष्ट्रसंग संस्कृति जोडिन्छ । संस्कृतिसंग जनता आउछ । राज्यको आफ्नै संस्कृति हुदैन । राज्य आफै जनता होईन । नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएकै नाताले नेपाल राज्य—राष्ट्र हुदैन र राष्ट्र—राज्य पनि हुदैन । यसैले नेपाल एक राज्य—राष्ट्र हो भन्ने बिचार तथा मत बेठिक मात्र होईन आधार विनाको फोस्रो बिचार तथा तर्क हो । 

राष्ट्र र राष्ट्रियताबारे अर्को एउटा समुहको नेपाल राज्य—राष्ट्र हो भन्ने बिचार राख्ने समुहको भन्दा अलि सान्दर्भीक बिचार तथा मत रहेको छ । उक्त बिचार समुहले राष्ट्र भनेको भूगोल होइन यथार्थमा जनता हो । निश्चित भूगोल भित्र बसोवास गर्ने मात्र नभई विश्वको जुनसुकै कुनामा बसेको भएपनि प्रत्येक नेपालीमाझ हार्दिकता, सद्भाव, सहिष्णुता र आफ्नोपनबाट ओतप्रोत भएको सामूहिक मनोभावनालाई लक्षित गर्ने अवधारणा राष्ट्रियता हो र यसको केन्द्रबिन्दुमा जनता नै रहनुपर्दछ भन्दछ । यसैले, यसले नेपालभित्र र बाहिर रहेका आफ्नो क्षेत्र, वर्ग, जाति, समुदाय, धर्म, लिंग र पेशा  व्यवसायमा संलग्न नेपाली विविधताबीचको एकता र सद्भावबाट विकसित सामूहिकता नै राष्ट्रियता (नेपाली राष्ट्रवाद) हो भन्ने बिचार तथा मत बोक्दछ । यो बिचार तथा मत बोकेका समुहका मानिसहरु राष्ट्र र राष्ट्रियता सम्बन्धमा जनता, विविधतावीचको एकता, बहुलता र बहुलवादमा अलि अलमलिएको देखिन्छ । राष्ट्र भनेको भुगोल सहितको जनता नै हो । भुगोल मात्र होईन । अझ राष्ट्र भनेको जनता नै हो । यसमा शंका छैन । जनता भने पछि एक भाषीय हो कि बहुभाषीय या भिन्न भिन्न भाषा बल्नेहरु हुन, एउटै संस्कृति मान्ने हो कि बहुसंस्कृति या भिन्न भिन्न संस्कृति भएकाहरु हुन, एक जातिय हो कि बहुजातिय या भिन्न भिन्न जातिहरु हुन भन्ने कुरा यिनीहरु स्पष्ट गर्न चाहदैनन् ।

यिनीहरु राजनीतिक बहुलता र बहुलवादको मात्र कुरा गर्दछन् तर भाषीक, सांस्कृतिक र जातिय बहुलता र बहुलवादको कुरा गर्दैनन् । यिनीहरु राष्ट्रवादको सन्दर्भमा नेपाल भित्र भिन्न भिन्न जाति समुदायको आ—आफ्नै परम्परागत (थातथालो) भूमी या भौगोलिक भूमी र बसोबास छ भन्ने यथार्थतालाई स्विकार गर्दैनन् । यिनीहरु भौगोलिक या परम्परागत भूमी या थातथलोमा भिन्न आफ्नै भाषा, आफ्नै संस्कृति र हामी मनोविज्ञानकासाथ बसोबास गर्ने जाति समुहलाई राष्ट्र भन्न चाहदैनन् । यसैले बहुभाषीक, बहुसांस्कृतिक, बहुजातिय, बहुधार्मिक बिशेषतायुक्त नेपालको भुगोल भित्र बस्ने समग्र नेपाली जनता नै राष्ट्र हो भन्न पुग्दछन् । यो नै राष्ट्र—राज्यको अवधारणा हो र एकल जातिय राज्यको अवधारणा हो । उनीहरु नेपालको भुगोल भित्र विभिन्न क्षेत्र र थातथालोमा बस्ने बहुभाषी, बहुसंस्कृति भएका र भिन्न भिन्न धर्म मान्ने बहुजाति जनता नै राष्ट्र हुन भन्न सक्दैनन् । यिनै बिषयमा उनीहरु किन अलमलिन्छन भने उनीहरुको अन्तरहृदय या दिमागमा आर्य खस जातिय राज्य अर्थात पृथ्वीनारायण शाहले बनाउन खोजेको असली हिन्दुस्तानी राज्यको अमिट छाप रहेको छ र सो उनीहरुको मुल्यको रुपमा रहेको छ । 

नेपाल एक बहुल राष्ट्र—राज्य हो अर्थात राष्ट्रहरुको राज्य हो । यस बिचार तथा मतलाई एकल जातिय राज्य अर्थात राष्ट्र—राज्यका पक्षधरहरुले विखण्डकारी बिचार तथा सोचकोरुपमा चित्रण गर्दछन् । नेपाललाई एक जातिय राज्य (राष्ट्र—राज्य) लाई तोडेर बहुजातिय राज्य (बहुल राष्ट्र—राज्य) बनाउने कुरा अवधारणागत र बिचारको तहमा विखण्डन ल्याउन नै खोजिएको हो । यसमा कुनै शंका छैन । आर्य खस र हिन्दु ब्राह्मणवादीहरुको मात्र राज्य बनाउने बिचारलाई तोड्नै पर्दछ र यस्तो बिचारलाई खण्डीत गर्नै पर्दछ । नेपाल राज्य भिन्न भिन्न भाषा, भिन्न भिन्न संस्कृति, भिन्न भिन्न धर्म मान्ने भिन्न भिन्न जाति सबैको हो भन्नु के विखण्डनकारी बिचार तथा मत हुन्छ ? के त्यसले देशलाई विखण्डन गराउछ ? के त्यसले नेपालको भुभागलाई विखण्डन गराउछ ? देश भौगोलिक ईकाई मात्र हो राष्ट्र होईन । राज्य राजनीतिक ईकाई मात्र हो राष्ट्र होईन । राष्ट्र भनेको भुगोल सहितको जनता हो, जनता पनि भिन्न चरित्र र बिशेषता भएका जाति छन्, तिनै जाति नै राष्ट्र हुन् र ति विभिन्न जातिहरु (राष्ट्रहरु) वीचको एकताले नै नेपाल राज्य र नेपालको राष्ट्रियतालाई बलियो बनाउछ, नेपाली राज्यको उन्नति र विकास गराउछ भन्नु विखण्डनकारी र साम्प्रदायिक बिचार हुन्छ ? विखण्डनकारी र साम्प्रदायिक बिचार त एकल जातिय राज्य अर्थात राष्ट्र—राज्य बनाएर अन्यमाथी शाशन गर्ने बिचार तथा सोच होईन र ? 

नेपाल एक बहुल राष्ट्र—राज्य हो अर्थात राष्ट्रहरुको राज्य हो भनिएको बिचार तथा मतलाई विखण्डकारी बिचार तथा सोचकोरुपमा चित्रण गर्नु भनेको रुखको हांगापट्टी बसेर हांगा काट्नु हुन्न भन्ने बिचार तथा मतलाई बिरोध गर्नु जस्तै हो र रुखको हांगापट्टी बसेर फेद पट्टी काट्ने कालीदासे बुद्धि हो । यस्तो कालीदासे बुद्धि र बिचारले देश विखण्डन पनि गराउन सक्छ । यथार्थतामा, बहुल राष्ट्र—राज्यको बिरोध गर्ने र राज्य—राष्ट्र तथा राष्ट्र—राज्यको पक्ष लिनेहरु सबै संकिर्ण र विखण्डनकारी तत्वहरु हुन् । साम्प्रदायिक बिचार बोक्ने मानिसहरु हुन् । सामाजिक सद्भावलाई खलबल्याउने जत्थाहरु हुन् र सारमा देश र जनता बिरोधी तत्वहरु हुन् ।

राजनीति

राज्यको निति बाट राजनिति भएकोले यो भनेको राज्यले अंगिकार गर्ने नितिलाई प्रभाव, परिवर्तन र कार्यान्वयनको लागी चलखेल हो । राज्यको नितिलाई राज्य सत्ताले नियन्त्रण र निर्देशित गर्ने भएकोले कसै कसैले राजनितिलाई राज्य सत्ता प्राप्त गर्ने खेल तथा गतिविधी या प्रयासकोरुपमा बुझ्ने गर्दछन् । फेरी त्यस्ता नीति, कानुन तथा संरचनाहरुको निर्माण र कार्यान्वयन राज्यसत्ता आफ्नो पकडमा आए पछि मात्र गर्न सकिन्छ ।

पार्टी राजनीति या बिचार राजनीति राज्य सत्ता प्राप्तीसंग सम्बन्धित हुन्छ भने जनराजनिति या दृष्ट्रिकोणमा आधारित राजनिति राज्यको महसुसीकरण, जिम्मेवारी र जबाफदेहितासंग सम्बन्धित हुन्छ । कुनै खास बिषय तथा सवालहरुमा पार्टी राजनिति गर्ने व्यक्तिहरु र जनराजनिति गर्नेहरु बिच समान धारणा र समान समाधानका उपायहरु पनि हुन सक्छन् । 

यस्तो चलखेल – बिचार Ideology मा आधारित भएर गरिन्छ भने अर्को निश्चित दृष्ट्रिकोण Definite perspective अर्थात सवालहरुमा निश्चित दृष्ट्रिकोण बनाएर पनि गरिन्छ । दुबैको उदेश्य निश्चित बर्ग तथा समुह या समुदायको हित या हकसंग सम्बन्धित हुन्छ । यस्तो चलखेल – गर्न राज्य सत्ता महत्वपुर्ण हुन्छ र राज्य सत्ता प्राप्ती पछी नै यी कामहरु गर्न सकिन्छ भन्ने मान्यताका आधारमा निश्चित बिचार Ideology मा संगठित भएर कृयाकलाप गर्ने काम पार्टी राजनिति हुन जान्छ । यस्तो चलखेल – कुनै बिचार (Ideology मा आधारित नभई खास खास बिषय र सवालहरुमा निश्चित दृष्ट्रिकोण Perspective बनाएर कृयाकलाप गर्नु जनराजनिति हुन जान्छ । कसै कसैले यसलाई सवाल राजनीति पनि भन्ने गर्दछन् । 

पार्टी राजनीति पनि जनराजनीति हो तर त्यहा बिचार या बाद Ideology / ism ले काम गरेको हुन्छ र सोहि बिचार या वादको आधारमा दृष्ट्रिकोण बनाईन्छ । सबै बिषय तथा घट्ना एवं बिकासलाई त्यहि बिचार या बादको आखाले हेर्ने र बिश्लेषण गर्ने गर्दछ । पार्टी राजनीति या बिचार राजनीति राज्य सत्ता प्राप्तीसंग सम्बन्धित हुन्छ भने जनराजनिति या दृष्ट्रिकोणमा आधारित राजनिति राज्यको महसुसीकरण, जिम्मेवारी र जबाफदेहितासंग सम्बन्धित हुन्छ । कुनै खास बिषय तथा सवालहरुमा पार्टी राजनिति गर्ने व्यक्तिहरु र जनराजनिति गर्नेहरु बिच समान धारणा र समान समाधानका उपायहरु पनि हुन सक्छन् । 

राजनीतिक व्यवस्था, शासन मोडल, राज्य संरचना र शासन संरचना लगायतका धेरै बिषयहरुलाई राजनीतिले निर्धारण गर्दछ । राजनीति बिचार तथा सिद्धान्तको आधारमा हुने हुनाले जुन बिचार तथा सिद्धान्त अंगिकार भएको छ त्यहि अनुसारको राज्य व्यवस्था, शासन मोडल, राज्य संरचना र शासन संरचना निर्माण गर्ने कुरा आउछ । हाम्रो देशमा सन् १७६८ ताकाको राज्य व्यवस्था, शासन मोडल, राज्य संरचना र शासन संरचना सन् १९५० तिर आएर फरक पर्यो भने सन् १९६० पछिको पन्चायतिकालमा केही फरक पर्यो । सन् १९९० पछि पन्चायतिकाल भन्दा फरक व्यवस्था, शासन मोडल र शासन संरचना निर्माण भयो भने सन् २००४ पछि अझ फरक पर्यो । 

सन् २०१५ (बि.सं.२०७२) को संविधानले हाम्रो देशमा भौगोलिकरुपको संघ, प्रदेश र स्थानिय तहको संरचना रहेको संधिय राज्य भएको छ जहा संसदिय शासन व्यवस्था, र सुचिकृत अधिकार क्षेत्रको आधारमा बहुमत ल्याउने दलको सरकार तथा अल्पमतको विपक्ष रहने शासन मोडल रहेको छ । आधारभुतरुपमा यस राज्य संरचना, शासन व्यवस्था तथा शासन मोडलले विभिन्न राष्ट्र, आदिवासी समुदाय र विभिन्न सामाजिक समुहहरुमाथी उपनिवेश कायम गर्दछ । उपनिवेशले एक थरीहरुलाई उत्पीडन, शोषण, अन्याय, असमानता र विभेद सिर्जना गर्दछ । यस प्रकारको संरचना र शासन ल्याउन गरिने राजनीति एकमाथी अर्कोको उपनिवेश कायम गर्ने राजनीति हो भने त्यस्ता राजनीतिक दलहरु उपनिवेश कायम गर्ने राजनीति गर्ने राजनीतिक दलहरु हुन । यसको अर्थ उपनिवेश कायम गर्ने राजनीति हुन्छ भने त्यसको बिरुद्धमा उपनिबेशबाट मुक्ति पाउने गराउने राजनीति पनि हुन्छ । यहि अनुसार उपनिबेश कायम गर्ने राजनीति गर्ने राजनीतिक दल हुन्छ भने त्यसको बिरुद्धमा उपनिवेशबाट मुक्ति दिलाउने राजनीति गर्ने राजनीतिक दल पनि हुन्छ । 
राजनीति र विकास

विकास भन्ने कुरा एकान्त (Isolation) मा कल्पना गर्न सकिन्न । यो बर्गिय र जातिय मामिलामा न्युट्रल अर्थात तटस्थ हुदैन । यो पक्षधर हुन्छ । विकास राजनीतिसंग जोडिएको हुन्छ भने राजनीतिले विकासलाई निर्देशित गरेको हुन्छ । यसको अर्थ विकास पनि एकमाथी अर्कोको उपनिबेश खडा गर्ने र कायम गर्ने प्रकारको हुन्छ भने अर्को विकास एकमाथी अर्कोको उपनिबेशलाई हटाउने र त्यसबाट मुक्तितिर डोर्याउने प्रकारको हुन्छ । 

राजनीतिमा अहिले हावी रहेका सत्तारुढ दल नेकपा, नेपाली कांग्रेश, राजावादीहरु र अन्य प्रतिपक्षी धेरै राजनीतिक दलहरु यहि अभिजातिय राजनीति गरिरहेका छन । यहि अभिजातिय राष्ट्रवादलाई बलियो बनाईरहेका छन् र अभिजातिय बर्गको उपनिवेश कायम गर्ने र बलियो बनाउने राजनीति गरिरहेका छन् । यस प्रकारको राजनीतिलाई विस्थापन नगरेसम्म अभिजातिय बर्गको उपनिवेशबाट मुक्ती पाउन सकिन्न, असली राष्ट्रवादलाई अघि बढाउन सकिन्न र असली विकास तथा सम्बृद्धि प्राप्त गर्न सकिन्न । 

हाम्रो देशको सन्दर्भमा जे जति राजनीतिक बिचार तथा सिद्धान्तको आधारमा दलहरुले राजनीति गरिरहेका छन के ति दलिय राजनीति उत्पीडित जनसमुदायलाई उपनिवेशबाट मुक्ति दिने प्रकारको राजनीति भईरहेको छ त ? बर्तमानको हाम्रो देशको शासन व्यवस्था, राज्य तथा शासन संरचना र तिनले गरिरहेको कामले उत्पीडित जनसमुदायलाई उपनिवेशबाट मुक्ति दिने प्रकारको छ त ? निश्चितरुपले छैन । यहाको राजनीति, विकास तथा शाशन व्यवस्था र संरचनाले विभिन्न राष्ट्र, आदिवासी र विभिन्न सामाजिक–सांस्कृतिक समुहहरुमाथी उपनिवेश कायम गर्ने काम निरन्तररुपमा गरिरहेको छ । त्यहि उपनिवेश कायम गर्न संविधान सोही अनुरुप बनाईएको छ । ऐन कानून, नीति नियमहरु सोही अनुरुप निर्माण गरिएका छन् । विकास मोडल, शाशन व्यवस्था र संरचना पनि त्यहि उपनिवेशलाई सुदृढ गर्ने दिशामा डिजाईन गरिएका छन् । यसको लागी हजारौ उदाहरणहरु दिन सकिन्छ । खोकनामा नेवार सभ्यतामाथी अतिक्रमणको मामिला, सडक बिस्तारको नाममा आदिवासीहरुको घर भत्काउने मामिला, विभिन्न हाईड्रो परियोजनाले उठीवास लगाएको कार्य लगायत अनगिन्ती मामिलाहरु आदिवासी र आदिवासीका सभ्यतालाई सिध्याउने र अभिजातिय बर्गको उपनिवेश, बर्चस्प र सत्तालाई दिगो बनाउने कार्यहरु निरन्तर भईरहेका छन् । 

राजनीति र राष्ट्रवाद

राजनीति र राष्ट्रवादको गहिरो सम्बन्ध रहेको हुन्छ । देश भित्रका विभिन्न राष्ट्र र राष्ट्रिय जनसमुहरुको रक्षार्थ, विकास तथा सम्बृद्धिको लागी  देशभक्तिपुर्ण बिचार तथा कार्य नै राष्ट्रवाद भएकोले यो सोझै राजनीतिसंग जोडिन्छ । देश भित्रका विभिन्न राष्ट्र तथा राष्ट्रिय जनसमुहहरुलाई बिर्सेर एवम् पन्छाएर एउटामाथी अर्कोको उपनिवेश खडा गर्ने उपनिवेशवादी सोच र चिन्तन बोकेको कथित देशभक्तिपुर्ण बिचार नै अभिजातिय बिचार तथा सोच हो । यहि बिचार तथा सोच बोकेका बाहुन, क्षेत्रि, मधेसी, आदिवासी जनजाति, दलित, महिलाहरुको एउटा सानो जत्था नै अभिजातिय बर्ग हो र तिनले अंगिकार गरेको राष्ट्रवाद अभिजातिय राष्ट्रवााद हो भने तिनले गर्ने राजनीति अभिजातिय राजनीति हो । यसमा राजनीतिले अभिजातिय राष्ट्रवादलाई पक्षपोषण गर्दछ भने सो अभिजातिय राष्ट्रवादले अभिजातिय बर्गलाई सवल र सक्षम बनाउछ । यस खाले राष्ट्रवाद जहिल्यै पनि अवसरवादी हुन्छ । यसैले यसलाई अवसरवादी राष्ट्रवाद पनि भन्ने गरिन्छ । यस खाले राजनीति र राष्ट्रवादले जहिल्यै पनि एउटा जातिको बर्चस्प र एकाधिकारलाई स्थापित गर्दछ । कसैले यसलाई बाहुनवाद या ब्राह्मणवाद पनि भन्दछन् । यस प्रकारको राजनीति, राष्ट्रवाद तथा विकासले समग्र राष्ट्रहरु, सामाजिक–सांस्कृतिक समुहहरु र लैंगिक समुहहरुमाथी अभिजातिय बर्गको उपनिवेश खडा गर्दछ । 

हाम्रो देशमा यहि उपनिवेशवादी अभिजातिय राष्ट्रवाद र अभिजातिय राजनीति हावी छ । यहि राजनीति र राष्ट्रवादले केही मधेसी, केही आदिवासी जनजाति, केही दलित तथा महिलाहरुलाई आफ्नो गुलाम तथा दास बनाएको छ भने केही सिमित बाहुनलाई मालिककोरुपमा स्थापित गरेको छ । अनुहार र थर लेख्ने कुराले पहिचान तथा कुनै पनि राष्ट्रको प्रतिनिधित्व गर्दै भन्ने बुझ्न जरुरी छ । राजनीतिमा अहिले हावी रहेका सत्तारुढ दल नेकपा, नेपाली कांग्रेश, राजावादीहरु र अन्य प्रतिपक्षी धेरै राजनीतिक दलहरु यहि अभिजातिय राजनीति गरिरहेका छन । यहि अभिजातिय राष्ट्रवादलाई बलियो बनाईरहेका छन् र अभिजातिय बर्गको उपनिवेश कायम गर्ने र बलियो बनाउने राजनीति गरिरहेका छन् । यस प्रकारको राजनीतिलाई विस्थापन नगरेसम्म अभिजातिय बर्गको उपनिवेशबाट मुक्ती पाउन सकिन्न, असली राष्ट्रवादलाई अघि बढाउन सकिन्न र असली विकास तथा सम्बृद्धि प्राप्त गर्न सकिन्न । 

माघ २०ं७७ (जनवरी २०२१)


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook