बिकास निर्माणको क्रममा मुल पुरिंदा लोप हुँदै ‘तितेमाछा’

शुक्रवार १० बैशाख, २०७८   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

बिकास निर्माणको क्रममा मुल पुरिंदा लोप हुँदै ‘तितेमाछा’ फूल पार्न मूलतिर जाँदै गरेका तितेमाछा । तस्विर : सन्देश सुब्बा

सन्देश सुब्बा, सुम्हात्लुङ, पाँचथर

पाँचथरको उत्तरपूर्वी क्षेत्रका विभिन्न खोलाहरुमा पाइने रैथाने जातको तितेमाछा लोप हुन थालेका छन् । बिकास निर्माणको क्रममा मुल पुरिंदा तितेमाछाको अस्तित्व संकटमा परेको हो । सडक र पुल जस्ता निर्माणका काम गर्दा तितेमाछाले फुल पार्ने मुलमा क्षति पुग्दा विगतमा प्रशस्तै पाइने तितेमाछा हाल आएर पाउनै छाडिएको याङ्वरक–२, फलैंचाका समीर बेघाले बताउनुभयो ।

पाँचथरको याङवरक गाउँपालिकास्थित इङ्वाखोला, मेवाखोला, खोङ्खोला, कावेली खेला, फालेलुङ गाउँपालिकाको नुवाखोला लगायतका खोलाहरुमा तितेमाछा पाइन्छन् । हातको बुढी औंलाभन्दा ठूलो नहुने तितेमाछाको जीवनचक्र अनौंठो किसिमको छ । सिजन भएपछि तितेमाछा खोलाको शिरतिर फुल पार्न उक्लिन्छन् । तितेमाछाले फुल पार्ने सिजन जेठदेखि सुरु भएर भदौ अन्तिमसम्म चल्ने स्थानीय बताउछन् । फूल पारेर फर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । 

सिजन भएपछि तितेमाछा खोलाको शिरतिर फुल पार्न उक्लिन्छन् ।फूल पारेर फर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । 

यी माछा जून मूलमा फुलबाट निस्कन्छन् अर्को बर्ष उही मूलमा फुल पार्न आउने जनविश्वास रहेको छ । फुल पार्न आउदा तितेमाछा खोलाको किनारै ढाकेर रमिता लाग्नेगरी आउछन् । स्थानीय भाषामा तितेमाछाले फूल पार्ने समयलाई ‘माछा फल्ने सिजन’ समेत भन्ने गरिएको स्थानीय सुरेन्द्र लिम्बूले बताउनुभयो । तर हाल आएर तिते माछा आउन छाडेको उहाँले बताउनुभयो । २०७४ सालसम्म करीब पाँच सय केजी तितेमाछा मार्ने गरिएकोमा त्यसयता तितेमाछा नै आउन छाडेको उहाँको भनाई छ ।

स्थानीय आदिबासी जनजाति समुदायले वषौंदेखि मारिखाँदै र बिक्री–वितरण गरेर आर्थिक आयआर्जनको माध्यम बनाएको तितेमाछा बिकास निर्माणको असरले मासिदै जानु दुःखद भएको नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका सचिव चन्द्र माङमु बताउनुहुन्छ । खाँदा केहि तितो हुने भएकाले यसलाई तितेमाछा भनिएको हो । तितेमाछा स्वादिष्ट र पोषिलो मात्र नभएर यसमा औषधीको गुण समेत भएको बताइन्छ । 

यी माछा जून मूलमा फुलबाट निस्कन्छन् अर्को बर्ष उही मूलमा फुल पार्न आउने जनविश्वास रहेको छ । फुल पार्न आउदा तितेमाछा खोलाको किनारै ढाकेर रमिता लाग्नेगरी आउछन् ।

तितेमाछाको सुकुटि नेपालका विभिन्न जिल्लासँगै विदेशसम्म समेत निर्यात हुने गरेको थियो । यी रैथाने माछा लोप हुने क्रम सुरु भएपछि स्थानीय सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । सिजनमा तितेमाछा धेरै आउने मूलहरुमा स्थानीय तहले टेन्डर लगाएर तितेमाछा मारे पनि यसको संरक्षणमा भने ध्यान नदिएको याङ्वरक–१, च्याङ्थापुका मंगल बेघाले बताउनुभयो । बरु बिकास निर्माणको नाममा मुलमा क्षति पु¥याएर तितेमाछा मास्ने र अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ ले व्यवस्था गरेको जल, जंगल र जमिनमाथि आदिबासी जनजातिको स्वामित्वलाई खोस्ने काम गरेको उहाँले आरोप लगाउनुभयो ।

यद्यपी याङ्वरक गाउँपालिका–२, का वडा अध्यक्ष देउकुमार योङहाङले भने तितेमाछा संरक्षणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको बताउनुभएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook