महामारीबाट जोगिने परम्परागत उपाय

शुक्रवार २४ बैशाख, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

डोल्मा शेर्पा

डोल्मा शेर्पा

सिन्धुपाल्चोक, नेपाल

महामारीबाट जोगिने परम्परागत उपाय तस्वीर : शैलेश डंगोल

विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्यतिको खोजी सूरु भएको छ । कोरोना महामारी विश्वका लागि नयाँ भनिएको भएता पनि आदिवासी विज्ञहरुले भने यस्तो महामारी विगतमा पनि भएको र यसको निकाश आदवासी ज्ञानमा रहेको दावी गरेका छन् । 

आदिवासीका इतिहास तथा अभ्यासका बारे अनुसन्धान गर्दै आउनु भएका लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिवसमेत रहनु भएका अजितमान तामाङले ‘महामारी’ शव्द तामाङ भाषामा भएको हुँदा यसको भोगाई पुर्खाहरुले गरेको बिचार राख्नु हुन्छ । 

‘तामाङ भाषामा महामारीलाई ‘ह्याम’ भनिन्छ । ठुलै महामारीको रुपमा फैलिएको रोग । नेवारहरुले ‘भोलोए’ भन्ने गर्छन् । ‘भो’ भनेको परिवार र ‘लोए’ भनेको रोग अर्थात पारिवारीक रुपमा बिस्तारै सर्दै जाने रोग भन्ने जनाउँछ ।’ तामाङको विश्लेषणमा आदिवासीहरुको मातृभाषाका आधारमा यस प्रकारको महामारी उनीहरुले भोग्दै आएका थाहा हुन्छ ।

नेपाल मगर संघकी उपाध्यक्ष गंगा खासु मगर पनि ‘महामारी’ शव्द मगर भाषामा रहेको हुँदा यसको उपचार पनि मगर ज्ञानमा हुने दावी गर्नू हुन्छ । ‘हामी मगरहरु महामारीलाई ‘देसान’ भन्ने गर्छौ । यस्तो देसानबाट उन्मुक्तिका लागि परम्परागत पद्यतिहरु छन् । जसको प्रयोग मगर गाउँमा यद्यपि हुने गर्दछ ।’ उहाँको भनाइमा निशेषधाज्ञा तथा बन्दाबन्दी गर्ने प्रचलन मगर समाजमा हुन्छ । खास गरेर प्रथाजनित संस्था भेजाले यस्तो निर्णय गर्ने गर्दछ । यस्तो देसानमा  तागतिलो र प्राकृतिक खाना खाने हाम्रो परम्परा छ । आधुनिक चिकित्सा विज्ञानले पनि कोरोना जस्ता महामारीमा रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्ने खाना खाने सल्लाह दिने गरेको छ । 

स्थानीय औषधीमुलो, जडिबुटीको प्रयोग गर्ने यसैगरि धामी झाँक्रीहरुबाट मनोबैज्ञानीक उपचार गर्ने आदिबासी परम्परागत ज्ञान तथा तत्व  हो । यी ज्ञानलाई अभिलेखिकरण र पुस्तान्तरण गर्ने हो भने आज नै यसको प्रयोगमा आउनु पर्छ । 

आदिवासी ज्ञानका खोजकर्ता ङवाङसोनाम शेर्पा पनि आदिवासी ज्ञानमा महामारीको उपचार भेटिने दावी गर्नू हुन्छ । ‘नेपालका आदिवासी शेर्पाले कोरोना जस्तो महामारीलाई ‘चेका ना’ भन्ने गरेको छ । यो पनि एक प्रकारको कोरोना जस्तै रोग हो ।’ शेर्पाहरुको मौखिक ज्ञानका आधारमा ‘चेका ना’ पनि कोभिड जस्तै सरुवा रोग हो, यस्तो रोगको संक्रमण भएका रोगीको राम्रो हेरचाह हुन नसके ज्यान जाने सम्भावना धेरै हुन्छ भनेको सुनेका हौ । यसैले यस्तो रोग लागेमा उपचार लागेमा वनजंगलमा पाइने जडिबुटिको प्रयोग गर्नू पर्छ भन्ने शेर्पाहरुको मान्यता छ । 

आदिबासी उपाय  

विश्वव्यापी देखिएको कोरोना महामारीबाट जोगिनका लागि उपचार पद्यति भन्दा पनि सुरक्षात्मक उपय अवलम्बन गरिएको छ । भौतिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, पटक पटक आफनो हात मिचि मिचि धुने सुरक्षित हुने केही उपायहरु अवलम्बन गरिएका छन् । यो विधि धेरैका लागि नयाँ लागेको छ । तर आदिबासी विज्ञहरु भने यो कुनै नयाँ विधि नभएको र यस्तो अभ्यास आदिवासीले गर्दै आएको दावी गरेका छन् । 

‘महामारीको रुपमा फैलिएको कोभिड १९ पछि व्यापक प्रयोगमा आएको सेनिटाइजर यसअघिनै तामाङ समुदायले प्रयोग गर्दै आएका छन् । गाँउघरमा मानिसको मृत्युमा सहभागी भए पछि त्यहाँ रोगव्याधी होला भनेर तितेपाती सहितको पानीले हात धुने र ढोकामा आइसकेपछि तेल,.घिउ राखेको स्थानबाट  बास्नायुक्त धुवा  हात गोडा र शरिर तिर लगाउने प्रचलन छ ।‘ आदिवासी विज्ञ तामाङले सोही प्रसंगमा तातोेपानीमा सुकेको  रातोमाटोको  डल्लो हाल्ने र त्यसमा बेसार, अधुवा र जिरा हालेर पानीलाई उमालेर पानीलाई बाक्लो बनाएर पिउने परम्पर। पनि सुनाउनु भयो । उहाँको तर्क थियो, रुघाखोकी लागेको बेला शुद्ध तोरीको तेलमा जिरा, जोवानोलाई तताएर शरिरमा लगाउने थरिकालाई पनि उपचार पद्यति मान्न सकिन्छ । जो कोरोनाकै लक्षणसंग मिल्ने खालको छ । 

रुघाखोकी लागेको बेला शुद्ध तोरीको तेलमा जिरा, जोवानोलाई तताएर शरिरमा लगाउने थरिकालाई पनि उपचार पद्यति मान्न सकिन्छ । जो कोरोनाकै लक्षणसंग मिल्ने खालको छ । 

कोरोना जस्ता महामारी रोगको उपचारका लागि आधुनिक औषधि विज्ञानले उपचार गर्ने औषधिको आविश्कार नगरेको पृष्ठभूमिमा आदिबासी परम्परागत ज्ञानमा आधारित वैकल्पीक प्राकृतिक उपचारलाई विश्वास गर्नु  पर्ने उहाँहरुको सल्लाह थियो । यही प्रसंगमा खासु मगरले भन्नु भयो–‘आदिवासी ज्ञानमा आधारित वैकल्पिक उपचार पद्धति अन्धविश्वास नभएर विज्ञान हो । यस्तो परम्परागत विज्ञानले खानेकुराहरुको प्रयोगमा जोड दिन्छ । जुन  रोगसंग लड्ने क्षमतासंग सम्बन्धित हुन्छ ।’ 

परम्परागत ज्ञानको संरक्षण 

पछिल्लो समय हेर्दा आदिबासी जनजातिहरुका परम्परागत ज्ञानहरुको लोप हुँदै गईरहेको छ । यि ज्ञानहरुको लोभ हुनुमा विद्यालय, विश्वविद्यालयहरुमा सैद्धान्तिक रुपमा शिक्षा प्रदान नगर्नले र राज्यले पनि आदिबासी ज्ञानका संरक्षणको विषयमा चासो नदिएका कारण  हो । आदिबासी विज्ञ शेर्पाका अनुसार आदिबासी ज्ञानहरु आजको पुस्तासम्म केही मात्रमा जिवितै रहँदै आएकोमा हाम्रा अघिल्ला पुस्ताहरुले पुस्तान्तरण गर्न चुनौतिपूर्ण छ ।  अर्का विज्ञ तामाङ पनि शेर्पाकै भनाईमा सहमती जनाउँदै रम्परागत ज्ञानको संरक्षणका लागि तामाङ समुदायमा ठुलै हिस्सा मानिसहरु संगठिन छन् । रोगव्याधी सम्बन्धी बोन धर्मको प्रवद्धन गर्ने जसलाई बोम्बो भनिन्छ । आधुनिकतासंगै यि परम्परागत कार्यहरु लोप हुँदै गएको भए पनि पुर्णरुपमा हराएको भने छैन् । 

नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सुचिकरण गरेको छ । आदिबासीको विशेष पहिचान र यस पहिचान भित्र उनीहरुको संस्कृति, सामाजिक संगठन र जीवन रहेको हुन्छ यसैमा आदिबासी ज्ञानका तत्व लुकेको आदिबासी विज्ञहरु बताउनुहुन्छ । आदिबासी विज्ञ तथा नेपाल सरकाका पूर्व सचिव धन बहादुर तामाङ आदिबासी तामाङ ज्ञानका तत्वका बारेमा यसो भन्नुहुन्छ ‘हाम्रा पुर्खाहरुले जिविका चलाउदै आउने क्रममा सिकेरआएको ज्ञान जस्तै परम्परागत सिपहरु र त्यसमा आधारित ज्ञानहरुलाइनै आदिबासी ज्ञान भनिन्छ ।’ स्थानीय औषधीमुलो, जडिबुटीको प्रयोग गर्ने यसैगरि धामी झाँक्रीहरुबाट मनोबैज्ञानीक उपचार गर्ने आदिबासी परम्परागत ज्ञान तथा तत्व  हो । यी ज्ञानलाई अभिलेखिकरण र पुस्तान्तरण गर्ने हो भने आज नै यसको प्रयोगमा आउनु पर्छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु डोल्मा शेर्पा

किताबहरु

Helping Hands

Like us on Facebook