नेपालको सन्दर्भमा उपनिवेशवाद, औपनिवेशीकरण र उपनिवेशीकारी विकास

शुक्रवार २१ जेष्ठ, २०७८   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

नेपालको सन्दर्भमा उपनिवेशवाद, औपनिवेशीकरण र उपनिवेशीकारी विकास

१. के हो उपनिवेशवाद भनेको ?

उपनिवेशवादको ४ वटा मुख्य विशेषता हुन्छः पहिलो विशेषता हो, राजनीतिक र कानूनी एकाधिकार । दोस्रो हो, परनिर्भर आर्थिक तथा राजनीतिक सम्बन्ध । तेस्रो हो, उपनिवेश भएको देशका जनतामाथी राजनीतिक र कानूनी एकाधिकार भएकाको शोषण उत्पीडन, र चौथो हो, जातिय र सांस्कृतिक असमानता । 

यसैले, उपनिवेशवादलाई “खास देश या क्षेत्रका जनतामाथी अर्को शक्तिको नियन्त्रण तथा जनतालाई आफु (उपनिवेशकारी शक्ति) माथी निर्भर बनाउने कार्य हो” । उपनिवेशकारी शक्तिले विभिन्न उपायद्धारा उक्त देश या क्षेत्रका जनतामाथी आफ्नो नियन्त्रण स्थापित गर्दछ र आफ्नो भाषीक तथा सांस्कृतिक मुल्य तथा मान्यता लाद्ने काम गर्दछ । 

२. नेपालको सन्दर्भमा उपनिवेशकारी शक्ति को हो

नेपालमा उपनिवशेकारी तथा उपनिवेशवादी शक्ति भनेको अभिजातिय ब्राह्मणवादी डफ्फा हो जो जातिवादी र नश्लवादी पनि छ । यो सधै अतिक्रमणकारी हुन्छ । त्यसको नेतृत्व या अग्रपङ्तीमा हाल के.पी. ओलीको जत्था र राजावदी जत्थाले गरिरहेका छन भने नीतिगत हिसावले देउवा, नेपाल-खनाल र चित्र केसीको जत्था दोस्रो पङतीमा छन भने प्रचण्डको जत्था तेस्रो पङतीमा छ । यसको अर्थ यि जत्थालाई अज्ञानताबस समर्थन गर्ने मानिसहरु भने उपनिवेशवादी नहुन सक्छन् । 

३. यि माथी उल्लेख गरिएका जत्थाहरुलाई किन उपनिवेशवादी भनिएको हो ?

उपनिवेशवादी हुन कि होईनन् भन्नका लागी तिनीहरुको बिचार (Ideology), सिद्धान्त (Principle) र गरिरहेको कामको आधारमा हेरिनु पर्ने हुन्छ । नेपालमा हाल बचस्र्पशाली रहेका बिचारहरु माक्र्सवादी कम्युनिजम र पुंजीवादी उदारवाद दुवैले सबैका भाषा तथा संस्कृतिलाई बिलय गराउन राजनीतिक र कानूनी हिसावले एकााधिकार कायम गर्ने र अरुका अस्तित्व तथा पहिचानलाई सिध्याउन काम गर्ने भएकोले तिनीहरुको बिचार उपनिवेशकारी बिचार हुन ।

नेपालमा हाल बचस्र्पशाली रहेका बिचारहरु माक्र्सवादी कम्युनिजम र पुंजीवादी उदारवाद दुवैले सबैका भाषा तथा संस्कृतिलाई बिलय गराउन राजनीतिक र कानूनी हिसावले एकााधिकार कायम गर्ने र अरुका अस्तित्व तथा पहिचानलाई सिध्याउन काम गर्ने भएकोले तिनीहरुको बिचार उपनिवेशकारी बिचार हुन ।

तर नेपालमा यस्ता बिचार बोकेका भन्दा पनि यस्ता बिचारको आवरणमा पहाडे बाहुन र हिन्दुवाद पक्षधर बिचार बोकेका कारण अभिजातिय जातिवादी ब्राह्मणवादले उनीहरुको हैकम तथा एकाधिकार आदिवासीहरुमाथी लाद्ने काम गरिरहेका छन् । यसैले तिनीहरु आदिवासीहरुको भाषा, संस्कृति, भूमी र आध्यात्मीक आस्थाको स्थलहरुमा अतिक्रमण गर्ने काम गर्दछन् । यसै अर्थमा तिनीहरु उपनिवेशकारी हुन । यस्तो काम तिनीहरुले बर्तमान राज्य सत्ताको बलमा गरिरहेका छन् । यसकारण यो राज्य सत्ता र राज्य व्यवस्था अभिजातिय जातिवादी जत्थाको पक्ष पोषण गर्ने उपनिवेशकारी राज्य व्यवस्था र राज्य सत्ताकोरुपमा रहेको छ । 

४. बिगतदेखि बर्तमान सम्म आदिवासीहरुमा उपनिवेश कायम गर्ने यस्ता अतिक्रमणहरु कहा कहा भईरहेको छ ? 

करिव २५० बर्ष अघिदेखि उपनिवेश कायम गर्न सफल भएको अभिजातिय जातिवादी हिन्दुत्ववादी जत्थाले मुलरुपमा ४ वटा क्षेत्रमा औपनिवेशिकरण गर्न सफल भएको छ । 

पहिलो क्षेत्र हो, शासन सत्ता । शासन सत्ता सन्चालनको मुल बिचार अभिजातिय जातिवदी हिन्दुत्वमा आधारित बिचार बनाएको छ । शासन सत्तालाई डोर्याउने भनेको संविधानले हो । हाम्रो देशको मुलुकी ऐन /संविधान वि.सं. १९१० देखि २०१९ हुदै हालको संविधान २०७२ ले हिन्दुत्व र अभिजातिय जातिवादीहरुलाई अनुकुलता र आदिवासी सहित अन्य समुदायलाई प्रतिकुलता दिने धारा उपधाराहरु व्यवस्था गरेको छ । 

दोस्रो क्षेत्र हो, भाषाको क्षेत्र । भाषाको क्षेत्रमा यस जत्थाले पर्वते बाहुन क्षेत्रीको भाषालाई अरुमाथी थोपर्ने, बोल्नै पर्ने नबोले असभ्य जस्तो हुने, त्यहि भाषाको माध्यमबाट पढ्नै पर्ने बनायो र अन्य भाषाहरुलाई सिध्याउन नीतिगत देखि व्यवहारिकरुपमा गर्यो । उक्त भाषालाई सो जत्थाले कथित नेपाली भाषा बनायो र सरकारी कामकाजको भाषाकोरुपमा स्थापित गर्यो । यसले अन्य भाषाहरुमाथी अतिक्रमण मात्र गरेन व्यवहारिकरुपमा सिध्याउने काम गर्यो । 

तेस्रो क्षेत्र हो, भूमी स्वामित्व र नियन्त्रणको क्षेत्र । यस उपनिवेशकारी शासक र तिनका जत्थाले आदिवासीहरुको भूमीलाई खोस्यो र राज्यको नियन्त्रण भित्र ल्यायो । राज्यको स्वामित्व र नियन्त्रणमा ल्याए पछि तिनका आसे पासे, चम्चेहरुलाई विर्ता, जागिर, दान दक्षिणा आदीको नाममा दियो भने भूमी ऐन बनाएर भूमीहिन र कथित सुकुम्बासीको नाममा तिनै अभिजातिय जातिवादी जत्थाका सिपाही र समर्थकहरुलाई बितरण गर्ने काम गर्यो । अहिले पनि त्यहि नियतबाट काम भईरहेको छ । भूमीमाथी यस जत्थाको उपनिवेश कायम गर्ने नीति, कार्यक्रम र कार्य औपनिवेशीकरणलाई तेज गर्ने सबै भन्दा गतिलो साधन थियो । त्यसैले आदिवासीहरुको भूमीमाथी सबै भन्दा पहिले अतिक्रमण गर्ने, खोस्ने र लुट्ने काम गरे । 

उपनिवेशकारी शासक र तिनका जत्थाले आदिवासीहरुको भूमीलाई खोस्यो र राज्यको नियन्त्रण भित्र ल्यायो । राज्यको स्वामित्व र नियन्त्रणमा ल्याए पछि तिनका आसे पासे, चम्चेहरुलाई विर्ता, जागिर, दान दक्षिणा आदीको नाममा दियो भने भूमी ऐन बनाएर भूमीहिन र कथित सुकुम्बासीको नाममा तिनै अभिजातिय जातिवादी जत्थाका सिपाही र समर्थकहरुलाई बितरण गर्ने काम गर्यो ।

चौथो क्षेत्र भनेको, सामाजिक–संस्कृतिक क्षेत्र । सामाजिक–सांस्कृतिक क्षेत्रमा यस जत्थाले सबै सामाजिक तथा सांस्कृतिक समुहमा अभिजातिय जातिवादी ह्रिन्दुत्वको मुल्य र मान्यताहरुलाई थोपर्ने काम गर्यो । लामो समयसम्म उनीहरुका चाड पर्वलाई राज्य बजेट र राज्य शक्ति लगाएर राष्ट्रिय चाड पर्व बनायो र सबैलाई मान्न बाध्य बनायो । यसले अन्य समुदायको चाडपर्वलाई ध्वस्त मात्र गरेन नामेट गर्ने काम गर्यो । तिनीहरुमा भएको बर्णाश्रम व्यवस्थाले अन्य समाज तथा समुदायलाई यसरी गाज्यो कि मानौ नेपाली समाज भनेकै त्यहि मुल्य र मान्यता बोकेको समाज हो । सबै समुदायका सामाजिक र सांस्कृतिक पक्षहरुमा यसरी अतिक्रमण भयो कि उपनिवेशकारीका मुल्य, मान्यता, जीवन दर्शन, आध्यात्मीक तथा धार्मिक ज्ञान तथा पद्धतिहरु नअपनाई नहुने अवस्थामा पुर्यायो । 

यस जत्थाले आदिवासी लगायत अन्य समुदायको पहिचानलाई जनाउने ठाउँ, गाँउ, पहाड, बाटो, घाटो, महत्वपुर्ण स्थलहरु, नदी तथा जिल्ला नामहरुलाई यसरी अतिक्रमण गरि संस्कृतकरण, हिन्दुकरण र नेपालीकरण गर्यो मानौ कि त्यहाँ आदिवासी थिएनन र गैर आर्य बाहुन तथा क्षेत्रीहरु थिएनन भन्ने अवस्थामा पुर्यायो । उदाहरणकैरुपमा लिदा लिम्बुवानमा फक्ताङलुङ हिमालको नाम कुम्भकर्ण, मुक्कुमलुङको नाम पाथीभरा, वदिङलुङको नाम मानाभरा, तेम्तेम्वा/इम्बिरी याङधाङवा नदीको नाम तमोर, काङवा नदीको नाम काबेली, पान्थर जिल्लाको नाम पाचथर आदी अनगिन्ती नामहरु संस्कृतकरण र हिन्दुकरण गरिएका छन् र तिनीहरुलाई सरकारी दस्तावेजमा लिपीबद्ध गरिएको छ । यसरी शासन सत्ता र राज्यको श्रोतको बलमा हामी आदिवासी तथा गैर आर्य समुदायलाई सिध्याउने औपनिवेशीकरण गर्ने कार्य भएको छ । 

पाचौ क्षेत्र हो, धार्मिक–आध्यात्मीक क्षेत्र । राज्य शक्ति र राज्यको श्रोतको बलमा यस जत्थाले धार्मीक तथा आध्यात्मीक क्षेत्रमा अन्य समुदायको धर्म तथा आध्यात्मीक क्षेत्रमा यसरी अतिक्रमण गर्यो कि ति समुदायको धार्मीक तथा आध्यात्मीक पहिचान पनि त्यहि हो भन्ने बनायो । आदिवासीका आध्यात्मीक स्थलहरुलाई यसरी अतिक्रमण गर्यो र आफ्नो बनायो ता कि त्यहाँ आदिवासीहरुको आध्यात्मीक तथा धार्मीक र सांस्कृतिक स्थल हो भन्ने सबै नामेट गरायो । पशुपतिनाथ, मुक्तिनाथ देखि लिएर मनकामना हुदै हलेसी, बराहक्षेत्र र मुक्कुमलुङ (कथित पाथीभरा) सम्मका धार्मीक तथा आध्यात्मीक स्थलहरुलाई हिन्दु धार्मीक कथाहरु जोड्दै संस्कृतकरण, हिन्दुकरण र नेपालीकरण गरेर आफ्नै बनाएको छ । हामीले तिरेको राजश्व, ट्याक्स, तिरो आदीबाट जम्मा भएको राष्ट्रिय ढुकुटीलाई हाम्रै बिरुद्ध प्रयोग गरि औपनिवेशीकरण प्रकृयालाई अझ तेज गरिरहेको अवस्था छ । संघिय सरकारले यो नाम राखेर बजेटमा पार्छु भनेर हिन्दुकरण, संस्कृतकरण र नेपालीकरण गर्ने काम अहिले झन भईरहेको छ । ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी, आठराई चुहाण्डाडाको विमानस्थलको नाम आङछिरीङ, झापा दमक क्षेत्रको रंगशालाको नाम मदन भण्डारी रंगशाला, विश्वविद्यालय, कलेज, सडक आदी सबैमा संस्कृतकरण, हिन्दुकरण र नेपालीकरण गर्ने काम अझ तेजका साथ भईरहेका केही उदाहरण मात्र हुन । यस्ता काम प्रदेश सरकार, स्थानिय सरकारहरुले पनि उक्तिकै गरिरहेका छन् । 

हामीले तिरेको राजश्व, ट्याक्स, तिरो आदीबाट जम्मा भएको राष्ट्रिय ढुकुटीलाई हाम्रै बिरुद्ध प्रयोग गरि औपनिवेशीकरण प्रकृयालाई अझ तेज गरिरहेको अवस्था छ । संघिय सरकारले यो नाम राखेर बजेटमा पार्छु भनेर हिन्दुकरण, संस्कृतकरण र नेपालीकरण गर्ने काम अहिले झन भईरहेको छ ।

छैटौ क्षेत्र हो, आर्थिक तथा विकास क्षेत्र । राज्य शक्ति र राज्यको श्रोतको बलमा यस जत्थाले आर्थिक क्षेत्रमा तिनै उपनिवेशकारी जत्थाको अनुकुल र पकड हुने गरि आर्थिक विकासको मोडल तयार गरे जुन आज पनि यथावत छ । आर्थिक बजेट पनि तिनै उपनिवेशकारीका मठ मन्दिरका लागी अरवौ बजेट छुट्याउने, शिक्षामा पनि तिनै उपनिवेशकारीहरुको औपनिवेशिक भाषा र शिक्षा विकासको लागी खरवौ बजेट छुट्याउने, आदिवासीहरुका शिप तथा ज्ञानलाई सिध्याउन औपनिवेशीक ज्ञान, शिप र दलाल पुंजीपतिहरुलाई रक्षा गर्ने अनि उनैका सहयोगी दलाल पुंजीपतिका उद्योगहरुलाई प्राथमिक्ता दिने तर आदिवासीहरुको आध्यात्मीक तथा धार्मीक स्थल, भाषा, संस्कृति, ज्ञान, शिप र आर्थिक विकासका उद्योग आदीको लागी ०.१ प्रतिशत बजेट पनि नछुट्याउने केही उदाहरण मात्र हुन् । 

यी उपनिवेशकारीहरुको विकासको मोडल पनि उपनिवेशलाई मजबुत, सुदृढ र सवल बनाउने रहेको छ । यहि कथित विकासको मोडलको आधारमा उपनिवेशकारी विकास मोडल र सिद्धान्तहरुलाई जबर्जस्त थोपर्ने काम भएको छ । यहि उपनिवेशकारी विकास मोडलले आदिवासीहरुका समाधिस्थलहरुलाई सडक, पार्क, बिद्यालय, रंगशाला, आदी बनाउने नाममा आदिवासीका भूमी अतिक्रमण गर्ने, आध्यात्मीक स्थल, डिस्का, ढुंगा, प्राकृतिक आस्था स्थल, ऐतिहासिक स्थल आदी भत्काउने, डोजर लगाउने, ध्वस्त गर्ने र आदिवासीहरुका पहिचान, अस्तित्व र जीवन पद्धतिलाई नामेट गर्ने काम गरिरहेको छ । 

यिनै ६ क्षेत्रमा भएको औपनिवेशीकरणले अभिजातिय जातिवादी ब्राह्मणवादलाई बलियो बनाएको छ भने आदिवासी लगायत अन्य समुदायलाई तिनै उपनिवेशकारीमाथी निर्भर रहने अवस्था सिर्जना गरेको छ । यसैले, आदिवासीहरुको एउटा सानो जत्था पनि उपनिवेशकारी अभिजातिय जातिवादी ब्राह्मणवादी हुदै तिनकै मतियार हुन पुगेका छन् । यथार्थमा ति आदिवासीहरु आदिवासी पक्षधर मानिसहरु होईनन तिनीहरु उपनिवेशकारीहरुका मतियार हुन भनेर बुझ्न आवश्यक छ । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु नन्द कन्दङवा

किताबहरु

Helping Hands

Like us on Facebook