नेपाल बहुराष्ट्रिय राज्य हो

आईतवार २३ जेष्ठ, २०७८   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

मोहन गोले तामाङ

मोहन गोले तामाङ

उदयपूर, नेपाल

नेपाल बहुराष्ट्रिय राज्य हो

भर्खरै नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको बहुराष्ट्रिय राज्यको अभिव्यक्तिमाथि एउटा चेतनाले हमला ग¥यो । हुन त मन्त्री महतोसँग मेरो कुनै लेनादेना छैन तर जसले बोलेको भएपनि बहुराष्ट्रिय राज्यबारे नेपाली समाज र आफूलाई विद्वत वर्ग भनेर दाबी गर्नेको जुन मनोदशा छ । त्यसप्रति टिठ लागेर आयो । यो नलेखौ भन्दा पनि चुप लागेर बस्न सकिएन किनकि यो निम्छरो मनोदशाको हमला एकपटक होइन, नेपालको इतिहासमा पटक पटक दोहोरिएको छ । 

२०४६ सालको परिवर्तनपछि गोरेबहादुर खपाङ्गी मगरले राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना गरेर राष्ट्र निर्माण पश्चात मात्र राज्यको निर्माण भएको भन्दै बहुराष्ट्रिय राज्यको अवधारणा अघि सारे । त्यसबेला पञ्चायती स्कूलबाट उत्पादित प्रजातन्त्रको कलेवरमा हुर्किएको नयाँ अवतारीले यो अवधारणाको विरोध ग¥यो । पहिलो संविधानसभाबाट संविधान निर्माणको बखत पनि बहुराष्ट्रियताको बहसले निकै चर्चा लियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्ने बारेमा ब्यापक छलफल भयो । अन्ततः एकल जातीय अहंकारवाद यसको वाधक बन्यो । तर पनि बहुराष्ट्रियताको अवधारणा अनुसार संविधानले सामाजिक उत्पीडन सहित बहुल विविधतालाई स्वीकार गर्न बाध्य भयो । त्यस्तै २०७७ बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकताको सहमति पत्रमा बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसांस्कृतिक राष्ट्रवादको विकास गर्ने भनिएको थियो । त्यसबेला केही समूहले निर्वाचन आयोगमा पुगेर दल दर्ता खारेजीको निवेदन नै दिए । त्यसबेला पनि सडकमा नाराबाजी र होहल्ला भयो, अहिले पनि चेत,  उहीँ तर अलि फरक मान्छेहरूले त्यहीँ श्रृंखला दोहो¥याई रहेका छन् । यो समाज बदल्न नदिने पुरातन चेतको अन्त्य नभएसम्म यस्ता प्रहसन धेरै देखिने वाला छ । जे होस् बहसमा आयो, यो राम्रो कुरा हो । 

बहुराष्ट्रियता भनेको बहुसांस्कृतिकवादकै राजनीतिक अभिव्यक्ति हो । यो नेपालको संविधानले पनि स्वीकार गरेको विषय हो । बहुल राष्ट्रिय राज्यको स्थापनाले मात्रै नेपालभित्रको सबैखाले सामाजिक अन्तर्विरोधको हल गर्नसक्छ । त्यसैले स्वीकार गर्ने या नगर्ने भन्ने आफ्नो चेतनामा भर पर्ने कुरा हो तर महतोको जिकिर झैँ नेपाल बहुराष्ट्रिय राज्य नै हो । 

वास्तवमा बहुराष्ट्रियता भनेको बहुसांस्कृतिकवादकै राजनीतिक अभिव्यक्ति हो । यो नेपालको संविधानले पनि स्वीकार गरेको विषय हो । नेपालको संविधान २०७२ को धारा ३ मा राष्ट्रको परिभाषा गरिएको छ । जहाँ ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनिएको छ । यसले इतिहासको विभिन्न कालखण्डमा भएको आन्दोलन, सङ्घर्ष र सम्झौताका कारण एउटा देशभित्र समेटिन पुगेका फरक फरक तर समरूप मानव समुदायको अस्तित्व, पहिचान र तिनको मूल्य–मान्यतालाई आत्मसात गर्दछ । संघवादको मान्यता अनुसार बहुराष्ट्रियताले विविधता र भिन्नपनको सम्मान गर्दै सबैमा साझा देशभक्तिको भावना विकास गर्दछ । एउटै राजनैतिक प्रशासनिक भूगोलभित्र एक राष्ट्रको विपरीत एकभन्दा बढी राष्ट्रहरू हुन्छन् भने त्यस्तो राज्यलाई बहुराष्ट्रिय राज्य भनिन्छ । बहुल राष्ट्रिय राज्यको स्थापनाले मात्रै नेपालभित्रको सबैखाले सामाजिक अन्तर्विरोधको हल गर्नसक्छ । त्यसैले स्वीकार गर्ने या नगर्ने भन्ने आफ्नो चेतनामा भर पर्ने कुरा हो तर महतोको जिकिर झैँ नेपाल बहुराष्ट्रिय राज्य नै हो । 

बहुराष्ट्रियताको विपरीत हाम्रो मुलुकमा लामो समय अभ्यासमा रहेको एकल राष्ट्रियताले के गर्छ भने त्यस्ता फरक फरक मानव समुदायको विविधतालाई मूल प्रवाहीकरणको नाममा एउटै धारमा हिँडाउने कोशिस गर्दछ । एकल राष्ट्रिय राज्यको सबै अंगमाथि एउटै राष्ट्र समूहले नियन्त्रण कायम गरेको हुन्छ । सबै मान्छेलाई एउटै भाषा बोल्ने, एउटै संस्कृति मान्ने, एउटै धर्म मान्ने र एकैखालको सोचाई बोक्ने बनाउनु एकल राष्ट्रियता पक्षधरको अन्तर्निहित उद्देश्य हो । जसरी नेपालको सन्दर्भमा २५० वर्षदेखि यहाँको विविध पाटा, पक्षहरूलाई एउटै खस हाँडीमा हालेर घोल्ने र त्यसबाट एउटै रंग निकाल्ने आज पर्यन्त प्रयास गरिदै छ । यस्तो गर्नु भनेको आन्तरिक द्वन्द्वलाई कायम राख्नु हो जुन कुनै पनि दिन विस्फोटन हुन्छ । 

चीनियाँ राष्ट्पति सी चीन पिङले भनेका थिए– ‘यदि सबै सभ्यतालाई एउटै रंग रूपमा ढाल्ने हो भने यो संसार बस्नका लागि एकदमै निरस हुन्छ ।’ पिङको भनाई जस्तै नेपाललाई त्यस्तै रंगविहीन निरस देश बनाउन खोज्नेहरूले नै अहिले बहुराष्ट्रियता विरुद्ध उछालिरहेका छन् । जंगलमा अरु सबै जनावर सिद्धिएर सिंहहरू मात्रै बस्यो भने कस्तो होला ? कल्पना गर्नुस् । एउटै जनावर मात्र बस्ने र एउटै खालको वोटविरुवा मात्र हुने जंगल हुँदैन । त्यस्तो उजाड र निरस ठाउँलाई जंगलको परिभाषाले समेट्दैन । त्यस्तै नेपालमा पनि एउटा भाषा, एउटा संस्कृति मान्ने मान्छे मात्रै भयो भने त्यो ज्यादै निरश हुनेछ । त्यस्तो एकल समाजले नेपालको बृहत् उचाईलाई बोक्न सक्दैन । संसारले चिनेको देश नेपाल बहुराष्ट्रिय चरित्रको हो । जसलाई यहाँका जातिहरूको विविध सभ्यताको एकताले थेगेको छ । 

चीनियाँ राष्ट्पति सी चीन पिङले भनेका थिए– ‘यदि सबै सभ्यतालाई एउटै रंग रूपमा ढाल्ने हो भने यो संसार बस्नका लागि एकदमै निरस हुन्छ ।’ पिङको भनाई जस्तै नेपाललाई त्यस्तै रंगविहीन निरस देश बनाउन खोज्नेहरूले नै अहिले बहुराष्ट्रियता विरुद्ध उछालिरहेका छन् । जंगलमा अरु सबै जनावर सिद्धिएर सिंहहरू मात्रै बस्यो भने कस्तो होला ?

त्यसैले नेपाल हुनुको लागि सबै विविधता समान ढंगले फुल्नुपर्छ । मन्दिरमा घण्ट बज्ने, गुम्बामा खोर्लो घुम्ने, मस्जिदमा नमाज पढ्ने र सबैले आआफ्नो धार्मिक गतिविधि बिना अवरोध सञ्चालन गर्दा मात्रै यहाँको बहुधार्मिकता झल्किन्छ । यहाँ नेवारको लाखे, तामाङको सेलो, किरातीको साकेला, बाहुनको ख्याली, क्षेत्रीको बालन, मगरको हुर्रा, दनुवारको रामदल लगायत थुप्रै संस्कृति छन् । सबैको आआफ्नो पूर्खाले विकास गरेको जातीय भाषा (मातृभाषा) हरू छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १२३ भाषाभाषी र १२५ जाति, जातको बसोबास छ । यही बहुजातीय, बहुधार्मिकता, बहुभाषिकता र बहुसंस्कृतिको समष्टि रूप नेपाल हो । यसलाई एकैपटक भन्नुपर्दा यसको समुच्च अभिव्यक्ति बहुराष्ट्रियता हुन्छ । तर नेसनको परिभाषा राम्रोसँग नबुझ्नेहरूले बहुराष्ट्रियतालाई अस्वीकार गरेकै कारण आज देश बन्न सकेको छैन । 

तामाङ भाषा ठीक छ तर तामाङ राष्ट्रियता ठीक छैन भन्नु अन्धराष्ट्रवाद हो । त्यही तामाङ राष्ट्रले तामाङ भाषा जन्मिएको हो । तामाङ भाषा तामाङ राष्ट्रको एउटा महत्वपूर्ण तत्व हो । भाषा, संस्कृति, धर्म, परम्परा जस्ता सबैखाले तत्वहरूको संयोजनबाट राष्ट्र (नेसन) को निर्माण हुन्छ । उत्तर–दक्षिण, पूर्व–पश्चिम, हिमाल, पहाड, तराई, मधेश सबैतिर विकसित भिन्न भिन्न यिनै सभ्यताहरूले नेपाल देशलाई बोकेको छ । जसले यस्तो इन्द्रेणी समाजको विरोध गर्दछ भने यस्तो बहुलतायुक्त बहुराष्ट्रियतालाई अस्वीकार गर्नेहरू नक्कली राष्ट्रवादको नाममा उभिएका मुलुकको सक्कली विखण्डनकारीहरू हुन् । त्यसले एउटा जातिको राष्ट्रियतामाथि नेपाललाई उभ्याएर कमजोर पार्न लागिरहेको छ । नश्लवादी राज्यको आडमा बहुल राष्ट्रियता टुक्र्याउन खोजिरहेको छ । अहिले नेपाल सार्वभौम, स्वतन्त्र मुलुक भएर पनि ‘पिँध बिनाको लोटा’ जस्तो कहिले भारत, कहिले अमेरिका त कहिले चीनको राजनीतिक हस्तक्षेप भोग्नुपर्ने कारण आफ्नो वास्तविक बहुराष्ट्रियताको धरातलमाथि उभिन नचाहेको परिणाम हो । 
 
यो भूगोलभित्र धेरैखाले विविधतालाई आधार बनाएर विकसित विभिन्न सभ्यताबाट फुलेका भाषा, संस्कृति, भूगोल, मनोविज्ञान र आर्थिक व्यवस्थाको आधारमा एकठाउँ बस्न चाहने आत्मिक भावना नै राष्ट्र (Nation) जाति हो भन्ने पाटोलाई राज्यले आत्मसात गर्नुपर्छ । यसले जनजाति–खसआर्य, मधेशी–पहाडे, महिला–पुरुष, मजदुर–मालिक सबै वर्ग, जाति, लिङ्ग, क्षेत्रबीचमा अहिले एकल जातीय भूँसको आगो झैं ब्याप्त द्वन्द्वमा भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकतालाई अक्षुण राख्दछ । शक्तिको उन्मादले जनतासँग बदलाभाव राख्यो भने त्यसले द्वन्द्वलाई कायम राख्छ र शक्ति भनेको कसैको निश्चित व्यक्ति वा समूहको मुठ्ठिभित्र चिरकालसम्म रहिरहँदैन । शक्तिको स्रोत जनता हो र जनता नै राष्ट्र हो । यसर्थ नेपाल एउटा मात्रै भाषा, धर्म, संस्कृति भएको जनताको राष्ट्रियताबाट बनेको होइन । नेपाल थुप्रै राष्ट्रहरूको संगम भूमि हो । यो भूगोल भित्र रहेका जातीय (राष्ट्रिय) ऐतिहासिक थलोका सिमानाहहरू राज्यको सिमानाभन्दा ज्यादै पुरानो हुन् । केही टाउको बिनाका मान्छेहरू उफ्रिएर राज्यले मान्यता नदिँदैमा राष्ट्रको अविच्छिन्न इतिहास मेटिएर जाँदैन । नेपालमा मात्रै होइन, छिमेकी भारत लगायत संसारका थुप्रै देशहरू यस्ता बहुराष्ट्रिय चरित्रका छन् । त्यस्ता बहुराष्ट्रहरूले सम्मान पाएको देश नै विकासमा अघि बढेको पाइन्छ । 

त्यसैले के बुझौ भने राज्य भनेको क्षेत्रगत रुपमा शासन सञ्चालन गरिने खास जनसङ्ख्या सहितको व्यवस्था हो भने राष्ट्रले विभिन्न समुदायलाई भावनात्मक रूपमा समेटेको हुन्छ । त्यही राष्ट्रिय भावनामाथि राज्य उभियो भने त्यो बलियो बन्छ । जनताको आत्मिक एकता सहितको राष्ट्रियता नभएको राज्य केवल जनताको एकतामा बाधा पु¥याउने एउटा मेसिन सरह मात्रै हुनेछ । नेपाल देशभित्र विभिन्न जातिहरूको सभ्यताले विकास गरेको लिम्बुवान, किरात, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान जस्ता ऐतिहासिक राष्ट्रहरू आजपनि जीवित छन् । अझ यसभन्दा सानो भूगोलको आकारभित्र समेटिएका थुप्रै राष्ट्रहरू पनि छन् । ती भूगोलको विविधता आज पनि सुरक्षित छ । जो देशको सम्पत्ति हो, जसलाई राज्यले सधैं अनदेखा गरिरह्यो । 

शक्तिको उन्मादले जनतासँग बदलाभाव राख्यो भने त्यसले द्वन्द्वलाई कायम राख्छ र शक्ति भनेको कसैको निश्चित व्यक्ति वा समूहको मुठ्ठिभित्र चिरकालसम्म रहिरहँदैन । शक्तिको स्रोत जनता हो र जनता नै राष्ट्र हो । यसर्थ नेपाल एउटा मात्रै भाषा, धर्म, संस्कृति भएको जनताको राष्ट्रियताबाट बनेको होइन । नेपाल थुप्रै राष्ट्रहरूको संगम भूमि हो ।

आफ्नो घरभित्रको सम्पत्ति नदेख्ने दृष्टिविहीन राज्य सधैं अरु सामू मगन्ते बनेर मागिरह्यो । नेपाल नामको बगैंचाभित्र अनेक थरीका रङ्गीविरङ्गी फूलहरू फुलेका छन् । ती प्रत्येक फूलको आफ्नै रङ, सुगन्ध र सौन्दर्यता छ । त्यसको आफ्नैखाले महत्व छ । ती रंगीन फूलहरूमा एकले अर्कोलाई सेप होइन कि सबैलाई समान ढंगले हुर्कने र फुल्ने अवसर दिनुपर्छ । तर जातिवादी राज्यसत्ताले सबै फुलहरूलाई समान ढंगले फुल्न दिएन । सारमा यसले मुलुकको विविधतालाई सम्पत्तिको रूपमा ग्रहण गरेन र सधैँ बाधा र बोझको रूपमा लियो । राज्यको साधन, स्रोत सबैमा वितरण गर्दा मुलुक विखण्डन हुने देख्यो । मुलुकको यो हविगत हुन पुग्यो । त्यसैले उत्पीडित राष्ट्रहरूबाट सञ्चालित समग्र आन्दोलनको अभिव्यक्ति स्वरूप प्रस्तुत बहुराष्ट्रिय राज्यको अवधारणा मुलुकलाई अनन्तकालसम्म जोड्ने अचूक सुत्र हो । 

भूगोललाई मात्र राष्ट्र देख्नु र बुझ्नु हाम्रो गम्भीर कमजोरी हो । नेपाल भनेको मेचीदेखि महाकालीसम्मको भूगोल मात्र होइन, त्यहाँ रहेका विविध जाति, भाषा, क्षेत्र, लिङ्ग र समुदायका जनताको समुच्च रूप हो । राज्य र राष्ट्रको परिभाषा खोज्ने हो भने त्यहाँ भित्र यही तत्व विद्यमान रहेको पाइन्छ । र त्यो एकताबाट मात्र नेपाल र नेपालीको राष्ट्रियताले चिर कालसम्म निरन्तरता पाउनेछ । तर जनता एकठाउँमा नहुँदा राष्ट्रिय एकता कमजोर भएको तर्फ कसैको ध्यान गएन । बहुराष्ट्रियताको विरुद्धमा उफ्रनेको चेतबाट सिर्जित चालु राष्ट्रवादले पञ्चायतकालमा ढाका टोपी नलाउनेलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएन । तामाङ भाषा बोलेको सुन्दा तिब्बती र मैथिली भाषा बोल्दा बिहारीको रूपमा बुझ्थ्यो । सारमा यो राष्ट्रवादको आवरणमा जातिवादको खेती फस्टाइरहेको छ । संसारभरि नै युद्ध र हिङ्साको मुख्य स्रोत अरु राष्ट्रलाई बहिष्करण गर्ने जातिवाद हो । जसलाई शासकहरूले केही समयसम्म राष्ट्रवादको आवरणले छोप्छन् । तर यो डोकोले छोपे जस्तो मात्रै हुन्छ । किनकि जातिवादको अन्तिम गन्तव्य फासिवाद हो । यसप्रति सचेत हौ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook