राष्ट्र–राज्य, बहुलराष्ट्रवाद र बहुलराष्ट्र राज्य

मंगलवार २५ जेष्ठ, २०७८   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

राष्ट्र–राज्य, बहुलराष्ट्रवाद र बहुलराष्ट्र राज्य तस्विर : AZLI JAMIL

हाल हामी वीच नेपाल बहुल राष्ट्र राज्य या बहुलराष्ट्रिय राज्य या बहुराष्ट्रिय राज्य या राष्ट्र राज्य या राज्य राष्ट्र या बहु या बहुल राज्य राष्ट्र के हो भनेर बहस भईरहेको छ । एकथरिहरु नेपाल बहुलराष्ट्रिय राज्य हो भन्ने कुराको बिरोध गरिहेका छन र त्यसलाई विखण्डन गर्ने बिचारकोरुपमा चित्रण गरिरहेका छन भने अर्काथरीहरु त्यसको समर्थन गरिरहेका छन् । त्यसको समर्थन या बिरोध गर्न सर्व प्रथम राज्य, राष्ट्र, देश, राष्ट्रियता, राष्ट्रवाद, देशभक्त तथा देशभक्तवाद भनेर प्रयोग गरिने शव्दावलीहरु बुझ्न आवश्यक हुन्छ । 

राज्य, राष्ट्र र देश

बहुलराष्ट्र राज्यको बिरोध गर्नेहरु राज्य र राष्ट्र तथा देश एउटै हो भनेर बुझ्ने गर्दछन् । यस्तो बुझाई हुनाको कारण तिनीहरु नेपाल एक राष्ट्र राज्य (Nation State) मान्दछन् । यस्तो अवस्थामा राज्य, राष्ट्र र देश एउटै जस्तो बुझिन्छ । यसैले उनीहरु बहुल राष्ट्र भनेको धेरै देश या फरक फरक राष्ट्र (देश) भन्ने अर्थमा बुझि विखण्डनकारी बिचार भनेर बुझ्ने गर्दछन् । यो बुझाई नितान्त गलत बुझाई हो । राज्य भनेको राजनीतिक ईकाई हो । यसो भन्नुको अर्थ राज्य हुन सरकार र शासन हुन जरुरी हुन्छ । राज्य गैरभौगोलिक पनि हुने भएकोले राज्यमा निश्चित भौगोलिक सिमा हुने र नहुने दुवै प्रकारको राज्य हुन्छ । यसर्थ राज्य भन्ने वित्तिकै भौगोलिक सिमा हुनै पर्छ भन्ने जरुरी हुदैन । सामान्यत मानिसहरु राज्यलाई सिमा सहितको ईकाई जहा सरकार तथा शासन हुन्छ भन्ने बुझ्दछन् । 

जब एक मानव समुह जस्को फरक भाषा (साझा भाषा), फरक संस्कृति (साझा संस्कृति) र फरक जीवन पद्धति (साझा जीवन पद्धति) रहेको छ उक्त मानव समुहको आधारमा राज्य बनाईए त्यो राज्य चाही राष्ट्र–राज्य (Nation state) हुन्छ । उदाहरणको लागी बोटे मानव समुहको आधारमा सिमा निर्धारण गरि राज्य बनाईए उक्त राज्य बोटे राष्ट्र राज्य हुन्छ । त्यसरी नै नेवार मानव समुहको आधारमा राज्य निर्धारण गरिए त्यो राज्य नेवार राष्ट्र राज्य हुन्छ ।

देश भनेको भौगोलिक ईकाई हो । यसको अर्थ निश्चित सिमा भएको भौगोलिक सार्वभौम ईकाई जहा फरक शासन व्यवस्था तथा सरकार रहन्छ । राष्ट्र भनेको सांस्कृतिक ईकाई हो । यसको अर्थ मानव समुह जस्को फरक भाषा  (साझा भाषा), फरक संस्कृति (साझा संस्कृति) र फरक जीवन पद्धति (साझा जीवन पद्धति) रहेको हुन्छ । यसको भौगोलिक सिमा पनि हुन्छ र सो सिमा भन्दा बाहीर पनि उक्त मानव समुहका मानिसहरु रहन सक्छन । उदाहरणको लागी तामाङ मानव समुह साझा तामाङ भाषा, साझा तामाङ संस्कृति तथा साझा तामाङ जीवन पद्धतिकासाथ परापुर्वकालदेखि निश्चित सिमाको भौगोलिक क्षेत्र (भूमी) मा त्यसको आपनत्व लिएर रहेका छन् । यस अर्थमा तामाङ एक राष्ट्र हो । यस सन्दर्भमा कतिपयले भौगोलिक सिमा भित्रका सांस्कृतिक ईकाईका मानव समुहलाई मात्र राष्ट्र मान्ने गर्दछन् र त्यहि देश भित्र उक्त मानव समुह अर्को क्षेत्रमा रहेको तर भौगोलिक सिमा नभएको अवस्थामा त्यो मानव समुह फरक राष्ट्रिय या जातिय समुहकोरुपमा रहेका हुन्छन् भन्ने मत पनि रहेको छ । 

राष्ट्र राज्य, बहुराष्ट्र राज्य, बहुलराष्ट्र राज्य र राज्य राष्ट्र

राष्ट्र राज्य र राष्ट्रिय राज्यमा के फरक हुन्छ भन्ने प्रश्न आईरहन्छ । जब एक मानव समुह जस्को फरक भाषा (साझा भाषा), फरक संस्कृति (साझा संस्कृति) र फरक जीवन पद्धति (साझा जीवन पद्धति) रहेको छ उक्त मानव समुहको आधारमा राज्य बनाईए त्यो राज्य चाही राष्ट्र–राज्य (Nation state) हुन्छ । उदाहरणको लागी बोटे मानव समुहको आधारमा सिमा निर्धारण गरि राज्य बनाईए उक्त राज्य बोटे राष्ट्र राज्य हुन्छ । त्यसरी नै नेवार मानव समुहको आधारमा राज्य निर्धारण गरिए त्यो राज्य नेवार राष्ट्र राज्य हुन्छ । एउटा देशलाई एउटै राष्ट्रको देश या राज्य बनाइए उक्त देश या राज्य चाही राष्ट्र राज्य (Nation state) हुन्छ । जस्तो कि अहिलेको हाम्रो देश नेपाल । एउटा देश भित्र यस्ता धेरै राष्ट्र राज्यहरु भए अर्थात सबै राष्ट्रहरुको राज्य बनाईए उक्त देश या राज्य बहुल राष्ट्र राज्य (Nations State or Pluri-nation State) हुन्छ । एउटा देश भित्र राष्ट्रको संख्या धेरै भएता पनि विभिन्न आधारमा दुई या दुई भन्दा बढी निश्चित संख्याका राष्ट्र राज्यहरु भए सो देश या राज्य बहुराष्ट्र राज्य (Multi-nation State) हुन्छ । 

कहिले कहि बहुपहिचानको राज्यलाई हामी बहुराष्ट्र राज्य या बहुराष्ट्रिय राज्य हो भन्न पुग्दछौ । नेपालमा केही दलहरुले उठाएको १०+१ को राज्य भनेको प्रति एक राज्य चाही पहिचानको राज्य (Identity state or state of identity) र समग्र देश या राज्य चाही बहुपहिचानको देश या राज्य (Multi-identity State or State of multi-identities) हो । त्यो वास्तवमा राज्य या प्रदेशको नाम चाही फरक पहिचानको हुने कुरा हो । बहु र बहुलमा फरक केही र सबै भन्ने अर्थमा फरक छ । राज्य राष्ट्रको अवधारणा भनेको राष्ट्र नै देश र देश नै राष्ट्र भन्ने अवधारणा हो । केहिले बहु राज्य राष्ट्रको पनि कुरा गर्दछन् । त्यो भनेको अहिलेको ७ वटा प्रदेश रहेको हाम्रो देशको बहु राज्य या प्रदेश रहेको देश या राज्य भने जस्तै हो । यसमा भौगोलिकरुपका प्रदेश या राज्यहरु रहन्छन् । तिनीहरु न पहिचानका राज्य हुन्छन न राष्ट्रिय राज्य हुन्छन न त राष्ट्र राज्य हुन्छन् । 

राष्ट्रिय राज्य, बहुराष्ट्रिय राज्य तथा बहुलराष्ट्रिय राज्य

कुनै पनि देश भित्र फरक भाषा, फरक संस्कृति र फरक जीवन पद्धति भएका मानव समुह रहेता पनि तिनीहरुको परमपरागत सिमा सहितको भौगोलिक भूमी नरहेको अवस्थामा ति मानव समुहलाई राष्ट्र नभनेर राष्ट्रिय या जातिय समुह हुन्छ भन्ने मान्यता रहिआएको छ । यस्ता मानव समुहहरुलाई ठ्याक्कै मान्यता नदिएको अवस्था रहेको देश या राज्य राष्ट्रिय राज्य र मान्यता दिईएको यस्ता मानव समुह दुई या दुई भन्दा बढी रहेको अवस्थामा उक्त देश या राज्यलाई बहुराष्ट्रिय राज्य भन्ने गरिएको छ । यस्ता मानव समुहहरु सबैलाई समेटेर उक्त देश या राज्यलाई बहुलराष्ट्रिय राज्य भन्ने गरिएको छ । यहि राष्ट्रिय राज्यको अवधारणा अनुसार नेपाललाई बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक देश या राज्य भनिएको अवस्था छ । 

नेपालको संविधान २०७२ ले बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक बिशेषता भएको देश या राज्यकोरुपमा मात्र चित्रण गरेको छ । बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक देश या राज्य भन्नु र बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक विशेषता भएको देश या राज्य भन्नु आकाश जमिन फरक हुन्छ ।

नेपालको संविधान २०७२ ले त त्यो पनि भनेको छैन । यसले बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक बिशेषता भएको देश या राज्यकोरुपमा मात्र चित्रण गरेको छ । बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक देश या राज्य भन्नु र बहुभाषीक, बहुजातिय, बहुसांस्कृतिक तथा बहुधार्मीक विशेषता भएको देश या राज्य भन्नु आकाश जमिन फरक हुन्छ । यो ठ्याक्कै धन बहादुर होइृन तर धन बहादुरको जस्तो विशेषता भएको मानिस हो भने जस्तै फरक हो । यहि बिशेषता भएको देश या राज्य भित्रका समान आकांक्षा राख्ने नेपाली जनता नै राष्ट्र हो भनेर संविधानले परिभाषीत गरकोले यसले बहुलराष्ट्र देश या राज्य भनेर चिनीरहेको अवस्था छैन । यसैले, यसले पहिलो त विभिन्न मानव समुहलाई राष्ट्र मान्दैन चाहे तिनीहरुको फरक तर साझा भाषा, साझा संस्कृति, साझा जीवन पद्धति र हामी भन्ने भावना होस् । दोस्रो, यसले राज्य र राष्ट्रको सन्दर्भमा बहुलतालाई मान्यता दिदैन । यसै अर्थमा यस संविधानका निर्माता हौ भन्ने उपनिवेशकारी अभिजातिय जातिवादी ब्राम्हणवादीहरु बहु या बहुलराष्ट्रिय राज्य भन्न मान्दैनन् र त्यसलाई बिखण्डनकारी बिचारकोरुपमा बुझ्दछन् । बहुलराष्ट्र राज्य या देशको कुरा त झन धेरै टाढाको कुरा भयो । एउटा सम्झनु पर्ने कुरा के छ भने बहुलराष्ट्र र बहुलराष्ट्रिय राज्यलाई एकै अर्थमा प्रयोग गर्ने प्रचलन पनि रहेको छ यद्यपी तिनीहरुको अर्थ र भावना अलि फरक फरक छ । 

राष्ट्रवाद, बहुराष्ट्रवाद, बहुलराष्ट्रवाद, राष्ट्रियता, बहुराष्ट्रियता र बहुलराष्ट्रियता

नेपालमा जहिल्यै पनि राष्ट्रवादको नारा लाग्छ र राष्ट्रवादको धेरै कुरा भईरहन्छ । राष्ट्र + देशभक्तवाद = राष्ट्रवाद हुन्छ । देश या राज्यलाई एकल राष्ट्र या राष्ट्र राज्यकोरुपमा मात्र लिएको खण्डमा र त्योसंग देशभक्तवाद जोडे त्यसले परिभाषीत गर्ने राष्ट्रवाद भने एकल राष्ट्रवाद या राष्ट्र राज्य पक्षधर राष्ट्रवाद हुन जान्छ । यदि देश या राज्यलाई बहु या बहुल राष्ट्र भएको देश या राज्य मानेको खण्डमा त्यससंग देशभक्तवाद जोडिए पछि त्यसले परिभाषीत गर्ने राष्ट्रवाद बहु या बहुल राष्ट्रवाद हुन्छ । राष्ट्रवाद नै भने पनि त्यसको पछाडी बहु या बहुलता रहने भएकोले त्यसले बहु या बहुलताको प्रतिनिधीतव गर्दछ । कतिपयले त देशभक्तवाद ९एबतचष्यतष्कm० लाई राष्ट्रवाद ९ल्बतष्यलबष्किm० भनेर बुझिरहेका छन् । 

राष्ट्रियता भनेको देश तथा जनता (विभिन्न राष्ट्रकोरुपमा रहेका मानव समुह) चिनाउने र प्रतिनिधीत्व गर्ने भावना तथा भावनात्मक प्रतिक हो । यि माथीका राष्ट्र या बहु या बहुल राष्ट्रको भावनाबाट नै राष्ट्रियता बन्छ । राज्य या देश या देशको चरित्र तथा विशेषता एकल राष्ट्र भए देश तथा जनता (राष्ट्रकोरुपमा रहेका मानव समुह) चिनाउने र प्रतिनिधीत्व गर्ने भावनात्मक प्रतिक राष्ट्रियता पनि त्यस्तै हुन्छ भने राज्य या देशको चरित्र तथा बिशेषता बहु या बहुल राष्ट्र भए त्यहि अनुसारको राष्ट्रियता बन्छ । 

हाम्रो देशको संविधान २०७२ ले राष्ट्रियताको प्रतिककोरुपमा गाईलाई राष्ट्रिय जनावर बनाउनु, एउटै मात्र खस पर्वते भाषालाई सरकारी कामकाजको भाषा बनाउनु र राज्य शासकहरुले देशलाई चिनाउने सम्पुर्ण आध्यात्मीक स्थल, हिमाल पहाड तथा भाषा संस्कृतिलाई हिन्दुकरण, संस्कृतकरण र नेपालीकरण गर्नु त्यहि राष्ट्र–राज्यको अवधारणा अनुरुपको कार्य हो ।

हाम्रो देशको संविधान २०७२ ले राष्ट्रियताको प्रतिककोरुपमा गाईलाई राष्ट्रिय जनावर बनाउनु, एउटै मात्र खस पर्वते भाषालाई सरकारी कामकाजको भाषा बनाउनु र राज्य शासकहरुले देशलाई चिनाउने सम्पुर्ण आध्यात्मीक स्थल, हिमाल पहाड तथा भाषा संस्कृतिलाई हिन्दुकरण, संस्कृतकरण र नेपालीकरण गर्नु त्यहि राष्ट्र–राज्यको अवधारणा अनुरुपको कार्य हो । देशको शासनलाई संविधानले निर्देशित गर्दछ । साना तिना कुराहरुमा अरु मानव समुहहरलाई सम्बोधन गर्ने व्यवस्था भए पनि यस संविधानले लिएको मुल दिशा तथा मार्ग भनेको राष्ट्र–राज्य निर्माणको बाटो हो भन्ने कुरा यसमा व्यवस्था भएका विभिन्न धारा उपधाराहरुले देखाएको छ । 

शव्द प्रयोगमा के फरक पर्छ ?

कतिपय शव्दको प्रयोग र अर्थले त्यसले जाने बाटोलाई दिशा निर्देश गर्दछ । यी माथी चर्चा गरिएका शव्दहरुले पनि फरक फरक प्रकारका राज्य संरचना, शासनको प्रकृति, राज्य शासन व्यवस्था, लोकतन्त्र, अर्थ व्यवस्थाको मोडल, समाज निर्माणको गन्तव्य, विकास र विकासको अवधारणा, अन्याय, असमानता र विभेद सम्बोधनको बिचार, विधी तथा तरिका माग गर्दछ । राष्ट्र राज्य र बहु या बहुल राष्ट्र राज्यले फरक फरक राज्य संरचना, फरक फरक शासनको प्रकृति, फरक फरक राज्य शासन व्यवस्था, फरक फरक लोकतन्त्र, फरक फरक अर्थ व्यवस्थाको मोडल, फरक फरक समाज निर्माणको गन्तव्य, फरक फरक विकास र विकासको अवधारणा, फरक फरक अन्याय, असमानता र विभेद सम्बोधनको बिचार, विधी तथा तरिका माग गर्छ । यसर्थ, ति शव्दहरु सामान्यरुपमा फरक शव्दहरु मात्र प्रयोग गरिएको होईन । ति शव्दहरुले दिने अर्थ र भावना तथा दिशा निर्देश गर्ने बाटो नै फरक पर्दछ । यसलाई गम्भिररुपमा लिईनु पर्दछ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु नन्द कन्दङवा

किताबहरु

Helping Hands

Like us on Facebook