कोँइच सुनुवारको औषधि उपचार सम्बन्धि परम्परागत ज्ञान

सोमबार २८ आषाढ, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

कोँइच सुनुवारको औषधि उपचार सम्बन्धि परम्परागत ज्ञान

टंकराज सुनुवार (सुजन)

आदिवासी जनजातिहरुमा मौलिक प्रकारको ज्ञान प्रणाली रहँदै आएको छ । प्रथा, परम्परा र अभ्यासमा आधारित यस्ता ज्ञानहरु विभिन्न क्षेत्रमा प्रयोग हुने गर्दछ । यसै अन्तर्गत औषधि उपचार पनि एक हो ।

‘पुर्खाहरुको अभ्यास र अनुभवका आधारमा सिकिएका यस्ता ज्ञान आज पर्यन्त अभ्यासमा रहेको छ’ सुनुवार सेवा समाज संघिय समितिका सचिव शोभा सुनुवार भन्नु हुन्छ –‘यस्ता ज्ञान सुनुवार लगायत सबै आदिवासी जनजातिमा रहेको हुन्छ । यसको अभ्यास गाउँघरमा परापुर्ब काल देखि नै हुँदै आएको थियो ।  जहाँ आधुनिक औषधिको आपुर्ती थिएन, अस्पताल पनि थिएन । त्यही बेलाको औषधि उपचार प्रणाली नै औषधि उपचारको आदिवासी ज्ञान हो ।’

सुनुवारहरुको जनसंख्या र बसोबास

आदिवासी सुनुवार तिनै हुन्, जो आफूहरुलाई कोँइच भनेर परिचय दिने गर्दछन् । सुनुवार सेवा संघिय कार्य समितिका अध्यक्ष रणवीर सुनुवारका अनुसार सुनुवार (कोँइच) हरुको मूल बसोबास बागमती प्रदेशको रामेछाप, सिन्धुली, दोलखा र १ नम्बर प्रदेशको आखलढुंगा जिल्लामा रहेको छ । 

२०६८ को जनगणना अनुसार सुनुवारहरुको जनसंख्या ५५ हजार ७ सय १२ रहेको छ । अहिले बसाईसराई तथा व्यापार व्यबसायका लागि उदयपुर, इलाम, ताप्लेजुङ पाँचथर, झापामा छरिएर बसेका छन् । यस बाहेक संयुक्त अधिराज्य बेलाय, संयुक्त राज्य अमेरिका , हङकङ र खाडीमा पनि छरिएका छन् । तर उनीहरुको आदिम भूमि भने वल्लो किरात नै हो । जो रोमछाप, ओखलढुङ्गा, दोलखा र सिन्धुली नै हो । 

आदिवासी जनजातिहरुमा मौलिक प्रकारको ज्ञान प्रणाली रहँदै आएको छ । प्रथा, परम्परा र अभ्यासमा आधारित यस्ता ज्ञानहरु विभिन्न क्षेत्रमा प्रयोग हुने गर्दछ । यसै अन्तर्गत औषधि उपचार पनि एक हो ।पुर्खाहरुको अभ्यास र अनुभवका आधारमा सिकिएका यस्ता ज्ञान आज पर्यन्त अभ्यासमा रहेको छ, यस्ता ज्ञान सुनुवार लगायत सबै आदिवासी जनजातिमा रहेको हुन्छ ।

प्रकृतिपुजक सुनुवारहरुको आफ्नो भाषा, धर्म, सस्कार  र सस्कृति फरक रहेको छ । सुनुवार सेवा समाजका अध्यक्ष रणबीर भन्नु हुन्छ, ‘फरक संस्कृति र संस्कारकै कारण सुनुवारहरु नेपाल सरकाबाट सूचिकृत ५९ आदिवासी जनजातिमा सूचिकृत रहेको छ ।’  

भाषामा अडेको ज्ञान

भाषाविद डा. लाल रापचाको भनाईमा आदिवासी कोँइच सुनुवारहरुले आफनो भाषाका माध्यमले फरक पहिचान बनाएका छन् । सुनुवारहरुको भाषामानै ज्ञान प्रणाली रहेकोले सुनुवारहरुले भाषालाई आफनो पहिचानको बिषय बनाएका हुन् । हरेक बिषय र सन्दर्भमा सुनुवार भाषाको व्याख्या फरक हुने गरेको भन्दै डा. रापचा थप्नु हुन्छ– जस्तै माथिबाट तल्ल आउनु छ भने ‘यिचा’ हुन्छ नेपाली भाषामा त्यो हुँदैन, अङ्ग्रेजीमा फरक हुन्छ  ।

त्यो उनीहरुले आफ्नो ज्ञानलाई भाषासंग इन्कोड गरेका हुन्छन् । त्यो चाहिँ  ज्ञानसंग सङ्ग्यानात्मक अर्थात कग्नेटिभ नलेज संग जोडिएको कुरा हुन्छ । जस्लाइ हामीले जस्तै काट्नु भन्ने शव्द सुनुवार भाषामा फरक कुरा छ  । धान काट्नु भन्नु परयो भने ‘रिँचा’  भन्नु पर्छ । तर रुख काट्ने हो भने ‘कोँइँचा’ हुन्छ । यस कारण एउटै बिषयमा फरक फरक शव्द र अर्थ रहेको हुन्छ । ठुलो पारेर काट्ने कि सानो परेर काटने कि अब लामो चिज काटने कि कस्तो  चिज काटने हो ? यसमा पनि सुनुवार भाषाको फरक शव्द हुन्छ । यो एक प्रकारको ज्ञान हो । यो भाषामा नै आदिवासी ज्ञानको प्रमाण यो हो ।

यस बाहेक आदिवासी सुनुवारहरुको परम्परागत पोशाक तथा साँस्कृतिले पनि ज्ञान प्रणालीलाई सक्रिय गराएको हुन्छ ।  अध्यक्ष रणबीरको शव्दमा सुनुवारहरुको परम्परागत पोशाकमा पनि ज्ञान र सीप झल्कन्छ । 

औषधि उपचारको ज्ञान 

आदिवासी सुनुवारहरुको ज्ञान प्रणाली पनि अन्य समुदायको भन्दा फरक छ । हुन त सबै आदिवासीमा  यस्तो ज्ञान पद्यति हुन्छ । तर अन्य समुदायमा भन्दा फरक ज्ञान औषधि बनाउने विधि र प्रणालीमा हुन्छ । तर अन्य आदिवासीहरुमा झै औषधिजन्य ज्ञान प्रकृतिजन्य पदार्थ, जडिबुटी र प्राकृतिक लवण्य पदार्थमा हुन्छ । यस्तो ज्ञान प्रणालीका लागि समुदायमा बिशेष व्यक्ति खटिएको हुन्छ । सुनुवार सेवा समाजकी सचिव शोभा सुनुवार थप्नु हुन्छ –‘गाउँमा पू्र्खाहरुबाट र  पोइप ग्यमीबाट जडिबुटीहरु संकलन  तथा उपचार प्रणाली हुन्छ । जसलाई झाक्री वा  पुजारी पनि भन्न सकिन्छ ।’ 

सचिव सुनुवारको भनाईमा वन तथा वनस्पति जन्य सामाग्रीहरुबाट अनेकौ रोग प्रतिरोध गर्ने क्षमता भएको हुन्छ । भmाडापखाला हैजा, ज्वरो तथा विशेष गरेर अनि दग्दी (चिसो लाग्नु)बाट उत्पन्न हुने रोगको उपचार सुनुवार ज्ञानमा रहेको छ । सुनुवार भाषामा यस्तो रोगबाट ग्रसित बनाएमा ‘दोख’ भन्ने गरिएको छ । जस्लाई सिकिस्त बिरामी पनि भन्न सकिन्छ । 

अभ्यासमा औषधि उपचार

कान पाक्दा,  धुङ्ग्रे पखाला (एकदमै लगातार पखाला) लागेको बेला यस्तोबेला अम्बाको बोक्रा निकालेर कुटेर झोल बनाएर,  झोल पियाउने परम्परा छ । यस्तो औषधिबाट यस प्रकारको रोग निको हुने उनीहरुको बिश्वास छ । 

आदिवासी सुनुवारहरुको ज्ञान प्रणाली पनि अन्य समुदायको भन्दा फरक छ । हुन त सबै आदिवासीमा  यस्तो ज्ञान पद्यति हुन्छ । तर अन्य समुदायमा भन्दा फरक ज्ञान औषधि बनाउने विधि र प्रणालीमा हुन्छ । तर अन्य आदिवासीहरुमा झै औषधिजन्य ज्ञान प्रकृतिजन्य पदार्थ, जडिबुटी र प्राकृतिक लवण्य पदार्थमा हुन्छ । यस्तो ज्ञान प्रणालीका लागि समुदायमा बिशेष व्यक्ति खटिएको हुन्छ ।

‘आदिवासी सुनुवार काँइचहरुको आध्यात्मीक विश्वासका आधारमा स्वास्थ्य उपचार गर्ने अनेक विधिमध्ये न्हःसो र पोइव–गमीविधि पनि एक हो प्राकृतिक शक्ति र पितृशक्तिलाई जगाउने यो  विधि उनीहरुको आफनो भाषामा अभिव्यक्त हुन्छ भने समाजले मनोविज्ञानका आधारमा सेवा लिन्छ ।’ भाषाविद डा. रापचा थप्नु हुन्छ  ‘हाम्रो देशमा औषधि अस्पताल पनि थिएन, उपचार  गर्ने ठाँउ तेति बेला चाहिँ आफ्नै  ज्ञानले गाउँमा पू्र्खाहरु हु्नुहुन्थ्यो । जडिबुटीहरु संकलन  गर्ने हाम्रो झाक्री बाट हुन्थ्यो । पोइव ग्यमीबाट हुन्थ्यो । उसलाई पुजारी भन्दा हुन्छ । उहाँहरुलाइ औषधिका बारे पूर्ण ज्ञान हुन्छ उहाँ हरु नहुदागाउँ घरमा ठुला  मान्छेले जन्नु  हुन्छ । जुन ज्वरो चाहिँ  गलेर अन्तिम अवस्थामा पुगेको बेला हामीले ऐसेलु खुलुमिज भन्छौ,  ऐसेलु को झाङमा गरेर हाँगा नुङेर जाहा जाहा छुएको छ त्यो ल्याएर कुटेर खुवाउदा  जरो निको  हुन्छ ।’

पुस्ता हस्तान्तरमा प्रथाजनित संस्था चुप्लु

जल,जमीन र जंगलसंग गाढा सम्बन्ध भएका र प्राकृतिक स्रोतमा निर्भर  आदिवासीका यस्ता ज्ञान धेरै क्षेत्रमा देख्न सकिन्छ । यस्ता आदिवासी ज्ञानलाई पुस्ता हस्तान्तरण गर्ने कोँइच सुनुवारहरुको आफ्नै प्रथाजनित तरिकाहरु हुन्छन् । 

प्रथाजनित संस्था चुप्लु नै आदिवासी सुनुवारहरुको आधिकारिक र सामुहिक निर्णय गर्ने थलो हो । प्रथा जनित कानुका जानाकार डा. रापाचा यसरी ब्याख्या गर्नु हुन्छ। ’हाम्रो  प्रथा जनित कानून (कष्टमरि ल)  छ र त्यो कानून अनुसार चाहिँ हामी त्यहा पहिला पहिला हाम्रो किपट भूमि ओल्लो किरात मा आफ्नो साँध सिमाना कसरि लगाउने भन्ने निर्णय गर्दथ्यो । यो प्रथाजनित संस्था चुप्लु हो । चुप्लुले संस्कार र संस्कृतिको जगेर्ना देखि नयाँ पुस्तालाई ज्ञान हस्तान्तरणको काम गर्छ । तर पछिल्लो अवधिमा यस्ता संस्थाहरु लोप हुँदै गएका छन् । यस्को सामाजिक संगठन र कार्य विभाजनको विधि प्रथाजनित कानून अनुसार नै हुन्छ । मातृभाषामा यस प्रकारका धेरै प्रकारका ज्ञान हुन्छन् । यस्ता ज्ञानको संरक्षण र पुस्ताहन्तारण हुने गरेको छ ।’

स्थानीय सरकारले हेर्नु पर्ने बिषय  

स्वास्थ्य उपचारमा आधारित आदिवासी ज्ञानको संरक्षणका लागि मूलतः स्थानीय सरकार र प्रदेश सरकारको जिम्मेवारी रहेको सबै अभिउन्ताहरुको भनाई छ । भाषाआयोग उप सचिव डा.लोक बहादुर लोप्चन पनि आदिवासी ज्ञानको संरक्षणकर्ता र अभिभावकत्व स्थानीय सरकारले लिनु पर्ने बताउनु हुन्छ । 

‘आदिवासी सुनुवारमा अथाह आदिवासी ज्ञानका स्रोतहरु हुन् । आदिवासी ज्ञानहरु उस्को जीवनको अभिन्न अंग हो । यो विशेषतामा सम्पदा, सभ्यता र आदिवासी सौन्दर्य हुन्छ । चुनौति चाही के छ भने धेरैले उनीहरुको आफनो मातृभाषा बोल्न छाडेका छन् ।’ डा लोप्चनले भन्नु भयो –आदिवासी सुनुवार समाज आफैले आफनो भाषाको संरक्षण गर्ने, जागरण हुन त आवश्यक त छदैछ, थप प्रदेश सरकार र स्थानीय सरकारले पनि उनीहरुलाईै सहयोग गर्नू पर्छ । 

जे भएपनि नेपालका आदिवासीहरु मध्ये अल्प संख्यकमा पर्ने कोइच सुनुवारहरु नेपालको प्राकृतिक स्रेत, सम्पदा र ज्ञान र सीपका धनी हुन् । यो सम्पदालाई राष्टको मूल प्रबाहमा प्रबाहित गर्न आवश्यक छ ।

आदिवासी सुनुवारहरुको आफनै भाषा र परम्परागत पोशाक तथा साँस्कृति कक्रियाकलापहरु हुन्छन् । हरेक साँस्कृतिक क्रियाकलाप, आध्यात्मिक विश्वासहरुले आदिवासी कोँइच सुनुवारहरुको परम्परागत ज्ञानको संरक्षण गरिरहेको हुन्छ । यीसबै ज्ञान उनीहरुको आफनो भाषाका माध्यममा हुन्छ । 

आदिवासी सुनुवारमा अथाह आदिवासी ज्ञानका स्रोतहरु हुन् । आदिवासी ज्ञानहरु उस्को जीवनको अभिन्न अंग हो । यो विशेषतामा सम्पदा, सभ्यता र आदिवासी सौन्दर्य हुन्छ । चुनौति चाही के छ भने धेरैले उनीहरुको आफनो मातृभाषा बोल्न छाडेका छन् । आदिवासी सुनुवार समाज आफैले आफनो भाषाको संरक्षण गर्ने, जागरण हुन त आवश्यक त छदैछ, थप प्रदेश सरकार र स्थानीय सरकारले पनि उनीहरुलाईै सहयोग गर्नू पर्छ । 

सुनुवारहरु पहिला पहिला हाप्नो सस्कृती नासो पोइव ग्यामि बाट सस्कार सस्कृति  चलाउने गर्दथ्ये । जन्म देखि मृत्युसम्मका संस्कृतिमा पोइव ग्यमी ( सुनुवार जातिको पुरोहित) चलाउँथ्ये । तर पछिल्लो कालक्रममा भने ब्राह्मण पुरेत मान्ने  मन्ने चलन चलेको छ आदिवासी सुनुवारहरुले परम्परागत जातीय पुरेत पोइव ग्यमी छाडेर  ब्राह्मणलाई मन्ने चलन चलेको छ ,त्यसमा पनि मिश्रित चाही छ । बाहुन नै चलाए पनि सुनुवार बिधि बाट सस्कारहरु चलाइरहेको अध्यक्ष बताउनु हुन्छ ।

भाषा जोगिए ज्ञान जोगिन्छ 

भाषा आफैमा अभिव्यक्तिको माध्यम हो ।  भाषा संरक्षण भए मात्र आदिवासी सुनवारहरुको ज्ञान तथा पहिचान जोगिने संभावना हुन्छ । यही सन्दर्भलाई लिएर भाषा संरक्षणका लागि संवैधानिक जिम्मेवारी पाएको भाषा आयोगले पनि केही पहल गरिरहेको  जानकारी दिनु हुन्छ  भाषाआयोगका उप सचिव, डा.लोक बहादुर लोप्चन । 

‘भाषा म¥यो भने सास्कृतिसंग जातिको पनि मृत्युु तिर गरेको म देख्छु त्यसैले  भाषाआयोगले  तेस्को लागि सुनुवार  भाषा माशब्द कोशहरु तयार गर्ने काम गरिरहेको छ । तेस्तै गरि सुनुवारको इतिहास हरु लेख्दै सुनुवार  मातृभाषाको शिक्षा पनि ओखलढुंगाको खिजिफलाटे  गाउँपालिकमा सुरु भएको उहाँले् बताउनु भयो । उहाँले थप्नु भयो –त्यहा केही विद्यालयहरुमा पढाई  हुन्छ र शिक्षाकलाई तालिम पनि दिइसकिएको छ । र यो वर्ष पनि त्यहा कार्यक्रम   रखिएको छ । त्यहा बालकक्षा  र एक  कक्षाको शिक्षाकलाई तालिम हुन्छ ।तेस्ले पनि विषय र मध्यम  रूपमा पठन पाठन  हुन्छ  र पठन पाठनको संगै  उनीहरुको  किताब बन्छ र किताबहरु पढाई  भयो भने भाषाको संरक्षण हुन्छ र आदिवासी सुनुवार ज्ञान पनि नयाँ पुस्तामा हस्तान्तरण हुन्छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook