जनजीवनसँग जोडिएको किराती लोकबाजा र बाँसुरी दिवस

शनिवार १६ श्रावण, २०७८   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गणेश राई

गणेश राई

काठमाडौ

जनजीवनसँग जोडिएको किराती लोकबाजा र बाँसुरी दिवस

वाम्बुले राई समुदायमा बुढापाकाको एउटा भनाइ छ– 

‘बजाउन जाने पो बच्छ मुरली, 

फकाउन जाने पो मान्छ तरुनी ।’ 

गीतको लयजस्तो तुक्का मिलेको पंक्ति साह्रै मननीय छ । सोझो अर्थमा मुरली बाजा बजाउने पुरुष तन्नेरीले हो । बजाउन जान्यो भने मनमोहक धुनमा बज्छ । बजाउन नजानेमा कर्कस आवाजले हल्लामात्र हुन्छ । त्यसैगरी तन्नेरी केटाले समवयी तरुनी केटीलाई आफ्नो जोडी बनाउन खोज्छ । तर ढंग पुग्दैन । प्रेमिल भावना बिछ्याएर फकाउन जान्दैन ।

यही पंक्तिको गुढार्थ पनि छ । समय, परिस्थिति, परिवेशलाई बुझेर व्यवहार गर्न सकेमा अनुकलु परिणाम प्राप्ति हुन्छ । प्रकृतिको नियमलाई पालना गरेर मानवीय भावनासँग सँगाल्नु मानवीय स्वभाव हो । पुर्खाले यही सिकाएका छन् । पुर्खाले प्रकृति र संस्कृतिको अनुकुलन गरी सिर्जेका तथा आर्जेका परम्पराहरू छन् । त्यसलाई सुझबुझसहित संयम र धैर्यतापूर्वक पालना गर्न सके फल पाउन सकिन्छ । किनभने उहिले पनि कोरोना भाइरस जस्तै महामारीहरू उब्जिएका थिए, जो अहिले पनि कोभिड–१९ बाट विश्व समुदाय आक्रान्त छ ।

पुर्खाकै उपज हो– वाम्बुले बाँसुरी दिवस । प्रतिकुल समयमा पनि हामीले दुई वटा साउने १५ गतेका बाँसुरी दिवस मनाउन सफल भएका छौं । २०७७ साल र २०७८ सालको दिवस । हामीलाई प्रविधिले साथ दिएको छ । सामाजिक/भौतिक दूरी कायम गरेर भेटघाट गरी दिवस मनाउन सकिने सम्भावना न्युन रहेको बेला ‘वाम्बुले बाँसुरी दिवस’ भर्चुअल माध्यमबाट मनाएका छौं । इन्डिजिनियस टेलिभिजन तथा आईटीभी नेपालको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो प्यारो ‘आदिवासी टेलिभिजन’; जसले आदिवासी किराती लोक परम्पराको निरन्तरतामा साथ दिएको छ । 

किराती लोक परम्पराको निरन्तरता 

वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल काट्नु हुँदैन । कपाल कोरेर भुइँमा झानु हुँदैन । बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा, मादल जस्ता बाजाहरू बजाउनु हुँदैन । जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छ । त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अघेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन् । महिलाले बिनायो बजाउँछन् । वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २०७४ सालदेखि साउन १५ गतेका दिन ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित वाम्रास भवन सामूहिक भेटघाट गरी ‘बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम’ को थालनी गरेको हो । वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । ‘किराती लोक परम्पराको निरन्तरता’ को रूपमा यो दिवस स्थापित गरिएको हो ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २०७४ सालदेखि साउन १५ गतेका दिन ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित वाम्रास भवन सामूहिक भेटघाट गरी ‘बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम’ को थालनी गरेको हो । वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । ‘किराती लोक परम्पराको निरन्तरता’ को रूपमा यो दिवस स्थापित गरिएको हो । कोभिड–१९ को कारण पाँचौं वर्ष २०७८ साउन १५ गते सामूहिक भेटघाट गर्न सम्भव नभएकाले जुम एप्लिकेसनबाट प्रत्यक्ष प्रसारण भएको छ । इन्डिजिनियस टेलिभिजन तथा आईटीभी नेपालको ‘जन सवाल’ कार्यक्रममा बाँसुरी दिवसलाई वाम्बुले राई कलाकारलाई बाँसुरी बजाउन लगाएर प्रसारण भएको छ । वरिष्ठ पत्रकार कुमार यात्रुले संचालन गर्ने कार्यक्रमको एक फरक विशेषताका रूपमा रहेको छ । 

देश विदेशबाट बाँसुरी वादन

बाँसुरी दिवसमा ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानीबाट बिर्खबहादुर राई, अमृतबहादुर राई, अबराम राई, दलश्वर राई, गोपाल राई, अढमबहादुर राई, मलमकुमार राई, धनसिंह राई बाँसुरी वादन गर्नुभएको थियो। मानेभन्ज्याङ–६ सोक्मटारबाट बिन्देश्वर राई, शिवराम राई, भुवन गुर्भा राई, क्षमाराज राई बाँसुरी बजाउनु भएको थियो  । बाँसुरी वादनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँबाट मनकुमार राई, इन्जकुमार राई, बिनोद राई तथा सुनसरीको धरानबाट बिद्रोही साइला (मुम्चे राई) र दिलन वाम्बुले राई सहभागी हुनु भएको थियो ।

मानेभन्ज्याङ–५ उदयपुरबाट श्याम वाम्बुले राई, धिमिलेबाट ललितबहादुर राई, मानेभन्ज्याङ–३ सिम्काकुबाट अदिप राई, रिनुवालबाट जेबिधन राई, मानेभन्ज्याङ–२ होल्माफुबाट नवलबहादुर राई, इच्छाबहादुर राई, ढुक्कबहादुर राई सहभागी हुनु भएको थियो । 

बेलायतबाट कमल राई, मलेसियाबाट नवराज राई, आबुधाबी दुबाईबाट रजनजंग राई (रजन सुबुकु)ले बाँसुरी वादन गरेका थिए । अमृतबहादुर राईले अधिया भाका गाएका थिए । हिलेपानीबाट गगनबहादुर राई वाम्बुले भाषामा बाँसुरीको महत्व झल्किने गजल वाचन गर्नुभएको थियो । 

पहिलो पटक बिनायो र मुरली वादन

यो पटक बिनायो र मुरली वादन सहभागी थिए । ओखलढुंगा मानेभन्ज्याङ–६ हिलेपानीबाट ६६ वर्षीया सुगामाया राई, औसरमाया राई, चेतनकला राई, मानेभन्ज्याङ–६ सोक्मटारबाट हिरामाया राई, गुमानसरी राई, दिवासरी राई, मानेभन्ज्याङ–३ फोकुलबाट कोपिला वाम्बुले राई, मानेभन्ज्याङ–५ धिमिलेबाट राम्रीमाया राई तथा औसरमाया राई र अढमबहादुर राई दम्पतीले संयुक्त वादन गर्नुभएको थियो । बेलायतबाट नेत्रमाया राई, सुकमाया राई र खेजीमाया राईले संयुक्त बिनायो वादन र सरुमाया राईको एकल वादन गर्नुभएको थियो । 

यसैगरी पहिलो पटक खोटाङ हलेसी तुवाचुङ–१ झाप्पा गाउँबाट नयनशेर वाम्बुले राईले मुरली वादन गर्नुभएको थियो। उनका अनुसार ‘रामकली भाका’ बजाउनु भएको थियो। यो भाका आफ्नो बाजेले बजाएको भाका हो, जुन भाका बजाउन जान्ने आफूमात्र रहेको उहाँको दाबी थियो । 

‘राम्दले भाकाको मौलिक लय संरक्षण जरुरी छ’

बाँसुरी दिवसको भर्चुअल संवादमा विभिन्न वक्ताले विचार व्यक्त गरेका थिए । किरात संस्कृतिविद् तीर्थराज मुकारुङ राईले धेरै थरी किराती लोकबाजाहरूमध्ये जोरमुरली, जोरबिनायो लोप भइसकेकाले त्यसलाई पुनःउत्थान गर्न आवश्यक रहेको बताए । बाँसुरी दिवसको अवसरमा बाँसबाट बन्ने अन्य बाजाहरू छन्,’ मुकारुङ भन्छन्, ‘अहिले जोर मुरली हराएको छ । आगामी दिनमा यस्तै मिठामिठा संगीतका धुनहरू सुन्न पाउन खोजी हुनुपर्ने देखिन्छ ।’ 

वाम्बुले भाषाको कोशकार अविनाथ राईले तीन दशकदेखि वाम्बुले मातृभाषा, साहित्य, संस्कृतिको अभिलेखिकरण बढेको बताउनुभयो । ‘आजको दिवसमा राम्दले भाकामात्र बजाइएको छ,’ कोशकार राईले भने, ‘राम्दले भाकासँग राम्दले गीतसँग कसरी संयोजन हुन्छ भन्नेबारे अझै परिस्कृत हुनुपर्छ ।’

राष्ट्रगानका रचनाकार/वाम्बुले मातृभाषी कवि व्याकुल माइलाले लोक परम्पराको निरन्तरताका निम्ति गाउँ र सहर दुवैतर्फ संयोजन गरी बाँसुरी दिवस तथा अन्य सांस्कृतिक कार्यक्रमहरू सुचारु रहेको बताउनुभयो । ‘लोकभाका, लोकसंस्कृतिहरू हाम्रो जीवनका सुखदुःख, वेदनासँग जोडिएको हुन्छ,’ बाँसुरीलाई बचाउन सकेमा हाम्रो धेरै लोकबाजा बच्ने उल्लेख गर्दै माइलाले भन्नुभयो, ‘बाँसुरी हराउँदा धेरै लोक भाकाहरू हराउने छ । यसलाई बचाउनको लागि परम्परा धान्नकै लागि साउन १५ को औपचारिक दिवसमा नराखी यसलाई प्रवद्र्धनमा जोड दिन जरुरी छ । बाँसुरी बजाएर पनि विद्वान बन्न सकिन्छ ।’ माइलाले आफूले अधिया, ख्याली, सरुमालगायत ५ वटा भाका संकलन गरी रेकर्ड गराएको सुनाउँदैस्थानीय पालिकाहरूले लोकसंस्कृतिको संरक्षणका साथमा पर्यटन प्रवद्र्धन गरा निम्ति पहल गर्न जरुरी रहेको बताउनुभयो । 

पूर्वीय दर्शनका अध्यता डा. भक्त राईले भन्नुभयो चालीस हजार वर्ष अघि स्लोभेनियामा भालुको हड्डी प्वाल पारेर बजाएको पाइन्छ । जर्मनीमा पुरानो गिद्धको नली खुट्टामा प्वाल पारेर बजाएको पाइन्छ । पूर्वीय संस्कृतिको चार वेदमा बाँसुरीको चर्चा छैन । रामायण पाइन्न । महाभारतमा मात्र कृष्णले बाँसुरी बजाएर सोह्र सय गोपिनीलाई मन्त्रमुग्ध पारे भन्ने प्रसंग छ । र मुन्दुधी परम्परामा पनि बाँसुरीको चर्चा पाइन्न ।’

संसारका आदिवासीले बाँसुरी बजाउने गरेको पाइन्छ । मालिङ्गो, निगालोबाट बनाइने बाँसुरी अहिले काठ र धातुबाट पनि बनेको पाइन्छ । ‘बाँसुरीको लय बाँच्नु भनेको भाका बाँच्नु हो,’ डा. राईले भन्नुभयो, ‘भाका बाँच्नु भनेको जीवनपद्धति, खुसीका संवेगहरू जगेर्ना गर्ने प्रयास अत्यन्त महत्वपूर्ण छ । राम्दलेभाका मौलिक लय संरक्षण जरुरी छ ।’ वाम्बुले मूलथलोमा पर्यटक प्रवद्र्धनको माध्यम लोकभाकालाई बनाउने तथा संस्कृतिलाई आय आर्जनसँग जोडेर लैजानु पर्नेमा जोड दिनु भएको थियो । 

विशेष वक्ता लोकसंस्कृतिविद् डा. भक्त राईले वाम्बुले राम्देल भाका विशेष रहेको र यसको अध्ययन तथा अनुसन्धान जरुरी रहेको बताउनु भएको थियो । ‘दुधकोसी र सुनकोसी, लिब्जु र भुम्जुको काखमा बसेर बाँसुरी दिवस मनाउन अझ यसको महत्व झल्किने छ,’ पूर्वीय दर्शनका अध्यता डा. राईले बाँसुरीको इतिहासबारे चर्चा गर्दै भने, ‘चालीस हजार वर्ष अघि स्लोभेनियामा भालुको हड्डी प्वाल पारेर बजाएको पाइन्छ । जर्मनीमा पुरानो गिद्धको नली खुट्टामा प्वाल पारेर बजाएको पाइन्छ । पूर्वीय संस्कृतिको चार वेदमा बाँसुरीको चर्चा छैन । रामायण पाइन्न । महाभारतमा मात्र कृष्णले बाँसुरी बजाएर सोह्र सय गोपिनीलाई मन्त्रमुग्ध पारे भन्ने प्रसंग छ । र मुन्दुधी परम्परामा पनि बाँसुरीको चर्चा पाइन्न ।’

संसारका आदिवासीले बाँसुरी बजाउने गरेको पाइन्छ । मालिङ्गो, निगालोबाट बनाइने बाँसुरी अहिले काठ र धातुबाट पनि बनेको पाइन्छ । ‘बाँसुरीको लय बाँच्नु भनेको भाका बाँच्नु हो,’ डा. राईले भन्नुभयो, ‘भाका बाँच्नु भनेको जीवनपद्धति, खुसीका संवेगहरू जगेर्ना गर्ने प्रयास अत्यन्त महत्वपूर्ण छ । राम्दलेभाका मौलिक लय संरक्षण जरुरी छ ।’ वाम्बुले मूलथलोमा पर्यटक प्रवद्र्धनको माध्यम लोकभाकालाई बनाउने तथा संस्कृतिलाई आय आर्जनसँग जोडेर लैजानु पर्नेमा जोड दिनु भएको थियो । 

किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय कार्यसमितिका अध्यक्ष रामकर राईले वाम्बुले राई समुदायमा पाइने विशेष खाले सांस्कृतिक भाकाहरू लोपोन्मुख रहेको र आफूले पनि प्रवद्र्धन कार्यको अगुवाई गर्दै आएको बताउनुभयो । 

वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमिति अध्यक्ष गजुरधन राईको सभाध्यक्षता रहेको थियो । युवा बाँसुरी वादक जिबन राईले ‘राम्दले भाका’मा बाँसुरी वादन तथा  विष्णु माइला राई र संगम राईले मादल वादनबाट कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसलगत्तै सचिव विकास राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।  सभाध्यक्षबाट सभा विसर्जन भएलगत्ती जिबन राईले ‘अधिया भाका’मा बाँसुरी धुन प्रस्तुत गर्नुभएको थियो  । सम्पन्न बाँसुरी दिवसको पाँचौं शृंखला वाम्रासका उपाध्यक्ष तथा पत्रकार गणेश वाम्बुले राई संयोजक र सचिव विकास राई (सौगात) डिजिटल संयोजन रहेको थियो ।

बाँसुरी, बिनायो र मुरली वादन रेकर्ड संयोजन ओखलढुंगा हिलेपानीबाट गगन राई, सोक्मटारबाट दिलिपकुमार राई, धिमिलेबाट रोशन वाम्बुले राई, सिम्काकुबाट कमल किराती, होल्माफुबाट दिवाधन राई, खोटाङ झाप्पाबाट विनोद वाम्बुले राई र बेलायतबाट खेजीमाया राईले गर्नुभएको थियो ।   

पुस्तक विमोचन

बाँसुरी दिवसकै अवसरमा वाम्बुले राई भाषाको ‘द्याल रुच्चाल’ (गाउँ हेर्दा) कविता संग्रह सार्वजनिक गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ वडापालिकाको सहयोगमा प्रकाशित गरेको हो । वाम्रासको २२औं र २३औं स्थापना दिवसमा आयोजित ‘वाम्बुले राई भाषाको २१औं र २२औं कविता प्रतियोगिता’मा वाचित कविताहरूको संग्रह हो । यसभित्र विभिन्न कविका ७१ वटा कविता समावेश गरिएका छन् । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook