फोनिज अवाडद्धार आठ जना पत्रकार पुरस्कृत हुने

शनिवार २३ श्रावण, २०७८   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

फोनिजको २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गतेका दिन पत्रकारहरुलाई पुरस्कार दिने निर्णय गरेको फोनिजद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल हुनुन्छ ।

त्यसैगरी, यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मान गरिने जानकारी समेत विज्ञप्तीमा उल्लेख छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook