कोभिडमा आदिवासीका असल अभ्यास

विहिवार १७ भाद्र, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

रोजिना लामा

रोजिना लामा

काठमाडौं

कोभिडमा आदिवासीका असल अभ्यास

विश्वव्यापी कोरोना महामारीका कारण जनजीवन प्रभावित भईरहँदा नेपालका आदिवासी जनजातिहरुले भने यस्ता महामारी विरुद्ध आफनो आदिवासीय प्रथा, परम्परा र ज्ञानको प्रयोग गरेर महामारी बिरुद्ध जुध्ने अभ्यासलाई पुनस्थापना गरेका छन् । 

कोभिड १९ महामारी संक्रमणको उच्चविन्दूको ग्राफ उक्लिरहँदा आफनो थातथलोमा रहेका  नेपालका आदिवासीहरुले आफनै विधि र व्यवहारबाट कोरोनाबाट बच्ने विभिन्न प्रकारका जुक्तिहरु कार्यन्वयनमा ल्याएका थिए । जसका कारण आदिवासीको परम्परागत जीवनशैली अपनाउनेहरु तुलनात्मक रुपमा सुरक्षित रहेको दावी गरिएको छ । तर यस्को अनुसन्धानात्मक पुष्टि भने हुन सकेको छैन । 

भेजाको सक्रियता 

नेपालमा पहिलो र दोस्रो लहरका रुपमा कोरोना महामारी फैलियो । दुबै लहरलाई नियन्त्रण गर्न सरकारले फरफ फरक प्रकृतिको बन्दाबन्दी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा बन्दाबन्दी सफल पार्न सुरक्षा फौज नै परिचालन गर्नु परेको थियो । 

तर आदिवासी समाजमा भने उनीहरुको आफनो प्रथाजनित संस्था मार्फत बन्दाबन्दीको घोषणा गरिएको र यसको कार्यन्वयन सफल भएको आदिवासी अभियन्ताहरुको दावी छ । 

नेपालमा बन्दाबन्दीको समयमा पाल्पाको मगर गाउँमा भेजा प्रणालीले राम्रो काम गरेको छ । भेजाकै सक्रियताका कारण महामारी गाउँमा फैलन पाएन ।’

नेपाल मगर महिला संघकी उपाध्यक्ष गंगा खासु मगरले आदिवासी मगर समाजमा प्रथाजनित संस्था भेजाका कारण महामारी विरुद्धको सचेतना सफल भएको जानकारी दिनु भएको छ ।  ‘नेपालमा बन्दाबन्दीको समयमा पाल्पाको मगर गाउँमा भेजा प्रणालीले राम्रो काम गरेको छ । भेजाकै सक्रियताका कारण महामारी गाउँमा फैलन पाएन ।’ उपाध्यक्ष खासु मगरले भन्नु भयो–‘महामारीलाई मगर भाषामा हामी देसान भन्छौ । यो देसान  भयानक रोग हो र फैलिन्छ भन्ने ज्ञान मगर समाजलाई भेजाका कारण जानकारी भयो ।’

‘भेजाको बैठकले  महामारी फैलिएको खबर आए पछि एक गाउँबाट अर्को गाउँमा सामान लाने ल्याउने र आवतजावतमा समेत बन्द गरेको थियो ।’ उहाँले भन्नु भयो –‘आवतजावत बन्द भएको विशेष चिन्ह मूलबाटोमा लगाइएको थियो । यस्तो चिन्ह लगाए पछि कोही पनि हिड्न नहुने हाम्रो विश्वास छ । यस्तो सूचना यति प्रभावकारी भयो कि बन्दाबन्दी पूर्ण सफल भयो र संक्रमण गाउँमा प्रबेश गर्न पाएन ।’  
भेजा आदिवासी मगर जातिको प्रथाजनित संस्था हो । भेजाले गरेको निर्णय त्यस क्षेत्रमा सबैले पालना गर्नुपर्ने हुन्छ । यो विगतदेखिनै चलिआएको परम्परा हो । भेजाको निर्णय कार्यन्वयन गर्ने जिम्मा भेजारीको हो । 

प्रथाजनित संस्थाले गाउँ जोगाए 

आदिवासी जनजातिको परम्परागत प्रथाजन्य संस्थाले नै आदिवासीको ज्यान बचाएको आदिवासी जनजाति विज्ञ  यशोकान्ति भट्टचनको दावी छ । शहरी अस्पतालमा कोरोना उपचारका लागि अक्सिजन, भेन्टीलेटर जस्ता स्वास्थ सामाग्रीको अभाव भइरहेको बृला आदिवासी समाजको अभ्यासबाट अरु दुनियाले सिक्नु पर्ने उहाँको तर्क छ ।  

‘जहाँ आदिवासीको परम्परा र प्रथाजन्य प्रचलन बाँचेको छ, त्यहाँका आदिवासीहरु तुलनात्मक रुपमा सुरक्षित छन् । थारुहरुको कैलाली कन्चनपुर तिर उनीहरुको प्रथाजनित संस्था बरघरले बाहिरका मान्छेहरुलाई गाउँमा छिर्न दिएनन् । यसैगरि आफैले बनाएको सेनिटाइजरको प्रयोग र पोस्टर पम्पेल्टको प्रयोग गरेका थिए । उनीहरुको सूचना  मातृभाषामा नै थियो । मातृभाषाको सूचना उनीहरुले छिटोग्रहण गर्छन् ।

‘जहाँ आदिवासीको परम्परा र प्रथाजन्य प्रचलन बाँचेको छ, त्यहाँका आदिवासीहरु तुलनात्मक रुपमा सुरक्षित छन् । थारुहरुको कैलाली कन्चनपुर तिर उनीहरुको प्रथाजनित संस्था बरघरले बाहिरका मान्छेहरुलाई गाउँमा छिर्न दिएनन् । यसैगरि आफैले बनाएको सेनिटाइजरको प्रयोग र पोस्टर पम्पेल्टको प्रयोग गरेका थिए । उनीहरुको सूचना  मातृभाषामा नै थियो । मातृभाषाको सूचना उनीहरुले छिटोग्रहण गर्छन् ।’ राष्टिय आदिवासी जनजाति महलिा मन्चकी उपाध्यक्ष समेत रहनु भएकी भट्टचनले यसैमा थप्नु भयो –‘थारुको मात्र नभई हाम्रो मुस्ताङमा थकालीहरुको १३ मुखिया घम्पाहरुले महामारीको समयमा राम्रो कार्य गरेका छन् । थकाली समुदायले आदिवासी समुदायमा कोभिडको समयमा राम्रो भुमिका निर्वाह गरेका छन् ।’

ल्होमीको सूचना प्रणाली 

कोरोना महामारीका क्रममा हिमाली आदिवासी ल्होमी (सिंसावा)को सूचना प्रणाली पनि कार्यन्वयनमा आएको छ । परम्परागत ङोरिङबा, गोरुङ प्रणाली मार्फत कोरोनाबाट बच्ने र बचाउने उपायका बारे प्रचार भएको थियो । आधुनिक सञ्चारमाध्यमको पहुँचबाट टाडा दुर्गम संखुवासभा जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने ल्होमीहरु यसलाई संचार माध्यमका रुपमा प्रयोग गर्ने गर्दछन् । राष्टिय आदिवासी जनजाति महलिा महासंघकी उपाध्यक्ष छिङचिपा ल्होमीका अनुसार यो उनीहरुको परम्परागत सञ्चार प्रणाली हो ।  गेरुङ हरेक वर्ष  छनौट गर्ने परम्परा छ । 

हिमाली १८ आदिवासीहरु मध्ये ल्होमी एक आदिवासी हो । उनीहरुको आफनै भाषा छ भने  बख्खु तथा विशेष प्रकारको् गहना र भेषभुषाले उनीहरुलाई फरक पहिचान र्दिएको छ । 

(साभारः इन्डिजिनियस फिचर सेवा)


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook