जलवायू परिवर्तनको प्रभाव न्युनिकरणमा आदिवासी जुक्ति

आईतवार २० भाद्र, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

तेज नाछिरिङ

तेज नाछिरिङ

सोलुखुम्बु, नेपाल

जलवायू परिवर्तनको प्रभाव न्युनिकरणमा आदिवासी जुक्ति

विश्वव्यापी संकटका रुपमा उदाएको जलवायू परिवर्तनको प्रभाव न्युनिकरण गर्ने जुक्तिका रुपमा आदिवासी ज्ञानलाई अगाडि सारिएको छ । जलवायू परिवर्तनको प्रभावबाट आदिवासीहरु पीडित भईरहँदा यस क्षेत्रमा काम गर्ने अभियन्ताहरुले आदिवासी ज्ञानको मान्यता, नीति निर्माणमा आदिवासीहरुको सहभागिता र परामर्श जस्ता उपाय अवलम्बन गर्नु पर्ने उपाय सुझाएका हुन् ।

विकसित राष्ट्रहरुमा बस्ने मानव समाजका गतिविधिबाट उत्सर्जन भएको कार्बनका कारण यतिबेला विश्वका जनता प्रभावित छन् । यसमा सबैभन्दा बढी पीडित विकासोन्मूख मुलुकका आदिवासी परेका छन् ।  जलवायू परिवर्तनका विज्ञ तुङ्गभद्रा साम्पाङ राईले भन्नु भयो –‘यो असरबाट उन्मुक्ति पाउने उपायको खोजी भई रहेको बेला आदिवासी ज्ञानको प्रबद्र्धनलाई एक उपायका रुपमा पहिचान भएको छ । नेपालले आदिवासी ज्ञान सम्बन्धि नीति ल्याउनु पर्छ ।’

आदिबासी जनजातिहरु प्रकृतिसंग सदियौदेखि घुलमिल हुदै प्रकृतिकको बचाउ र मानव समुदायको पनि बचाउ गर्दै आएका छन । चार्डपर्वकोरुपमा, पुजा तथा आध्यात्मिक विश्वासका आधारमा बिशेष ज्ञान र सीप उनीहरुले संरक्षण गर्दै आएका छन् । आदिवासी थकालीहरुको मुखिया प्रणाली, थारुहरुको बरघर जस्ता प्रथाजनित संस्थाहरुको भूमिका भनेको प्राकृतिक संरक्षण गर्नु हो ।

अर्का अभिायानकर्ता तथा जलवायु परिवर्तन विज्ञ डा. श्रीकुमार महर्जन पनि राईको तर्कसंग सहमति व्यक्त गर्दै आदिवासी ज्ञानको प्रबद्र्धनसंगै आदिवासीको अधिकार संरक्षण भएमा मात्र जलवायु परिवर्तनको बिद्यमान संकटबाट उन्मुक्ति पाउन सकिने बिचार राख्नु हुन्छ ।  ‘जलवायू परिवर्तनले विश्वव्यापी रुपमा सामाजिक, आर्थिक, बातावरण र राजनीतिक क्षेत्रमा समेत असर पारेको छ । बढ्दो सहरिकरण र विकसित देशहरुको औद्योगिक गतिविधिले कार्बन उत्सर्जन भएको हो ।’ डा महर्जनले थप्नु भयो–‘जलवायु परिर्वतनको चक्रलाई हेर्दा प्राकृतिक क्रियाकलाप हुन छाडेर हो । तर आदिवासीका क्रियाकलापहरु प्राकृतिक छन्, त्यसलाई संरषण गरे धेरै संकटबाट बाहिर निस्कन सकिन्छ ।’

आदिबासी ज्ञानको बुझाई 

पुर्खाले सिकेको सीप, ज्ञान तथा प्रविधि नै आदिवासी ज्ञान हो । आदिवासीहरुसंग  बिशेष संस्कृति, विशेष संगठन र अनुभवजन्य विगत भएकै कारणले आदिवासी ज्ञानको प्रचुरता भएको आदिबासी विज्ञहरुको भनाई छ । 

‘आदिबासी जनजातिहरु प्रकृतिसंग सदियौदेखि घुलमिल हुदै प्रकृतिकको बचाउ र मानव समुदायको पनि बचाउ गर्दै आएका छन । चार्डपर्वकोरुपमा, पुजा तथा आध्यात्मिक विश्वासका आधारमा बिशेष ज्ञान र सीप उनीहरुले संरक्षण गर्दै आएका छन् ।’ आदिवासी विज्ञ तथा नेपाल आदिवासी जनजाति महासंघबाट सञ्चालन भएको जलवायु परिवर्तन सझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक साम्पाङ राईले उदाहरण दिदै अगाडि भन्नु भयो ‘आदिवासी थकालीहरुको मुखिया प्रणाली, थारुहरुको बरघर जस्ता प्रथाजनित संस्थाहरुको भूमिका भनेको प्राकृतिक संरक्षण गर्नु हो ।’ 

आदिवासीहरुले परापुर्वकाल बाटै जल, जमिन र जंगलको दिगो संरक्षण गर्दै आएका छन् ।  आदिवासीहरुले प्रकृतिलाई व्यवस्थित बनाउँदै आफनो जीविका चलाए पनि वर्तमान अवस्थामा मानव निर्मित कृतिम बस्तुका कारण यो प्राकृतिक वातावरण खलवलिएको छ । अव यो सन्तुलन पुनस्थापना गर्नु पर्छ ।

नेपाल आदिवासी जनजाति महासंघकी सचिव लाक्पा ढोक्पा शेपाका अनुसार यस प्रकारका प्रथाजनित संस्था सबै आदिवासीमा विद्यमान छ । ती सबै संस्थाहरुले बनजंगलमा पाइने कन्दमुल, जडिबुटी र विभिन्न उपचार विधिहरुको संरक्षण गर्ने काम गर्दछ । त्यो नै  आदिबासी ज्ञान हो । उहाँले आदिबासीहरु प्रकृति, परम्परागत ज्ञान र सीपसंगै यनीहरुको जिविका प्रकृतिमा नै निर्भर हुने भएकाले बनजंगलमा पाइने स्रोत र साधनहरुलाई संरक्षण गर्ने दावी समेत गर्नू भयो । 

प्रभाव न्युनिकरणको खोजी  

जलबायू परिवर्तनबाट सिर्जित विभिन्न चुनौति र समस्याले विश्व घेरिएको छ । यी चुनौतिलाई समाधान गर्ने उपायका लागि बिश्वका अनुसन्धानकर्ताहरु जुटिरहेका छन् । अहिले संसारनै जलबायु परिवर्तन रोक्ने उपाय खोज्दै अघि वढि रहेको विज्ञहरुको भनाई छ । डा. महर्जन थप्नु हुन्छ, ‘यसको एक मात्र उपाय कार्वन उत्सर्जनमा न्युनिकरण हो । यस्तो अभ्यास आदिवासीहरुले गर्दै आएका छन् ।’ 

आदिवासीहरुले परापुर्वकाल बाटै जल, जमिन र जंगलको दिगो संरक्षण गर्दै आएको डा महर्जनको तर्क छ । उहाँले भन्नु भयो –‘आदिवासीहरुले प्रकृतिलाई व्यवस्थित बनाउँदै आफनो जीविका चलाए पनि वर्तमान अवस्थामा मानव निर्मित कृतिम बस्तुका कारण यो प्राकृतिक वातावरण खलवलिएको छ । अव यो सन्तुलन पुनस्थापना गर्नु पर्छ ।’ 

तर केही आदिवासीहरुको परम्पराहरु वन विनास तथा पकृतिक स्रोतको दोहन तर्फ केन्द्रीत रहेको तर्कहरु तर्फ ध्यान आकर्षण गर्दा उहाँहरु यस्तो हरकत हुनै नसक्ने दावी गर्नु हुन्छ ।  चोपाङलगायत आदिवासीहरुले खोरिया फाँडेर खेती गर्ने तरिका पनि जलवायुमैत्री रहेको उहाँहरुको भनाई छ । 

‘बन फाँडेर बन क्षेत्रमा खेती लगाउने गरेको आरोप गलत हो । आफ्नो भूक्षेत्रको बन जोगाएर खोरिया खेती गर्ने गर्दछन् । आदिवासीहरुको खोरिया खेती बनजंगलहरु पुनः स्थापित  गर्ने विधि हो ।’ अभियन्ता राइले भन्नु भयो–‘आदिबासीहरुको क्रियाकलापले कार्वनको उत्सर्जनमा कमी ल्याउँछ ।’

इन्डिजिनियस फिचर सेवा

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु तेज नाछिरिङ

किताबहरु

Helping Hands

Like us on Facebook