दशै र महिषासुर

बुधवार ०६ आस्विन, २०७८   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

दशै र महिषासुर

२०७६ सालको घटस्थापनाको दिन होला, माधव भट्टराईले दशैको बारेमा अन्तरवार्ता दिएको देखे । उनका धेरै कुरामा मैलै त्यति चासो दिईन तर दुईटा कुराले भने मेरो ध्यान खिच्यो । पहिलो कुरा थियो, महिषासुरलाई अन्य कसैले मार्न नसक्ने बरदान प्राप्त थियो मात्र नारीले मार्न सक्दथिन । देव समुह महिषासुरबाट प्रताडित थिए र युद्धमा कहिल्यै जित्न सकेनन् । यसैले, देवहरुको आरधना स्वरुप भगवतिले दुर्गाकोरुप धारण गरिन र महिषासुरको बध गरिन । महिषासुरको बधको खुशियाली उत्सव मथुराका राजाले व्यापकरुपमा मनाए । उक्त घट्ना नवमीको रात्रीमा भएकोले र दशमीको दिन उत्सव मनाईएकोले त्यहिबाट दशै उत्सव तथा चाडकोरुपमा मनाउन थालियो । दोस्रो कुरा थियो, भगवति तथा दुर्गाले रातो मन पराउने, रातै साडी तथा लुगा लाउने भएकोले बिजयको उत्सवलाई रातो टिका लगाउने प्रचलन भएको हो । कुनै समुदायले सेतो टिका लगाउने प्रचलन शायद उहाहरुका पुर्खाहरुले लगाउदै आएको हुनाले लगाएको होला । 

म दशैबारे अलि अध्ययन गरिरहेको मानिस भएकोले माथिको सन्दर्भमा केही टिप्पणी लेख्न चाहन्छु । हामी मानिसको बिडम्बना यहि छ कि हामी १० हात भएको दुर्गा र आधा मानिस तथा आधार रागो भएको महिषासुर भएको विश्वास गर्दछौ । पहिलो त यस्ता कुराहरु मिथक हुन् । झुट हुन् । जोडजाड गरि बनाईएको कथा हुन् । यथार्थ कुरा के हो भने महिषासुर आदिवासी असुर जातिका राजा थिए भने दुर्गा भनेकी देव (आर्य) समुहकी एक सुन्दर युवती थिईन । भारतिय केही विद्धानहरुले उनलाई बेश्या थिईन सम्म भनेका छन् । देवहरुले केही गरेर आदिवासी असुर राजा महिषासुरलाई जित्न नसके पछि सुन्दर युवती पठाएर मौका पारी माहिषासुरलाई मार्ने षडयन्त्र बनाउन पुगे । फलत ती युवती सफल भई, र उनलाई दुर्गा भगवती आदीको उपमा दिइयो । महिषासुरको बधमा खुशीयाली उत्सव मनाउन थालीयो जसलाई दशेरा या दशै भनियो । असत्यमाथी सत्यको बिजयकोरुपमा उत्सव तथा पर्व मनाईएको हो भन्ने कुरा पछिल्लो समयमा आएर छल्नको लागी भन्न थालिएको कथन मात्र हो । 

देवहरुले केही गरेर आदिवासी असुर राजा महिषासुरलाई जित्न नसके पछि सुन्दर युवती पठाएर मौका पारी माहिषासुरलाई मार्ने षडयन्त्र बनाउन पुगे । फलत ती युवती सफल भई, र उनलाई दुर्गा भगवती आदीको उपमा दिइयो । महिषासुरको बधमा खुशीयाली उत्सव मनाउन थालीयो जसलाई दशेरा या दशै भनियो । असत्यमाथी सत्यको बिजयकोरुपमा उत्सव तथा पर्व मनाईएको हो भन्ने कुरा पछिल्लो समयमा आएर छल्नको लागी भन्न थालिएको कथन मात्र हो । 

भारतमा यसलाई दशेरा भनिन्छ । त्यहा दुर्गाको पुजा धुमधामका साथ गरिन्छ नेपालमा मानिएकै समयमा । तर नेपालमा जस्तो तरिकाको टिका लगाईन्दैन । यहि महिषासुरको बधको उत्सव दशेराको बिरुद्ध भारतमा आदिवासी असुर समुदाय लगायत अन्यले व्यापक बिरोध अभियान गरिरहेका छन् । यो आदिवासी असुर जाति समुह झारखण्ड, उडिसा, मध्य प्रदेश। राज्स्थान, महाराष्ट्र र बंगालमा छरिएर रहेको छ । भारतका आदिवासी गोण्डहरुले महिषास«र र रामेन (रामण) उनीहरुको पुर्खा र राजा भएकाले तिनिहरुले परम्परागतरुपमा पुजा गर्दै आएका छन् । यादवहरु पनि यहि महिषासुरसंग सम्बन्धित भएको कुरा भारतमा बहस चलिरहेको छ ।

यसैगरि भारतका दलित र बिहार, झारखण्ढ, उडीसा, मध्य प्रदेश, महाराष्ट्र लगायतका आदिवासीहरुका पुर्खा महिषासुरसंग सम्बन्धित भएको दावी आएको छ । वास्तवमा रामण तथा महिषासुर द्राविड परिवारको भएकोले आर्य (कथित देव जाति सुर) ले द्रविडहरुलाई असुर, राक्षस, दैत्य लगायतको नाम दिएको हुदा यो लडाई सुर र असुर अर्थात आर्य र द्राविड वीचको लडाईलाई प्रतिकात्मकरुपमा बुझाउन रामायण रचिएको हो । यसैले, भारत र नेपालमा मनाईने दशेरा ÷ दशै मानिस मारेर मनाईएको उत्सव हो । यस्तो उत्सव मनाउने या नमनाउनेमा स्वंयम् हिन्दु मत तथा आर्य जातिका मानिसले पनि सोच्नु पर्ने हो । 

नेपालमा यसको असली शुरुवात गोर्खाका शाह राजाहरुले गरेका हुन् । असली हिन्दुस्तान बनाउने शाह राजा पृथ्वीनारायण शाहको भिन्न संस्कृति मान्ने जाति समुदायमाथी दशै संस्कृति मार्फत असली हिन्दुस्तान बनाउने एउटा कदम थियो । उनले भारतमा भन्दा भिन्न एउटा कुरा मान्यजनबाट टिका लगाउने र आशिर्वाद लिने थप गरे । त्यो नितान्त शाह राजाको आबिष्कार थियो । यस्तो टिका लगाउने प्रचलन नेपालका कुनै जाति समुदायमा भएको भए ती समुदायका मानिसले हाम्रोमा त्यो परम्परागत प्रचलन थियो भन्न सक्थे । लिम्बु र राईमा त त्यस्तो प्रचलन शाह शासन अघि नभएको कुरा राई र लिम्बुका पुर्खाहरुले बताउदै आएका छन् । 

दशैको सम्बन्धमा विद्धान मित्र प्रदिप नेपालको लेख हेर्ने मौका पाए । यसै गरि दशै सम्बन्धको निनु चापागाईको लेख पनि हेर्न पाए । यस अधि दशैबारे कविताराम श्रेष्ठ जीको लेख हेरेको थिए र त्यसको गलत तथा भ्रामक पक्षहरुबारे मैले ‘दशैको पक्ष र विपक्ष‘ भन्ने लेख मार्फत स्पष्ट गरेको थिए । निनु चापागाईका सबै कुरासंग सहमत नभए पनि केही कुरामा सहमत छु । प्रदिप जीले त दशै भारतको दशेरासंग मिसमास छैन र यो किरातीहरुको प्रचलन हो सम्म भन्न भ्याए । नेपालको सन्दर्भमा किरातको दावी गर्नेहरु राई, लिम्बु, सुनुवार, याख्खा, आठपरिया, याम्फु, लोहरुङ्, मेवाहाङहरु हुन भने किरात समुह भित्र पर्ने जातिहरु थामी, जिरेल, हायु, मगर, गुरुङ, थारु, धिमाल, नेवार भित्रका ज्यापु लगायतका जाति समुहहरु पर्दछन् ।

गोरखा राज्यको बिस्तार अघिको समयमा ति जाति समुहमा पनि यस्तो प्रचलन भएको कहि कसैले उल्लेख गरेको पाईदैन । मगरहरु खस हुन भनेर दावी गर्ने मित्रहरुले मगरमा गोरखा राज्यको बिस्तार अघि दशै मान्ने र टिका लगाउने प्रचलन थियो भनेर प्रमाण पेश गर्न सक्दैनन् । शायद खसहरुमा पनि यस्तो संस्कार संस्कृति थिएन होला । मस्टो संस्कृतिका खसहरुमा यो तरिकाको दशै मान्ने प्रचलन भएको पाईएको छैन । मस्टोको अलावा दुर्गा तथा भगवती आदीको पुजा आरधना भने गरेकै देखिन्छ ।

गोरखा राज्यको बिस्तार अघिको समयमा ति जाति समुहमा पनि यस्तो प्रचलन भएको कहि कसैले उल्लेख गरेको पाईदैन । मगरहरु खस हुन भनेर दावी गर्ने मित्रहरुले मगरमा गोरखा राज्यको बिस्तार अघि दशै मान्ने र टिका लगाउने प्रचलन थियो भनेर प्रमाण पेश गर्न सक्दैनन् । शायद खसहरुमा पनि यस्तो संस्कार संस्कृति थिएन होला । मस्टो संस्कृतिका खसहरुमा यो तरिकाको दशै मान्ने प्रचलन भएको पाईएको छैन । मस्टोको अलावा दुर्गा तथा भगवती आदीको पुजा आरधना भने गरेकै देखिन्छ । यसले के कुरा सिद्ध गर्छ भने नेपालमा दशै चाड भनेको हिन्दु राजाहरुले हिन्दुत्व र हिन्दुहरुको बर्चस्प ९म्यmष्लबतष्यल० र प्रभाव बिस्तार गर्ने एउटा उपायकोरुपमा ल्याएको र चलाएको स्पष्ट देखिन्छ । 

दशैको सन्दर्भमा अलिकति मगर र खसबारे

जहासम्म मगरहरु खस हुन् भन्ने कुरा छ यथेष्ट प्रमाणको आधारमा प्रस्तुत गर्नु पर्दछ । क्षेत्रि र मगरका केही थरहरु मिल्छन भन्ने आधारमा मात्र मगरहरु खस हुन भन्ने कुरा गलत हो । यथार्थ कुरा के हो भने मगर र खसहरु कहि न कहि मिसमास भएको हुने देखिन्छ । मगर र खसहरुमा थोर बहुत मिसमास मात्र नभएर या त मगरमा खसको एउटा सेक्सन बिलय भएको हुनु पर्छ या मगरको एउटा सेक्सन खसमा बिलय भएको हुनु पर्दछ । हिन्दु तथा संस्कृतकरणको क्रममा मगरहरु क्षेत्रि या खसका थर अपनाउन पुगेका पनि हुन सक्छन् । खसबाट मगर भएको भए मस्ट संस्कृतिको थोरै भए पनि अवशेष क्षेत्री र मगरका थर मिल्ने मगरहरुमा देखिनु पर्ने हो ।

यसैले, मगर नै खस हुन भन्ने कुरा चाही सत्य होईन । जेनेटिक अध्ययनबाट ८२ प्रतिशत जिन बनावटले मगरहरुका पुर्खा तिव्वतियन (पुर्वी एशियन) उत्पतिको देखिएको छ भने ९३ प्रतिशत जिन बनावटले खसहरुको पुर्खा पुर्वी युरासियन र बालोख उत्पतिको देखाएको छ । यसबाट मगर र खस अलग अलग जाति तथा मानव समुह भएको पुष्टी हुन्छ । खस र मगरहरु रहने राज्य तथा स्थानको सिमा जोडिएको हुदा प्राचिनकालदेखी यि दुई मानव समुह वीच एकको प्रभाव अर्कोमा परेको र कहि कतै बैवाहिक सम्मीश्रण भएको पनि हुन सक्छ । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु नन्द कन्दङवा

किताबहरु

Helping Hands

Like us on Facebook