दशैको मिथक बनेका गोरेबहादुर खपाङ्गी

शनिवार २३ आस्विन, २०७८   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

दशैको मिथक बनेका गोरेबहादुर खपाङ्गी

हरेक दशैँमा गोरे बहादुर खपाङ्गीको सम्झना हुने गर्दछ । जव जव दशँै लाग्छ, अनि नेपाली मिडियाले गोरे बहादुर खपाङ्गीलाई सम्झने गर्छन् । यो बर्ष पनि यस्तै भइरहेको छ । 

खपाङ्गी हामी बीच छैनन् । विसं २०७० सालमा र्न एक दुर्घटनामा परेर उनको स्वर्गारोहण भईसकेको छ । तैपनि दशैँसंग जोडेर खपाङ्गीको चर्चा परिचर्चा भइरहेको छ । 

खपाङ्गी दशैँका प्रचारक थिएनन् । दशैँको पक्षपाती त हुने कुरै भएन । जिन्दगीभर दशँै आदिवासीको चाँड होइन भन्ने वकालत गरिरहे । आदिवासी जनजातिले दशै बहिस्कार गर्नू पर्छ भन्ने नारा लगाए । जब सरकारमा खपाङ्गी सहभागी भए, तव राजाको हातबाट दशैँको टीका थापे, तव विरोधाभास पात्रका रुपमा खपाङ्गीलाई  नेपाली मिडियाले प्रस्तुत गरे । दशेँ पक्षधर हिन्दूबादी अभियन्ताहरुले खपाङ्गीको आलोचना गर्ने साँचो भेट्टाए । जस्को निरन्तरा यद्यपि जारी रहेको छ । 

खपाङ्गी आदिवासी जनजाति अभियन्ता थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेबाट बिद्रोह गरेर जातीय मुक्तिको अभियानमा लागेका थिए । एमएस थापा मगर समेतसंग मिलेर राष्ट्रिय जनमुक्ति पार्टी खोले । नेपाल मगर संघको स्थापना गरेर देशव्यापी अभियान चलाए । नेपाल आदिवासी आन्दोलनमा एकाकार भए । पछि शाही कालमा राजाको शासनकालमा मन्त्री भए । 

नेपालका आदिवासी जनजातिहरुले दशैँ बहिस्कारको नारा दिनु एक स्वभाविक प्रतिक्रिया थियो । खासगरेर २०४७ को राजनीतिक परिवर्तनले आदिवासी समाजमा उन्मुक्त वातावरणको सन्देश दियो । यही विन्दूबाट आदिवासी समाजले पहिचान र परिचयको नयाँ अध्याय सुरु गरेका हुन् । यसैको शिल्यान्यास खपाङ्गीहरुले दशैँ बहिस्कारको नारा दिएका हुन् । 

मैले बुझे सम्म खपाङ्गी दशैँको बिरोधी भन्दा पनि आदिवासी जनजातिको मौलिक चाँड पर्बको प्रबद्र्धक थिए । यही मेसोमा आदिवासीहरुले दशै नमान्ने ऐलान गरेका थिए । वास्तवमा नै दशैँ आदिवासी जनजातिको थिएन, होइन पनि । हिन्दू धर्म र यसले सम्बद्र्धन गरेको चाँड  पर्बहरु राष्ट्रिय बन्ने र हाम्रा रैथाने मौलिक पर्वहरु लोपोन्मूख बन्ने सम्भावना थिए । कति मौलिक अभ्यासहरु प्रतिबन्ध लगाइएका थिए । यसैको उजागर उनले गरेका थिए । प्रकारान्तरले यो आन्तरिक उपनिबेशीकरणको पोपोगान्डा थियो । जसको मारमा नेपालका अहिन्दूहरु परेका थिए । खपाङ्गीले यही सन्दर्भलाई उठाएका थिए । तर विडम्बना उन्लाई दशैँ बिरोधी नेताका रुपमा चित्रण गरेका छन् र गरिरहेका छन् । 

दशैँको बेला काठमाडौ सुनसान शहर बन्छ । बजारमा मानिसहरु पातलो हिड्छन् । गाडीहरु खासै गुड्दैनन् । सामन्यतः युद्धपछिको खण्डहर बस्ती बन्छ, काठमाडौ । यही बस्तीमा एक पटक खपाङ्गी दाईसंगै थिएँ म ।

‘यस पटकको दशैँ कसरी मनाउने दाई ?’– मैले जिज्ञावस सोधेको थिएँ । 

‘दशैँ हामीले मनाउने होइन बहिस्कार गर्ने हो ।’– खपाङ्गीको सिधा जवाफ दिए । 

‘त्यसोभए मासु र रक्सी खाएर गज्जवले प्रभावकारी बहिस्कार गर्नु पर्ला ।’–दशैँ बहिस्कार गर्ने नयाँ आइडिया सुझाएँ । 

यस्तो मेरो प्रस्ताव सुनेर उनले प्रतिबाद त खासै गरेनन् तर लामो दारी मुसार्दे धेरैबेर मुस्कुराई रहे । 

नेपालका आदिवासी जनजातिहरुले दशैँ बहिस्कारको नारा दिनु एक स्वभाविक प्रतिक्रिया थियो । खासगरेर २०४७ को राजनीतिक परिवर्तनले आदिवासी समाजमा उन्मुक्त वातावरणको सन्देश दियो । यही विन्दूबाट आदिवासी समाजले पहिचान र परिचयको नयाँ अध्याय सुरु गरेका हुन् । यसैको शिल्यान्यास खपाङ्गीहरुले दशैँ बहिस्कारको नारा दिएका हुन् । 

अहिलेको समाज दशैँ मान्ने र नमान्ने बीचको सीमारेखा खिचिएको छ । दशैँ मान्नेहरु घटस्थापना देखि जमरा राखेर दुर्गा भवानीको पुजा गर्छन् र अष्टमीमा खसी वा बोका बली दिएर शक्तिको आरधना गर्दै भोज भतेर गर्छन् । त्यसैको प्रसादका रुपमा दशैँमा टीका जमरा साटासाट गर्छन्, दक्षिणा र भेटी बाड्छन् ।
 
दशैँ नमान्नेहरु  दुई प्रकारका हुन्छन् । एकथरी दशेँ मान्न इच्छुक त हुन्छन्, तर उस्को आर्थिक सामर्थ हुँदेन । श्रम बेचेर जिवीका गर्ने मजदुर, गरीव तथा भूमिहीन किसान यस बर्गमा पर्छन् । उनीहरु दशैँप्रतिको विमति भन्दा पनि दशैँका नाममा हुने आर्थिक व्ययभार खेप्न नसकेर दशै उनीहरुको पर्ब मान्न सक्दैन् भने अर्काथरी दशैँलाई औपनिबेशिक साँस्कृतिक अतिक्रमणको प्रतीकका रुपमा बुझेर मान्दैनन् । दोस्रो प्रकारका दशैँ नमान्नेहरु नेपालका आदिवासी जनजातिहरु, मुस्लिम र मस्टो धर्म मान्ने खसहरु छन् । यसरी साँस्कृतिक रुपमा नै दशै नमान्नेहरु दर्शे आफूहरु माथि लादिएको ठान्दछन् । यसका अनेक मिथक र किम्बदन्तीहरु छन् । तर सचेत रुपमा दर्शेलाई संगठित रुपमा अस्वीकार गर्ने काम भने गोरे बहादुर खपाङ्गीको सक्रियताले नै हो । 

टिका लगाउनु दशैँ होइन 

धेरैको बिचारमा टिका लगाउनु नै दशैँ हो । तर अक्षताको टिका लगाउनुसंग दशैको कुनै साइनो र सम्बध देखिदैन । दशै मान्ने सबै हिन्दूहरुले टिका लगाएको पनि पाइन्न । भारतमा करौडौ हिन्दूहरु छन्, तर उनीहरु टिका लगाएरु दशै मान्दैनन् । यो बिशुद्ध रुपमा नेपालमा चलाइएको एक परम्परा मात्र हो । वास्तबमा भन्नु पर्दा टिका र जमरा दुर्गा भवानीको प्रसाद मात्र हो । यसको अर्थ दशँै बिसर्जन हो । 

दशैँमा टिका लगाउने परम्परा कहिलेबाट सुरु भएको हो, एकीनका साथ भन्न सकिन्न । अहिले प्रचार गरिए जस्तो राम र रावणको कथा एक मिथक मात्र हो । वास्तवमा यो व्याख्या राजनीतिक रुपमा गरिएको हो । गोरखाका राजा पृथ्वी नारायण शाहले राज्य विस्तार गरे पछि मात्र यस्तो प्रचार गरिएको हो । कालान्तरमा टिकालाई प्रमाणका रुपमा लिन थालियो । 

जसरी जन्म दिन मनाउने क्रममा बेलुन उडाउने र बत्ति निभाउने संस्कृति शहर बजारमा मौलाउँदो छ । त्यसरी नै दशैँको उपलक्षमा भेटघाट र खानपीनको संस्कृति जिवन्त छ । यो स्वभाविक प्रक्रिया पनि हो । त्यसै पनि संस्कृति स्थिर बिषय होइन । परिवर्तन हुँदै जाने बिषय हो ।  चिन्ता यो मात्र रहेको छ कि हाम्रो मौलिक साँस्कृतिक पक्षलाई बिर्सदै त्यही बत्ति निभाउने संस्कृतिमा विलयन भएररमाएर नबसौ ।

दशै मान्ने परम्परा राज्य संयन्त्रसंग जोडिएको संरचनामा सीमित थियो । जनस्तरमा त दशैको टिका पुगेकै थिएन । अझ आदिवासी गाउँहरुमा त दशैँ परम्परा सिमित मान्छेलाई मात्र थाहा थियो । दशै ती व्यत्तिहरुलाई थाहा थियो जस्को सम्बन्ध राज्यसंग कुनै न कुनै रुपमा थियो । 

तत्कालीन समाजमा राज्यका प्रतिििधका रुपमा हरेक समाजमा कुनै न कुनै व्यक्ति तोकिएका हुन्थे । लिम्बू समाजमा सूव्वा, थरी वा अन्य समाजमा गोराई आदि । उनीहरुले भूमिको व्यबस्थापन र कर संकलन गरेर राज्यलाई बुझाउँथे । यस्तो व्यबस्था राणाकालमा निकै कसिलो भयो । यसबेला दशै माने नमानेको चियो चर्चा गर्ने मानिस खटाइन्थ्यो । 

राज्यले दशै मान्ने मान्छेलाई राज्यको कानून मानेको बुझ्थ्यो भने जस्ले दशैँ मान्दनथियो राज्इ बिरोधीका रुपमा चित्रण गरिन्थ्यो । यसै कारण दशैँको प्रचार व्यापक भयो र प्रतीकात्मक रुपमा विभिन्न स्वरुपमा दशै मान्न थालियो । 

दशैको यो व्यापकता यति झ्याँगियो कि अरु जातिका संस्कृति हरु अस्तित्वको डिलमा नै पुग्यो । यो स्थिितिलाई नजिकबाट हेरेका केही जनजाति अभियन्ताहरुबाट दशै नमान्ने निर्णण्मा पुगेका थिए । भूमिसुधारले किपट खोसिए पछि लिम्बू समाजमा एक प्रकारको बिद्रोको स्थििति थियो । यसै कारण दशै मान्न छोड्ने निर्णय लिम्बू सूव्वाहरुले गरे । यस्तो अभियान बिसं २०३२ साल तिर नै सुरु भएको थियो । २०३६ सालको जनमत संग्रह यसका लागि उर्बर सावित भए । बीर नेम्बाङ यसको सहउत्पादन थिए ।  

गोरे बहादुर खपाङ्गीले यो मनोविज्ञानलाई टिपेका मात्र हुन् । जनमुक्ति पार्टीको जन्म हुन भन्दा अगाडि नै दशै बहिस्कारको नारा घनिभूत थियो पूर्वमा । जनकपूरमा हुर्केर रामेछापलाई कर्मभूमि बनाएका  खपाङ्गीले जनजाति समाजमा हुर्किएको यो मनोज्ञिान बुझे र आफनो प्रभावशाली वाककला मार्फत धेरै आदिवासी समाजमा पु¥याए । दशै बहिस्कारमा खपाङ्गीले गरेको यही काम हो । 
दशै बहिस्कारबादीहरु सबै जनमुक्ति पाटीका मतदाता पनि थिएनन् । होइनन् पनि । तर यो तत्वज्ञानलाई सामाजिकीकरण गरेर स्थापित भए । 

अहिले धेरै आदिवासीहरुले दशैलाई सार्वजनिक रुपमा स्वीकार गर्देनन् । दशैका बेला सामाजिक जमघट, खानपान जस्ता बिषय भने आम नै छ । समाज विकास क्रममा दशै एक सामाजिक अन्तरर्घुलनको बिषय बनेको छ । मानव समाज सामाजिकीकरणको प्रक्रिया भित्र अन्र्तरसंस्किृतिक अन्तरक्रिया गर्दछ । यसले एक अर्काका सँस्कृतिलाई ग्रहण गर्ने गर्दछ । यही क्रममा दशैलाई सहज रुपमा लिएको पाइन्छ । 

जसरी जन्म दिन मनाउने क्रममा बेलुन उडाउने र बत्ति निभाउने संस्कृति शहर बजारमा मौलाउँदो छ । त्यसरी नै दशैँको उपलक्षमा भेटघाट र खानपीनको संस्कृति जिवन्त छ । यो स्वभाविक प्रक्रिया पनि हो । त्यसै पनि संस्कृति स्थिर बिषय होइन । परिवर्तन हुँदै जाने बिषय हो ।  चिन्ता यो मात्र रहेको छ कि हाम्रो मौलिक साँस्कृतिक पक्षलाई बिर्सदै त्यही बत्ति निभाउने संस्कृतिमा विलयन भएररमाएर नबसौ । खपाङगी दाईको त्यही चिन्ता थियो । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook