मातृभाषामा आधारित बहुभाषिक शिक्षा किन आवश्यक छ ?

आईतवार १० फाल्गुन, २०७१   |   कला र साहित्य

Print This   |   Font Size + -

मातृभाषामा आधारित बहुभाषिक शिक्षा किन आवश्यक छ ?

ंविद्यालय भर्ना भएपछिका सुरुका ६ देखि ८ बर्षसम्म बालबलिकालाई मातृभाषाको माध्यमबाट शिक्षा दिनु किन आवश्यक हुन्छ ?

तोभे स्कुतनाब काङगास, शिक्षाविद् लेख्नुहुन्छ,

किनकि उनीहरूले आफ्नो मातृभाषा पहिल्यै जानेका हुन्छन् । विद्यालयमा भर्नाभएपछि बलबालिकाहरू आफ्ना वरिपरिका, सम्पर्कमा आइरहने वस्तुहरू देखेर वा छोएर अनुभुति गर्न सकिने र नमुना देखाएर स्पष्ट पार्न सकिने ठोस (जस्तै आँप, सुन्तला, टेवल, ढुङ्गा आदि) चिज वा बस्तुका वारेमा कुराकानी गर्न थाल्दछन् । यस्ता विषयमा तिनीहरू आफ्नै मौलिक लवजमा सुरुसुरुमा बोल्न सक्छन् । बालबालिकामा आफ्ना मातृभाषाका ब्याकरणको सामान्य जानकारीका साथै ठोस वस्तुहरूको सामान्य शव्दभण्डार पनि हुन्छ । उनीहरू सहजरूपले मातृभाषामा आफ्ना आधारभूत आवश्यकतावारे व्याख्या गर्न सक्छन् र तिनीहरूमा आपसी सञ्चारका सिप (Interpersonal Communication Skills –BICS)पनि हुन्छ ।

कक्षा कोठामा पनि बालबालिकाले चिनेजानेकै चिजविजका वारेमा शिक्षकहरूले कुरा गर्ने भएकाले तिनीहरूलाई पहिलो कक्षामा पठनपाठनका क्रियाकलापमा भाग लिन सहज हुन्छ । तर पछि गएर भाषागत रूपले वढी अमूर्त र वौद्धिक अवधारणाको जानकारी राख्नुपर्ने हुन जान्छ । आपूmभन्दा टाढा रहेका र आपूmले नदेखेका कुराहरूका वारेमा (जस्तै भूगोल, इतिहास) तथा देख्न नसकिने अवधारणाबारे (जस्तै गणित वा बिज्ञानका अवधारणा, इमान्दारीता, सम्बिधान, सुन्दरता आदि) जान्नु तथा बुझ्नु जरुरी हुन्छ । यस अवस्थामा उनीहरूले अमुर्त चिन्तन तथा तर्कको प्रयोग गरेर समस्याको समाधान खोज्नु पर्ने हुन्छ । जस्तै यदि मैले पहिले यो काम गरें भनें त्यसको परिणाम ÷ख÷ या ÷ग÷ आउन सक्दछ र यदि ÷क्ष÷ गरेंभने ÷त्र÷ आउछ तर ÷ज्ञ÷ पनि आउन सक्छ, त्यसो हुनाले मैले पहिले ÷ख÷ या ÷ग÷ गर्नु उपयुक्त हुनेछ जस्ता अमुर्त चिन्तन (तर्क) को प्रयोग गर्न सक्षम हुनु आवश्यक छ । कक्षा ३ उप्रान्तका माथिल्ला कक्षाहरूमा पुग्दा यस्ता बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता (Cognitive-Academic Language Proficiency - CALP) को आवश्यकता पर्दछ जो उनीहरूको शारीरिक (मानसिक) बिकासकै क्रममा विस्तारै विकसित हुदै जान्छ ।

मातृभाषामा पहिल्यै जानेबुझेका र देखेसुनेका कुराहरूका आधारमा बच्चाहरूले यस्ता अमूर्त अवधारणाको विकास गर्छन् । त्यसैले यदि बालबालिकालाई यस्ता बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता (काल्प CALP) को विकास गर्ने उचित अवसर दिनसकिएन भने (सामान्यतया गैह्रमातृभाषाको माध्यममा प्रदान गरिने औपचारिक शिक्षामा यस्तो हुन सक्छ) तिनीहरूमा पछि कहिल्यै कुनै पनि भाषामा यस्ता काल्पको विकास हुन गाह्रो पर्दछ । यदि आदिवासी तथा अल्पसंख्यक भाषा वोल्ने बालबालिकालाई सुरुका २÷३ वर्षमा अपरिचित भाषामा (चेपाङ भाषा मात्र जान्ने चेपाङ बाललिकालाई नेपाली भाषामा) पठनपाठन गराइयो भने तिनीहरूले कक्षामा सिकाइएका अधिकांश कुराहरू बुझेका हुदैनन् । शिक्षकले भनेका कुराहरू नवुझे पनि यान्त्रिक रूपले दोहो¥याउन सक्लान् तर भाषाको प्रयोगद्वारा आफ्ना चिन्तन क्षमताको विकास गर्न र यथार्थमा सिक्न भने सक्दैनन् । यसैकारण अल्पसंख्यक आदिवासीका वालवालिका छिट्टै विद्यालय छोड्छन् । उनीहरूले पढाएका कुरा पनि बुझेका हुदैनन्, नेपाली वा आफ्नै मातृमाषाको पनि राम्रो ज्ञान हासिल गर्न सकेका हुदैनन् र लेखपढका सिपहरू तथा बिद्यालयजन्य ज्ञान हासिल नगरिकनै तिनीहरू पढाइ छोड्छन् ।

यदि बालबालिकालाई उनीहरूका आआफ्नै मातृभाषाको माध्यमबाट सिक्ने अवसर प्रदान गरियो भने पढाएका कुराहरू राम्ररी वुझ्छन्, सिक्छन् र बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता (काल्प) हासिल गरेर आपूmलाई भविष्यमा योग्य एवं विचारवान् व्यक्तिका रूपमा विकसित गर्न तथा आफ्नो अध्ययनलाई निरन्तरता प्रदान गर्न सक्छन् ।

तर यदि बालबालिकालाई उनीहरूका आआफ्नै मातृभाषाको माध्यमबाट सिक्ने अवसर प्रदान गरियो भने पढाएका कुराहरू राम्ररी वुझ्छन्, सिक्छन् र बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता (काल्प) हासिल गरेर आपूmलाई भविष्यमा योग्य एवं विचारवान् व्यक्तिका रूपमा विकसित गर्न तथा आफ्नो अध्ययनलाई निरन्तरता प्रदान गर्न सक्छन् ।

प्रायः अभिभावकहरूको चाहना आफ्ना नानीहरूले नेपाली तथा अंग्रजी भाषा सिकुन् भन्ने रहेको अवस्थामा बालबालिकालाई सुरुका ८ वर्षसम्म मातृभाषामा शिक्षा प्रदान गरियो भने पछि गएर नेपाली र अंग्रेजी भाषा सिक्न समस्या त पर्दैन ?

प्राय सवै बहुभाषिक शिक्षाका कक्षाहरूमा नेपाली भाषालाई पनि दोश्रो भाषाका रूपमा पढाइन्छ । शिक्षकहरू विद्यार्थीका मातृभाषा तथा नेपाली दुबै भाषा जानेका हुन्छन् र मातृभाषामा हासिल गरेको बौद्धिक चिन्तन तथा प्राज्ञिक प्रविणता (काल्प) ले विद्यार्थीलाई नेपाली भाषा सिक्न मद्दत गरिरहेको हुन्छ (तथा अरु भाषाहरू जस्तै अंग्रेजी पनि) । बच्चाहरूले जीवनमा एक पटक लेखपढका सिप सिक्नै पर्दछ जो आफ्नेै मातृभाषामा सवै भन्दा सजिलोसंग हुन्छ् । मानिसको सुनाइ र बोलाइ वीचको सम्वन्ध र भाषाको लेखपढका प्रवृत्तिवारे आफ्नो मातृभाषामा एकपटक वुझेपछि त्यो सिकाइलाई वच्चाले अन्य भाषामा सहजै रूपान्तरित गर्न सक्छन् (लिपि फरक हुदैमा त्यसले सिकाइको स्थानान्तरनमा केही फरक पर्दैन ।)

यसरी मातृभाषाका धरै अमूर्त अवधारणमा दक्षता हासिल गरेपछि त्यसलाई सहजरूपले नेपाली भाषामा सहजै रूपान्तरित गर्न सक्छ । त्यसका लागि केवल नेपाली भाषाको शब्द जाने पुग्छ विषयगत जानकारी पहिल्यै हासिल गरिसकेको हुन्छ । यसरी मातृभाषा र नेपाली भाषामा दक्षता हासिल गरेर द्विभाषिक भइसकेपछि अंग्रेजी लगायत अन्य भाषाको सिकाइ छिटो र सरल हुनजान्छ र छोटै अवधिको प्रयास र सम्पर्कमा पनि वच्चाले सजिलै र राम्रैसंग अंग्रेजी सिक्न सक्दछ । संसारभरका विभिन्न मुलुकमा गरिएका अध्ययन तथा अनुसन्धानले वच्चालाई मातृभाषाका माध्यमबाट शिक्षा हासिल गर्न जति लामो अवसर प्राप्त हुन्छ त्यसै अनुपातमा उसका विषयगत सिकाइ पनि राम्रो हुन्छ र मुलुकको प्रमूख भाषा लगायत अन्य भाषा पनि त्यतिनै सरलता र प्रभावकारीतापूर्वक सिक्न सक्दछ । बच्चाका शिक्षण सिकाइका नतिजा उसका बाबूआमाको आर्थिक हैसियतमा भन्दा उसले मातृभाषामा कति अवधिको शिक्षा पाएको छ त्यसमा बढी भरपर्दछ अर्थात् वहूभाषिक शिक्षा गरीव बाबूआमाका सन्ततिको सिकाइ उपलव्धि वढाउनमा सहायक हुन सक्दछ ।

बालबालिकालाई सुरुका ३ वर्ष मातृभाषाका माध्यमबाट र त्यसपछिको शिक्षा नेपालीभाषामा दियो भने के हुन्छ?

सबै शिक्षा नेपाली भाषामा दिनुभन्दा कमसेकम ३ वर्षकै लागि भएपनि मातृभाषामा दिनु राम्रो हो तर यो पर्याप्त होइन । यस भाषाको उच्च बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता (काल्प) विकासका लागि पर्याप्त हुदैन । यसका लागि घटीमा ६ वर्षसम्म मातृभाषाका माध्यमबाट शिक्षा दिनु आवश्यक छ । अझ यो अवधिलाई ८ वर्षसम्म बढाउन सके झन राम्रो हुन्छ ।

अफ्रिकाको इथोपियाबाट पाठ सिकौं


यस प्रसंगमा अफ्रिकाको इथोपियामा गरिएको अध्ययनको उल्लेख गर्नु सान्दर्भिक हुनेछ । अफ्रिकाको सवैभन्दा गरीव मुलुक इथियोपियामा अवलम्वन गरिएको विकेन्द्रिकृत शिक्षा प्रणाली अन्तर्गत त्यहाँ शिक्षाको माध्यम चयन गर्ने स्वायत्तता जिल्लाहरूलाई प्राप्त छ । यसो हुनाले त्यहाँ कतिपय जिल्लाले ४ देखि ६ वर्ष र कतिपयले ८ वर्ष सम्म मातृभाषाको माध्यमबाट वहुभाषिक शिक्षा प्रणाली अवलम्बन गरेका छन् ।ं त्यहाँको प्रमुख भाषा इथियोपियाली हो । मातृभाषाको माध्यमबाट शिक्षा प्रदान गरिने भएपनि त्यहाँ विषयगत रूपमा इथोपियाली र अंगे्रजी पनि पढाइ हुन्छ । त्यस मुलुकमा कक्षा ८ को अन्त्यमा समग्र विद्यार्थीका सिकाइ उपलव्धिको तुलनात्मक अध्ययन गरिएको थियो । त्यस अध्ययनले ८ वर्षसम्म मातृभाषाको माध्यमबाट वहुभाषिक शिक्षा प्रणाली अपनाएका जिल्लाका विद्यार्थीको सिकाइ उपलव्धि दर, खासगरी विज्ञान, गणित तथा अंग्रेजी लगायतका विषयमा ६ वर्षमात्र वहुभाषिक शिक्षा प्रणाली अपनाउने जिल्लाको तुलनामा धेरै उच्च रहेको देखियो, जवकि ४ वर्ष पछि अंग्रजी माध्यममा प्रवेश गर्ने जिल्लाका विद्यार्थीको सिकाइ उपलव्धि दर निरासाजनक पाइयो ।

बाबू–आमा आफ्ना नानीहरूलाई अङ्ग्रेजी भाषाको माध्यमबाट शिक्षा दिलाउन चाहन्छन्। यसको परिणति कसतो होला ?

नेपालका सन्दर्भमा के भन्न सकिन्छ भने सुरुका ६ देखि ८ वर्षसम्म मातृभाषाका माध्यमबाट वहुभाषी शिक्षा प्रणालीमा शिक्षा प्रदान गर्नुका साथै नेपाली र अंग्रेजी विषयलाई क्रमशः दोश्रो भाषा र वैदेशिक भाषाका रूपमा योग्य शिक्षकद्वारा अध्यपन गराउनु उपयुक्त हुनेछ ।

भारतबाट पाठ सिकौं


परिणतिका विषयमा भारतमा थुप्रै अनुसन्धान भएका छन् । तिनले देखाएअनुसार अंग्रेजी माध्यमका निजी विद्यालयमा पढने विद्यार्थीले सुरु–सुरुमा अंग्रेजी विषयमा राम्रो प्रदर्शन गरे पनि कक्षा ८ को अन्त्यमा लिइएको परीक्षामा क्षेत्रीय भाषा वा मातृभाषा माध्यमका सरकारी विद्यालयका विद्यार्थीको सिकाइ उपलव्धि दर राम्रो रहेको पाइयो । अंग्रेजी माध्यमका निजी विद्यालयहरूको सिकाइ उपलव्धि दर अंगे्रजी विषयमा समेत त्यति उच्च कोटीको देखिएन । त्यतिमात्र नभइ यस्ता विद्यालयका विद्यार्थीले मातृभाषामा लेखपढ गर्न र भारतीय भाषामा आपूmले पढेका विषयमा छलफल गर्न समेत अप्ठयारो महसुश गरेको पाइयो ।

यसरी राम्रो अंग्रेजीको मोहले गर्दा ती विद्यालयहरूले भारतीय भाषाका साथै विद्यालयका अन्य विषयको सम्भावित उपलव्धिको मूल्य चुकाउनु परेको देखियो र अंग्रेजी विषयमा समेत राम्रो दक्खल देखिएन । अनुसन्धाताले प्रमुख कारकका रूपमा अंगेजी भाषामा राम्रो दक्खल भएका शिक्षकहरूको कमिका साथै विद्यार्थीमा मातृभाषा एवं अंगे्रजी दुवै भाषाका उच्चस्तरीय काल्पको विकास हुन नसक्नु नै हो भन्ने निष्कर्ष निकालेका छन् । त्यसकारण उपलव्ध अध्ययनले देखाएका प्रमाणका आधारमा नेपालका सन्दर्भमा के भन्न सकिन्छ भने सुरुका ६ देखि ८ वर्षसम्म मातृभाषाका माध्यमबाट वहुभाषी शिक्षा प्रणालीमा शिक्षा प्रदान गर्नुका साथै नेपाली र अंग्रेजी विषयलाई क्रमशः दोश्रो भाषा र वैदेशिक भाषाका रूपमा योग्य शिक्षकद्वारा अध्यपन गराउनु उपयुक्त हुनेछ ।


बहुभाषिक शैक्षिक कार्यक्रम समाहित शिक्षा शाखा, शिक्षा विभाग, सानोठिमी, भक्तपुरले गरेको नेपाली अनुवादबाट साभार ।
http://www.tove-skutnabb-kangas.org/en/articles_for_downloading.html


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook