नेपाली कि खस नेपाली साहित्य

सोमबार ११ फाल्गुन, २०७१   |   कला र साहित्य

Print This   |   Font Size + -

गोबिन्द छन्त्याल

गोबिन्द छन्त्याल

काठमाडौ, नेपाल

नेपाली कि खस नेपाली साहित्य

पहिचान, संघीयता, राज्य पुनर्संरचना, धर्मनिरपेक्षता, शासकीय स्वरुप, निर्वाचनप्रणाली, समानुपातिकता र समावेशीतजस्ता विषयहरूमा गर्मागरम बहस चलिरहेको छ । नयाँ संविधान, पहिचान र संघीयताको रस्साकस्सी चलिरहेको पृष्ठभूमिमा नेपाली साहित्य कि खस नेपाली साहित्य ? भन्ने बहस यस लेखमा गर्न खोजिएको छ । साथै नेपाली साहित्यको परिभाषाको विनिर्माण गर्न खोजिएको छ । आजसम्मको विभेदको कथा र राजामहाराजको गाथाले भरिएको नेपालको इतिहासले रङ्गीन नेपाली समाज, संस्कृति र साहित्यलाई पुरै बेवास्ता मात्र गरेन । राज्यको पुरापुर स्रोत परिचालन गरेर बलाद् दमन र चिरहरण ग¥यो । खस नेपाली भाषामा लेखिएको साहित्य र सिर्जना मात्र नेपाली साहित्य हो भन्ने स्थापित गरियो । र यो क्रम अभैm रोकिएको छैन ।

त्यसैले यस लेखमा खस नेपाली भाषामा मात्र लेखिएका साहित्य र सिर्जना नेपाली साहित्य कदापि हुन सक्तैन भन्ने आग्रह गरिएको छ । गुरुङ, लिम्बु, नेपाल (नेवारी), मगर, तामाङ, थारु, शेर्पा, मैथिली, भोजपुरी, अवधि, छन्त्याल, याक्खा, सुनुवार, थामी, उरावँ, बराम, थकाली, चाम्लिङ, बान्तवा, वाम्बुले, दुमी, साङपाङ, चेपाङ आदि नेपालका जनीय भाषाहरूमा लेखिएका साहित्य पनि नेपाली साहित्य हुनुपर्छ । त्यसैले नेपालमा बोलिने राष्ट्र मातृभाषाहरूमा लेखिएको साहित्य नेपाली साहित्य हो । नेपाली साहित्यलाई बृहद् रुपमा हेरिनुपर्छ । केबल एउटै भाषा खस नेपालीमा मात्र लेखिएको साहित्यिक सिर्जनालाई भनिदै आएको नेपाली साहित्यको मान्यतालाई आजको सन्दर्भसँग फेर्नुपर्छ । नेपाली साहित्य नेपाली माटोमा जन्मी हुर्केका भाषाहरूको समग्र रुप हो न कि खस नेपाली भाषामा मात्र लेखिएको साहित्य ।

गुरुङ, लिम्बु, नेपाल (नेवारी), मगर, तामाङ, थारु, शेर्पा, मैथिली, भोजपुरी, अवधि, छन्त्याल, याक्खा, सुनुवार, थामी, उरावँ, बराम, थकाली, चाम्लिङ, बान्तवा, वाम्बुले, दुमी, साङपाङ, चेपाङ आदि नेपालका जनीय भाषाहरूमा लेखिएका साहित्य पनि नेपाली साहित्य हुनुपर्छ । त्यसैले नेपालमा बोलिने राष्ट्र मातृभाषाहरूमा लेखिएको साहित्य नेपाली साहित्य हो । नेपाली साहित्यलाई बृहद् रुपमा हेरिनुपर्छ । केबल एउटै भाषा खस नेपालीमा मात्र लेखिएको साहित्यिक सिर्जनालाई भनिदै आएको नेपाली साहित्यको मान्यतालाई आजको सन्दर्भसँग फेर्नुपर्छ । नेपाली साहित्य नेपाली माटोमा जन्मी हुर्केका भाषाहरूको समग्र रुप हो न कि खस नेपाली भाषामा मात्र लेखिएको साहित्य ।

विभेदको सन्दर्भ

विगतको सन्दर्भहरूलाई नकोट्याई वर्तमानमा समीक्षा र भविष्यको रुपरेखा कोर्न असम्भव प्रायः छ । हिजोका घट्नाको शिक्षा, आजको ज्ञान र भोलिको सम्भावनाको आधारमा अघि बढ्नुपर्छ । नेपालमा हिजोका सन्दर्भहरूलाई खोतल्दा विभेद, दमन र शोषणभन्दा बढ्ता अरु भेटिदैन । भाषा र साहित्यको सन्दर्भमा पनि त्यही नै हो । नेपाली माटोमा जन्मिएका भाषाहरू पराई भए । तिनलाई थप विभेद स्वरुप असभ्य, पाखे, स्वाँठ, तिघ्रे, पछौटे, जंगली जस्ता बिम्बहरू बनाइए र बनाइदैछन् । सम्वत् २०१० मा राममणि आ.दी.को ‘भलो नमुनाको कुरा’मा आदिवासी जनजातिलाई ‘तिघ्रे र पर्वते स्वाँठे जुन् हाम्रा दाज्यु–भाइ छन् । ती तेही रहि बाचून्, हुनु पर्दैन सभ्य ती ।’ भनि चित्रण मात्र गरेनन् जातीय÷नश्लीय विभेदको नाङ्गो हिंसा गरे । सोही खालको बाटो नेपालको राज्य सरकारले लामो समयदेखि अबलम्बन ग¥यो ।


सम्वत् १८९६ मा नेपाल भाषाको ‘नेपाली विहार’ कविता सङ्ग्रहका सम्पादक फत्तेबहादुर सिंह र सो सङ्ग्रहमा कविता भएका कविहरू सिद्धिचरण श्रेष्ठ र योगवीर सिंह, ‘मां (आमा)’ कविता नेपाल भाषामा लेखेवापत चित्तधर हृदय आदिलाई जेल हालिएको थियो । यो प्रतिनिधि घट्नाले खस नेपाली भाषा इतरका भाषाहरूलाई राज्यले दमन गरेको पुष्टि गर्दछ । नेपालका जनीय भाषाहरूलाई बोल्न, लेख्न बन्देज मात्र गरिएन जेलनेल र सर्वस्व कैद सम्मको दण्डित गरियो । नेपालको शाहकाल, राणाकाल र पञ्चायतकाल मातृभाषाका विकास र उत्थानका सन्दर्भमा चिरहरण काल भयो ।

प्रजातन्त्रान्त्रिक वा लोकतान्त्रिक भनिने शासन व्यवस्थामा पनि विभेदको क्रम रोकिएन । सम्वत् २०५४ साउन ८ गते काठमाडौं महानगरपालिकामा नेपाल भाषा, जनकपुर र राजविराज नगरपालिकामा मैथिलीलाई कामकाजको भाषाको रुपमा सरकारले मान्यता दियो । तर ३ वर्ष १० महिना १० दिनपश्चात् बाहुनवादी सोँच र मनोविज्ञानले ग्रसित सर्वोच्च अदालतले  सम्वत् २०५८ जेठ १८ गतेदेखि प्रयोग नर्गन आदेश ग¥यो । र विभेदको थप शृङ्खला थपियो ।

Krishna-RajSarbahari reciting poem in Kathmandu

Krishna-RajSarbahari reciting poem in Kathmandu Photo curtesy: K. Sarbahari's facebook

जनीय मातृभाषा साहित्यको अवस्था

समयावधिको हिसाबले हेर्दा लिच्छिवी, मल्ल कालमा नेपालका जनीय भाषाहरूको क्षेत्रमा साहित्यिक सिर्जना त्यति धेरै भएका थिएनन् नेपाल (नेवारी) भाषाको बाहेक । नेपाल भाषाको भने निकै धेरै काम भएको देखिन्छ । साथै मैथिली र अवधि भाषा साहित्यको क्षेत्रमा पनि केही उदाहरणीय काम भएका थिए । शाह, राणा र पञ्चायतकालमा मातृभाषा साहित्यको अवस्था शुन्य प्रायः थिए । यसो हुनुको मूल कारण नै तत्कालीन राज्यसरकारले एक भाषा, एक संस्कृति, एक धर्म र एक भेषको नीति अवलम्बन गर्नु हो । त्यो भनेको संरचनागत जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विभेद हो । खस नेपाली भाषा इतरका भाषाहरूमा लेखिएको साहित्यमाथि बलाद् दमन गरिएको घट्नाहरूको विवरणरुपी इतिहास मरेका छैनन् । खस नेपाली भाषामा लेखिएका साहित्य र सिर्जनालाई मात्र विभेदकारी राज्यले मान पदवी, अलङ्कार, सम्मान, पुरस्कार प्रदान गरिदैँ आए । शाहकालीन–राणाकालीन र पञ्चायतकालीन हुँदै गणतन्त्र सम्म आइपुग्दा संरचनागत विभेद रोकिएको छैन । त्यो क्रम अभैmँ जारी छ ।

नेपालको अन्तरिम संविधान–२०६३ अनुसार ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।’ भन्ने संवैधानिक मर्म र भावनाअनुसार राज्यले सबै भाषाहरूलाई समान व्यवहार गर्नुपर्छ । नेपालको सन्दर्भमा जाति र भाषालाई अलग गरेर हेर्न सकिदैन । भाषा केवल सञ्चारको माध्यम मात्र होइन, यो त ज्ञान पनि हो र पहिचान र स्वाभिमान पनि ।

सन् ७०० देखि लेखन शुरु भएको मैथिली साहित्य सबभन्दा लामो साहित्यिक परम्परा भएको मानिन्छ । ज्योतिरीश्वर ठाकुर, कवि कोकिल, महाकवि विद्यापति जस्ता साहित्यकारहरू मैथिल साहित्याकाशका ध्रुवतारा हुन् । सन् १५०५ देखि लेखन शुरु भएको नेपाल भाषामा कथा, काव्य, नाटक लेखिएका छन् । नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको योगदान नेपाल भाषा साहित्यमा उच्च रहेको छ । सन् १७०४ देखि लेखन शुरु गरिएको लिम्बु भाषा साहित्य रचनामा इमानसिंह चेम्जोङ, काजीमान कन्दङ्वा आदिको महत्वपूर्ण योगदान रहेको छ । थारु साहित्य विकासको आरम्भ सम्वत् सम्वत् २००७ सालको परिवर्तन पछि भएको मानिन्छ । सम्वत् ८२६ देखि अवधि साहित्यको प्रारम्भ भएको मानिन्छ ।

नेपालका अन्य जनीय मातृभाषाका साहित्य रचना सम्वत् २०४६ पछि मात्र भएको देखिन्छ । नेपालको पछिल्लो जनगणनानुसार १ प्रतिशत भन्दा कम बोलिने अल्पसङ्ख्यक जनीय मातृभाषाहरूको साहित्य अवस्था अत्यन्तै न्युन रहेका छन् । ती मध्ये पनि कतिपय भाषाहरू लोप हुने खतराको अवस्थामा रहेको भाषाशास्त्रीहरू बताउँछन् ।

सम्वत् २००७ को परिवर्तनपछिको २०१७ सम्मको समयावधिमा मातृभाषाको केही आशाका तुन्द्राहरू देखिन खोजेको थियो । तर त्यो पनि धेरै टिकेन । तत्कालीन राजा महेन्द्रले १० वर्ष नबित्दै महेन्द्रीय राष्ट्रवादको शंखघोष गरे । खस नेपाली इतरका जनीय मातृभाषा साहित्य र सिर्जनाको आँखाबाट हेर्दा जुन पहाडिय बाहुनवादीय राष्ट्रवाद बनमारा झारजस्तै साबित भयो । मूलतः सम्वत् २०४६ को परिवर्तन पछिका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भनिने समयमा केही आशाका रङहरू देखिन थालेका छन् । तथापि प्रयाप्त हुन सकेका छैनन् ।
अध्येता अमर तुम्याङ (२०७१)का अनुसार, ‘नेपाल निरङ्कुशतामा परेको अवस्थामा भन्दा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको समयावधिमा जनीय मातृभाषाहरूको अस्तित्व बढी उजागर हुन पाएको देखिन्छ । निरङ्कुशतामा अधिकांश भाषाको साहित्यिक अवस्था दमित रह्यो भने केही भाषाहरू कठाङ्ग्रिएर बाँचे, सम्वत् २०४६ को घाममा मातृभाषा साहित्यले झुल्ने साथै कोपिला हाल्ने थोरै मौका पायो भने २०६२÷६३ को गणतान्त्रिक युगमा मातृभाषा साहित्य निस्फिक्री फुल्ने र सुवासित हुने अवसर पाएको अनुभूत हुन्छ । तर अपेक्षाकृत सफलताको क्षितिज अभैm दूर रहेको देखिन्छ ।’

यतिबेला जागरुक विविधतापूर्ण नेपाली जनताले आप्mनो पनि कहिँ कतै उपस्थिति र सहभागिता अर्थात पहिचान र साझेदारीता सुनिश्चत भएको संविधान र संघीयता त खोजिरहेकै छन् । त्यससँगसँगै जनीय मातृभाषा साहित्यिक सिर्जनाहरू स्वतन्त्र रुपले रङ्गीन इन्द्रेणी समाजमा रङहरू भरेर फुल्न र फल्न चाहन्छन् । जसको स्रोत देशको मूल कानून भनिने संघारको संविधान र राज्यको संरचना भनिने पहिचानसहितको संघीयतामा खोजिरहेका छन् ।

अन्त्यमा,

नेपालको अन्तरिम संविधान–२०६३ अनुसार ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।’ भन्ने संवैधानिक मर्म र भावनाअनुसार राज्यले सबै भाषाहरूलाई समान व्यवहार गर्नुपर्छ । नेपालको सन्दर्भमा जाति र भाषालाई अलग गरेर हेर्न सकिदैन । भाषा केवल सञ्चारको माध्यम मात्र होइन, यो त ज्ञान पनि हो र पहिचान र स्वाभिमान पनि । त्यसैले भाषा अध्येता अमृत योञ्जन–तामाङ (२०७१) भन्छन्, ‘आदिवासीहरूका लागि मातृभाषा भनेको सबै थोक हो– पहिचान हो, आत्मसम्मान हो, सम्पदा हो, आप्mनो पुर्खाको विरासत हो, अस्तित्व हो, माटो हो, शिक्षा हो आदि आदि सब थोक हो ।’

जनीय मार्तभाषाहरुलाई राज्यले बलपूर्वक इतिहासका सन्दर्भहरूलाई च्याटचुृट पार्दा पनि खरानीििभत्र लुकेको फिलङ्गो जसरी जिउँदै हुँदा रहेछन् । बरु झन–झन विद्रोहका झिल्काहरू सहित पुनर्जिवित हुँदा रहेछन् । यतिबेला जनीय मातृभाषाका साहित्य र सिर्जनाहरू त्यसरी नै जुर्मुराइरहेका छन् । नेपाली साहित्यको इतिहास भनिने इतिहासमाथि जनीय मातृभाषा साहित्यले प्रश्न गरिरहेको छ । खस नेपाली भाषामा लेखिएको साहित्य नेपाली साहित्य हुन सक्ने तर जनीय मातृभाषामा लेखिएको साहित्य नेपाली साहित्य नभई सम्बन्धित भाषाको मात्र साहित्य हुने ? यसखाले विभेदकारी परम्परालाई विनिर्माण नगरी नयाँ भनिने सबै जाति, भाषा, वर्ण, संस्कृति र धर्मको नेपाल बन्न सक्दैन ।

सबै जात, जाति, भाषा, धर्म, वर्ण र लिङ्गका जनतालाई आश्वस्त र विश्वस्त बनाउने खाले राज्यको संरचना र नयाँ संविधानको कुरा झनभन्दा झन पेचिलो बनिरहेको छ । नेपाली जनताले एक थान संविधान खोजेका पक्कै होइनन् । सम्वत् २००४ देखि २०६३ को बीचमा कुनै न कुनै रुपको संविधान त नेपालमा लगभग आधा दर्जन जारी भएकै हुन् । तर ती संविधानहरूले विविधतापूर्ण नेपाली जनतालाई समन्याय गर्न सकेनन् । रत्तपार्कमा पाइने सस्तो गेसपेपर भन्दा कुनै हालतमा उत्कृष्ट हुन सकेनन् । केबल कागजको खोस्टोमा मात्र सीमित भए । त्यसैले यतिबेला जागरुक विविधतापूर्ण नेपाली जनताले आप्mनो पनि कहिँ कतै उपस्थिति र सहभागिता अर्थात पहिचान र साझेदारीता सुनिश्चत भएको संविधान र संघीयता त खोजिरहेकै छन् । त्यससँगसँगै जनीय मातृभाषा साहित्यिक सिर्जनाहरू स्वतन्त्र रुपले रङ्गीन इन्द्रेणी समाजमा रङहरू भरेर फुल्न र फल्न चाहन्छन् । जसको स्रोत देशको मूल कानून भनिने संघारको संविधान र राज्यको संरचना भनिने पहिचानसहितको संघीयतामा खोजिरहेका छन् ।

इमेल ः chhantyalg.2008@gmail.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook