फस्टाउँदो छ आदिवासी संस्किृति

विहिवार १४ फाल्गुन, २०७१   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गणेश राई

गणेश राई

काठमाडौ

फस्टाउँदो छ आदिवासी संस्किृति

लीला चाम्लिङ राई (६५)लाई जीवनको उत्तरार्धमा सरकारबाट ‘आदिवासी राष्ट्र गौरव पुरस्कार–२०७१’ पाउ“दा हदैसम्मको खुशी छाएको छ । माझकिरात खोटाङको रतन्छा–७ मा जन्मिएकी उनी साक्षरमात्र हुन् । आजीवन चर्खामा धागो कात्ने, खा“डीको कपडा बुन्ने पेशाले नै उनलाई लाख रुपैया“को पुरस्रकार दिलाएको हो । रैथाने ज्ञान, सीप, कला प्रवद्र्धनमा समर्पित भएवापत उनी पुरस्कृत भएकी हुन् । स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक (२०७१ माघ २५ गते) प्रदान गरेको पुरस्कार प्राप्त पा“चजनामध्ये परम्परागत सीप प्रवद्र्धनतर्फ लीला छानिएकी हुन् । उनले बुनेका कपडा स्वदेश र विदेशमा रहेका किरा“त समुदायमाझ प्रचलित छ ।

लवाई मानव सभ्यताको पहिलो खुड्किलो हो । जबदेखि मान्छेले लाजको महसुस भयो तब रुखको बोक्राले उसको लाजका अंगहरू छोप्न थाले । त्यसपछि विकास भएको हो, वस्त्र । त्यसकै विकसित सभ्यता हो, तान बुनाई । सभ्यताको पहिलो चरण त्यहीबाट अघि बढेको मान्न सकिन्छ । राष्ट्र वा समाजको सर्वाङ्गिण प्रगतिको स्वरूप ‘सभ्यता’ हो भने मनको गहिरो छाप, मानसिक प्रभाव ‘संस्कार’ । कुनै राष्ट्र वा जातिको सर्वाङ्गिण प्रतिबिम्ब देखिने अभिव्यक्ति, शिल्प, विचार, दर्शन आदि क्रियाकलापको परिस्कृत रूप अनन्त पूर्वदेखि विकसित हु“दै आएको समाजको यथार्थ स्वरूप देखिने आदि समेतको समूह वा साधन, कला, साहित्य, दर्शन, भाषा, धर्म आदि मूल्य परम्पराको समष्टि नाम हो– संस्कृति ।

संस्कृतिविद् डा. जगमान गुरुङ सभ्यता र संस्कृति आपसमा जोडिएको ठान्दछन् । ‘सभ्यता भनेको भौतिक विकास हो भने संस्कृति भनेको मानसिक विकास,’ भन्छन्, ‘मानिसको जीवनशैलीले उसको मानसिकता कस्तो छ भन्ने प्रदर्शन गर्दछ । उसको उच्च मानसिकता, निच मानसिकता त्यसलाई उसले आफ्नो जीवनशैलीमा प्रदर्शन गर्दछ । जीवनशैली भनेकै संस्कृति हो । संस्कृति पुस्ता पुस्ताबाट हस्तान्तरण भएर आउ“छ । त्यसकारण यसलाई सम्पदा भनिन्छ ।’ सांस्कृतिक सम्पदा मूर्त र अमूर्त गरी दुई प्रकारका छन् । वर्तमान नेपाली परिवेशमा विभिन्न जातिको आफ्नो पहिचान खोज्दै गरेको अवस्था हो । उसले बोल्ने बोली, भाषा, खानपिन, भेषभूषा, चाडपर्व इत्यादिले उसको जीवनशैलीबारे जनाउ दिन्छ । आदिम संस्कृति र स्वधर्म पहिचानमा पर्न आउ“छ । आयातित् संस्कृतिले पहिचान जनिदैन ।

 

मुलुकमा १२५ जातजाति र १२३ भाषा छन् । सन् १९९० पछि चढेको पहिचानको पारोले जाति र भाषाको संख्या बढेको हो । जसले गर्दा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकको महत्तालाई उ“चो पार्दै लगेको छ । हरेक जात जातिले आफ्नो परम्पराको खोजी गर्दै अघि बढ्ने बानीको विकासको प्रयास गर्दैछन् ।

संस्कृति अन्वेषक डा. वासुदेव कृष्ण शास्त्रीको शब्दमा नेपाल बहुआयामिक छ । ‘विविधता  सबैको मूल स्रोत प्रकृति नै हो,’ सनातनदेखि निरन्तर चलिरहेको परम्पराबारे भन्छन्, ‘आगो, पानी, वायु, पृथ्वी, आकाश पा“चै तत्वको मूल पूजा हो । जात जातिका भाषा, संस्कृति, आराधना, उपासना, साधना पद्धति भिन्न छन् ।’ सामाजिक, सांस्कृतिक र आध्यात्मिक रूपमा रहेका सनातन परम्पराको तीन आयाम संरक्षण आजको आवश्यकता हो । जुन विविधता विश्व सम्पदा पनि हो । अहिले यी सम्पदालाई सम्बन्धित निकायको स्वामित्व चाहिएको छ । पुर्खाले आर्जेका र हामीले प्राप्त गरेको सांस्कृतिक स्वायत्तता चाहिएको छ । जबसम्म स्वायत्तता दिइदैन तबसम्म समृद्ध हुनसक्दैन ।

किरातीको उधौली, उभौली साकेला सिली होस् या च्याब्रुङ प्रदर्शन कला हुन् । बौद्धमार्गीको ल्होछार या भूम्या । थारुको माघी, नेवारको म्हपूजा या योम्हरी पुर्णिमा प्रदर्शन कलामै पहिचान अडिएको छ । संस्कृतिकर्मी तीर्थराज मुकारुङ राईको ठम्याइमा खानपान, भेषभूषा, बाजागाजा, कृषि व्यावसायिक सामग्री जात जाति विशेष पहिचानमा पर्दछन् । ‘जसले आफ्नो संस्कृति छ र संरक्षण गर्छु भन्छ उसले प्रदर्शन गर्नै पर्ने हुन्छ,’ राष्ट्रिय जातीय संग्रहालयका कार्यकारी सदस्य राई भन्छन्, ‘पर्यटन प्रवद्र्धन, सांस्कृतिक उत्सवहरूमा जातीय कला प्रदर्शन गर्दा आय आर्जन हुन्छ नै । साथसाथमा नया“ पुस्तामा ज्ञान, सीपको हस्तान्तरण पनि हुन्छ । आधुनिकताले केही प्रभाव पारेको हुनसक्छ तर मौलिकता जोगाउने प्रयास जहिल्यै प्राथमिकतामा पर्नुपर्छ ।’
 
दुई अढाइ दशकदेखि जातजातिमा आफ्नोपनलाई माया गर्ने संस्कारको विकास भएको छ । औपचारिक कार्यक्रमहरूमा जातीय पहिरन लगाउने चलन हरेक जातजातिमा बढेको छ । संस्कृतिविद् डा. गुरुङका अनुसार ‘आमा समूह’ गठन हुनु डा. हर्क गुरुङको दिमागको उपज हो भने प्रवद्र्धन कार्यमा संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको योगदान रहेको छ । 

‘ग्रामीण पर्यटन गण्डकी प्रदेश कास्की, लमजुङबाट सुरु भएको हो,’ संस्कृतिविद् गुरुङ भन्छन्, ‘स्वर्गीय डा. हर्क गुरुङको दिमागको उपज हो यो । श्रीमानहरू विदेशमा छन्, श्रीमतीहरू नेपालमा । पैसा प्रशस्त छ । फुर्सद छ । उनीहरूको समय र पैसाको सदुपयोग गर्न आमा समूह गठन गरे । समय र साधनलाई गाउ“को विकासमा लगानी भयो । इको टुरिजमका सिद्धान्त प्रतिपादन भयो र त्यसलाई कार्यान्वयन गर्ने काम अन्नपूर्ण संरक्षण विकास आयोजना (एक्याप)का तात्कालीन डाइरेक्टर डा. चन्द्रप्रसाद गुरुङले गर्नुभयो ।’

अहिले त देशैभरि आमा समूह गठन भएको छ । जसका कारण नाङ्गो डांडामा हराभरा वृक्षरोपणदेखि गाउ“घरमा तासजुवा, जा“ड, रक्सी बन्द गराएका छन् आमा समूहले । सहकारी खोलेका छन् । विभिन्न किसिमको सीप इलमको तालिम दिलाएका छन् । गाउ“मा सीप कलाको विकास, आय आर्जन गर्ने वातावरणको सिर्जना भएको छ । ग्रामीण पर्यटनले प्रवद्र्धन भएको छ । अहिले ‘होम स्टेय’को चलन बढेको छ । होम स्टेय सहकारी व्यवसाय बनेको छ । पाहुना आउ“दा घरको वास्तुकला, साजसज्जाको प्रदर्शन हुने नै भयो । सरेसको थालमा भात, का“सको कचौरामा दाल, तरकारी दिएर पर्यटकको स्वागत गर्ने चलन बढेको छ ।

हराइसकेको नाचगानहरू घाटु, सोरठी पर्यटकलाई देखाउने चलन बढेको छ । लोपोन्मुख संस्कृति जोगिएको छ । संस्कृतिको प्रदर्शन गरेर आय आर्जन भएको छ । पाहुनालाई रिझाउन सकेको छ । संस्कृतिविद् गुरुङ गाउ“घरमा पुग्ने पाहुनालाई कोदोको रक्सीको झ्वाइ“खट्टे नदिई बजारबाट रम किनेर ख्वाउने, भाती अथवा कोदोको छनुवा जा“ड नख्वाएर बियर ख्वाउने गर्दा होम स्टेयको महत्व हराउने उल्लेख गर्छन् । 

हराइसकेको नाचगानहरू घाटु, सोरठी पर्यटकलाई देखाउने चलन बढेको छ । लोपोन्मुख संस्कृति जोगिएको छ । संस्कृतिको प्रदर्शन गरेर आय आर्जन भएको छ । पाहुनालाई रिझाउन सकेको छ । संस्कृतिविद् गुरुङ गाउ“घरमा पुग्ने पाहुनालाई कोदोको रक्सीको झ्वाइ“खट्टे नदिई बजारबाट रम किनेर ख्वाउने, भाती अथवा कोदोको छनुवा जा“ड नख्वाएर बियर ख्वाउने गर्दा होम स्टेयको महत्व हराउने उल्लेख गर्छन् । लोकल कुखुराको मासुको सट्टा ब्रोइलर, गिरिजा, लेस कुखुरा खुवाउन गल्ती ठान्दछन् । त्यसको सट्टा गाउ“मै पाइन मौसमअनुसार कुरिलो, निउरो, सागपातहरु, फलफूल, गिठा भ्याकुर, टुसा आदि खुवाउन वेश हुन्छ । अहिले ढिंडो खाएर गौरव गर्नेहरू बढेको उनी ठान्दछन् । नेपालीको राष्ट्रिय खाना कोदोको ढिंडो र गुन्द्रुक हो । गाउ“ले किसिमको खाना, गुन्द्री ओछ्याउने, कम्मल, राडी ओछ्याउने चलन कायम गर्न सकेमा भेडापालन व्यवसायले प्राथमिकता पाउने छ ।

संस्कृतिकर्मी गणेशराम लाछी नेवार समुदायमा रहेका प्रदर्शनकारी कला लोपोन्मुख बन्दै गएको ठान्दछन् । ‘नया“ पुस्ताको ध्यान आधुनिक बाजामा छ, परम्पराप्रति रुचि जगाउन सकिएको छैन,’ नेवार समुदायमा करिब सय किसिमको बाजाहरु रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘सामूहिक रुपमा बजनाइने बा“सुरी र धिम्यामा नया“ पुस्ताको चासो छ तर अन्य समूहगत दाफा भजनमा बजाइने बाजाहरूप्रति ध्यान घटेको छ ।’ पुरानो पुस्ता ढल्दै जा“दा नेवार बस्तीका प्रत्येक टोल पाटी पौवा मठमन्दिरमा भजन खलाहरु टुट्दै गएको अवस्था छ । ‘पर्यटन प्रवद्र्धनका निम्ति सांगीतिक बाजाहरुले महत्व राख्दछ,’ उनी भन्छन्, ‘तर बाजा बजाएर, भजन गाएर रोजीरोटीमा समस्या छ । रहरले कति दिनसम्म थेग्छ र ? त्यसैले स्थानीय सरकारले संगीत बाजातर्फ आकर्षित गर्ने प्रवद्र्धनात्मक बजेट व्यवस्था गर्न जरुरी छ । रहरले मात्रै संस्कृतिको प्रवद्र्धन हुनसक्दैन ।’

अर्का संस्कृतिविद् रविन्द्र तामाङ संस्कृतिभित्र वंशीय चेतनासमेत भएको बताउ“छन् । ‘संस्कृतिप्रति जागरण अवश्य आएको छ,’ संस्कृति प्रवद्र्धनमा रक्त सम्बन्धको समेत महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै भने, ‘तामाङ धेरै थरीका छन् । कुन थरसित कसले बिहेबारी चल्दैन÷चल्दैन भन्नेतर्फसमेत युवा पुस्ता सचेत हुन थालेका छन् । जसले गर्दा सांस्कृतिक निरन्तरता दिन सहज बनेको छ । समाजलाई मानविकरण भएको छ ।’

पर्यटनविद् डा. हुमबहादुर गुरुङ प्रकृति र संस्कृति नै पर्यटनको मूलआधार मान्दछन् । त्यसनिम्ति स्थानीयबासी, निजी क्षेत्र र सरकारको प्रवद्र्धन नीति महत्वपूर्ण छ । ‘पर्यटन प्रवद्र्धनका निम्ति प्याकेजमा विकास खोजिनुपर्छ,’ थोरै समयलाई बहुआयामिक ज्ञान आर्जन गर्ने व्यक्ति पर्यटक भएको उल्लेख गर्दै उनी भन्छन्, ‘पर्यटकले हेर्ने पर्यावरण, धार्मिक, सांस्कृतिक, जातीय संस्कृतिको अवलोकन र ज्ञान लिने हो । त्यसैले हामीले के दिन सक्छौं त्यसबारे गम्भीर हुनैपर्छ ।’ पर्यटन विकासका निम्ति ट्रेकिङ रुट, बाटोघाटो, पूर्वाधारको विकास, व्यवस्थित बासस्थान, मौलिक खानपान, स्थानीयको रहनसहन, लवाई, खवाई, बोलीचाली, व्यवहार, सरसफाई आदि महत्वपूर्ण पक्ष भएको गुरुङ बताउ“छन् । परम्परागत ढुंगा, माटोबाट बनेका घर, चुलाचौका, लिपपोत, सजावट, सफा भान्सा जसलाई वास्तुकला भन्दछौं नै मौलिकपन हो । मनोरन्जनका निम्ति लोक संस्कृतिको प्रदर्शन गर्दा आर्थिक उपार्जन र त्यसको संरक्षणसमेत हुने निश्चित छ । हिमाल, पहाड र तराई कुन भौगोलिक क्षेत्रको जातजातिको कस्तो विशेषता छ, त्यसैअनुसारको मौलिकपनलाई पर्यटनसित जोड्न जरुरी रहेको गुरुङ बताउ“छन् ।

‘पर्यटक जहा“ पुग्छ, त्यहा“को रहनसहन, जीवनशैलीबाट प्रभावित हुने अनि आफ्नो व्यवहार शैलीसमेत परिवर्तन गर्नेसमेत हुन्छ,’ गुरुङ भन्छन्, ‘त्यसैले त्यस किसिमको मौलिक जीवनशैली प्रदर्शन गरेर, घरमा आउने पाहुनालाई खुशी बनाएर दुई–पैसा कमाउने हो । पाहुनालाई खुशी तुल्याउन सकौं र अर्को पटक आउन लालयित बनोस् ।’ त्यसनिम्ति स्थानीय जातजातिबारे जानकारी राख्ने जो स्थानीय भाषा, जनसम्पर्कको भाषादेखि कुन देशको पर्यटक आउ“छन्, त्यही देशको भाषामा बोल्नसक्ने पर्यटक लक्षित पथ प्रदर्शक हुन जरुरी छ । दीगो पर्यटनका निम्ति सामूहिक रूपमा स्थानीय खाद्यान्न, उपहारजन्य मौलिक वस्तुहरूको उत्पादन, होम स्टेयको व्यवस्थापन जरुरी रहेको पर्यटनविद् गुरुङ उल्लेख गर्दछन् । पर्यटन विकासमा स्थानीय युवाहरूको भूमिका, सहभागिता र रोजगारीको अवसर अनि विकास अस्वयंभावी छ ।

अन्वेषक शास्त्रीको कथन छ, ‘सबैलाई संस्कृतिप्रति दायित्वपूर्ण अनुभूति र व्यवहारमा लागू गर्न सक्नुपर्छ, भावी संघीयतामा राज्यले दायित्व बहन गर्न जरुरी छ ।’ हामी नेपाली जातिभित्र विविध संस्कृति छन् । त्यसको महत्वप्रति जागरणस“गै संरक्षण, संवद्र्धन, प्रवद्र्धनका पाटाहरू उजागर भइरहेका छन् । लीला चाम्लिङ राईकै शब्दमा ‘खानुमा, लाउनुमा विदेश नक्कल वेश होइन’ आफ्नोपनलाई जोगाउनु आजको चुनौती हो ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook