गोरखाहरुलाई दिइने पेन्सनबारे बेलायती सांसदले मागे सरकारको जवाफ

सोमबार ०७ पौष, २०७१   |   राजनीति

Print This   |   Font Size + -

गोरखाहरुलाई दिइने पेन्सनबारे बेलायती सांसदले मागे सरकारको जवाफ

गोरखाहरुले पाइरहेको पेन्सनका बारेमा जानकारी पाउन बेलायतका एक सांसदले बेलायती रक्षा मन्त्रीलाई पत्राचार गरेका छन् ।
हाल्टन निर्वाचन क्षेत्रबाट निर्वाचित विपक्षी लेबोर पार्टीका सांसद डेरेक ट्वीगले रक्षा मन्त्री माइकल फालोनलाई लिखित जवाफका लागि पत्राचार गरेको स्थानीय रोनकोर्न एण्ड वाइन विक्ली न्युजले जनाएको छ ।

२७ अक्टोबरमा लेखिएको पत्रमा सन् १९९७ जुलाई १ पछि सेवानिवृत्त भउका गोरखाहरुका बारेमा रक्षा मन्त्रालयसित के जानकारी छ ? कतिले आर्म्ड फोर्सेस पेन्सन स्किममा पेन्सन स्थानान्तरण गरे र कति गोरखा पेन्सन स्किममै रहेर कम सुविधा लिइरहेका छन् भन्ने लगायतका जिज्ञासा समावेश छन् । ट्वीगको पत्रका बारेमा प्रतिक्रिया दिादै सत्तारुढ कञ्जरभेटिभ पार्टीकी सांसद तथा रक्षा राज्यमन्त्री आना सोब्रीले भने रक्षा मन्त्रालयले तोकिएको समयभित्र जवाफ दिन सम्भव नरहेको संकेत दिएको बताइन् ।

‘जवाफ तयार गरिादै छ सकिनासाथ उपलब्ध गराइने छ’ सांसद सोब्रीले भनिन् । ट्वीग लेबोर सत्तामा रहादा रक्षा राज्यमन्त्री रहेका थिए । उनले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिने सम्बन्धी विषयमा संसदमा मतदान हुादा विपक्षमा मतदान गरेका थिए । उनी गोरखाहरुप्रति अनुदार मानिन्छन् ।

सन् १९९७ जुलाई १ पछि सेवा निवृत्त गोरखाहरुलाई बेलायतले पेन्सन आम्र्ड फोर्सेस पेन्सनमा सार्ने कि गोरखा पेन्सन स्किममै राख्ने भन्ने दुई वटा विकल्प दिएको थियो ।

स्रोत gurkhavoice.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook