आदिवासी जनजाति साहित्यकार ङाग्वाङ वोसेर लामा ः बुद्धम शरणम् गच्छामि

विहिवार २८ फाल्गुन, २०७१   |   कला र साहित्य

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

आदिवासी जनजाति साहित्यकार ङाग्वाङ वोसेर लामा ः बुद्धम शरणम् गच्छामि

भिक्षु ङाग्वाङ वोसेर लामा ईश्वरको छुट्टै अस्तित्व स्वीकार गर्छन । भगवान बुद्ध अनिश्वरवादी भएका कारणले उनले ईश्वरको अस्तित्वमाथि प्रश्न गरेका होइनन् । बौद्धदर्शनको ज्ञान (परियति)लाई प्रतिपति र प्रतिवेद गरेर उनले यो घोषणा गरेका हुन् । स्वयंलाई एक ज्योति बनाउ, स्वयंमाथि विश्वास गर गौतम बुद्धले सम्यक संबोधि पश्चात् शिष्यहरुलाई दिनुभएको यो उपदेशले ङाग्वाङको मनमा गाढा प्रभाव परेको छ । त्यसैले उनले वुद्धको आष्टांगिक मार्ग अपनाएका छन् । सम्यक दृष्टि, सम्यक संकल्प ङाग्वाङको जीवन पद्धति हो । सम्यक, वाणिी, कर्मान्त, आजिविका, व्यायाम, स्मृेति र समाधिबाट नै दुःख निरोधको बाटो पाइन्छ बुद्धका चेतनावादी सदाचारका नियमप्रति प्रतिबद्धता व्यक्त गर्दै उनले भने ।

ङाग्वाङ वोसेर लामा तिनै दोलखाली धर्तीपुत्र शेर्पाका छोरा हुन् । जसले श्यामढुङगेको खर्कमा चौरी हेर्दै सुनौलो वाल्यकाल बिताएका थिए । उनका पिता पासाङ ञिमा र आमा किञ्जी ल्हामुको त्यो पुख्र्यौली पेसालाई सहयोगमा जीवन अर्पण गरिरहेका थिए । तर, अचानक एकदिन उनको अर्धचेतनाले ज्ञानको उज्यालो क्षितिज देख्यो । प्रज्ञाको विराट स्वरुपसँग साक्षात्कार भयो । त्यही चेतनाले उनी बुद्धले निर्वाण प्राप्तिका लागि घर छोडे झै चौरीगोठ छोडेर थोदुङ गुम्वामा शरण लिन पुगे । तिनै बालक आजका बुद्धदर्शनका विख्यात विद्धान र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं खेम्बो उपाधि प्राप्त व्यक्तित्व हुन् । जसले हिमाली क्षेत्रको भाषा र जनजागरणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

ङाग्वाङको पहुँच नेपाली, अंग्रेजी, हिन्दी, लामा, शेर्पा भाषासम्म छ । मूलतः उनले तिब्वतीयन (लामा) भाषा र संबोटा लिपिमा लेखिएका बहुमूल्य ग्रन्थलाई नेपालीमा अनुवाद गरेर प्रज्ञाको विराट ढोका नेपाली भाषीलाई खोलिदिएका छन् भने नेपाली भाषाका साहित्य, संस्कृति एवं अवधारणालाई तिब्वतीयन (लामा) भाषामा पु¥याउने काम गरिरहेका छन् । हिमाली च्यिपा गाक्ये (हिमाली शिशु उपहार) यस्तै उनको पहिलो र बहुचर्चित पुस्तक हो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा आएको सैतीसी वोधिचार्य अर्को महत्वपूर्ण कृति हो । न्यूग्छ्यू थोक्मे मुल लेखक रहेको सो पुस्तकले लामा भाषामा रहेको उन्नत साहित्यको परिचय नेपाली पाठकलाई गराउँछ ।

हिमालीमूलका तामाङ, शेर्पा, ह््योल्मो, गुरुङ, मगर, जिरेल, मनाङ, भोटे, थकाली, ल्होपा, मोन्पा, जनजातिका परम्परागत धार्मिक गतिविधि, सामाजिक रितिथिति, भाषा, लिपी, संस्कृति, कला, गीत तथा संगीत यही हिमाली लामा भाषामा संग्रहित छन् । हिमाली क्षेत्रका जनजातिको यो भाषा सम्पर्क भाषा हो । 

ङाग्वाङका अनुसार हिमालीमूलका तामाङ, शेर्पा, ह््योल्मो, गुरुङ, मगर, जिरेल, मनाङ, भोटे, थकाली, ल्होपा, मोन्पा, जनजातिका परम्परागत धार्मिक गतिविधि, सामाजिक रितिथिति, भाषा, लिपी, संस्कृति, कला, गीत तथा संगीत यही हिमाली लामा भाषामा संग्रहित छन् । हिमाली क्षेत्रका जनजातिको यो भाषा सम्पर्क भाषा हो । सोलुको शेर्पा र डोल्पाको ल्होपासँग सम्पर्क गर्दा यही भाषाको प्रयोग हुने गर्दछ । त्यसैले यो भाषा हिमाली मानिसहरुको भाषा हो । ङाग्वाङ भन्छन । तिब्बतमा यो भाषालाई उक्यद, भारतमा भोटिया (वोद्यिग), सिक्किमा सिक्किमे, भुटानमा जोङ्का (जोङस्कद) र नेपालमा लामा (छ्योइीयग) का नामले परिचित छ ।

हिमाली लामा भाषामा कंग्युर (वुद्ध वचन १४२ पोथी), तेङग्युर (२५५ ठेली) जस्ता बौद्ध बाङमयका असंख्य कृति रहेको यो भाषाको संरक्षण र सम्बर्धन गर्न राज्यको तर्फबाट विशेष पहल हुनुपर्ने पनि उनको सल्लाह छ । यो भाषामा रहेको व्याकरण, शब्दकोष, छन्द शास्त्र, ज्योतिष, कला, चिकित्सा, न्याय, ध्वनि, साधना, सूत्रविधालगायतका असंख्य ग्रन्थहरु नेपाली पाठकलाई परिचय गराउन सके ज्ञानको विशाल आकास उघ्रने उनको विचार छ । साझा भाषा, सम्पर्क र शास्त्रीय भाषाको सो भाषामा प्राथमिक तहदेखि उच्चशिक्षा समेत उपलब्ध हुने भएकाले संस्थागत प्रयासको अभाव रहेको उनी औल्याउँछन् ।

उनले संस्कृत र लामा भाषाबाट ल्हाल्य फुलज्यूङ्गी तोदपा (देवातिशय स्तुति), साङ् सेक्र्येम, देय उपदेय जस्ता सामाजिक जागरणको र कुन्जाङ लमी स्याललुङ जस्ता दर्शनका पुस्तक प्रकाशनमा ल्याएका छन् । यसबाहेक चित्त निवृत्ति, अन्तराभाव पनि ङाग्वाङको चर्चित पुस्तकको सूचिमा पर्दछन् । यी पुस्तक अंग्रेजी, नेपाली, लामा भाषामा छन् ।

ङावाङको मातृभाषा शेर्पा हो । शेर्पा भाषामा ङाग्वाङले कक्षा तीनसम्मको र ऐच्छिक विषयमा कक्षा नौ र दसको पाठ्यपुस्तक तयार गरेका छन् । शेर्पा नेपाली अंग्रेजी शब्दकोष प्रकाशोन्मुख भएकै बेला केही पुस्तकका तयारी सकिएको छ । हिमाल आरोहण एवं पर्यटन व्यवसायको क्षेत्रमा प्रभावशाली पहुँच रहेको शेर्पा जातिमा शिक्षाको लहर ल्याउन यी प्राज्ञिक चरणका कार्यले पनि ठूलो सहयोग मिल्ने अपेक्षा गरिन्छ । तिब्बती भाषा परिवारका शेर्पाहरुले संभोटा लिपीलाई प्रयोगमा ल्याएका छन् । शेर्पाहरुको जनसंख्या २०५८ को जनगणना अनुसार नेपालमा एकलाख ५४ हजार ६ सय २२ अर्थात कुल जनसंख्याको शुन्य दशमलब ६८ प्रतिशत रहेको बताइन्छ ।

रेडियो नेपालबाट प्रसारण हुने शेर्पा भाषाका उनी पहिलो समाचारवाचक र सम्पादक पनि हुन् । उनले शेर्पा जातिका लागि केही विद्यालय र गूम्बा पनि स्थापना गरेका छन् ।
तथागत गौतम वुद्धको बुद्धिवादी शिक्षा पद्धतिलाई उनले प्रारम्भमा रामेछापको थोदुङ गुम्बाट अनुशरण गरेका हुन् । त्यसपछि उनी गुम्देल छुवार गुम्बामा सरुवा भए । त्यहाँ दिफुक रिम्पोर्छेजस्ता विद्धान थिए । उनैको प्रेरणाबाट ङाग्वाङ वारणासी सारनाथको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको तिब्बती उच्च केन्द्रीय शिक्षालयमा कक्षा ९ मा भर्ना भए । सोही विश्वविद्यालयबाट बौद्धदर्शन साहित्यमा आचार्य गरे । शैक्षिक तहमा आचार्य गरेपछि उनले खेन्पो उपाधि पाए ।

शेर्पाहरुको जनसंख्या २०५८ को जनगणना अनुसार नेपालमा एकलाख ५४ हजार ६ सय २२ अर्थात कुल जनसंख्याको शुन्य दशमलब ६८ प्रतिशत रहेको बताइन्छ ।

गुम्बाको शिक्षा प्रणाली वैज्ञानिक नभएको उनको विचार छ । गुरुकुलको शिक्षा पद्दतिमा नै अगाडि बढिरहेको गुम्बा शिक्षालाई पाठ्यक्रम निर्धारण गरेर सरकारले शैक्षिक मान्यता दिनुपर्नेमा पनि उनको विशेष जोड छ । विश्वका अन्य मुलुकका बौद्ध संघसंस्था एवं सहलक्ष्य बोकेका शिक्षण संस्थाले मान्यता दिए पनि नेपालमा भने यसले सरकारी शैक्षिक मान्यता नपाएको उनले जानकारी दिए ।

रातो लुगा लगाउने बित्तिकै कर्मकाण्ड मात्र गर्ने वा जिम्बु बेच्दै हिँड्ने भोटेको रुपमा मात्र सम्झने नेपाली समाजको मानसिकतामा लामाहरुले सामाजिक संघर्ष गर्नुपर्नेमा उनी सहमत छन् । त्रिभुवन विश्वविद्यालयको कक्षा कोठामा विभिन्न विषय र भाषामा विद्यावारिधि गरेका विद्धानहरुमाझ ठिमाला जप्दै प्राध्यापन गर्न पस्दा उनीहरुले यस्तै अनुभूति व्यक्त गर्दै यस क्षेत्रमा पनि विद्धान रहेछन भनेको उनी सम्झन्छन । ङाग्वाङको कथन छ –‘कर्मकाण्ड गर्दै हिँड्ने लामा होइन, लामा पदवी प्राप्त गर्न ज्ञान र कर्मको ठूलो चक्रव्यूह पार गर्नुपर्छ । नेपालमा त्यस्ता लामा सायदै औलामा गन्न सकिएला ।’

बौद्ध साहित्य र विशेष गरेर लामा तिब्बतीयन भाषामा मिलारेप्पा, लोङछेपाजस्ता विद्धानहरु प्नि हाम्रै समाजमा छन् । जसले प्रज्ञा र करणाको तथागत सम्बोधि प्राप्त गरे । आचारगत आध्यात्मिक, बौद्धिक संसारको खोज गरेर दुनियाँलाई देखाए । उनी भन्छन वुद्धले महायान, हिनयान, वज्रयान सुत्र प्रतिपादन गरेका थिए । तिनै सुत्रलाई नागर्जुन, दिनानाथ, गजेन्द्र, धर्मकृति, शान्तिदेव, पद्यसम्भव जस्ता विद्धानले व्याख्या गरेर कृति फैलाएका छन् । त्यसलाई हामीले ज्ञानको समुद्र नै मान्नुपर्दछ ।

विनाय, शूत्रान्ध र अवधिम्भजस्ता त्रिपिटक दर्शनबाट प्रेरित र सम्पोषित बुद्धधर्मभित्र छूवाछूत एवं अन्याय, अत्याचार नभएको जिकिर उनले गरे । उनी भन्दै थिउ – ईश्वर पक्षपाती हुँदैन, छलकपटी पनि हुँदैन । जातभात पनि हुँदैन, निरपेक्ष, मणि, कल्पवृक्ष जस्तो । सबैका लागि सबै ठाउँमा । मान्छेले जे प्राप्त गर्दछ त्यो कर्मले प्राप्त गर्दछ । पञ्चशीलका सदाचार सन्देश ग्रहण गर्नु, नैतिक ज्ञान प्राप्त गर्नु र दुःख निरोधको उपायमा अगाडि बढ्न कसैका लागि अवसर र कु अवसरमा विभाजित गर्न सकिन्न । मूल कुरा सम्यक संकल्प हो ।
आफै स्वामी वन, आफै प्रकाश वनर आफ्नो लागि आफै गर भन्नु नै कर्म गर भन्नु हो भन्ने खेम्पो ङाग्वाङ राजधानीको बौद्ध स्तुपा अगाडि लोभ, मोह र क्रोधलाई परित्यक्त गर्दै वैवाहिक जीवनको संसारिक उल्झनबाट धेरै टाढा सम्यक समाधिमा काया, वेदना र चित्तलाई मन्त्रोचारणका साथ समर्पित गरिरहेका छन् । जुन ध्वनि टाढासम्म गुञ्जिन्छ –

बुद्धम् शरणम गच्छामि
धम्मम् शरणंम गच्छामि
संघम् शरणंम् गच्छामि... ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook