उपनिवेशवादी शिक्षाले जन्माएको परिणाम र आदिवासी जनजातिको दृष्टिकोण

शुक्रवार ०६ चैत्र, २०७१   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

उपनिवेशवादी शिक्षाले जन्माएको परिणाम र आदिवासी जनजातिको दृष्टिकोण तस्वीर स्रोत: childrightsconnect.org

एक वर्षको लागि हो भने धान रोप,
एक दशकको लागि हो भने रुख लगाऊ
एक शताब्दिको लागि हो भने जनतालाई शिक्षित गर ।
–चिनीया उखान

‘धेरै पढेपछि मान्छे बौलाउँछ भन्थे, हो रहेछ क्यार ! यो पढेको मान्छे झन मुर्ख हुँदा रहेछन् । भनेको नसुन्ने, नमान्ने ।’ यो गुनासो यत्रतत्र यथावत सुनिएकै छ । र, हामी पनि अन्यौल हुन्छौं‘’ हिजोआज कतिपय राजनीतिकर्मीहरुको आरोप पनि छ, ‘यो देश बिगार्ने भनेको विद्यावारिधीधारी विद्वान (डाक्टर) हरु हुन् ।’

यी सबै अन्यौलता भनेको हामीलाई दीक्षित गरिएको शिक्षा नीति, पद्धति, पाठ्यक्रम विकास, पाठ्यपुस्तक लेखन, र हामीलाई प्रशिक्षित गराउने महान् गुरुहरुको देन हो । कसरी भन्ने प्रश्नको जवाफ खोज्न वर्तमान आधुनिक शिक्षाको जग उत्खनन् गरेर हेर्नु पर्ने हुन्छ । नेपालमा सर्वप्रथम स्थापित भोजपुर दिङ्लाको पाठशाला संस्कृत भाषा र हिन्दू मूल्य–मान्यता, आस्थाको प्रवद्र्धन गर्नु मुल उद्देश्य थियो भने दरवार हाई स्कुल, इस्ट ईण्डिया कम्पनीको गभर्नर जनरल लर्ड विलियम वेन्टिक (१८२८–३५) द्वारा गठित एक शिक्षा कमिटीमा लर्ड मेकलेले पेश गरेको अंग्रेजी माध्यम शिक्षा पद्धति प्रस्तावको हुवहु छायाँप्रति थियो ।

सन् १८३५ मा इष्ट इण्डिया कम्पनीमा पारित लर्ड मेकलेको अंग्रेजी माध्यम शिक्षाको मुल उद्देश्य, १) भारतीय सस्तो जनशक्ति उत्पादन गर्नु, २) ब्रिटिश उपनिवेशलाई स्वीकार गराउनु, ३) क्रिश्चियन धर्म प्रचारप्रसार गर्नु र ४) भारत वर्षीय परम्परागत मुल्य–मान्यता, संस्कार–संस्कृतिलाई निमिट्यान्न गर्नु थियो, जुन उद्देश्यलाई गभर्नर जनरल लर्ड डलहौजी (१८४८–५६) को वुड आयोगले गरेको सिफारिसमा १८५४ मा भारत भरि व्यापकरुपमा प्रचारप्रसार तथा कार्यन्वयन गरियो । जुन शिक्षा पद्धतिले भारतीय जनतालाई वर्ण र वंशको हिसावले मात्र भारतीय विचार, ज्ञान र चिन्तनको हिसाले पाश्चात्य बनायो । यही शिक्षा पद्धतिले अहिलेसम्म पनि दक्षिण एसियाभरि प्रभुत्व जमाइरहेको छ ।

एक वर्षको लागि हो भने धान रोप,
एक दशकको लागि हो भने रुख लगाऊ
एक शताब्दिको लागि हो भने जनतालाई शिक्षित गर ।
–चिनीया उखान

यो रोगले तत्कालीन विश्वको एक मात्र प्राचीन इश्वरीय विशाल राज्य चीनलाई पनि छोयो । बढ्दै गएको १४औं–१५औं शताब्दीताका ब्रिटेनमा भएको पुनःजागरणले युरोपलाई औधोगिक क्रान्ति ल्याउन बल पुराएपछि विस्तारै साम्रज्यवादी सोँचको विकास गरायो । जसको कारण आफ्नो व्यापार विस्तारको लागि शक्ति प्रयोग गर्न थाले र औपनिवेश स्वीकार गराउन मानिसको आस्था र विचारमै आक्रमण गर्नु पर्ने भयो । यसैले विदेशीहरुको लागि कठोर नीति लिएको चीनलाई पनि तत्कालिन चिनीया मुल्य–मान्यता बोकेको कन्फ्युसियस (६५१–४६९ इ.पू.) को शिक्षापद्दतिलाई त्यागेर सन् १८९८ मा पाठ्यपुस्तकमा आमूल परिवर्तन गर्न वाध्य पारियो र १९०५ सेप्टेम्बर २ मा चीनको शिक्षा पद्धतिलाई पुरै परिवर्तन गराइयो । चीनका शिक्षक तथा स्वास्थ्यकर्मीहरुका सम्बन्धमा इतिहासकारहरु लेख्छन् – शिक्षक तथा स्वास्थ्यकर्मीहरु पहिला इसाई धर्म प्रचारक हुन्थे अनि मात्र शिक्षक र स्वास्थ्यकर्मी ।
जापानमा पनि इदो शासनकाल १६०३–१८६७ मा व्यापकरुपमा प्रचलित तेराकोया विद्यालयको बदलामा मेइजी शासनकालमा सन् १८७२ मा परम्परागत शिक्षा पद्धतिमा पुरै आधुनिकीकरण गरियो ।

नेपोलियन बोनापोर्ट (१७६९–१८२१) को शैक्षिक सुधारका कारण तत्कालीन समयमा युरोपको साँस्कृतिक केन्द्र मानिएको फ्रान्स सन्सारका सबै मुलुकको आधुनिक शिक्षा पद्धतिको जग थियो । धर्म, कानुन, चिकित्सा, विज्ञान तथा साहित्य गरी पाँच क्षेत्रमा शिक्षा दिइने शिक्षा पद्धतिको लक्ष्य युद्धको लागि सैनिक बलको विकास गर्नु र फ्रान्सको औपनिवेशिकता सबैलाई स्वीकार गराउनु थियो ।

तत्कालिन युरोपियन मुलुकको उद्देश्य आफ्नो व्यापार विस्तारको लागि नयाँ मुलुकलाई उपनिवेश बनाउनु थियो । जसका कारण शुरुमा मानिसको दैनिक आवश्यकीय वस्तु र सेवामा व्यापारिक कब्जा जमाउने त्यसो गर्न नसके जालझेल गरेर सम्बन्धित मुलुकको जनतालाई कुलतमा फसाउने (चीनको अफिम युद्ध यसको बलियो उदाहरण हो ।), उनीहरुको आस्था र मुल्यमान्यतामा अतिक्रमण गर्ने र अन्तमा राष्ट्र कब्जा गरेर इतिहासबाट विलीन बनाउने, नसके उपनिवेश बनाइ राख्ने, शोषण गरी राख्ने आम युरोपियन गोरा इसाईहरुको लक्ष्य थियो । जसको अवशेष अभैm पनि हरेक मुलुकमा छँदै छ ।

यही युरोपियन गोरा इसाईको सिको गर्दै नेपालका हिन्दु मुल्य–मान्यता बोकेका शिक्षाविद् तथा विद्वान भनौदाहरुले बनाएको नेपालको शिक्षा नीतिले गर्दा जातियताको देखाइमा नेपाली वा आदिवासी जनजाति भए पनि ज्ञान–विज्ञान, विचार, र दृष्टिकोण कि त युरोपियन गोरा क्रिश्चियनको छ, कि त भारतीय हिन्दुको । यसैले पढे, लेखेकाहरुबाट आमाबुबा, बजुबाजेले जे आस गर्छन् वा समाजले जे आशा गरेको हुन्छ त्यो पाउँदैनन् र पढेलेखेका मानिसहरुलाई मुर्खको संज्ञा दिन वाध्ये हुन्छन् । यो कटु यथार्थ हो ।

आदिवासी जनजाति दृष्टिकोण

शिक्षालाई विभिन्न किसिमले परिभाषित गरिन्छ । शिक्षाशास्त्रीको दृष्टिकोणमा शिक्षा सिक्नु सिकाउनु हो अर्थात् मानिसलाई शिक्षित बनाउनु हो भने सामाजशास्त्रीय दृष्टिकोणमा समुदायको संस्कार, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो । शिक्षालाई जे जसरी व्याख्या र परिभाषा गरे ता पनि जुनसुकै राज्यको औपचारिक वा अनौपचारिक शिक्षाको उद्देश्यको आ–आफ्नै स्वार्थ हुन्छन् । सत्ता टिकाउने, शक्ति सञ्चय गर्ने र अन्य समुदाय, जाति र राष्ट्रलाई उपनिवेश बनाउने लक्ष्य नै वर्तमान आधुनिक शिक्षा पद्धतिको मुख्य उद्देश्य रहेको देखिन्छ । फरक यत्ति हो हिजो शक्ति प्रयोग गरिन्थ्यो अहिले बुद्धि प्रयोग गरिन्छ (जस्तै ः सचेतना, संस्थागत सुदृढीकरण, संरक्षण, विकास, सहयोग, सहकार्य, समावेशी, सहभागीता, समानुपातिक, समाज सेवा, मनोरञ्जन, सुविधा, बाल शैक्षिक सामग्री सहयोग आदि इत्यादि) ।

मूलभूत रुपमा परिवारले, समाजले के अपेक्षा गर्ने त भन्ने प्रश्नले शिक्षाको उद्देश्य निर्धारण गर्ने कुरो हो । तर नेपालको शिक्षाको उद्देश्य, नीति, पद्धति, पाठ्यक्रम विकास, पाठ्पुस्तक निर्माण र शिक्षक उत्पादन पनि राज्यको सत्तामा कुन वर्ग वा जातिको हालीमुहाली छ उसैको आस्था, मुल्य–मान्यतामा भर परेको देखिन्छ । भन्न त बहुदलीय पद्धति भनिन्छ तर त्यो पद्धतिले केही काम गर्दोरहेन छ भन्ने बलियो प्रमाण नेपालको शिक्षा नीतिलाई पुनरावलोकन गरेर हेरे काफी हुने छ ः–

१. अझसम्म एक हो ‘गोर्खा भाषा’ को सर्व–व्यापकता हुन सकेको छैन, किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बु, सुनुवार, दनुवार, थारु प्रवृतिका जंगली भाषाहरुले पनि आफ्ना जन्मस्थानलाई एकदम छाड्न सकेका छैनन् । जहाँसम्म एक मात्र ‘गोर्खा भाषा’ ले अरु सबै जंगली भाषालाई  अर्ध–चन्द्र (गलहती) लगाउन्न, त्यहाँसम्म ‘गोर्खा भाषाको उन्नती हुन्छ’ भन्नु र ‘मुख्य भाषा कहिन योग्य छ’ भन्नु केवल मनोलड्डु मात्र हो । –कृष्णचन्द्र अर्याल व वैद्यनाथ जोशी (सेढाई) गोर्खा भाषा, गोर्खा एजेन्सी कार्यालय, नेपाल, वैशाख १९७४(ई.१९१७)

आधुनिक शिक्षा भनिएका सन्सारका विकासोन्मुख देशहरुका शिक्षाहरु सबै उपनिवेशवादी शिक्षा पद्धतिमा आधारित देखिन्छ । जुन जुन देश विकासित छन् उनीहरुकै विचार, आस्था सिद्धान्तलाई प्रवद्र्धन गर्न पाठ्यक्रम निर्माण हुन्छन् । पाठ्यपुस्तक छापिन्छन् । गुणस्तरीय शिक्षाको नाममा अहिले नेपालका विद्यालयमा कि त हिन्दु मूल्य–मान्यतालाई प्रवद्र्धन गर्न कि त इसाई धर्मको प्रवद्र्धन गर्न पाठ्यपुस्तक पढाइ हुन्छन् वा कार्यक्रम गरिन्छन् । 

२) तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाज्यु–भाई छन् ।
ती तेही रही बाचुन, हुनु पर्दैन सभ्य ती ।।
अयोग्य, मतुवाली र पाखंडी, नीच, निर्दयी ।
पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउँछ ।।
बाहुन–क्षत्रिर्यबाट मन्त्री मण्डल जोरनू ।
त्यस्तै मन्त्रि लिई रक्षा गरनू राज्यको संधै ।।
– राममणि आ.दी. (हिमाल खबरपत्रिकाका प्रकाशक, कनकमणिका बाजे), भलोकुराको नमूना, काठमाडौं, २०१० साल (१९५२÷५३), पाना १२८

यही सुझावका आधारमा २०२८ सालसम्म हिन्दू धर्मलाई प्रवद्र्धन गर्ने पाठ्यपुस्तक पढाइयो । तत् पस्चात हुवाहु लर्ड मेकलेको शिक्षा पद्धतिलाई पच्छाइयो । जहाँ ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ नारा सहित एक भाषा, एक जाति, एक देश, एक भेष, एक संस्कृति, एक धर्म राष्ट्रिय नीति अनुसार सबै बालबालिका जातिहरुलाई राष्ट्रिय मुलप्रवाहमा मिसाउने उद्देश्यले शिक्षालाई महत्वपूर्ण माध्यमको रुपमा प्रयोग गरेर आम आदिवासी जनजातिको मुल्य–मान्यता र अभ्यासलाई निमिट्यान्न पार्ने, मास्ने काम गरियो ।

यसरी नै आधुनिक शिक्षा भनिएका सन्सारका विकासोन्मुख देशहरुका शिक्षाहरु सबै उपनिवेशवादी शिक्षा पद्धतिमा आधारित देखिन्छ । जुन जुन देश विकासित छन् उनीहरुकै विचार, आस्था सिद्धान्तलाई प्रवद्र्धन गर्न पाठ्यक्रम निर्माण हुन्छन् । पाठ्यपुस्तक छापिन्छन् । गुणस्तरीय शिक्षाको नाममा अहिले नेपालका विद्यालयमा कि त हिन्दु मूल्य–मान्यतालाई प्रवद्र्धन गर्न (सरकारी विद्यालयका पाठ्यपुस्तकहरु, वेदविद्याश्रम, नेपाल संस्कृत विश्वविद्यालय) कि त इसाई धर्मको प्रवद्र्धन गर्न पाठ्यपुस्तक पढाइ हुन्छन् वा कार्यक्रम गरिन्छन् । निजी विद्यालय, महाविद्यालयमा त भारतीय पुस्तकहरुले राम्रै व्यापार गरेका छन् । (जस्तो कि सेन्ट जेवियार, सेन्ट मेरिज, डिएबि स्कूल, आलोक विद्याश्रम, चाँदबाग) । यी यस्ता शैक्षिक कार्यक्रम हिन्दूधर्मावलम्बिहरु र इसाईहरुका लागि त सुहाउँदिलो होला तर आदिवासी जनजातिको लागि भने घातक बनेको छ ।

 

यसर्थ आदिवासी जनजाति को दृष्टिकोणमा पाठ्यक्रम विकास र पाठ्यपुस्तकका विषयवस्तुभित्र जातीय तथा साँस्कृतिक पहिचान, इतिहास, भाषा र मूल्य–मान्यता समावेश हुने गरी आदिवासी जनजाति को सक्रिय सहभागितामा विद्यालयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको पुनरावोलकन र संशोधन गरी समावेश गर्नु पर्ने देखिन्छ ।

आदिवासी जनजातिहरुलाई शिक्षामा व्यक्तिगत अधिकार र आवश्यकता बाहेक उनीहरुको पृथक इतिहास, संस्कृति, मूल्य, भाषा, ज्ञान, जीवकोपार्जनका रणनीति र सिकाईका तरिकालगायत ती ज्ञानलाई भावीपुस्तामा हस्तान्तरण गर्ने चाहनामा आधारित सामुहिक शिक्षाको अधिकार र आवश्यकतालाई विशेष व्यवस्था गर्नु पर्ने देखिन्छ ।

राज्यले आदिवासी को आफ्नै संस्कृति, जीवन जिउने तरिका, परम्परा, चालचलनको प्रवन्ध र विकास, र उनीहरुको आफ्नै पहिचान, संस्कृति, संरचना र परम्परासँगै राष्ट्रिय समाजको हिस्साका रुपमा कायम राख्न पाउने अधिकारलाई प्रवद्र्धन र सम्बद्र्धन गर्न आदिवासी जनजातिको लागि उनीहरुकै सहयोगमा उनीहरुका विशेष आवश्यकता सम्बोधन गर्न शैक्षिक कार्यक्रम विकास र कार्यान्वयन गरिनुपर्दछ ।

राज्यले आदिवासी को आफ्नै संस्कृति, जीवन जिउने तरिका, परम्परा, चालचलनको प्रवन्ध र विकास, र उनीहरुको आफ्नै पहिचान, संस्कृति, संरचना र परम्परासँगै राष्ट्रिय समाजको हिस्साका रुपमा कायम राख्न पाउने अधिकारलाई प्रवद्र्धन र सम्बद्र्धन गर्न आदिवासी जनजातिको लागि उनीहरुकै सहयोगमा उनीहरुका विशेष आवश्यकता सम्बोधन गर्न शैक्षिक कार्यक्रम विकास र कार्यान्वयन गरिनुपर्दछ ।

शैक्षिक कार्यक्रमका जिम्मेवारीलाई प्रगतिशील रुपमा आदिवासी जनजाति आपैंmमा हस्तान्तरण हुनुपर्छ । गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रममा आदिवासी को शिक्षकको भर्ना, नियुक्ति र परिचालनका लागि नीति तथा रणनीतिको विकास आवश्यक प्रारम्भ विन्दु हो, यसैले शैक्षिक पूर्वाधारको विकासलाई सहयोग गर्ने खालका कार्यक्रमले विभिन्न साँस्कृतिक सन्दर्भअनुसार विद्यालयको ढाँचामा विविधिकरण गरिनुपर्दछ ।

राष्ट्रिय वृहत्तर समाजको आकार दिन आदिवासीको सामान्य ज्ञान र सीपमा पहुँच पुराउन पूर्ण सहभागितामुलक अन्तर साँस्कृतिक शिक्षा लागु हुनुपर्दछ । वृहत्तर राष्ट्रिय समाजमा थोरै र शैक्षिकरुपमा वञ्चित आदिवासी जनजातिहरुले आफ्नो मातृभाषा गुमाउनुपर्ने जोखिम छ । यसैले उनीहरुको भाषा संरक्षण गर्न विशेष शिक्षा कार्यक्रम बनाई उनीहरुकै भाषामा अक्षर, व्याकरण, शब्दकोष र शैक्षिक सामाग्रीहरुको उत्पादन गरी द्विभाषे शिक्षा प्रदान गरिनु पर्दछ ।

आदिवासी बालबालिकाहरुले आफ्नो मातृभाषा, आफु रहेको समुदायले साझारुपमा बोल्ने भाषा लेख्न, पढ्न पाउनुपर्दछ । यसको लागि उनीहरुकै शिक्षक संख्या बढाउन र ती समुदायमा शैक्षिक कार्यक्रम तथा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पर्याप्त आर्थिक तथा र्भाैतिक स्रोत र मानव संसाधनको व्यवस्था राज्यले प्रभावकारी ढंगले गर्नुपर्दछ । शिक्षामार्पmत विभेद र दुराग्रह हटाउन आदिवासीको परम्परागत वा प्रतिनिधिमूलक संस्थामार्पmत जनचेतना, शिक्षक लगायत अन्य विभिन्न तालिम दिने व्यवस्था मिलाइनुपर्दछ ।

यो पहिलो भाग हो । दोस्रो भाग अर्कोदिन छापिने छ। 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook