महाभूकम्पको स्मृति महिना दिनपछि

मंगलवार १२ जेष्ठ, २०७२   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

गोबिन्द छन्त्याल

गोबिन्द छन्त्याल

काठमाडौ, नेपाल

महाभूकम्पको स्मृति महिना दिनपछि

विक्रम सम्वत्को पहिलो महिना, वैशाख । सम्वत् २०७२ को नयाँ सालको शुरुवाती महिना । स्वभाविक रुपले बहुलतायुक्त नेपालीमा नयाँ उमङ्ग, उत्साह र आसा थियो । तर, सम्वत् २०७२ वैशाख १२ गते अपरान्ह ११ः५६ बजे । शनिवारको दिन । नेपालको भूकम्पीय इतिहासमा दोस्रो ठूलो धक्का । पृथ्वी नारायण शाहले आधुनिक नेपालको निर्माणका लागि आन्तरिक औपनिवेशिकरण मोडेलले बिस्तार थालेको गोर्खा भूमि भूकम्पको केन्द्रबिन्दु । साबिकको गोर्खा जिल्लाको बार्पाक गाविस केन्द्रबिन्दु । ७.६ एम.एम.एस.को विनाशकारी महाभूकम्प । 


अप्रिय चर्चा÷परिचर्चा


महाभूकम्प गएको पनि एक महिना बितिसकेको छ । यो बिचमा ४ एम.एम.एस.भन्दा ठूला पराकम्पनहरु २ सय नाघिसकेको छ भने ५ एम.एम.एस.भन्दा ठूला ३० नाघिसकेका छन् । भूकम्पले सामान्य जीवनको दैनिकीमा परिवर्तन ल्याइदियो । खुला आकास संसार भयो । खाली स्थान र चौरहरु बासस्थान भए । पाल घर भए । विध्वंसकारी भूकम्प गएको १८ दिनपछि वैशाख २९ को ६.९ एम.एम.एस.को शक्तिशाली पराकम्पनले जर्बजस्ती रुपले सामान्यतिर फर्कने कर्सरत गरिरहेका नेपाली जनलाई थप डर, त्रास र सन्त्रास थपिदियो । बितेको एक महिना घरपरिवारदेखि सार्वजनिक क्षेत्र, चोक, पसल, कार्यालय आदिमा भूकम्पभन्दा अलग गफ र बहसको विषय बनेको छैन । मन, मस्तिष्कबाट जति गर्दा पनि डर, त्रास हट्न हटाउन नसकिएको अवस्था छ । मानसिक रुपले भूकम्प पूर्वको अवस्थामा फर्किन मुस्किल भइरहेको छ । विस्थापितहरु अभैm पाल, त्रिपाल मुनिको बास छ । घरमा बसिरहेकाहरु पनि पलपलको त्रासमा बाचिरहेका छन् । सञ्चार माध्यमहरु र सामाजिक सञ्जालका भित्ताहरु सबका सबमा भूकम्पकै विषद् चर्चा परिचर्चा गरिदैँ छ । यो प्रक्रिया निरन्तर चल्ने छ । फरक यत्ति हो कम र वेसी । यो विनासकारी भूकम्पलाई अनुभव गरेका पुस्ताको अन्त्य नहुन्जेल गहिरो बहसको विषय बन्ने निश्चित छ ।

पछिल्लो सरकारी आँकडाअनुसार १२ वैशाखको भूकम्प र र २९ को पराकम्पने करिब ९ हजारको सङ्ख्यामा ज्यान गएको छ । करिब १७ हजारको सङ्ख्यामा अङ्गभङ्ग र घाइते भएका छन् । करिब ४ लाख ९० हजार निजी घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ६० हजार भन्दा बढी घरहरु आंशिक क्षति पुगेका छन् । करिब १० हजार ७ सयको हाराहारीमा सरकारी भवनहरुमा पूर्ण क्षति पुगेको छ भने १५ हजारभन्दा बढीमा आंशिक क्षति पुगको छ । करिब ७ लाख भन्दा बढी मानिसहरु बिस्तापित भएका छन् । चार सयको हारहारीमा मानिसहरु अभैm हराइरहेको बताइएको छ । यो बढ्ने क्रम जारी छ ।

भूकम्पले अर्थतन्त्र तहसनहस बनाएको छ । मुलुकको समृद्धि र विकास करिब २० वर्षपछि धकेली दिएको भनिन्छ । करिब १० खर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । अर्थतन्त्रका जगहरु कृषि, स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन सबै क्षेत्रमा खैलाबैला मच्चिएको छ । 

भूकम्पले अर्थतन्त्र तहसनहस बनाएको छ । मुलुकको समृद्धि र विकास करिब २० वर्षपछि धकेली दिएको भनिन्छ । करिब १० खर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । अर्थतन्त्रका जगहरु कृषि, स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन सबै क्षेत्रमा खैलाबैला मच्चिएको छ । सरकारले गोर्खा, लम्जुङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, धादिङ, मकवानपुर र सिन्धुली गरी १४ जिल्लाहरुलाई अति प्रभावित जिल्लाको रुपमा घोषित समेत गरेको छ । यसबाहेक ३ दर्जन जति जिल्लाहरुमा प्रत्यक्ष प्रभाव पारेको छ ।

भूकम्प गए पछिको पहिलो फेज उद्धारमा सम्बन्धित स्थानका स्वतस्पूmर्त सामुहिक जनहरु, स्थानीय संघसंस्थाहरु र क्लबहरुको भूमिका सबभन्दा उच्च र सम्मानयोग्य देखियो । दोस्रो फेजको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी (सशस्त्र र जनपद)ले प्रशंसनीय कार्य गरे । उद्धारकै फेजमा विदेशबाट आएका तालिम प्राप्त व्यक्तिहरुले सराहनीय कार्य गरे । तेस्रो फेज राहत सहयोगमा सरकारका निजामति र अन्य कर्मचारीहरु, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरु, सामाजिक संघसंस्थाहरु, विदेशस्थित संघसंस्थाहरुको अनुहार देखियो । बन्द हड्तालमा तछाडमछाड गर्ने ठूला भनाउँदादेखि साना दलहरु सम्मले आप्mनो दलको समिति वा संयन्त्रहरुलाई संगठित रुपले शुरुवाती चरणमा परिचालन गरेको पटक्कै देखिएन । तीन हप्ता बिति सकेपछि बल्ल संगठित रुपले पुनस्र्थापनाका लागि स्वयम्सेवी रुपमा अस्थायी बास, तहरा, पाल निर्माणमा सहयोग कार्य थालेका छन् । सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुको द्रुततर कार्यले उद्धार र राहत सहयोगमा निश्चय नै प्रभावकारी भूमिका खेले । जसले क्षति कम हुन अप्रत्यक्ष सहयोग गरे ।

सरकार र राजनीतिक दलका शिषस्र्थ नेताहरु यस महाविपत्तिमा पनि आलोचनाको तारो बने । फेरि पनि राजनीतिक दलहरु जनताको मन जित्न चुकेका छन् । नेपाली जनताको मन जित्न कैयौं पटक चुकेको इतिहासलाई राजनीतिक दलहरुले फेरि पुनरावृत्ति गरे । यस्तो विषम् परिस्थितिमा पनि संसदको बैठक बस्न १२ वैशाख पछिको १३ दिन कुर्नुप¥यो । महाभूकम्पले पु¥याएको धनजनको क्षतिको उद्धार, राहत, पुनस्र्थापना र पुनःनिर्माण गर्न संसदले १८ दिनपछि मात्र संकल्प प्रस्ताव पास गरेको छ । सरकारी कर्मचारीहरुप्रति जनताको विश्वास र भरोसा पहिलेभन्दा कत्ति पनि बढ्न सकेन । यस्तो महाविपत्तिका बेला नेपालका कर्मचारीहरु उही पुरानै धर्राको कर्मकाण्डी प्रक्रिया पु¥याउनुपर्ने ध्याउन्नमै छन् । विशेष परिस्थितिमा ऐन, नियम र प्रक्रियाहरु गौण हुन्छन् व्यवहारिक पक्ष प्रमुख हुन्छन् भन्ने कुरामा ध्यानै पुग्न सकेको देखिदैन । राहत सहयोगका लागि पटकौंपटक, ठाउँठाउँ धाउनुपर्ने सास्ती पीडित जनले भोगिरहेका छन् । कर्मकाण्डी प्रक्रियाका कारणले गर्दा राहत सहयोग पाउनुपर्ने बेला दुःख, सास्ती, झन्झट, थप पीडा र आहत पाएको अनुभूति ज्यादा छ । काकाकुल जनताको आसा निरासामा परिणत हुने त होइन भन्ने डर बढ्ने संकेत देखिएको छ ।

भूकम्प पीडित जनलाई उद्धार, राहत सहयोग, अस्थायी वासस्थान र पुनस्र्थापनाका विषयले राष्ट्रिय अन्र्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ । ४० भन्दा बढी देशहरुले नेपाललाई सहयोग गर्ने वचन दिएका छन् । संसारभरका नेपालीहरु भूकम्प पीडितहरुको सहयोगमा दिलोज्यान लगाएर कस्सिएका छन् । देशभित्र र देशबाहिर जताततै भूकम्प पीडितलाई सहयोगका लागि जुटिरहेका छन् । डलरका डलर सहयोग रकम नेपाल भित्रिने भो भनेर कतिपय भूकम्प पीडित दङ्ग परे होलान् । तर पीडितका लागि ‘हात्ति आयो, हात्ति आयो फुस्स’ भन्ने नेपाली उखानभन्दा नयाँ हुन सकेन र हुने कुरा पनि थिएन ।

बिर्सनै नसक्ने पीडा

नेपालमा भुइँचालोले अकल्पनीय विनास निम्त्याएको छ । अतुलनीय र विर्सनै नसक्ने पीडा दिएको छ । मानवीय र भौतिक रुपले ठूलो र दुःखद क्षति पु¥याएको छ । संसारको ध्यान नेपाली भूमितिर आकर्षित गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक र सामरिक महत्व र गौरवहरुलई खण्डहर र उजाड बनाएको छ । सम्पदाका धरोहरहरु ध्वस्त बनाएको छ । नेपालीको प्रगति र विकासको सपनालाई अवरोध खडा गरिदिएको छ । समग्र नेपालीलाई भाव विह्वल बनाएको छ । हजारौं नेपाली आमाका कोखहरू रित्याइदिएको छ । हजारौंलाई टुहुरो बनाएको छ । लाखौलाई घरबारविहिन र विस्थापित बनाएको छ । करोडौंमा डर, त्रास र सन्त्रास पैmलाइदियो । भूकम्प स्वयम् निर्दयी बन्यो । जो कतिपयले देख्यौं । कतिपयले सुन्यौं । कतिपय हामीले आपैm भोग्यौं । कतिपय प्रत्यक्षदर्शी साक्षी बन्यौं ।

नेपालमा भुइँचालोले अकल्पनीय विनास निम्त्याएको छ । अतुलनीय र विर्सनै नसक्ने पीडा दिएको छ । मानवीय र भौतिक रुपले ठूलो र दुःखद क्षति पु¥याएको छ । संसारको ध्यान नेपाली भूमितिर आकर्षित गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक र सामरिक महत्व र गौरवहरुलई खण्डहर र उजाड बनाएको छ । सम्पदाका धरोहरहरु ध्वस्त बनाएको छ । नेपालीको प्रगति र विकासको सपनालाई अवरोध खडा गरिदिएको छ । समग्र नेपालीलाई भाव विह्वल बनाएको छ । हजारौं नेपाली आमाका कोखहरू रित्याइदिएको छ । हजारौंलाई टुहुरो बनाएको छ । लाखौलाई घरबारविहिन र विस्थापित बनाएको छ । 

यसरी विनासकारी भूकम्पले देशलाई शोकमा डुबायो । संसारभरका नेपालीहरूको धड्कन एक पटक टक्क रोकिदियो । कसको मन रोएन होला । कसको आँखा रसाएन होला । कसको धड्कन बढेन होला । हेर्दाहेर्दै गगनचुम्बी घर वा भवनहरू भत्किए । घर छेउँकै छिमेकी पुरिए । आप्mनै बाआमा, छोराछोरी गुमे । नातासम्बम्धका इस्त्रमित्र गुमे । कतिपय हामीले आप्mनै आँखा अगाडि दारुण पीडा देख्यौं । जसको हामी शब्दमा उन्नै सक्दैनौ । केवल अनुभव मात्रै गर्न सक्छौं । मन, मस्तिष्क र आँखावरिपरि दारुण तस्वीरहरू अभैm घुमिरहेका छन् ।

भूकम्पले धनी मानेन, गरीब भनेन । ठूलो मानेन, सानो भनेन । बृद्ध मानेन, बच्चा भनेन । वर्ण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग छुट्याएन । कसैलाई विभेद गरेन । कसैलाई दया, माया गरेन । निर्दयी बन्यो । सबका सब बहुलतायुक्त नेपालीजनलाई हल्लाइदियो । तहसनहस बनाइदियो । सबैमा पीडा, आँसु र रोदन दियो ।

संयमताको बाटो ः सामाजिक पुँजी

मुलुक यतिबेला शोकमा डुबेको छ । तपाइँ हामीले यो राष्ट्रिय महाविपत्तिलाई सामना गर्नुको विकल्प छैन । यस राष्ट्रिय विपत्तिबाट शिक्षा लिनु नै अहिलेको आवश्यकता हो । शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ । यस विपत्तिमा आप्mनो तर्पmबाट जेजति सक्छौं त्यो गर्नु हो । मेरा इस्त्रमित्र, नातागोटा सकुशल छन् भनेर ढुक्क हुने समय होइन । अहिलेको समय भनेको हात बाँधेर बस्ने समय कदापि पनि होइन । यस्तो विपत्तिमा मनैदेखि जेजति सकिन्छ त्यो सहयोग गर्ने अवस्था हो । सिङ्गो मुलुकले संयमतापूर्वक सामना गर्नुपर्छ । शोकलाई शक्तिमा बदल्नुपर्छ ।

आप्mनो गाउँ, ठाउँ, क्षेत्र, समाज आपैm बनाउने हो । अरुको भर परेर बस्ने बेला हुँदै होइन । सम्वत् १९९० को महाभूकम्पका इतिहासका राम्रा पक्षलाई आत्मसात गरेर पुननिर्माणमा जुट्ने समय हो । भूमण्डलीकरणको आजको युगमा विदशी छिमेकी मुलुकहरुको सहयोग त चाहिन्छ नै । तर त्यसमा मात्र भर पर्नु हुँदैन । नेपालको परराष्ट्रको इतिहास र भूराजनीतिक अवस्थालाई ख्याल भने गर्नैपर्छ । परनिर्भरताले आपैm गर्न सक्छौं भन्ने उर्जा र स्वाभिमानलाई कमजोर बनाउँछ । नेपाली राज्यसरकारको ताकत नेपाली जनतालाई राम्रैसँग हेक्का छ, त्यसैले सरकारको मात्र मुख ताकेर पनि बस्न हुँदैन । राज्यसरकारले राहत सहयोग गर्नै सक्तैन भन्न खोजिएको होइन । तर सरकारको आस र विश्वासले मात्रले यतिबेलाको विपत्ति तर्नेवाला छैन ।

महाभूकम्पले अर्थतन्त्र भत्काइदियो होला, नेपालीको मन, मस्तिष्क हल्लाइदियो होला । तर नेपाली समाजको जग, आदिवासी मूल्य र मान्यताहरु भत्केका छैनन् र भत्काइदिएको छैन । त्यसैको आधारमा राष्ट्रको निर्माण सम्भव छ । भूकम्पले ल्याएको कम्पनले प्रत्येक जनजनको चिन्तनमा कम्पन आउन जरुरी छ । अनि मात्र बन्छ समावेशी विकास र शक्ति निक्षेपणसहितको समृद्ध नेपाल ।

नेपाली समाजमा लामोसमयदेखि विद्यमान रहेको सामाजिक पुँजीको सहाराले मात्र यो विपत्ति र भोलिको सम्भावित प्रकोपलाई सामना गर्न सकिन्छ । त्यो पुँजी भनेको आपसी विश्वास, सामुहिक हित, सामाजिक सुरक्षाको मान्यता र सञ्जाल हुन् । मानवशास्त्री सुरेश ढकाल उल्लेख गर्छन्, ‘भौगोलिक, सामाजिक, सांस्कृतिक समूहबीच फरक–फरक शैली र संरचनाका सामाजिक सुरक्षा सञ्जालको अस्तित्व भेटिन्छ । आमा समूह, पर्मा–परेली, खेडी, सघाउपघाउ, भेजा, रोधी, छिजोक, किदूकसँगै गुठी, बडघर वा ख्याल, मजिहड्म, खमारी चोखा, गरामतीजस्ता समाजका यस्ता चरित्र हुन् जसले आर्थिक, सामाजिक, सांस्कृतिक निरन्तरता र पुनरुत्पादन गराइरहेको थियो÷छ । यस्ता सामाजिक अवयवले समुदायमा सामूहिक भाव निर्माण गरिन्थ्यो, एक्लो वा निरीह हुन दिदैनथ्यो । एकका लागि सबै र सबै सबैका लागि भने जस्तै ।’

महाभूकम्पले अर्थतन्त्र भत्काइदियो होला, नेपालीको मन, मस्तिष्क हल्लाइदियो होला । तर नेपाली समाजको जग, आदिवासी मूल्य र मान्यताहरु भत्केका छैनन् र भत्काइदिएको छैन । त्यसैको आधारमा राष्ट्रको निर्माण सम्भव छ । भूकम्पले ल्याएको कम्पनले प्रत्येक जनजनको चिन्तनमा कम्पन आउन जरुरी छ । अनि मात्र बन्छ समावेशी विकास र शक्ति निक्षेपणसहितको समृद्ध नेपाल । भूगोलविद् प्रा.डा. पीताम्बर शर्माले भने भैmँ ‘यो विपत्तिले संघीयतालाई निषेध होइन, पक्षमा वकालत गर्छ । संघीयताले मानिसलाई एक अर्कासँ नजिक आउने, परस्पर सहयोग गर्ने तागत दिन्छ । उदाहरणका रुपमा संघीयता भएको भए शक्तिको विकेन्द्रीकरण हून्थ्यो । तलका पीडितहरुले काठमाडौंको मुख ताक्तु पर्दैनथ्यो । विपत् पछिको उद्धार र राहत काठमाडौं केन्द्रित मात्र हुँदैनथ्यो ।’ त्यसैले अबको नेपाल विपत्तिबाट पाठ सिकेर बनाउने हो । भनिन्छ, ‘हरेक इतिहासको अन्त्य भनेको नयाँ इतिहासको थालनी पनि हो ।’

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook