तमु ल्होसारको अवसरमा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले संयुक्त रुपमा आगामी जनवरी ९ मा अबुधाबीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
अबुधावीको अल नादा स्कुल प्रांगणमा तमु ल्होसार पर्व २०१५ घोडा वर्गलाई बिदाई गर्दै ल्हु अर्थात भेडा बर्गलाई स्वागत गर्दै तमु ल्होसार बिबिध सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अायोजकले जनाएको छ।
बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा मनाउन लागेको ल्होसार बिबिध सांस्कृतिक कार्यक्रमका अतिथि कलाकारहरु रजनी तमुस्याे तथा सबिन तमु युएर्इ आइसकेकाे र अर्का चर्चित राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली जनवरी ७ मा आउने आयोजक समितिका सदस्य गुन्जमान गुरुङले बताए ।
घोडा वर्गलाई बिदाई गर्दै ल्हु अर्थात (भेडा बर्ग) को शुभकामना आदानप्रदान गर्दै प्रबासमा रहे पनि तमुहरुको भेषभुषा, आफ्नो मौलिक धर्म संस्कार तथा संस्कृतिको जगेर्ना गर्न तल्लिन तमु समुदायले नेपाली पात्रो अनुसार पुष १५ लाई आफ्नो नयाँ वर्षको रुपमा मनाउदै आए पनि छुट्टीको दिन मिलाएर ९ जनवरीमा कार्यक्रम गर्न लागिएको गुरुङले बताए।
स्रोत ः अनलाईनखवर