आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

शनिवार २३ श्रावण, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

 

काठमाडौं

सभामुख सुवास नेम्वाङले ६ जना सञ्चारकर्मीहरुलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ (आइभिए अवार्ड) पुरस्कार साउन २३ गते प्रदान गरेका छन् ।

सो अवसरमा सभामुख नेम्वाङले जनताबाट प्राप्त सुझावलाई यथेष्ट मात्रमा समेटेर संविधान सकेसम्म साउनमै जारी गरिने प्रयास भइरहेको बताए । उनले नेपालको सुन्दरता भनेकै विविधता भएकाले विविधतालाई जोगाउन सबै लागी पर्नु पर्ने बताए । संसारमा सबैका सबै कुरा संविधानमा नअटाएको स्मरण गराउँदै सभामुखले भने– सकेसम्म सबैको कुरा सम्बोधन गर्ने प्रयास भइरहेको छ । झाडीमा देखिएको सुनौला चरा देखेर हातमा रहेको चरा नफुत्काऔं ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले समाबेशीसहितको सञ्चार नीति ल्याउन आवश्यक रहेको बताए । कार्यक्रमका अध्यक्षता गरेका फोनिज अध्यक्ष डण्ड गुरुङले समाबेशी संविधान आजको अपरिहार्यता र समावेशी संचार नीति तत्काल लागु पर्न माग गर्दै पुरस्कृत हुने पत्रकारहरुलाई बधाई दिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, महिला महासंघका अध्यक्ष शान्ति जिरेल, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सूचना अधिकृत हितकाजी गुरुङ लगायतले नया“ संविधान समावेशी र समानुपातिक हुनुपर्नेमा जोड दिए ।

सभामुख नेम्वाङले जनताबाट प्राप्त सुझावलाई यथेष्ट मात्रमा समेटेर संविधान सकेसम्म साउनमै जारी गरिने प्रयास भइरहेको बताए । उनले नेपालको सुन्दरता भनेकै विविधता भएकाले विविधतालाई जोगाउन सबै लागी पर्नु पर्ने बताए । संसारमा सबैका सबै कुरा संविधानमा नअटाएको स्मरण गराउँदै सभामुखले भने– सकेसम्म सबैको कुरा सम्बोधन गर्ने प्रयास भइरहेको छ । झाडीमा देखिएको सुनौला चरा देखेर हातमा रहेको चरा नफुत्काऔं ।

पुरस्कृत हुनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर र हिमाल खबरपत्रिकाका देविका घर्तीमगर, टेलिभिजनतर्फ एबीसी टिभीका लोकबहादुर गुरुङ÷लाला र सगरमाथा टिभीका रोजिना लामा तथा रेडियोबाट ईलाम एफएमबाट सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीबाट कमला चौधरी पुरस्कृत भएका हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले एशियामा आदिवासी जनजाति गठबन्धन (एआईपिपि) को सहयोगमा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गर्दै आएको छ ।

पुरस्कारका लागि छापामा ३३, रेडियोमा २९ र टेलिभिजनमा २० जनासहित ८४ जनाको आवेदन परेकोमा प्रत्येक विधामा दुई÷दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो । प्रत्येक विधामा ४०÷४० हजारको पुरस्कार संयुक्त रुपमा प्रदान गरियो । तमु बौद्ध सेवा समितिको हल अनामनगरमा गरिएको कार्यक्रममा समितिले पनि पगरी लगाएर पुरस्कृत सञ्चारकर्मीहरुलाई सम्मान गरेको थियो । पुरस्कृत संचारकर्मी देविका घर्तीमगरले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारले आफूलाई जनजातिका मुद्धा उठान गर्न अझ उत्प्रेरित गरेको बताइन् ।


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook