एकल जातको रामराज्यको शासकभन्दा अलि असल मान्छे बन्ने कि ?

शनिवार २३ श्रावण, २०७२   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

एकल जातको रामराज्यको शासकभन्दा अलि असल मान्छे बन्ने कि ?

खगेन्द्र संग्रौला

लेखक, समालोचक, विश्लेषक, राजनीतिक टिप्पणीकार, साहित्यकार
भाग १


म पान्थरे । पान्थरको सुभाङ गाउँमा जन्मेको । मेरो स्वाभाव झण्डै एक चौथाई लिम्बुको जस्तो लाग्छ । किनकी मेरो स्वाभाव अलिकति झ्वाँकी र अलिकति हक्की छ । देखेको टिप्ने, लागेको बोल्ने, भईपरि आउने सवैकुरा भोग्ने । अरु आदिवासी जनजातिको स्वाभाव शैलीका बारेमा म त्यति वुभ्mदिनँ तर लिम्बुका बारेमा वुझ्छँु । किनकी मेरो बाल्यकालका सवै साथीहरू लिम्वुहरू थिए । म उनीहरूसँग गुलेली लिएर चरा मार्न गएँ । मुखियाहरूका सुन्तला, आरु, केरा चोर्न पनि तिनैसँग गए । मेरो व्रतबन्ध भएको थिएन र अहिलेसम्म पनि भएको छैन । मैले लिम्बुहरूको विहाभोजमा भैसीको मासु पनि खाए । सुंगुरको मासु खाए । र, एघारै बर्षको उमेरमा रक्सीपनि पनि पिदिए । त्यसैले मेरो स्वाभाव लिम्वुहरूबाट आएका हुन् ।

म केही संस्मरणबारे कुरा गर्छु । काठमाडौको चाबहिलमा मेरो घर छ । मलाई राष्ट्रिय उत्सवहरूमा राष्ट्रपतिको दरबार र प्रधानमान्त्रीको दरबारबाट निम्तो आउँछ । राजधानीको सवै ठूला मिडियाहरूमा मेरो पहुँच छ । सवै ठाउँमा म छापिन्छु । सवै साहित्यिक प्रकाशनहरूमा मेरो पहँुच छ, म छापिन्छु र त्यहाँ मेरो भाउ छ ।   म जे बोल्छु वा लेख्छु । प्रेमले वा घृणाले सवैले सुन्छन् र यो समाजमा अलिकति प्रतिष्ठा छ । अलिकति लोकप्रियता र सुरक्षा पनि छ । मेरो पुस्ता जुन सुभाङ गाउँमा म जन्मे । मेरो पुस्ताको एउटा लिम्बु पनि यो ठाउँमा छैनन् । मेरो पुस्ताका धेरै लिम्बुहरू त मरि नै सके । म ५० वर्षको हुँदा र मेरो समकालीन ५० वर्षको हुँदा कहिलेकाही म गाउँ जाँदा वा उनीहरू काठमाडौ आउँदा जव म उनीहरूलाई भेट्थे । धेरैको दाँत झरिसकेको पाउँथे । कसैको त गाला चाउरी परेको वुढो जरजरी मर्न लागेको । म त आउँदो मंसिर १० गते ७० टेक्दैछु । अझै म आफ्नो उमेरभन्दा कम उमेरको जस्तो देखिन्छु की जस्तो लाग्छ । मेरो जे प्रतिष्ठा छ, मेरो पुस्ताका लिम्वुहरूलाई त्यो अवसर र त्यो सौभाग्य प्राप्त भएन । हामी र उनीहरूको फरक भनेको त्यही हो ।

काठमाडौको राज्यको बागडोर हुकुमको लगाम मेरो जातको हातमा थियो । मेरो स्कुलमा पढाउने पुस्तक नेपालीमा थियो । मेरो मातृभाषा नेपाली हो । त्यो पुस्तक पढाउने बाहुन पण्डित थियो । मेरो लागि धेरै सुविधा थियो । त्यही स्कुलमा पढ्ने जो लिम्बु साथीहरू थिए । उनीहरू नेपाली मोटामोटी बुझ्थे । उनीहरूको मातृभाषा लिम्बु थियो । काठमाडौको राज्य नेपाली भाषा र हिन्दु धर्मको शक्ति नै त्यो पुल हो, जुन तरेर म काठमाडौ आए । त्यो सुविधा मलाई प्राप्त भयो । ती सुविधा अरु कुनै लिम्बुलाई प्राप्त भएन ।

२०१३ सालमा मेरो गाउँमा स्कुल खुल्यो । मेरो कक्षामा १४ जना विद्यार्थी थिए जस्तो लाग्छ । तीमध्ये एकजना सार्की थिए । ५ जना लिम्वु थिए । बाँकी बाहुन, क्षेत्रीहरू थिए । सार्की त एक वर्षमै स्कुलबाट हरायो । ५÷७ वर्ष पछि ती लिम्बुहरू पनि स्कुलबाट हराए । २ जना लाहुर गए । वाँकी कहाँ गए थाहा छैन । म काठमाडौमै छुँ ।

म काठमाडौमा किन छु ? मलाई केले काठमाडौमा ल्याईपुरायो ? २÷३ वटा कुराहरू थिए । पाँचथरको सुवाङ गाउँ काठमाडौबाट धेरै टाढा थियो । तर पनि काठमाडौको राज्यको बागडोर हुकुमको लगाम मेरो जातको हातमा थियो । मेरो स्कुलमा पढाउने पुस्तक नेपालीमा थियो । मेरो मातृभाषा नेपाली हो । त्यो पुस्तक पढाउने बाहुन पण्डित थियो । मेरो लागि धेरै सुविधा थियो । त्यही स्कुलमा पढ्ने जो लिम्बु साथीहरू थिए । उनीहरू नेपाली मोटामोटी बुझ्थे । उनीहरूको मातृभाषा लिम्बु थियो ।

काठमाडौको राज्य नेपाली भाषा र हिन्दु धर्मको शक्ति नै त्यो पुल हो, जुन तरेर म काठमाडौ आए । त्यो सुविधा मलाई प्राप्त भयो । ती सुविधा अरु कुनै लिम्बुलाई प्राप्त भएन ।
विद्या पण्डितहरूको एकाधिकार थियो । मेरो बुवा ज्योतिष हुनुहुन्थ्यो, त्यसको पनि मलाई लाभ भयो । मेरो घरमा केही पुस्तकहरू थिए । तोता मैनाहरूको कथाहरू थिए । गुलबकाउलीको कथा थियो । चण्डी रुद्री, हनुमान चालिसा म पढ्न जान्ने हुँदा ती पुस्तकहरू थिए । केही समयपछि महाभारतको विस्मपर्व कतैबाट मेरो बुबाले ल्याएर आउनु भयो । मेरो बुबा ज्योतिष कहिले दार्र्जिलिङ, कालिम्पोङ, आसाम कता कता गई बस्नुहुन्थ्यो । उहाँले सूचना र ज्ञानहरू लिएर आउनु हुन्थ्यो । म ती सवै छाडेर काठमाडौ आइपुगे । मलाई नेपाली भाषाले नै यहाँसम्म ल्याई पुराएको हो ।

एउटा कथन छ, कुनै जातिको अस्तित्व नामेट पार्ने हो भने, त्यो जातिको भाषालाई मारिदिए हुन्छ । नेपालको सवै आदिवासी जनजातिको भाषा दमनमा प¥यो, उत्पीडनमा प¥यो । तिनलाई शिक्षाको अवसर भएन । राज्यका निकायहरूमा तिनको पहँुच, प्रतिनिधित्व, प्रवेश, उपभोग कही पनि भएन । नेपाल अहिले जस्तो छ । त्यसको पृष्ठभुमिमा रहेको ईतिहास त्यही हो ।

कुनै जातिको अस्तित्व नामेट पार्ने हो भने, त्यो जातिको भाषालाई मारिदिए हुन्छ । नेपालको सवै आदिवासी जनजातिको भाषा दमनमा प¥यो, उत्पीडनमा प¥यो । तिनलाई शिक्षाको अवसर भएन । राज्यका निकायहरूमा तिनको पहँुच, प्रतिनिधित्व, प्रवेश, उपभोग कही पनि भएन । नेपाल अहिले जस्तो छ । त्यसको पृष्ठभुमिमा रहेको ईतिहास त्यही हो ।

पहिचानको संकट

मेरो चिन्ता पहिचानको दावी आदिवासी जनजातिहरूको छ । उनीहरूको पहिचान संकटमा छ । त्यो संकटबाट मुक्त हुनका निम्ति आफ्नो जातिको पहिचानलाई संस्थागत गर्न उनीहरूले चाहेका छन् । पहिचानको संकट मलाई पनि छ । मधेसीले मलाई पहाडी जस्तो देख्छ । पहाडीले मलाई मधेसी जस्तो देख्छ । जनजातिले विष्ट जस्तो देख्छ । विष्टले जनजाति देख्छ । मैले उत्पीडित जनजातिको पहिचानको मुद्धा उठाएँ । म माथि जातिबादको आरोप छ । मैले उत्पीडित जातिहरूको स्वाशासन, स्वराज र स्वायत्तताको मुद्धा उठाएँ । मलाई फेरी पनि जातिबादको आरोप छ । मैले मधेसीहरूको नागरिकता, नेपालीत्व र तिनको स्वराजको मुद्धा उठाएँ । मलाई विखण्डनको आरोप छ । मेरो त कहीं पनि ठाउँ छैन । न त मधेसमा, न जनजातिमा, न त विष्ट तागाधारीमा । मलाई पनि पहिचानको संकट छ ।

मैले नेपालका उत्पीडितहरूको पक्षमा लेखेर वा वोलेर कसैमाथि कुनै कृपा गरेको होईन । मैले आफ्नो विवेकको आधारमा सवै काम गरेको छु । यो देशमा मेरो जातिले एकात्मक केन्द्रीकृत हुकुम गरेर देशका अधिकांश मानिसहरूको भाग्य हरन ग¥यो । तिनलाई पछि पा¥यो । प्रतिस्पर्धाको वजारमा तिनीहरूको सामथ्र्यको विकास भएन । मेरै पुर्खा वा बाउवाजेहरूले त्यो नगरेको भए पनि मेरो जातले गरेकाले त्यो अपराधको अंश मेरो टाउकामा पनि छ । मलाई पश्चाताप अनुभव हुन्छ । सुवाङका संग्रौलाले काठमाडौमा राज ग¥या होइन । तर त्यस्तै जातले ग¥या हो । त्यसैले मैले सामाजिक न्यायको पक्षमा, समानताको पक्षमा सवैको सुख र समृद्धिको पक्षमा लेखेर वा वोलेर जे गरिरहेको छु, त्यो मेरो पश्चाताप हो एक । दोस्रो त्यो मैले स्वयंलाई मेरा पुर्खाहरूभन्दा अलि असल मान्छे बनाउने प्रयत्न पनि हो । त्यो मेरो मानवीकरणको चेष्टा हो । उत्पीडनबाट ग्रस्त भएको मेरो समाजको मानवीकरणको चेष्टा पनि हो ।

उनले यो बिचार लिम्वुवान अध्ययन केन्द्रले साउन २३ गते ललितपुर तिखेदेवलमा, ‘लिम्वुवान, हिजो, आज र भोलि, लिम्बुवान स्वायत्तता प्राप्तीको जुक्ति’ शीर्षकको कार्यक्रममा व्यक्त गरेका हुन् 

क्रमश....
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook