लक्ष्मण थारु भैरहवामा पक्राउ

मंगलवार २२ भाद्र, २०७२   |   राजनीति

Print This   |   Font Size + -

लक्ष्मण थारु भैरहवामा पक्राउ

 

काठमाडौ
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका छन् । भदौ २३ गते बुधबार भैरहवाबाट बिहान ९ बजेतिर उनलाई भैरहवाबाट पक्राउ गरिएको फोरम लोकतान्त्रिकका एक केन्द्रिय सदस्यले इण्डिजिनियस भ्वाइसलाई बताए । उनलाई हिरासतमा राखिएको छ ।

उनले टीकापुरको भदौ ७ को घटनाको केहि दिनपछि सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छन् भने आफूलाई मार्न चेतावनी दिदै भनेका थिए– टीकापुरमा छु, सक्छौं भने हामीलाई मार । किन थारुको घरमा आगो लगाउँछौं ? साथै, उनले आफ्नो फेसबुकमा स्ट्याटस टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको प्रतिरोध भएको उल्लेख गरेका थिए ।

थारू अराउण्ड वल्र्ड संस्थाको आयोजनामा भदौ २१ गते काठमाडौमा आयोजित संविधान निर्माणको वर्तमान परिप्रेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास बिषयक् अन्तरक्रिया कार्यक्रममा पनि लक्ष्मण थारुले टीकापुर घटनाको नैतिक जिम्मेवारी लिन तयार भएको बताएका थिए ।
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook