तस्विरः प्रेम दहित
काठमाडौ
थारु कल्याणकारिणी सभाका कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई टीकापुर घटनालाई लिएर पक्राउ गरिएको छ । चौधरी थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक पनि हुन् । उनलाई भदौ २४ गते बिहिबार बिहान ८ बजे धनगढीस्थित घरबाट पक्राउ गरिएको स्थानीय सञ्चारकर्मी प्रेम दहितले बताए ।
टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले भदौ २३ गते फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई भैरहवाबाट पक्राउ गरेको थियो । उनलाई कहाँ राखिएको छ भन्नेबारे थाहा नदिइएको पारिवारका सदस्यले इण्डिजिनियस भ्वाइसलाई बताए ।
सरकारले वार्ताको वातावरण बनाउन छाडेर आन्दोलनकारीलाई धमाधम पक्राउ गरेर आगोमा घिउ थप्ने काम गरेको थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार टीकापुर घटनाबारे अनुसन्धानका लागि हालसम्म २० जना पक्राउ परेका छन् । १६ जनालाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने ४ जनालाई अदालतमा उपस्थित गराउन बाँकी छ । फोरम लोकतान्त्रिकका कैलाली क्षेत्र न १ अध्यक्ष टेकबहादुर चौधरी तथा कैलाली क्षेत्र न ३ अध्यक्ष रामप्रसाद चौधरीलाई यसअघि नै पक्राउ गरिसकिएको छ । सरकारले वार्ताको वातावरण बनाउन छाडेर आन्दोलनकारीलाई धमाधम पक्राउ गरेर आगोमा घिउ थप्ने काम गरेको थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले बताए ।