लिम्बुवानबारे वहस तीब्र

मंगलवार २९ भाद्र, २०७२   |   राजनीति

Print This   |   Font Size + -

लिम्बुवानबारे वहस तीब्र


काठमाडौ

लिम्बुवान बिनाको संविधान आउन लागेकोले भदौ ३१ देखि असोज ३ सम्म लिम्बुवानमा आमहडताल घोषणा गरेको छ । लिम्बुवान संयुक्त संघर्ष समितिले तेह्रथुमको बसन्तपुर बजारमा भदौ २८ गते बृहत आमसभा गरी सो घोषणा गरेका हुन् ।

कडा र निर्णायक आन्दोलन हुने

धरानमा सडक पत्रकार सम्मेलनमार्फत तीन दिने कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सङ्घर्ष समितिले तेस्रो चरणमा प्रचारात्मक सभा, चक्काजाम हुँदै अनिश्चितकालीन आमहड्ताल सम्मको कार्यक्रम रहने उल्लेख गरेको छ । जसअन्तर्गत भदौ २९ र ३० मा क्रमशः, झापाको केर्खा र मोरङको पथरीमा प्रचारात्मक र खबरदारी सभाहरू हुनेछन् ।

सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले भने, ‘लिम्बुवानको ऐतिहासिक मुद्दालाई नसमेटेसम्म सङ्घर्ष रोकिने छैन ।’ उनले तीन दलले असोज ३ गते लिम्बुवान बिनाको संविधान ल्याएकै दिन जलाएर अनिश्चितकालीन आमहड्तालको घोषणा गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

लिम्बुवानबारे वहस तीब्र

संविधान जारी गर्ने दिन नजिकिदै जाँदा लिम्बुवानबारे वहस तीब्र भएको छ । यसै क्रममा लिम्बुवान आन्दोलनको आधारभूमि मानिएको पाँचथरको फिदिममा सोमबार लिम्बुवान आन्दोलनबारे भदौ २८ गते वहस भएको छ । संयुक्त लिम्बुवान संघर्ष समितिको संयोजन गरिरहेको किरात याक्थुङ पाँचथरको आयोजनामा लिम्बुवानबारे वहस भएको हो ।
छलफलमा सहभभागी वक्ताहरूले लिम्बुवान प्राप्तीको लागि बिगतको आन्दोलनको लगानी डुब्न लागेको र संविधानसभाबाट लिम्बुवान स्वायत्त राज्य सुनिश्चित हुने सम्भावना करीव करीव सकिएकोले अब लड्नुको विकल्प नभएको बताएका थिए ।

आन्दोलनमा एक घर एक जनाको नीति

लिम्बुवान आन्दोलनलाई अझ उचाईमा पु¥याउन याक्थुङ चुम्लुङले पछिल्लो समयामा खेलिरहेको समन्वयकारी भूमिकाले विभिन्न राजनीतिक दलमात्र नभई लिम्बु समुदायका विभिन्न संस्थाहरू पनि आन्दोलनमा जोडिन पुगेका छन् । सुनसरी सङ्घर्ष समितिले धरानमा हालै गरेको अन्तरक्रियामा पाँच दर्जन बढी थरगत थुमगत संस्थाहरू सामेल भए । लिम्बुवान आन्दोलनमा एक घर एक जनाको नीतिलाई आन्दोलनमा उतार्ने विषयमा सबै सकारात्मक भएको याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष सङ्गीता सुब्बाले बताइन् ।

लिम्बुवान मिडिया मिसनबाट

 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook