आदिवासी पहिचानको सवाल

मंगलवार २९ भाद्र, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

आदिवासी पहिचानको सवाल



 

अहिलेको नेपाल भन्ने देश प्राचीन नेपालको बिस्तार मात्र हो । नेपाल खाल्डोसहित खाल्डोभन्दा केही पूर्व र पश्चिम, उत्तर र दक्षिणसम्म राज्य या देशको रुपमा किरातकालमा मात्र स्थापित र बिकास भयो । किरातकालीन नेपाल देशमाथि लिच्चवीहरुले बिजयी प्राप्त गर्दाको अवस्थालाई लिने हो भने पनि त्यसबेला अहिलेका ब्राह्रमण, क्षेत्री तथा दशनामी भनिएकाको पूर्वजहरु यस भूभागमा बसोबास गर्दैनथे । उनीहरुको बुझाईमा पृथ्वीनरायण शाहको बिजयीलाई नै बिजयी गर्दाको समय हो । सो समयमा या सो समयभन्दा अघिदेखि नै ब्राम्हण क्षेत्री र दशनामीहरु यस भौगोलिक क्षेत्रमा बसोबास गरिरहेका थिए भन्ने जिकिर हुन सक्छ । तर यो बिजयी त पछिल्लो कालको बिजय हो । अघिल्लो कालको घट्नालाई बिर्सियो भने यो जिकिर पनि सहि हुन सक्छ ।

किरातीहरु पहिलो बासिन्दा

नेपाल खाल्डोको इतिहासलाई लिदा पनि यस खाल्डोमा बाहिरीयाहरुको आक्रमण तथा बिजयी किराती शासनकाल देखि नै शुरु हुन्छ । किरातीहरु नेपाल खाल्डोको पूर्वी भाग या खाल्डोका सिमावर्ती क्षेत्रका बासिन्दा थिए, जसले नेपाल खाल्डोमा प्राचीन कालमै आएर नियन्त्रण जमाए । त्यस बेलाको नेपाल खाल्डो माथिको एकले अर्कोलाई बिजय गर्नेहरु र हार्नेहरु अरु कोही थिएनन्, सबै किरातीहरु नै थिए । यिनीहरु नै यस भूभागमा फँडानी गरी बस्ने पहिलो बासिन्दा थिए ।

नेपाल खाल्डो माथिको एकले अर्कोलाई बिजय गर्नेहरु र हार्नेहरु अरु कोही थिएनन्, सबै किरातीहरु नै थिए । यिनीहरु नै यस भूभागमा फँडानी गरी बस्ने पहिलो बासिन्दा थिए ।

गोपाल राजबंशावली, नेवारी र नेपालीमा लेखिएका नेपालको भाषा बंशावली मल्ल राजाको शासनकाल अर्थात् १३औं, १४औं शताव्दीमा लेख्न शुरु गरिएको मानिन्छ । प्राचीन कालको ईतिहासको कुरा या बंशहरुको कुरा १३ औं, १४ औं शताव्दीमा आएर लेख्दा तथ्यभन्दा धेरै फरक कुराहरु घुसाएकोे देखिन्छ । उदाहरणको रुपमा भगवान कृष्णले गोपालबंशीहरुलाई लिएर आएको, चोभारलाई काटी पानी निकास गरेको, नेमुनिको कथा, गोपाल बंशका आठ राजाले मातातीर्थमा बसि राज गरेको, हिन्दुस्तानबाट अहिर (आभिर) हरु आएर नेपाल खाल्डोमा राज्य गरेका आदि जस्ता कुराहरु घुसाईएका कुरा मात्र हुुन् । बिद्वानहरुले भारतीय भूभागको उत्तर—पश्चिम सिन्धु नदीको आसपासका क्षेत्रमा आर्यहरु ईसा पूर्व १५०० तिर बस्न आई पुगेको अनुमान गरेका छन् । भारतको उत्तर पश्चिम क्षेत्रमा आर्यहरु आउनुअघि गैरआर्य असुर, राक्षस, दानव, दस्यु तथा किरातहरु बसोबास गर्दथे भन्ने कुरा आर्य हिन्दुहरुको ग्रन्थहरु र भारतीय ईतिहासले नै बताईरहेको छ ।

तथ्यलाई बंग्याउन सकिन्न

रामायणकाल आर्यहरुको बिस्तारकाल हो, जुन ईसापूर्व सातौदेखि आठौ शताव्दीेको घटना र ईसापूर्व छैठौदेखि आठौ शताव्दीमा भएको महाभारत युद्ध भएको कुरा बिद्वानहरुले समय निर्धारण गरेका छन् । नेपालमा किरातहरुको शासन ईसापूर्व नवौ, दशौ शताव्दीमा शुरु भईसकेको थियो । ईसापूर्व सातौ, आठौ शताव्दीमा उत्तर—पश्चिम भारतबाट दक्षिणतिर बिस्तार गरिरहेका आर्यहरु किरातकालभन्दा अघि गोपालबंशीहरुलाई लिएर नेपालमा आउनु, चोभारलाई काटी पानी निकास गर्नु र नेमुनि देखा पर्ने कुरा नमिल्ने कुरा मात्र होईन, असम्भव र उडन्ते कुरा हो । आर्य हिन्दुहरुको अस्तित्व यसरी जबर्जस्ती जोड्ने, गाउँ ठाउँको नाम संस्कृतमा राखी परिवर्तन गर्ने अभियान प्राचीन समयदेखि नै चलिआएको देखिन्छ । यस्तो जबर्जस्तीले ईतिहास त केही हदसम्म बंग्याउन सकिएला तर तथ्यहरुलाई बंग्याउन सकिन्न ।

आर्य हिन्दुहरुको अस्तित्व जबर्जस्ती जोड्ने, गाउँ ठाउँको नाम संस्कृतमा राखी परिवर्तन गर्ने अभियान प्राचीन समयदेखि नै चलिआएको देखिन्छ । यस्तो जबर्जस्तीले ईतिहास त केही हदसम्म बंग्याउन सकिएला तर तथ्यहरुलाई बंग्याउन सकिन्न ।

थारुहरु प्राचीनकालदेखि

यसैगरी ईसाको चौथो शताव्दीमा राजपुतना तथा मथुरातिर राज्य गरिरहेका आभिर (अहिर) हरु किरातकालभन्दा अघि नेपाल खाल्डोमा आए भन्ने कुरा कथा जोड्ने कुरा मात्र हो, यथार्थ हुन सक्दैन । यसमा के कुरा सत्य हो भने गाई भैसी पाल्ने समुदाय र खाल्डोभन्दा अलि परबाट आएका अहिर भनिएकाहरु अरु कोही नभई नेपाल खाल्डोको वर पर ईलाकामा छरिएर रहेका किरात बंशकै मानिसहरु थिए । यो कुरा पनि सत्य हो कि सिमरौनगढदेखि जनकपुरबिच यादव बंशका समूहहरु ईतिहासको लामो कालखण्डदेखि बसोबास गरिरहेका छन् । अर्को के कुरा पनि सत्य हो भने पश्चिम कैलाली, कंचनपुरदेखि पूर्व कोशीसम्म तराईको तल्लो फाँट र महाभरात पर्वत श्रृंखलाबिच आदिवासी थारुहरु प्राचीनकालदेखि नै बसोबास गरिरहेका छन् ।

ईतिहास, प्राचीन बंशावली र आर्यहरुसंग सम्बन्धित मनुस्मृति लगायतका लेखोटहरुमा गोपालबंशी, आभिर, किरात र लिच्छवीहरु सबै म्लेच्छ या म्लेच्छ बंशका भएको कुरा उल्लेख भएको छ । आर्यहरुले आफूभन्दा फरक जाति समुदायलाई म्लेच्छ, दस्यु, राक्षस तथा असुर भन्ने गर्दथे । यसबाट पनि माथि उल्लेखित जाति या परिवार समूह आर्य नभई गैरआर्य बंश र किरात बंश भित्रकै समूहहरु थिए । त्यसबेला आर्य उद्भवका जातीय समूहहरु यस भूखण्डमा प्रबेश नै गरेका थिएनन् । १३ औ, १४ औ शताव्दीतिर बंशावली लेख्ने समयमा कृष्ण, आभिरहरुको महाभारत लगायतका युद्धमा चर्चित पात्र देखिएकोले बंशावली लेखकलाई त्यसले प्रभावित गरेको कारणबाट बंशावलीमा घुसाईएका कुरा मात्र हुन् । यसले के सावित गर्छ भने आर्य उद्भवका ब्राह्मण क्षेत्री तथा दशनामीहरु यस भौगोलिक क्षेत्रमा एकले अर्कोलाई बिजय गर्दाको समयमा या सो समयभन्दा अघिदेखि बसोबास गरिआएका जाति समूह थिएनन्, होइनन् भन्ने सावित हुन्छ ।

ब्राह्मण, क्षेत्री र दशनामी चौधौ, पन्ध्रौ शताव्दी ताका हिन्दुस्तानमा मुसलमानको आक्रमण भएपछि आएका देखिन्छन् । यसले  आदिवासी हौ भन्ने दावी यथार्थपरक देखिदैन र छैन भन्ने सिद्ध हुन्छ ।

नामोनिशान नै थिएन

तेस्रो समय अवस्था अर्थात् बर्तमान राज्यको सिमाना स्थापित हुँदाको समय या सो समय पूर्वदेखि उक्त भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भन्ने बिशेषतालाई लिदा पनि ब्राह्मण क्षेत्री र दशनामीको दावी पुग्दैन । ईतिहासले के बताउँछ भने बर्तमान नेपाल राज्यको सिमाना किरातकालदेखि लिच्छवीकाल, मल्लकाल, शाहकाल हुँदै १८१७ को सुगौली सन्धिसम्म आईपुग्दा निर्माण र स्थापित भइरहेको देखिन्छ । यो राज्यको सिमाना निर्माण अझै पनि भइरहेको छ । राणा कालमा आएर बाँके, बर्दिया, कैलाली र कन्चनपुरको क्षेत्र नयाँ मुलुकको नामले नेपालमा जोडियो । अहिले पनि सुस्ता, महेशपुर, महाकालीको उत्तरी पहाडी भाग, दक्षिणी सिमावर्ती क्षेत्रमा सिमाना सम्बन्धी बादविवाद र नयाँ सिमाङ्कन हुने क्रम जारी नै छ । अहिलेको राज्यको सिमानाको निर्माण किरात कालमै शुरु भयो । किरात काल शुरु हुँदा आर्य उद्भवका ब्राह्मण, क्षेत्री र दशनामीहरुको नामोनिशान नै थिएन । लिच्छविकालमा यिनीहरु देखा पर्दछन् भने खाल्डोदेखि बाहेकका क्षेत्रमा त पछि चौधौ, पन्ध्रौ शताव्दी ताका हिन्दुस्तानमा मुसलमानको आक्रमण भएपछि आएका देखिन्छन् । यसले ब्राह्मण, क्षेत्री र दशनामीको आदिवासी हौ भन्ने दावी यथार्थपरक देखिदैन र छैन भन्ने सिद्ध हुन्छ ।

संस्कृतकरण गरियो

प्राचीन घुमन्ते युग खासगरि ढुंगे युग र नव ढुंगे युगलाई छाडेर जब स्थायी रुपमा बसोबास गर्न थालेपछि मानव समुदाय एक सांस्कृतिक सभ्यता भएको क्षेत्रबाट अर्को सांस्कृतिक सभ्यता भएको क्षेत्रमा बसाई सराई दुइ कारणले भएको देखिन्छ । पहिलो अवसरको खोजी र दोस्रो अर्को समूहको अतिक्रमण र आक्रमणबाट बच्न । नेपालको सन्दर्भमा उत्तर भारत र उत्तर पश्चिम भारतमा १३ औ, १४ औ शताव्दीमा जब मुसलमानहरुले आक्रमण गरे, त्यसबाट बच्न आर्य समूहका हुलका हुल यस भेकमा प्रबेश गरे ।

 किरात काल शुरु हुँदा आर्य उद्भवका ब्राह्मण, क्षेत्री र दशनामीहरुको नामोनिशान नै थिएन । लिच्छविकालमा यिनीहरु देखा पर्दछन् भने खाल्डोदेखि बाहेकका क्षेत्रमा त पछि चौधौ, पन्ध्रौ शताव्दी ताका हिन्दुस्तानमा मुसलमानको आक्रमण भएपछि आएका देखिन्छन् ।

तिनै आर्य समूहले रैथाने समूहका सभ्यता र संस्कृतिमाथि क्रमशः अतिक्रमण गर्दै तिनीहरुलाई संस्कृतकरण गर्दै लगे । गोरखाका राजा पृथ्वीनारायण शाहको समयमा आईपुग्दा यिनीहरुले शासनमाथि पनि नियन्त्रण गरे, अनि यस भेकका रैथाने आदिवासीहरुमाथि उपनिबेश कायम गर्न पुगे । यथार्थमा यिनीहरु जसरी अंग्रेज उपनिबेशकारीहरुले लामो समयमा पुरै भारतलाई उपनिबेश बनाएका थिए, त्यसरी नै नेपालको भूभागलाई उपनिबेश बनाई शासन गरिरहेका छन् । हुँदा हुँदा तिनै उपनिवेशकारीहरु आफूलाई आदिवासी हौ भन्ने दुस्साहस पनि गरिरहेका छन् । 

आदिवासी हौ भन्ने दावीको अर्को आधार

अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ को धारा १ को उपधारा २ मा आदिवासी हुनको लागि स्वपहिचान नै आधारभुत मापदण्डको कुरा गरिएको छ । यसको अर्थ सबैले आफैले आदिवासी हौ भनेर पहिचान गरे आदिवासी होइन्छ भन्ने होइन । कतिपय आदिवासीहरुले आफूलाई आदिवासी भनेर पहिचान गर्न रुचाउँदैनन् । यस अर्थमा स्वपहिचानको आधारभुत मापदण्ड बनाईएको हो । गैरआदिवासीले आफूलाई आदिवासी पहिचान गरेर आदिवासी बनाउनको लागि होइन । यस अर्थमा पनि नेपालका ब्राह्मण, क्षत्री र दशनामीहरुले आदिवासीको रुपमा आफूलाई पहिचान गरेर हुँदैन ।

दोश्रो भाग


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook