लालबहादुर तामाङ ः गाडीको स्टेरिङसंगै कविता लेखन

मंगलवार १२ आस्विन, २०७२   |   कला र साहित्य

Print This   |   Font Size + -

लालबहादुर तामाङ ः गाडीको स्टेरिङसंगै कविता लेखन

लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरुले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पस गएका छैनन् । जानु पनि पर्दैन । लेखन त्यो अहम् हो, जो जीवनपर्यन्त रहिरहन्छ । लेखनका लागि अलिकति भोक, अलिकति अहम् र अलिकति अमरत्वको जीजीविषा हुनु पर्छ । साहित्य लेख्नका लागि जसकसैलाई छुट छ । तर त्यो लेखिने विषयवस्तु समय र मानिसलाई चित्ताकर्षक हुनु पर्छ । यति भनेपछि साहित्यको अकण्टक आवश्यकता आफैँ प्रष्ट हुने गर्छ । पहराको फूललाई प्रकृतिले आफैँ सुवास दिने गर्छ । गमलाको फूललाई मात्र पानी र मलको आवश्यकता पर्छ ।

यी माथिका कुरा रामेछापका युवा कवि तथा लेखक लालबहादुर तामाङमा अक्षरशः लागू हुन्छ । कोही मानिस जन्मजात साहित्यकार हुन्छन् । उनीहरूको प्रतिभालाई आम मानिसले नचिनिकन मृत्युवरण गर्न बाध्य हुन्छन् । यो संसारमा सबैले आफ्नो कला र प्रतिभालाई प्रस्तुत गर्ने अवसर नै पनि प्राप्त गर्दैनन् । जीवनप्रतिको अथाह दृष्टिकोणले मानिसलाई प्रचुर सम्भावनाको प्रतिभाशाली व्यक्ति बनाउन सक्छ । अझ भनौ कालजयी सर्जक र साहित्यकार बनाउन सक्छ । विद्वान्हरूले भनेका छन् –कलात्मक जीवन दृष्टि भएको मानिस नै कवि हुन्छ ।

 वहाँ विगत् करिब तीन वर्ष अगाडि जीविकोपार्जनका लागि साउदी अरेबियाको रियाद सहरमा हेभी गाडी चालक भएर चाँैतीस महिना विदेश बसी आखिरमा नेपाल नै फर्कनु भयो ।

लालबहादुर तामाङ गीत लेख्नुहुन्छ । कविता कथ्नु हुन्छ । कथा र उपन्यासका प्लटमा सररर्र हात कलम बढाउनु हुन्छ । निबन्ध लेख्नु हुन्छ । सामयिक लेखहरू लेख्नु हुन्छ । अहिले पनि वहाँ आफूले वैदेशिक रोजगारमा जाँदा आफू गएको अरबको तातो वातावरणबाट ल्याएका कथाका स्केलेटनहरूमा प्राण भर्न खोजिरहनु भएको छ । वहाँ विगत् करिब तीन वर्ष अगाडि जीविकोपार्जनका लागि साउदी अरेबियाको रियाद सहरमा हेभी गाडी चालक भएर चाँैतीस महिना विदेश बसी आखिरमा नेपाल नै फर्कनु भयो ।

तीन छोरी र एक छोराका व्यवहारिक पिता आफ्नो तर्फबाट निभाएको भूमिकाका आधारमा असल पति पनि हुनुहुन्छ । तपाईंहरू कहिलेकाहीँ आन्तरिक पर्यटन अभिवृद्धिका लागि भनेर मन्थलीको शयर गर्दा रिभर्ज बोलेरोमा पर्नु भयो भने त्यो कवि लालबहादुर तामाङको गाडी पनि पर्न सक्छ । अहिले नेपाली साहित्यका प्रख्यात साहित्यकार जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ को सफलताले मन्थलीको आन्तरिक पर्यटनलाई वृद्धि गरेर मध्यमाञ्चलमा मन्थलीको नाम निकै चम्काएझैँ आख्यानकार लालबहादुर तामाङ पनि मन्थली जाँदाका प्रिय चालक र साहित्यकार दुवै हुन सक्छन् । तपाईंको यात्राका प्रिय साथी अर्थात् चालक साहित्यकार ।

हातमा गाडीको स्टेरिङ भए पनि मन, मुटु र कल्पनाको शक्तिका कारण वहाँ कवि, निबन्धकार र कथाकार पनि हुनुहुन्छ । २०२६ साल मंसिर २२ गते पिता भैमान तामाङ र आमा सुकमाला तामाङका कान्छा छोराका रूपमा रामेछापको ओख्रेनी –८ मा जन्मनु भएका तामाङले मुस्किलले कक्षा ८ सम्मको अध्ययन गर्नु पाउनु भयो  । आफ्नो निजी सवारी चलाएर जीवन चलाउनु वहाँको दिनचर्या हो भने स्थानीय पत्रपत्रिकाहरूमा लेख्नु वहाँको सौख हो ।

रामेछापको ओख्रेनी –८ मा जन्मनु भएका तामाङले मुस्किलले कक्षा ८ सम्मको अध्ययन गर्नु पाउनु भयो  । आफ्नो निजी सवारी चलाएर जीवन चलाउनु वहाँको दिनचर्या हो भने स्थानीय पत्रपत्रिकाहरूमा लेख्नु वहाँको सौख हो ।

‘जन्मसिद्ध प्रतिभा प्रत्येक मानिसमा हुन्छ । प्रतिभा भएको जानकारी प्रत्येक मानिसलाई हुँदैन । कथंकदाचित थाहा भयो भने मात्र मिडियामा आउँछ, नत्र आउँदैन’ भन्ने अवधारणा राख्ने तामाङ अत्यन्तै मिजासिलो र रसिक हुनुहुन्छ । २०६६ सालमा ‘तामाकोशीको किनारैकिनार’ नामक ओजपूर्ण सम्भावनाको कवितासङ्ग्रह प्रकाशन गर्नु हुने तामाङ रामेछापका समकालीन साहित्यकारहरूमा गम्भीर र युवा कविका रूपमा चिनिनुहुन्छ ।

आफूले बिताएको पूर्व जीवनलाई कस्तो रूपमा देख्नुहुन्छ ? भनी प्रश्न राख्दा तामाङ भन्नु हुन्छ –‘जीवन भोगाइको क्रममा मबाट भएका गल्ती, कमी कमजोरी तथा मेरो सुख दुःखलाई वर्तमान तथा भविष्यका लागि शिक्षाको रूपमा ग्रहण गर्दै अघि बढ्ने प्रण गरेको छु ।’ विदेशबाट आएपछि पनि तपाईं आफू गाडीको चालक भएर पनि लेखन कार्यबाट विमुख हुनु भएको छैन किन नि ? आफ्नो साहित्य लेखनबाट सन्तुष्ट हुनुहुन्छ ? भनेर सोध्दा हाँसीहाँसी वहाँले भन्नु भयो –‘मेरो ठाउँमा आफैँ उभिएर हेर्दा जे जति लेखियो, यसमा म सन्तुष्ट नै छु । तर जति लेखियो ती सबै पाठकसम्म पुग्न नसक्दा दुःखी भने अवश्य भएको छु । किनभने हामीजस्ता लेखकले लेखेका कुनै सिर्जनाहरू मिडियाले प्राथमिकता दिँदैनन् । प्रकाशन गृह र सञ्चार क्षेत्र ठूलावडाले आफ्ना मुठ्ठीभन्दा बाहिर जान दिएका छ्रैनन् । एक हिसाबले ठूला माछाले साना माछालाई निलेजस्तै ठूला साहित्यकारले साना साहित्यकारलाई निलिरहेको अवस्था छ । तैपनि म आफ्नो तर्फबाट संघर्ष गर्दै छु ।’

‘प्रकाशनको हिसाबले २०६६ सालमा कवितासङ्ग्रह ‘तामाकोशीको किनारै किनार’ प्रकाशनमा आयो । त्यसपछि म आफ्नै कारणले विदेशिनु प¥यो । विदेश बसाइकै क्रममा एक उपन्यास, एक लघु उपन्यास र एक कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर ल्याएको छु । जसलाई प्रकाशन गर्नका लागि म उचित समयको प्रतीक्षामा रहेको छु ।’ यस्तो जानकारी दिदै उहाँ भन्नु हुन्छ –‘परिवार तथा पैसालाई प्राथमिकता दिनु पर्दा आफ्नो इच्छालाई मारिरहेको छु । आफ्नो रहर आफैँले कुल्चिरहेको छुु ।’

‘प्रकाशनको हिसाबले २०६६ सालमा कवितासङ्ग्रह ‘तामाकोशीको किनारै किनार’ प्रकाशनमा आयो । त्यसपछि म आफ्नै कारणले विदेशिनु प¥यो । विदेश बसाइकै क्रममा एक उपन्यास, एक लघु उपन्यास र एक कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर ल्याएको छु ।

तपाईँ स्वदेशमा मात्र होइन विदेशमा पनि चालक हुनुभयो सारमा भन्नु पर्दा देश र विदेशमा चालकको भविष्य कस्तो छ ? बताउनुहोस् न भनेर जिज्ञासाका पोयाहरूलाई वहाँले यसरी आफ्नो सीपले बाँड्न खोज्नु भयो –‘सवारीको आनन्द लिने हो भने हाम्रै देशको यात्रा राम्रो छ । छिनछिनमा नयाँ ठाउँ मोडहरूमा प्राकृतिक स्वाद लिँदै यात्रा गर्दा रमाइलो हुन्छ । विदेशमा त्यसरी आनन्द लिन पाइँदैन । सबैतिर उस्तै पट्यारलाग्दो यात्रा तय गर्नुपर्छ । आर्थिक रूपमा हो भने यहाँभन्दा विदेशमा राम्रो आम्दानी हुन्छ । भविष्यको कुरा गर्नु हुन्छ भने सवारी चालकको कुनै भविष्य छैन । कुनै पनि घुम्ती मोडहरूमा जे पनि हुनसक्छ ।’

चालक भएर साहित्य लेख्न सजिलो छ ? भन्ने प्रश्नको उत्तरमा लालबहादुरले भन्नु भयो –‘चालकहरू बौद्धिक वर्गभित्र पर्दैनन् । बौद्धिक वर्ग नभएपछि साहित्य लेख्ने÷पढ्ने भन्ने कुरा पनि भएन । हाम्रोजस्तो विकासोन्मुख देशमा व्यावसायिक चालक हुनु भनेको एसएलसी पास गर्न नसक्नेदेखि १, २ कक्षामात्र पास गरेकाहरू सवारी चालक भएका छन् । अपवाद्मा एक दुईजना राम्रै पढे लेखेरै पनि चालक भएका छन् । मेरो सन्दर्भमा भने मलाई जसरी पहिले सवारी सिक्न गाह्रो भएको थियो, ठिक त्यसैगरी नै साहित्य लेख्न पनि चुनौतीपूर्ण लाग्थ्यो । अब त बानी नै परकोले होला, दुवै आनन्द आउने विषय भएका छन् ।’

      तपाईं कत्तिको पुस्तक र पत्रपत्रिकाहरू पढ्नु हुन्छ । यहाँका विचारमा, नेपाली साहित्यका उत्कृष्ठ साहित्यिक कृतिहरू केके हुन् त ? भन्ने प्रश्नमा तामाङ एकछिन मजैले घोरिनु भयो, अनि आफ्ना अभिमत यसरी सुनाउनु भयो –‘समय र परिस्थितिले धेरै साहित्यिक कृतिहरू अध्ययन गर्न पाएको छैन । अध्ययन गरिएको मध्ये  वीपी कोइरालाको जेल जर्नल र आत्मवृत्तान्त, कृष्ण धरावासीको राधा तथाआधा बाटो उपन्यास, जगदीश घिमिरेको अन्तरमनको यात्रा र महेशविक्रम शाहको सिपाहीकी स्वास्नी लगायत थुप्रै कृतिहरू उत्कृष्ट लागेका छन् । मधुपर्क मासिक नियमित पढिन्छ । जे होस् अहिले नेपालमा राम्रा पुस्तक प्रकाशित भएका छन् भने पठन संस्कृतिले पनि राम्रै गति लिएको छ ।’

चालक भएर साहित्य लेख्न सजिलो छ ? भन्ने प्रश्नको उत्तरमा लालबहादुरले भन्नु भयो –‘चालकहरू बौद्धिक वर्गभित्र पर्दैनन् । बौद्धिक वर्ग नभएपछि साहित्य लेख्ने÷पढ्ने भन्ने कुरा पनि भएन । 

रामेछापको साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ भनेर साहित्यक भलाकुसारीको बिट मार्न लाग्दा कवि लाबहादुर तामाङले यसो भनेर कुरोको चुरो खोल्नु भयो –‘रामेछापको साहित्यिक गतिविधिलाई नियाल्नु पर्दा अहिलेको साहित्यिक गतिविधि भनेको कोदो र तोरीसँगै मिसिएको अवस्था हो । यो विस्तारै कोदोको कोदै तोरीको तोरी नै छुट्टिने छ भन्नेमा म विश्वस्त छु ।’ उहाँ भन्नुहुन्छ, ‘नयाँ पुस्ताको कुरा गर्दा आफैँ नयाँ पुस्ताको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ । त्यसैले म नयाँ भनौं हाम्रो पुस्ताप्रति धेरै आसावादी छु । समग्रमा सबैले साहित्य भनेको नाटक, उपन्यास, कथा, कविता, निबन्ध मात्रै साहित्य हो भनेर जुन बुझ्ने आम प्रचलन छ । त्यो मात्रै साहित्य हो भन्ने मलाई लाग्दैन । प्रत्येक व्यक्तिको प्रत्येक आयामहरू साहित्यमय हुन्छन् । लेख्न सक्ने शिल्पीले लेखेर पाठकसम्म पु¥याउँछ । ऊ मात्रै साहित्यकार होइन । सबै मानिसमा भावनाको नदी बगिरहेको हुन्छ । त्यसैले संसारको हरेक मानिस साहित्यकार हो ।

भविष्यमा कवि तथा साहित्यकार लालबहादुर तामाङका कृतिहरूले नेपाली साहित्यमा आफ्नो नाम रोशन गरून् । अहिलेलाई यही कामना गर्नु नै वहाँको साहित्यिक यात्राको सफलताको कामना हो । यति वार्ता गरिसक्दा नसक्दै वहाँको मोबाइलमा गाडी रिजर्भका लागि फोनको घन्टी तारन्तार बज्न थाल्यो । जसका कारण साहित्यिक वार्ता र अन्तरङ्का केही पहेलीहरु बन्द भए ।

प्रस्तुति ः पेशल आचार्य

  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook