यमोसा पर्व र सा“स्कृतिक अधिकारको सवाल

शुक्रवार २२ आस्विन, २०७२   |   थारु माघी

Print This   |   Font Size + -

यमोसा पर्व र सा“स्कृतिक अधिकारको सवाल


कारी महतो

यमोसा चितवन र नवलपरासी जिल्लाका नवलपुर क्षेत्रका थारू समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारू समुदायका सम्पूर्ण व्यक्तिहरूले पितृहरूलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामस“ग मनाइन्छ ।

यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । अर्को दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरू आपूmले देखेका दाभी (सिरु) काटी ल्याउ“छन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्चीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारू भाषामा “पहुनी बेठोइ” भनिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरूले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसबेला हातमा कुश लिई पानी चढाउ“दै “ले रे π बुबा पानी π, ले री π बिदाओ पानी π” भन्दै मृत्यु भैसकेका पितृगण, हजुरबा र हजुरआमाको मृत आत्मालाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरिसकेपछि नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने गरिन्छ । त्यसलाई “छाकी चढोइर्” भनिन्छ ।

छाकी चढोइपछि मात्र खानपीन शुरु हुन्छ । सर्वप्रथम छोरी–ज्वाइ“ वा कुनै पाहुना बोलाई सम्मानका साथ चौरासी व्यञ्जन ख्वाइन्छ । यसरी पाहुनालाई ख्वाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई ख्वाइसकेपछि मात्र आपूmले खाने गरिन्छ । यता केटीहरूबाट पाहुनाको कपालमा तेल लगाई काइ“योले कोरीदिने गरिन्छ । त्यसपछि सफा उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई अनिवार्य ख्वाएर पठाउनुपर्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपीन दिनभरि नै चलिरहन्छ ।

यमोसाको अवसरमा गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च छ वटा पिङ लगाइन्थ्यो ।

यमोसाको अवसरमा गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरूले सा“झपख गाउ“को बाटोको महत्वपूर्ण ठाउ“मा “म्वा¥हा” गाड्छन् । गाउ“को बीच बाटोमा एक मिटर जति गहिरो खाल्डो खनी त्यसमा लाम्चो फलाम वा बलियो काठ तेर्सो पारी पुरिन्छ र त्यसमै बा“धिएको बलियो डोरी खाल्डो बाहिर ल्याई अल्झाउने खालको पासो बनाइन्छ । बलिया र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । उखेल्न सक्नेलाई गाउ“कै पहलमानको दृष्टिले हेरिन्छ ।

बेलुकीपख केटाकेटीहरू समूह समूहमा मिलेर घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउ“दै यमोसा खान्छन् । उनीहरूले गाउने केही गीतहरूका अंश यस प्रकारका छन्–

गीत नं. १ डौली डौली मोदवा देले दबकाई
  बौरी बौरी मोदवा देले निसकाई
  मोदहर्नीक मोदवा घुघल बाजे ......

गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
   कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ......

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
   दाली परैय गेल, मासु परैय गेल,
   यौर परल गजमोती जेवहु“ सभरे,
   गोतियवा–गोतिनिया मन चितलाई..........

तर अब ती गीत, ती म्वा¥हा र बरहाहरू, पितरी र पित्पित्रायनहरू, ती पहुनी र छाकीहरू.....सबै सबै लोप हु“दैछन् । थारू समुदायमा यमोसाको सट्टा दशैं मात्र मनाउने चलन बढ्दो छ । हाम्रा मौलिक चाडपर्व पनि हिन्दुकरण हुँदैछ ।

यमोसामा बिदाको माग

शासकबाट हिन्दु खस ब्रा≈मणवादी संस्कृतिलाई मात्र बढावा दिने तर आदिवासी जनताका सभ्यता र संस्कृतिलाई उपहास र उपेक्षा गर्ने गरिएको छ । दशैंमा पन्ध्र–पन्ध्र दिनसम्म शिक्षण संस्थाहरूमा विदा हुने, त्यति मात्र नभई कर्मचारीहरूलाई उक्त चाड मनाउन एक महिनाको तलब बराबर दशैं खर्च शीर्षकमा भत्ता पनि प्रदान गर्ने तर थारूको यमोसा जस्तो गरिमामय सांस्कृतिक चाडपर्वमा एकदिन पनि विदा नहुनुको मतलव थारूहरूलाई यमोसा मनाउन अघोषित प्रतिबन्ध लगाउनु हो । त्यति मात्र होइन, प्याब्सनजस्ता शैक्षिक संगठनले त हरेक वर्ष यमोसाकै दिनमा पनि त्रैमासिक परीक्षा लिने गर्दछन् । यस किसिमको सांस्कृतिक थिचोमिचो थारूहरूले भोगिरहेका छन् । तर शासकहरूले फलाकिरहेका छन्— हामीले एक अर्काको धर्म, संस्कार तथा संस्कृतिलाई सम्मान गर्छौ भनेर ।

यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारूहरूले मात्र मनाउने चाडपर्व भएकाले राष्ट्रिय विदाको सवाल उठाएकै होइन । स्थानीय विदाको सवाल उठाएको हो ।

आफ्ना अधिकार व्यावहारिक रूपमा स्थापित गर्नका लागि थारू समुदायले निरन्तर रूपमा सांस्कृतिक आन्दोलन नै गर्नुपर्ने देखिन्छ । किनकी संघर्ष विना कसैले पनि कुनै किसिमको हक अधिकार स्थापित गरेको रेकर्ड छैन । यमोसा अर्थात् पितृऔंसीमा विदाको व्यवस्था हुनुपर्छ भनी थारू विद्यार्थीले अनेकौं पटक आग्रह ग¥यो ।  पूर्वी चितवनमा थारू विद्यार्थाी समाज, थारू राष्ट्रिय मुक्ति मोर्चा र सोसेब्स्बीच वार्ता पनि भएकै हो । तर गद्दारहरूले सहमति उल्लघंन गरे, दोष थोपरे प्याब्सनको थाप्लोमा । तर अर्को वर्ष पनि प्याब्सनले यमोसामा विदा दिन आवश्यक ठानेन बरु सोही दिन परीक्षा संचालन ग¥यो र उसले जिल्ला शिक्षा कार्यालयलाई दोषी देखायो । थारू विद्यार्थी समाज र थारू कल्याणकारिणी सभाले जिशिकालाई ज्ञापनपत्र नदिएको होइन । जिशिकाले प्याब्सन, सोसेब्स लगायत सम्पूर्ण विद्यालय र कलेजहरूलाई निर्देशन जारी गरी उक्त एकदिन स्थानीय विदाको लागि परिपत्र जारी गर्न सक्थ्यो । तर गरेन । ‘ज्ञापनपत्र शिक्षा मन्त्रालयमा गएर दिनू’ जस्ता गैर जिम्मेवारीपूर्ण जवाफ दिएर टार्ने कोशिश गरियो । यसरी पटक पटक चरणबद्ध रूपमा थारूहरूले यमोसा पर्वमा विदाको सवाल उठाएको सात वर्ष बित्यो । अब उप्रान्त थारूहरूले यम्वासा पर्व आºनो घर–आ“गनमा होइन, सडकमा मनाउने सल्लाह गर्दैछन् ।

यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारूहरूले मात्र मनाउने चाडपर्व भएकाले राष्ट्रिय विदाको सवाल उठाएकै होइन । स्थानीय विदाको सवाल उठाएको हो । यदि समतामूलक समाजको परिकल्पना गर्ने हो भने आदिवासीका चाडपर्व मनाउन आदिवासी कर्मचारीहरूलाई भत्ता दिन सक्नुपर्छ । नसके यमोसाजस्ता सांस्कृतिक चाडपर्वमा विदाको व्यवस्था हुनुपर्छ ।

सन्दर्भसूची 

लक्ष्मण प्रसाद चौधरी, यम्वासा, चितवन थारू संस्कृति स्मारिका– २०६३
डा. विष्णु प्रसाद घिमिरे, चितवनका आदिवासी जनजातिको सामाजिक र सांस्कृतिक अध्ययन
लीना चौधरी, थारू समाजमा हराइरहेको पितृऔंसी (यम्वासा), शहीद स्मारिका–२०६३
प्रदीप चौधरी, थारू जातिक पाबनी सबह, हमार चिनारी

(लेखक थारू पत्रकार संघ चितवनका अध्यक्ष हुन्)


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook