धिमालको परम्परागत संस्था ः माझीवाराङ प्रणाली

मंगलवार १० कार्तिक, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

धिमालको परम्परागत संस्था ः माझीवाराङ प्रणाली


सोम धिमाल

धिमाल जाति पूर्वी नेपालको हालको तराई क्षेत्रको मोरङ्ग, सुनसरी र झापामा परापूर्वकालदेखि भूमि, जल, जंगलसँग अत्यन्त घनिष्ट सम्बन्ध राखेर बसोबास गर्दै आएको एक पुरानो आदिवासी भूमिपुत्र हो । ऐतिहासिक उत्पीडन, बहिष्करण र सांंस्कृतिक अतिक्रमण बावजुद पनि आदिवासी धिमालहरू आफ्नै भाषा (धिमाल भाषा), जीवन शैली, भेषभूषा, कला–सीप तथा लोक धर्म—संस्कृतिहरूको मौलिक पहिचानसहित अझै पनि अधिकांश रुपमा आफ्नै पुख्र्यौली थातथलोहरूभित्र पर्ने ९७ वटा धिमाल गाँउहरूमा बसोबास गर्दै आएका छन् । ई. २००१ को केन्द्रीय तथ्याङ्क विभागले लिएको जनगणना अनुसार धिमालको जनसंख्या १९,५३७ छ ।

के हो “माझीवाराङ” ?

आदि अनादिकालदेखि जब धिमालहरू एक ठाउँमा बसोबास गरी बस्न थाले त्यस ताकाबाटै यिनीहरूले समाजमा आफ्नो सुरक्षा तथा बाँच्नको लागि गाउँटोलमा एउटा मूली मुखिया जस्तो मान्छेको नेतृत्वमा समाजलाई सञ्चालन गर्न थाले । धिमालको परम्परागत समाजमा आदि अनादिकाल देखि काम गर्दै आएको संस्थालाई “माझी वाराङ्ग समिति” भनिन्छ । सो गाउँटोलको धिमाल समुदायमा नेतृत्व गर्ने व्यक्ति वा मुखियालाई माझी वाराङ्ग भनिन्छ । यस समितिमा त्यसताका पञ्च भलाद्मीहरु रहने गर्दथे । ती पञ्च भलाद्मीहरुमा माझीवाराङ्ग, धामीवाराङ्ग, हानुवा र ओझा रहने गर्दथे । यी पञ्चहरूले गाउँटोल सन्चालन गर्नका लागि सामाजिक नियम, कानूनहरू  बनाउने गर्दथे । धिमाल गाउँ समाजमा झगडा भएमा, कुनै मुद्दा मामिला परेमा सरकारको नीति कानून नहुँदा वा राज्यको कानूनहरू बन्नु भन्दा अगाडिदेखि छिनोफानो गरीे न्याय निसाफ यिनैले दिन्थे । प्राचीन समयमा ठूलो जंगल हुँदा वन जंगलका जनावरहरूबाट बच्न, महामारी, हैजा, औलो जस्ता ठूला ठूला रोगव्याधीहरूबाट त्यसबाट बच्न र गाउँमा शान्ति, सुरक्षा व्यवस्थित गर्नुको लागि समितिले ठूलो भूमिका खेल्ने गर्दथ्यो ।

 धिमालको परम्परागत समाजमा आदि अनादिकाल देखि काम गर्दै आएको संस्थालाई “माझी वाराङ्ग समिति” भनिन्छ । सो गाउँटोलको धिमाल समुदायमा नेतृत्व गर्ने व्यक्ति वा मुखियालाई माझी वाराङ्ग भनिन्छ ।

त्यसताकाको धिमाल समाज तन्त्रमन्त्र र धार्मिक कुराहरुबाट निर्देशित थियो । सामाजिक एकताको पहिचानको रुपमा आदि अनादिकालबाटै धिमालहरू धिमाल गाउँटोलमा सिरजात पूजा, जात्री मेला लगाएर आफन्त कहाँ जाने खाने र रमाइलो गर्ने चलन थियो । नेपालको एकिकरणभन्दा पहिला धिमालहरू आफू बसेको गाउँटोल “धेमालाई देरा” मा एकता, सामाजिक संस्कार तथा संस्कृतिको विकास, धार्मिक तन्त्रमन्त्रको युगले गर्दा मानिसहरू नराम्रो कामहरू गर्न डराउने गर्दथे ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे, देशमा एक भाषा, एक नीति, एक धर्मको नियम लागू गरे, त्यसपछि आदिवासी जनजाति धिमालको परम्परागत संस्थामा पनि आँच आयो । देशको बदलिंदो कानूनले माझी वाराङ्ग समितिले दिंदै आएको न्यायमा असर पा¥यो । धिमालहरूको पुख्यौली भूमि पनि गोरखाराज्यले लिएपछि धिमालहरूले आफ्नो जातीय, राजनैतिक र सांस्कृतिक स्वायत्तता क्रमशः गुमाउँदै लगे । तर पनि माझीवाराङ्ग अस्तित्वमा छ, सवैलाई समेटेर लैजाने काम हुँदा माझी वाराङ्ग समितिहरूलाई तहगत रुपमा विभाजन गर्न आवश्यक प¥यो । पछि गाउँटोल माझी वाराङ्ग समिति, इलाका वा क्षेत्रीय माझीवाराङ्ग समिति र केन्द्रीय माझीवाराङ्ग समितिको गठन भयो । हाल यी तीन तह धिमाल गाउँटोलमा देख्न पाइन्छ ।

पछि गाउँटोल माझी वाराङ्ग समिति, इलाका वा क्षेत्रीय माझीवाराङ्ग समिति र केन्द्रीय माझीवाराङ्ग समितिको गठन भयो । हाल यी तीन तह धिमाल गाउँटोलमा देख्न पाइन्छ ।

न्यायमा पहँुचको अवस्था

हालसम्म धिमालहरूमा एक जना पनि अधिवक्ता, वकिल  छैनन् । राज्यको कानून, नीति, नियम, ऐन, विधेयकहरूको बारेमा धिमालहरूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी भएको देखिदैन । कानूनी निरक्षरताको कारणले गर्दा एकताका तराईका भूमिपुत्र आदिवासी धिमालहरू हाल आएर सोझा सिधा भएका कारण सुकुम्बासीमा परिणत हुन बाध्य भएका छन् । राज्यले कानूनी मान्यता नदिए तापनि आफ्नै प्रकारको गाउँटोल वा धेमालाई देरा सञ्चालन गर्नको लागि कानून, नीति नियम बनाएर आदि अनादिकालबाटै मुद्दा मामिलाहरू माझी वाराङ्ग समितिले छिनोफानो गर्दै आएको छ ।

अगुवाहरुको मत

धिमाल जाति विकास केन्द्र, नेपालका अध्यक्ष राम बहादुर धिमालका अनुसार “धिमालहरू स्वशासन र आत्मनिर्णयको अधिकार आफैले गर्न पाउने प्रथा माझीवाराङ्ग समिति भएको कारणले हो ।” धिमाल जाति विकास केन्द्र, नेपालका पूर्व महासचिव नम्बरलाल धिमाल भन्छन् “यस परम्परागत संस्थाले धिमाल जातिभित्र रहेको कला, संस्कृति, रीतिरीवाज, परम्परागत र अन्य सामाजिक क्षेत्रमा प्रमुख भूमिका गर्दै आई रहेको छ ।” धिमाल जातिको सांस्कृतिक विभाग प्रमुख तथा केन्द्रीय सदस्य गणेशमान धिमालका अनुसार “धिमालको पहिचान गराउने काममा यो संस्था महत्वपूर्ण छ ।” महिला नेतृ देवी धिमाल भन्छिन् “माझी वाराङ्ग समितिले समाजमा राम्रो प्रभाव पारेको छ । यसलाई आर्थिक रुपले राज्य सरकारले सहयोग गरी उत्थान तथा विकास गर्नमा सहयोग गर्नु पर्दछ ।” 

“गाउँमा शान्ति होस, सुरक्षा होस कसैलाई पनि दुःख नहोस सबैलाई राम्रो भलो” होस् भनी धिमालहरू धार्मिक आस्था राखी हरेक धिमाल गाउँमा धिमाल ग्रामथान बनाएका हुन्छन् । 

सामाजिक, सांस्कृतिक अवस्था

“गाउँमा शान्ति होस, सुरक्षा होस कसैलाई पनि दुःख नहोस सबैलाई राम्रो भलो” होस् भनी धिमालहरू धार्मिक आस्था राखी हरेक धिमाल गाउँमा धिमाल ग्रामथान बनाएका हुन्छन् । ग्रामथानमा पूजाआजा गरेमा राम्रो उब्जनी हुने, समयमा पानी पर्ने, गाउँमा हैजा रोगव्याधी नलाग्ने, जंगली जनावरहरूले दुःख नदिने, गाउँमा अनिकाल भोकमरी नलाग्ने, शान्ति र सुरक्षा हुने आदि लोक विश्वासले गर्दा धिमालहरू पूजाआजा गर्दछन् भन्ने विश्वास अहिलेसम्म छ । धिमालहरू विशेष गरी आफ्नै प्रकारका देवताहरू मान्दछन् ।

यिनीहरूको घर बनाउने, बस्ने, कला संस्कृतिको संरक्षणको लागि तान बुन्ने  मेशिन राख्ने, घरमा बुट्टा खोप्ने, आँगन राख्ने, सँुगुर पाल्ने, बाल बच्चाहरूलाई घाममा तेल लगाई दिएर हुर्काउनेजस्ता आफ्नै प्रकारको जीवन शैली छ । पेशामा मुख्य कृषि नै हो । कृषिको अलावा यस समुदायका मानिसहरू फुर्सदमा माछा मार्ने, शिकार खेल्न जाने, आदिवासी कला तथा सीपमा आधारित कामहरू हलो बनाउने, माछा राख्ने डुङ्ग्री बनाउने, तान बुन्ने, घर  सजाउने, करेसाबारीमा सागसब्जी लगाउने जस्ता कामहरू गर्दै आएका छन् ।

एकताका तराईको भूमिपुत्र, जिम्दार मालिक साफीलाल धिमालसँग ५ सय बिघा जग्गा थियो । यत्रो जग्गाको मालिक सोझासीधा र कोमल  हृदय, दाँया बाँया गर्न नजान्ने भएको कारण र वर्षेनी आफन्तलाई, मित छोरा, मितलाई दिएर, काम गर्नेलाई बाँड्दै जाँदा उहाँ जीवित हुँदा ५–१० बिघा जग्गामा झरी सामान्य व्यक्ति बनेको उदाहरण पनि छन् ।

गरीब धिमालहरूको पनि न्यायमा पहँुच पु¥याउन धिमालको माझीवाराङ्ग समितिलाई सरकारले मान्यता दिनु पर्छ ।

र, अन्तमाः

वास्तवमा धिमाल समुदायका सदस्यहरू लामो समयसम्म अचेत अवस्थामा नै रहे । उनीहरूले बाहिरी संसारसँग हेलमेल नै गरेनन् । शिक्षामा कमी वा शिक्षा नभएका कारणले गर्दा झेली कानूनी सवालहरू र नीति नियमका कुराहरू त झन यस समुदायका सदस्यहरूले बुझ्नै सकेनन् । दोस्रो कुरा धिमालहरूमा तर्क गर्ने क्षमता पनि हुँदैन किनभने उनीहरू प्रायः धिमाल भाषा बोल्ने र नेपालीमा कम दक्ष हुन्छन् । तेस्रो कुरा अल्पसंख्यक ब्राम्हण तथा क्षेत्रीले बहुसंख्यक धिमाल गाउँटोलमा नेतृत्व गरी राखेको स्थिति छ ।

धिमाल जातिको परम्परागत संस्था सरकारी निकायबाट सहयोग विना पनि संचालनमा आई रहेको छ । यो  धिमाल समाजमा राम्रो र हरेक पलपलमा आई परेका समस्याहरूको समाधान गर्नमा मदत पु¥याएकोले जीवितै छ ।  नत्र अन्य आदिवासी जनजातिहरूको जस्तै धिमालहरूको पनि परम्परागत संस्था लोप भई सकेको हुने थियो । समाजमा घटेका घटनाहरूलाई न्यायचित रुपले न्याय दिन, समयमा गाउँलेहरूलाई न्याय दिन, बढी आर्थिक बोझबाट मुक्त गर्न, गरीब धिमालहरूको पनि न्यायमा पहँुच पु¥याउन धिमालको माझीवाराङ्ग समितिलाई सरकारले मान्यता दिनु पर्छ ।
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook