आदिवासी जनजाति आन्दोलनका रोग

बुधवार ११ कार्तिक, २०७२   |   राजनीति

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

आदिवासी जनजाति आन्दोलनका रोग

आदिवासी जनजाति आन्दोलनको मुख्य र डरलाग्दो रोग भनेको यसलाई पद प्राप्तीको भ¥याङ बनाउनु र राजनीतिक दलको रिमोट कन्ट्रोलबाट चल्नु हो । यो रोग ज्यादै पुरानो रोग हो, जुन क्रोनिक भईसकेको छ । आन्दोलनमा भूमिका खेल्ने जातीय संगठनदेखि लिएर नेतृत्व गर्ने नेपाल आदिवासी जनजाति महासंघसम्म यस रोगले ग्रस्त छन् । 


नेपालमा आदिवासी जनजाति आन्दोलनको ईतिहास लामो छ । यस लामो आन्दोलनमा यसका एजेण्डाहरु भने फरक फरक समयमा केहि फरक र असंगठित रहेको थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले विभिन्न भुरे टाकुरे राजाहरुका राज्यहरुमाथि कहि आक्रमण र कहि सम्झौता गरि नेपाल राज्यमा मिलाए पछिको अवस्थामा उनीहरुको एजेण्डा भाषा र संस्कृतिका साथै स्वायत्तता थियो ।

उक्त स्वायत्तता अहिलेको जस्तो स्पष्ट त थिएन तर परम्परागत खालको थियो । यस्तो एजेण्डा राखेर उठाईएको आवाजलाई शाह राजाहरुले दमन मात्र गरेनन्, उनीहरुलाई पर्वते ब्राह्मण तथा क्षेत्रीहरुले चलाएको भाषा र मानी ल्याएको संस्कृतिलाई राज्य शक्तिको बलमा आदिवासी जनजातिहरुलाई मान्न बाध्य पारियो । यो क्रम करिव २३०÷३५ बर्षसम्म निरन्तर चल्यो । शुरुमा राज्य शक्ति यसमा ज्यादै कठोर थियो भने २००७ साल, २०४७ हुदै २०६३ सालसम्म आईपुग्दा अलि लचिलो त भयो । तर यो अभियान रोकिएन । राजनीतिक हिसावले यसको बिरोध त खुबै भयो तर त्यसको अनुवाद कानुनी रुपमा र व्यवहारमा गरिएन ।

२०४७ सालपछि आदिवासी जनजातिको एजेण्डाहरु अलि संगठित र राजनीतिक रुपमा सतहमा ल्याईयो । २०४७ सालभन्दा अघि संघीयता, आत्मनिर्णयको अधिकार लगायतका बिषयहरु आदिवासी जनजातिको एजेण्डाको रुपमा राजनीतिक सतहमा आएका थिएनन् । २०४७ सालपछि भाषा, संस्कृति, अविभेदका साथै संघीयता, पहिचानका राज्यहरु, आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनका एजेण्डाहरु अलि संगठित रुपमा बढ्यो । २०५२ सालदेखि शुरु भएको माओवादी जनयुद्धले २०५६ पछि यी एजेण्डाहरुलाई राजनीतिक रुपमा स्थापित ग¥यो ।  २०४७ ÷ ४८ सालसम्म भाषा, संस्कृति र समानुपातिक समाबेशी मात्र एजेण्डा बोकेको आदिवासी जनजाति आन्दोलन २०४८ ÷ ४९ पछि संघीयता, पहिचानका राज्यहरु, आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनका एजेण्डाहरु बोक्न पुग्यो ।

२०४७ ÷ ४८ सालसम्म भाषा, संस्कृति र समानुपातिक समाबेशी मात्र एजेण्डा बोकेको आदिवासी जनजाति आन्दोलन २०४८ ÷ ४९ पछि संघीयता, पहिचानका राज्यहरु, आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनका एजेण्डाहरु बोक्न पुग्यो ।

२०४८ सालतिर गठन भएको आदिवासी जनजातिको एजेण्डा उठाउने राजनैतिक दलले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको आवाजलाई जोडदार रुपमा उठाएता पनि सो दलले एकात्मक राज्यभित्र स्थानिय स्वशासनको मात्र कुरा उठायो भने सोही समयमा गठन भएको अर्को एउटा दलले पहिचानको आधारमा १२ वटा प्रान्त सहितको संघीय राज्यको एजेण्डा उठायो । संघीयता, पहिचानका राज्यहरु, आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनका एजेण्डाहरु २०६२ ÷ ६३ को आन्दोलन र त्यसपछि आदिवासी जनजातिहरुले अझ स्पष्ट र संगठित रुपमा उठाए र यी एजेण्डाहरु राजनीतिक क्षेत्रमा प्रबेश ग¥यो । करिव एक दशकको समयमा यी एजेण्डा सहितको आदिवासी जनजातिको आन्दोलनले राजनीतिक रुपमा गुणात्मक फड्को मारेको छ । अव यी एजेण्डालाई बाहुन र क्षेत्रीहरुको बर्चस्व रहेको राजनीतिक दलहरुलाई उठाउन हार गुहार गर्नु नपर्ने स्थितिको विकास भएको छ ।

आदिवासी जनजाति आन्दोलनका पाटोहरु

आदिवासी जनजाति आन्दोलनका दुई वटा पाटाहरु छन् । एउटा पाटो सामाजिक आन्दोलनको रुपमा छ, जुन आदिवासी जनजातिका जातीय संगठनहरुले नेतृत्व गरिरहेका छन् भने अर्को पाटो राजनीतिक दलहरुले आदिवासी जनजातिको एजेण्डालाई प्राथमिकतामा राखेर राजनीतिक रुपमा आन्दोलन गरिरहेका छन् । सामाजिक आन्दोलन पनि राजनीतिक आन्दोलन नै हो र राजनीतिक परिवर्तन गर्नेसम्म यसको लडाई रहन्छ । तर राज्यसत्तामा यो संस्थागत रुपले जाँदैन । राजनीतिक आन्दोलन त राज्यसत्ता प्राप्त गर्नकै लागि हो । त्यसैले यसको मुख्य उदेश्य नै राज्यसत्तामा सहभागी हुनु हो । उदेश्यको हिसावले यी दुई आन्दोलनहरु बिलकुल फरक छन् । यी आन्दोलनवीच समन्वय र सामनजस्यता हुन जरुरी हुन्छ । तर एकबाट अर्को नछुट्टिने हुनु हुँदैन । यसले आदिवासी जनजातिको आन्दोलनलाई घाटा हुन्छ । राजनीतिक दलहरु भनेको खास दर्शन, बिचार तथा सिद्धान्तको आधारमा चल्ने समूह हो । यसले समाजमा रहेको समस्या र सवालहरुलाई त्यही दर्शन, बिचार तथा सिद्धान्तको चश्माले हेर्छ, बिश्लेषण गर्दछ र ग्रहण गर्दछ । आदिवासी जनजातिको एजेण्डा ती राजनीतिक दलहरुले लिएका राजनीतिका धेरै एजेण्डाहरुमध्ये एक हो । राजनीतिक दलहरु सामाजिक आन्दोलनको घेराभित्र र आदिवासी जनजातिका जातीय संगठनहरुले भनेको दिशा र कार्यक्रममा सीमित रहँदैनन् । तर आदिवासी जनजातिको आन्दोलनले आदिवासी जनजातिको एजेण्डाको मात्र कुरा गर्दछ । आन्दोलनका यी दुई पाटाहरुलाई तालमेल मिलाउन सक्नु नै आदिवासी जनजाति आन्दोलनमा संलग्न नेता तथा अभियन्ताहरुको क्षमता र दक्षता हुन आवश्यक हुन्छ ।

हालै घोषित संविधान आदिवासी जनजाति मैत्री नभएको र यसले भौगोलिक संघीयताको आधारमा ७ प्रदेशहरु पनि घोषणा गरिसकेको अवस्थामा आदिवासी जनजाति आन्दोलनको आवश्यकता तथा महत्व अझ बढेको छ र कामको क्षेत्र अरु बिस्तार भएको छ ।

आदिवासी जनजाति आन्दोलनका अस्पष्टताहरु

हालै घोषित संविधान आदिवासी जनजाति मैत्री नभएको र यसले भौगोलिक संघीयताको आधारमा ७ प्रदेशहरु पनि घोषणा गरिसकेको अवस्थामा आदिवासी जनजाति आन्दोलनको आवश्यकता तथा महत्व अझ बढेको छ र कामको क्षेत्र अरु बिस्तार भएको छ । तर आदिवासी जनजाति आन्दोलनमा यति धेरै रोग र अस्पष्टताहरु छन्, जसले गर्दा आदिवासी जनजाति आन्दोलन एकिकृत र प्रभावकारी रुपमा बढ्न सकिरहेको छैन र बढ्न सक्ने स्थितिमा पनि छैन । यी रोगहरुको सही ढंगले उपचार गर्न सकिएन र अस्पष्टताहरुलाई चिरेर स्पष्ट बनाउन सकिएन भने आगामी दिनमा पनि आदिवासी जनजाति आन्दोलन एकिकृत र प्रभावकारी रुपमा बढ्न सक्दैन ।

रोग नं १

यस आन्दोलनको मुख्य र डरलाग्दो रोग भनेको यसलाई पद प्राप्तीको भ¥याङ बनाउनु र राजनीतिक दलको रिमोट कन्ट्रोलबाट चल्नु हो । यो रोग ज्यादै पुरानो रोग हो, जुन क्रोनिक भईसकेको छ । आन्दोलनमा भूमिका खेल्ने जातीय संगठनदेखि लिएर नेतृत्व गर्ने नेपाल आदिवासी जनजाति महासंघसम्म यस रोगले ग्रस्त छन् । यीदेखि बाहेक यस आन्दोलनमा स्थापित व्यक्तिहरु पनि उत्तिकै पद प्राप्तीको लागी भ¥याङ बनाउने र राजनीतिक दलको रिमोट कन्ट्रोलबाट चलाउन खोज्ने पुरानो रोगी बानी छ ।

रोग नं २

आन्दोलनमा भूमिका खेल्नेदेखि आन्दोलनको नेतृत्व गर्नेसम्म एकै ठाउँमा बसेर संयुक्त रुपमा आन्दोलनलाई हाँक्ने काम गर्न नसक्नु यस आन्दोलनको दोस्रो रोग हो । सबै संयुक्त भएर जानुपर्छ भनेर महसुस गर्ने तर नेतृत्वमा नमिल्ने रोग रहेको छ । आफू भएन भने त्यसलाई भत्काउन शुरु गर्ने यस आन्दोलनको अग्रपंक्तिमा नाम रहेका केहि साथीको पुरानो रोगी बानी छ ।

सबै संयुक्त भएर जानुपर्छ भनेर महसुस गर्ने तर नेतृत्वमा नमिल्ने रोग रहेको छ । आफू भएन भने त्यसलाई भत्काउन शुरु गर्ने यस आन्दोलनको अग्रपंक्तिमा नाम रहेका केहि साथीको पुरानो रोगी बानी छ ।

रोग नं ३

पदलोलुपता र पद पाएपछि काम नगर्ने यस आन्दोलनमा एउटा आम रोग छ । क्षमता अनुसारको काम बाँडफाँड गर्ने र नेतृत्व प्रदान गर्न सक्नेलाई नेतृत्व दिने संस्कृति र सोचबाट यो आन्दोलन टाढा जाँदैछ । शुरुका दिनमा यो संस्कृति र सोंचले काम गर्ने गरेको थियो तर अहिले आएर उक्त सोच र संस्कृति भत्किएर गएको छ । यस्तो आत्मकेन्द्रित संस्कृतिले आन्दोलनलाई कहि पनि पु¥याउँदैन भन्ने कुरा स्पष्ट छ ।

रोग नं ४

यस आन्दोलनलाई बौद्धिक हिसावले नेतृत्व दिने व्यक्तिहरुवीच एकले अर्कोलाई नमान्ने र नगन्ने रोग छ । यस रोगका कारण एकिकृत आन्दोलनको लागि भएका कतिपय प्रयासहरु विफल भएका छन् । यसमा सुधार नआउने हो भने आगामी दिनमा पनि आन्दोलन प्रभावकारी हुन नसक्ने स्पष्ट छ । यसदेखि बाहेक यस आन्दोलनमा सामुहिक नेतृत्व प्रणाली अनुसार नचल्ने र परियोजनामुखी संस्कृति मौलाउदै गएको छ ।

नेपालको आदिवासी जनजाति आन्दोलनमा यी रोगहरुका साथसाथै आदिवासी जनजाति आन्दोलन धेरै बिषयहरुमा अस्पष्ट रहेको छ । आफ्नो गन्तव्य, सीमितता र जाने बाटोलाई बुझ्न नसक्दा आन्दोलन जहिल्यै पनि अप्रभावकारी र कुहिराको काग जस्तो भएको छ ।

पहिलो भाग


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook