लालपूर्जा बिहिन छ चेपाङ बस्ती

मंगलवार १७ कार्तिक, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

लालपूर्जा बिहिन छ चेपाङ बस्ती

 


                      पहलमान चेपाङ

                      पूर्व केन्द्रिय अध्यक्ष
                       नेपाल चेपाङ संघ,

चेपाङहरुलाई २०३५ सालमा प्रजा बनाईयो । सोही अनुसार प्रजा विकास कार्यक्रम जिल्ला बिकास समितिबाट लागु गरिएको थियो । तर प्रजा बिकास कार्यक्रमले उत्साह भने दिएन । किनभने उनीहरुले प्रजा बिकास भने र सानातिना कार्यक्रम फाल्दिने मात्र गरे । चेपाङहरुलाई समग्रमा जनचेतना दिने कार्यक्रम भने गरेनन् ।

छोरीहरुलाई चिउरीको बोट दाईजो दिनु पर्छ भन्ने चेपाङहरुको मौलिक परम्परा हो । मलाई नै ससुराले ५ बोट चिउरीको बोट दिएका थिए । यो चिउरीको बोट दिने परम्परा पहिले देखिको नै हो । अहिले भने यो परम्परा खासै छैन । चेपाङ बस्ती जहाँ हुन्छ, त्यहाँ चिउरी अवश्य हुन्छ । चिउरी भएको ठाउँमा चेपाङहरु बसोबास गर्ने गर्दछन् । चिउरीको फल खाने मात्रै होइन, यसको रस, घिउ बनाएर खाने चलन  छ । भुटनको रुपमा, माछा मासु, सागपातको लागि घिउ वा तेलको रुपमा प्रयोग गरिन्छ । त्यो यो निकै महत्वपूर्ण चिज हो भनेर चिउरी दिएको होला ।

चेपाङहरुको जल, जङगल, जमिनसंग गहिरो सम्बन्ध  छ । चिउरी र चेपाङ शव्द एक अर्काको पर्याय त्यसै भएको होइन । चेपाङहरु जङगलको किनारमा, सिमसार ठाउँमा बस्न रुचाउँछन् । गङगटो, माछा खाने जाति भएकाले पनि उनीहरुको सम्बन्ध  खोला, सिमसार क्षेत्रसंग घनिष्ट रहेको छ । तर पहिला पहिला गङगटा, माछा धेरै पाईथ्न्यो । अहिले भने खासै पाईदैन । अहिले खोरिया, डाला जथाभावी फाँडने, सिमसारहरु सुक्दै गएकोले अहिले भने अवस्था नराम्रो नै रहेको छ ।

मेरो घर चितवनको कोराक हो । यहाँ पहिले २०२७ र २०३२ सालमा नापी भएको हो । त्यतिखेर नापी गरी सकेपछि त्यो जग्गा आफ्नो हुन्छ भन्ने कुरा धेरै चेपाङहरुलाई थाहा भएन । नापी गरेपछि मालपोतमा उल्टै पैसा तिर्नुपर्छ भनेर नापी गरेनन् ।

मेरो घर चितवनको कोराक हो । यहाँ पहिले २०२७ र २०३२ सालमा नापी भएको हो । त्यतिखेर नापी गरी सकेपछि त्यो जग्गा आफ्नो हुन्छ भन्ने कुरा धेरै चेपाङहरुलाई थाहा भएन । नापी गरेपछि मालपोतमा उल्टै पैसा तिर्नुपर्छ भनेर नापी गरेनन् । अहिले पनि कतिपय भूमि ऐलानी रहेको छ । अहिले  ऐलानी जग्गा चेपाङहरुले नै चर्चेको भए पनि सामुदायिक बन समितिहरुले हस्तक्षेप गरिरहेको अवस्था छ । पाटा पाटा जग्गा, सामान्य खोरिया जग्गा पनि कवुलियति बन, सामुदायिक बनको हो भनेर चेपाङ बस्तीहरुमा जहाँ सुकै सरकारले हस्तक्षेप गरिरहेको छ ।

अव नेपालको संबिधान २०७२ असोज ३ गते बनिसके पछि सरकारले नीति बनाउला । भूमि सुधार, सुकुमबासी आयोग बनाउला नि । नीति बनाएर पछि चेपाङहरुको चर्चिरहेको जग्गाहरु नापी होला भन्ने आशावादी रहेका छौं । त्यसो नभए चेपाङहरुले जुगौंदेखि प्रयोग गरिरहेको जग्गाबाट बेदखल हुन सक्छन् ।

खुशीको कुरा चेपाङहरुको मातृभाषामा कक्षा १ को किताब आरआरएनको सहयोगमा प्रकाशन भएको छ । म पनि लेखक टीममा छुँ । हामीले छलफल गरेर, सुझाव लिएर यो किताबलाई राम्रो नै बनाउने कोशिश ग¥यौ ।

 

अहिले चेपाङ बच्चाहरुलाई लक्षित गरेर होस्टलहरु खोलिएको छ । त्यहाँ सित्तैमा पढ्ने र पढाउने कार्य भैरहेको छ । त्यसै अहिले डाडाँ काडाँका चेपाङहरुले पढ्न पाएका छन् । तर मेरो अध्ययनमा चाहिं चेपाङहरु अरु जातजातिको तुलनामा कमै स्कुलमा जाने गर्दछन् । किनभने जनचेतना अभिवृद्धि पनि छैन चेपाङहरुमा । बालबच्चा पढाउनु पर्छ भन्ने मान्यता त छ । तर पढिरहेकाहरुमा आफु खुशी बालबिबाह गर्ने नराम्रो चलन छ । बिहे गरेर गइहाल्छे भन्ने मानसिकताले पनि चेपाङका बाल बच्चाहरु कम मात्रामा स्कुल पठाउँछन् । अझै पनि व्यापक जनचेतना जरुरी रहेको छ, चेपाङ बस्तीमा ।

खुशीको कुरा चेपाङहरुको मातृभाषामा कक्षा १ को किताब आरआरएनको सहयोगमा प्रकाशन भएको छ । म पनि लेखक टीममा छुँ । हामीले छलफल गरेर, सुझाव लिएर यो किताबलाई राम्रो नै बनाउने कोशिश ग¥यौ । यसलाई लागु गर्ने कुरामा बिद्यालय समिति, अभिभाबक संग, शिक्षकहरुसंग सहकार्य गरेर लागु गर्नु पाए अति उत्तम हुने थियो । चितवनको कोराक गाविसको राप्रावि ग्लाउथोकमा यसको पढाइ शुरु भएको मैले सुनेको छुँ । प्राबिधिक सहयोग भएमा आगामी दिनमा कक्षा २ देखि अन्य कक्षाको किताब पनि निकाल्न सकिन्छ ।

नेपाल चेपाङ संघका पूर्व केन्द्रिय अध्यक्ष पहलमान चेपाङसंग कुराकानीमा आधारित
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook