परम्परागत गुठीको सान्दर्भिकता

शनिवार ०५ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

परम्परागत गुठीको सान्दर्भिकता


एकराम सिंह

संस्कृत भाषाको गोष्ठी शब्दबाट गुठी आएको हो । यसको अर्थ समुदाय बसेर कुनै पनि कामलाई सहजता दिनका लागि यो गुठी बनेको हो । बिशेष गरी मल्लकाल, शाहकालको समयमा काठमाण्डौंमा गुठी मार्फत् बिभिन्न कार्यहरु हुन्थ्यो, त्यही कार्यलाई सहजता दिनका लागि गुठी संस्थान समेत स्थापना भएको होे ।

गुठी विभिन्न प्रकारका हुन्छन् । जस्तो राज्यको गुठी, सांस्कृतिक गुठी, पारिवारीक गुठी, सामाजिक गुठी आदि । नेवारी समुदायमा सामाजिक गुठी मर्दा पर्दाको लागि बनाइएको हुन्छ । गुठीका नाममा स साना गुठीहरु अहिले पनि रहिआएका छन् । स्वयम्भु, पशुपति, स्वर्गद्वारी लगायतमा पनि गुठीहरु रहेका छन् । संरक्षणको नाममा, बिकाष कोषको नाममा पनि बिभिन्न संस्थाहरु बन्दै आएको छ । कतिपयले अहिले यो गुठी चाहि किन चाहियो र ? भन्ने जस्ता कुराहरु पनि गरी नै रहेका छन् । तर यदि गुठीको अस्तित्व मेटाउने हो भने यसले पहिचान नै गुम्ने देखिन्छ । पहिले विभिन्न गुठीको सकृयताले काठ्माण्डौको बैभब नै अर्को थियो । गुठी मार्फत मठमन्दिर तुरुन्तै बनाइन्थ्यो । तर अहिले त सानोतिनो मर्मतको लागि सरकारबाट नै बजेट आउनु पर्ने हुन्छ ।

 यदि गुठीको अस्तित्व मेटाउने हो भने यसले पहिचान नै गुम्ने देखिन्छ । पहिले विभिन्न गुठीको सकृयताले काठ्माण्डौको बैभब नै अर्को थियो । गुठी मार्फत मठमन्दिर तुरुन्तै बनाइन्थ्यो । तर अहिले त सानोतिनो मर्मतको लागि सरकारबाट नै बजेट आउनु पर्ने हुन्छ ।

पहिले राज्य सञ्चालनमा, कृषि प्रणालीमा, प्राकृतिक स्रोत साधमा गुठीले ठूलो भूमिका खेलेको हुन्थ्यो । अहिले आएर काठमाण्डौमा धेरै मानिसहरु बसोबास गर्न थाले । यसले गर्दा पनि गूठीको भूमिकामा परिवर्तन हुन थालेको हो । पहिले घट्टेकुलो भन्ने राज कुलो रहेको थियो । यसैको पानीले यहाँका मानिसहरुले सिंचाई गर्ने गरेका थिए । घट्टे कुलोमा बस्ती बाक्लिदै गएपछि ऐतिहासिक कुलो पुरेर ह्युम पाईप राखियो । पछि नेबार समुदायहरु सिंचाईबाट बन्चित हुँदै गए । त्यस्तै पोखरीको कुरा गर्दा काठ्माण्डौलाई ८ वा ९ वटा पोखरीले घेरो हालेको अवस्था थियो । गाई बस्तुलाई पानी ख्वाउन, घर जलेको बेला निभाउन सहज होस् भनेर पोखरी बनाइएको थियो । पहिला पहिला खुल्ला ठाउँहरु धेरै थिए । पछि राज्य नेबार समुदायबाट गईसकेपछि अहिले भने संस्कृतिको रुपमा भए पनि यी परम्पराहरु नेवार समुदायले धानिरहेको छ ।

संस्कृति जोगाउनमा लाग्नेहरुलाई केही पक्षले बन्देज पनि लगाउदो रहेछ । यदि कुनै ज्यापु बिदेश जान चाह्यो भने त्यो टोलको संस्कृतिको जिम्मा दिइएको छ भने उसले विदेश जान पाउँदैन । संस्कार संस्कृति जोगाउने कार्य गर्नु पर्ने हुन्छ । यदि ऊ बिदेशिएमा त्यो समाजबाट बहिस्करणमा पर्छ । ज्यापुको सामाजिक परिपाटी धेरै बलियो रहेको छ । उनीहरु आफ्नो अगुवाले भनेको अहिले पनि मान्ने गर्दछन् ।

ज्यापू संस्कृतिका अनुसन्धानकर्ता एकराम सिंहसंग कुराकानीमा आधारित

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook