नेवार राष्ट्रियता

शनिवार १९ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नेवार राष्ट्रियता

पदम श्रेष्ठ

नेवार एउटा जात वा थर मात्रै नभई नेपालकै पर्याय हो । वर्तमानमा पूर्व मेची, पश्चिम महाकाली, उत्तर हिमाल र दक्षिण दशगजाभित्र बसोबास गर्ने जुनसुकै जात एवम् धर्मका भए पनि नेपाली भनिन्छ । त्यसैगरी नेपाल एकीकरण पूर्व काठमाडौं उपत्यकालाई नेपाल र नेपालभित्र बसोबास गर्ने जुनसुकै जात, धर्मावलम्बी पनि नेवाल नेपाल अथवा नेवार कहलाइन्थ्यो । यसबाट हामी निक्र्याैल गर्न सक्दछौं कि नेवार नेपालको ऐतिहासिक पहिचान हो र नेवारले बसोबास गरेको स्थानलाई नेपाल भनियो ।

शान्तिपक्षीय राजनीतिज्ञ तथा इतिहासविद् डा. डिल्लीरमण रेग्मी भन्नुहुन्थ्यो– नेवार आफैंमा जात होइन एउटा राष्ट्रियता हो अर्थात् नेवार राष्ट्रियताभित्र उत्तर चीन तिब्बत र दक्षिण भारतको इतिहासलाई समेत संयोजन गर्दै आफ्नो मौलिक अस्तिŒवलाई पहिचान दिनसक्ने शक्ति निहीत छ ।

          नेवार एउटै जाति, नश्ल, धर्म, संस्कृतिमुखी जात होइन भन्ने कुरा खसवंशीय ठकुरी राजा थकूजुजु मल्ल, आफूलाई किरा“तवंशी यलम्बरका वंशज भन्ने टेंपे व्यञ्जनकार, गास्ती किरात वंशज गथु भनिने माली र मैथिल नेवार धोविया र कनौजिया ब्राम्हण राजकर्णिकार सम्मका नश्लगत अस्तिŒव यस समाजमा पाइनुले पनि प्रमाणित गर्दछ

नेपाल एकीकरण पूर्व काठमाडौं उपत्यकालाई नेपाल र नेपालभित्र बसोबास गर्ने जुनसुकै जात, धर्मावलम्बी पनि नेवाल नेपाल अथवा नेवार कहलाइन्थ्यो । यसबाट हामी निक्र्याैल गर्न सक्दछौं कि नेवार नेपालको ऐतिहासिक पहिचान हो र नेवारले बसोबास गरेको स्थानलाई नेपाल भनियो । 

          आदिवासी ज्यापु जातिले आफूलाई तिब्बत बर्मेली नश्लस“ग नजिकको सम्बन्ध रहेको स्वीकार्छन् भने लिच्छवी वंशजस“ग समन्वय रहेको शेषान्त क्षेत्रका वासिन्दा स्यस्यः
(श्रेष्ठ), मङ्गोलियन नश्लका थारूवंशीय भगवान् बुद्धका वंशज शाक्य, भगवान् बुद्धका मावली खलक कोलियवंशी तण्डुकार खुसः (कोशल), मञ्जुश्रीका वंशज छिपा रञ्जितकारदेखि सात जात भाषा संस्कृतिको संयोजनयुक्त जात पहरीसम्म र बर्मेलीबाट बलामी बनेका राष्ट्रिय विभूति अंशुवर्मा र भृकुटीका वंशजसम्म नेवार छन् ।

नेवार समाजभित्र लिच्छविकालीन ब्राम्हण नाथ–योगी, कुश्ले कपालीदेखि हरिसिंह देवका सन्तान खड्गी, मिलान्धरबाट मानन्धर बनेका साय्मि मात्र होइन नेवार समाजभित्रै पिछडिएका पुतुवार, राजवाहक, वैदिक ब्राम्हण, राजोपाध्याय, शर्मा, रिमालदेखि बौद्ध पुरोहित गुरुजु बज्राचार्यसम्म यस समाजभित्रका पहिचान हुन् । त्यसका अलावा अष्टमातृका पीठका वंशज च्याम्हःखलः, पीठका पुजारी द्यःला पोडे र तिब्बतियनस“ग संयोजन भई जन्मिएका नश्लगत जाति उदास–उराय् (तुलाधर, स्थापित, सिन्दुराकार, शिलालिक, शिलाकार, कंसाकार, शिल्पकार, ताम्राकार) सहित एउटा स्वतन्त्र राष्ट्र सञ्चालनार्थ आवश्यक जात धर्म, पेशा र संस्कृति संयोजन नेवार राष्ट्रियताभित्र समाहित छ ।

नेवार समाजभित्र लिच्छविकालीन ब्राम्हण नाथ–योगी, कुश्ले कपालीदेखि हरिसिंह देवका सन्तान खड्गी, मिलान्धरबाट मानन्धर बनेका साय्मि मात्र होइन नेवार समाजभित्रै पिछडिएका पुतुवार, राजवाहक, वैदिक ब्राम्हण, राजोपाध्याय, शर्मा, रिमालदेखि बौद्ध पुरोहित गुरुजु बज्राचार्यसम्म यस समाजभित्रका पहिचान हुन् । 

          देशयमरु भ्mयाः साप्ताहिक पत्रिकाका सम्पादक प्रदीपमान श्रेष्ठ भन्नुहुन्छ– गोरखाका राजा पृथ्वीनारायण शाह र उनका वंशज पनि नेवार नै हुन् । किनकि ने. सं. ८८८ मा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको राजगद्दी हत्याउ“दा तुयू आजुको नेतृत्वमा हनुमान्ढोका दरबारको राजगद्दी घेराबन्दी गरी नेवार संस्कृति र मातृसत्ताŒमक राज्यसत्ताको नेतृत्वरूपी जीवित देवी कुमारीका हातबाट टीका लगाउने हो भने मात्र पृथ्वी नारायणशाहलाई नेपालको राजा स्वीकार गर्ने अन्यथा नगर्ने प्रतिबद्धता व्यक्त गराइएको थियो ।

          फलस्वरूप आजसम्म मातृसत्ताŒमक  नेवार संस्कृतिको प्रतीक कुमारीका हातबाट प्रत्येक वर्ष इन्द्रजात्राका दिन कुमारी घर वसन्तपुरमा शाहवंशीय राजा सवारी हुने र नेवार समाजको नेतृत्वमा हुने उपत्यकाका विभिन्न जात्रा पर्वमा राजाको सक्रिय सहयोग र सहभागिता रह“दै आइरहेको छ भने शाहवंशीय राजाको कर्मकाण्ड देखावटी रूपमा वैदिक परम्परा अनुरूप भए पनि मृतकको नाउ“मा सापारु गाईजात्रा पठाउने, भद्रकाली पीठमा जन्मदेखि मृत्यु संस्कार गर्ने र हनुमान्ढोका राजदरबारमा नै गद्दी आरोहण गर्ने नेवारी परम्परा अद्यापि कायमै छ ।

          गोपाल, अहिर, किरात, लिच्छवी, मल्ल नायरलगायत जुनसुकै वंशज पनि नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाभित्र आएपछि नेवार बनेर गएका छन् भने शाहवंशीय नेवार नहुने सवालै छैन । जसरी नेवार एउटै नश्ल, वंश, परम्परामा आधारित जात होइन, त्यसैगरी नेवार एउटै धर्म सम्प्रदायमा आधारित जात होइन ।

नेवार धर्म संस्कृति र नेवार दर्शन

          इतिहास अध्ययन गर्दै जा“दा नेवार जात नभई नेपाल राष्ट्रियताको पर्याय हो भन्ने कुरा सम्बन्धित जातजाति स्वयम्बाट स्वीकारिन्छ । नश्लगत रूपमा नेवार राष्ट्रियताभित्र मङ्गोलियन, आर्यन ड्रविडियन, किरा“त लगायतका नश्ल पाउ“दछौं भने धर्मको आधारमा नेवारलाई वैदिक, बौद्ध, शाक्त, कापलिक, शैव, नागा, गणपद मुस्लिम र क्रिस्चियन जस्ता विविध मतावलम्बीको रूपमा पाउद“छौं । साथै नया“ धर्म सम्प्रदाय बहाई, साई, ब्रम्हकुमारी, रजनीश र मनोक्रान्तिमा पनि असङ्ख्य नेवार आबद्ध रहेका पाइन्छन् ।

   इतिहास अध्ययन गर्दै जा“दा नेवार जात नभई नेपाल राष्ट्रियताको पर्याय हो भन्ने कुरा सम्बन्धित जातजाति स्वयम्बाट स्वीकारिन्छ । नश्लगत रूपमा नेवार राष्ट्रियताभित्र मङ्गोलियन, आर्यन ड्रविडियन, किरा“त लगायतका नश्ल पाउ“दछौं

मूलभूत रूपमा यी विविध धर्मावलम्बीलाई  एउटै राष्ट्रिय धर्मका रूपमा व्याख्या गर्नुपर्दा नेपाल धर्मावलम्बी वा नेपाल धर्म भन्न सक्दछौं । जसरी हिन्दूस्तानमा प्रचलित धर्मावलम्बीलाई समष्टिगत रूपमा हिन्दू धर्म भनियो, त्यसैगरी, नेवारको पर्याय नेपालभित्र प्रचलित विविध धर्मलाई नेपाल धर्म भन्न सक्दछौं । नेवारको मूलभाषा तिब्बत बर्मेली भाषा समूहभित्रको मानिए पनि लिच्छविकालपछि संस्कृत र मल्लकालपछि मैथिल खस र फारसी, उर्दू र अन्य भाषाभाषी संस्कृतिको पनि संयोजन हु“दै नेपाल भाषाको उपाधि प्राप्त गर्न सफल रह्यो । भाषा मात्र होइन नेपाल भाषाले अ“गालेको रञ्जना, भूजिंमोल र प्रचलित लिपिको पनि छुट्टै पहिचान रहेको छ । त्यसैले त नेपाल भाषाको रञ्जना लिपि संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरेर नेपाललाई छुट्टै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको दर्जा दिन सक्षम भएका छौं ।

          हिन्दूस्थानीको धर्म हिन्दू, भाषा हिन्दी भनिएझैं नेपालका आदिवासी नेवारले मान्ने धर्म नेपाल धर्म, बोल्ने भाषा लिपि नेपाल भाषा लिपि, नेपालभित्र प्रचलित चन्द्रमासको आधारमा गणना गरिने संवत् नेपाल संवत् हो, जुन संवत् सम्पूर्ण नेपालवासीको ऋण चुक्ता गरी राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गराउनुभएको थियो ।

नेवारको जातीय नश्ल हेर्दा जसरी मंगोलियन, आर्यन, ड्रविडियन, मधेसिया जस्ता अनेक नश्ल देखिन्छ । त्यसैगरी धर्ममा पनि एउटै जातिभित्र बुद्ध जयन्तीका बेला आफ्नो घरमा बौद्ध झण्डा फहराउ“छन् भने दशैंमा बोका बलि दिएर भगवतीको पूजा र ठूलो एकादशीको बेला वा घर पूजामा सत्यनारायणको व्रत निराहार बस्ने समेत गर्दछन् । नेवार राज्यसत्ताले लादेको जस्तो हिन्दू होइन । यस समाजलाई तान्त्रिक शाक्त संयोजनयुक्त धर्मावलम्बी भाषा र संस्कृतिले एक बनाएको समुदाय भन्न सकिन्छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook