थुलुङहरुको भूमि पूजा

मंगलवार २२ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

थुलुङहरुको भूमि पूजा

 बालाचन्द्र थुलुङ

नेपालको प्रमुख आदिवासी मध्येमा किरातहरु एक हुन् । किरात समुदायभित्रको एउटा जाति हो थुलुङ । थुलुङहरुको मुख्य बसोबास रहेको स्थल सोलुखुम्बुको मुक्ली हो । यही मुक्लीबाट धेरै ठाउँंमा छरिएदै गएका थुलुङहरु खोटाङ, ओखलढुंगा, संंखुवासभा, भोजपुर, उदयपुर, इलाम, सुनसरी, मोरङ, झापालगायत नेपालको बत्तीसभन्दा बढी जिल्लामा छरिएर रहेका छन् । थुलुङहरुको मौलिक संस्कृति, भाषा छ ।

आदिवासीहरुको मौलिक पहिचानमध्ये  भूमिपूजा पनि एक हो । भूमिपूजा गर्ने भएकोले होला, उनीहरुलाई भूमिपुत्र पनि भनिन्छ । थुलुङहरुको मौलिक संस्कृतिमध्ये तोसी अर्थात् भूमिपूजा पनि पर्छ । भूमिपूजा माघ, चैत्र, बैशाख, असार र असोजमा गरी वर्षको पाँंच पटक गरिन्छ । यो पूजा सोमबार अथवा बिहीबार पारेर औंसी या पूर्णिमाको छेकामा गर्नुपर्छ । थुलुङबाहेक अन्य किरातीले यसैलाई वर्षको दुईपटक उधौली र उभौली भनेर पूजा गर्दछन् ।

पूजाका लागि मुख्य पुजारी देवा (गुरु) मुन्धुम जान्ने व्यक्तिलाई गाउँं गुठियारले सभा बसी चुनेको हुन्छ । मूल पुजारीका अन्य सहयोगीहरु हुन्छन् ।

पूजाका लागि मुख्य पुजारी देवा (गुरु) मुन्धुम जान्ने व्यक्तिलाई गाउँं गुठियारले सभा बसी चुनेको हुन्छ । मूल पुजारीका अन्य सहयोगीहरु हुन्छन् । यो पूजा गर्दा मौसम अनुसारको सामाग्रीहरु चढाइन्छ । प्रत्येक पूजामा अनिवार्य रुपले चाहिने सामानमा निख्खर कोदोको चोखो जाँंड, अदुवा, कचुर, गदार, चामल, तितेपाती, सनुपाती, भैरुङपाती, गहुुँं, चिन्डो, चम्मर, खुकुरी, मयुरको प्वाँख, धनुकाँंड, ढोल, झ्याम्टा, तरबार, भूम्, घण्टा, थुस्मे र डाली आदि हुन् । देवाको पहिरन नारीमोक्ते, सेतो जामा, फेटा, झोला, घण्टीको माया, सेवारी, पारुबुङ, सिदिमो हुन् । फरक महिना, फरक मौसममा गरिने पूजाको नाम यसप्रकार छ ।

बुङतोसी (फूलपूजा)

यो असोज महिनामा पूर्णेको छेका पारेर गरिन्छ । यस बेला वर्षायामभरी काम गरी हिलोबाट मुक्त भएको समय र लगाएको बालीको फूल फुल्ने समय हो । ‘हे प्रकृति देवी, हे धर्ती आमा, हे सृष्टिका जननी, तिम्रो आशिषले यो खेतबारीमा हामीले तिम्रै रचना सृष्टिको विभिन्न किसिमका रंगीचंगी अन्नपात, फलफूल लगाएका छौं, सबैको फूल फुल्ने बेला भयो, राम्रो फूल फुलोस्, असिनाले नझारोस्, हावाले नभाँंचोस्, घामले नओइलाओस्’ भन्दै ढोल झ्याम्टा, बजाउदै युम्किुलिम (भूमि पूज्ने ठाउँं) परिक्रमा गर्दै नाचिरहेका हुन्छन् । देवाले फलाक्दै कुखुराको भालेको भोग दिदै चिन्डोमा भरिएको जाँंडले पर्छाउदै ओ...हा, ओ...हा, ओ...हा फलाक्दै पूजा गर्छ । पूजा गरेको भोलिपल्ट पृथ्वी धर्तीको सम्मानस्वरुप यो दिन बारी खन्नु, जोत्नु हुन्न ।

 देवाले फलाक्दै कुखुराको भालेको भोग दिदै चिन्डोमा भरिएको जाँंडले पर्छाउदै ओ...हा, ओ...हा, ओ...हा फलाक्दै पूजा गर्छ । पूजा गरेको भोलिपल्ट पृथ्वी धर्तीको सम्मानस्वरुप यो दिन बारी खन्नु, जोत्नु हुन्न ।

मासुम् तोसी (आम पूजा)

माघ महिनामा गरिने पूजालाई मासुम् तोसी भनिन्छ । पूजा गर्दै प्रार्थनाको आशय यस्तो पाइन्छ । हे धर्ती माता तिम्रो हाडमासु (ढुंगामाटो), हावा (सास), पानी (रगत)ले हामी स्वार्थी मनुष्य प्राणीको प्राण बचाउने अन्नपानी फलफूल उब्जाइदिएको सबै चिजहरु बटुलबाटल ग¥यौं र हाम्रंो प्राण रक्षाको लागि हाम्रो भकारीमा राख्नको लागि यो नयांँ बालीको न्वाँंगी (नयांँ चढाउनु) हाम्रो अराध्यदेव, कुलदेवमा चढाउँंदा हाम्रो अन्नको सह बढाइदेउ भनिन्छ । यो पूजामा पनि गाउँंले बडो उत्साह र उमंगका साथ ढोल झ्याम्टा बजाउदै नाच्छन् । पूजाको भोलिपल्ट ‘यो’ बार्नुपर्छ । ‘यो’ को दिन माटो छोएमा माटो मर्छ या यो बारेन भने भूमि रिसाउँछिन् र देव दण्ड पाइन्छ भन्ने विश्वास रहेको छ ।

चत्रा तोसी (बीउ पूजा)

चैतमा गरिने भूमिपूजालाई चत्रा तोसी भनिन्छ । यो पूजाको आशय हो, हे आकाश, धर्ती हाम्रो खेल्ने आँगनमा कुरिलोले ठोसा उमा¥यो, हावाले न्यानो सुसेली हाल्यो, बगैंचामा आरु फूल्न थाल्यो, अब हामी तिम्रो माटो र पानीमा नयाँं बीउ बीजन छर्ने र रोप्ने आज्ञा, अनुमति माग्दछौं । हाम्रो बाटो, ढोका, खोलिदेउ भनी पूजा प्रार्थना गर्दछौं । यो बेला पनि ढोल झ्याम्टा बजाउदै स्त्री पुरुष नाच्दछन् । अर्को दिन ‘यो’ बार्नु अनिवार्य हुन्छ । यदि नबारेको खण्डमा बीउ बीजन राम्रो फस्टिन्न भन्ने किम्वदन्ती छ ।

चैतमा गरिने भूमिपूजालाई चत्रा तोसी भनिन्छ । यो पूजाको आशय हो, हे आकाश, धर्ती हाम्रो खेल्ने आँगनमा कुरिलोले ठोसा उमा¥यो, हावाले न्यानो सुसेली हाल्यो, बगैंचामा आरु फूल्न थाल्यो, अब हामी तिम्रो माटो र पानीमा नयाँं बीउ बीजन छर्ने र रोप्ने आज्ञा, अनुमति माग्दछौं 

याउ तोसी (भूमि पूजा)

बैशाख पूर्णिमाको छेका पारेर यो पूजा गरिन्छ । यो बेला अन्य किराती समुदायहरुले उभौली गर्छन् । यसको आशय हो, हे धर्तीमाता, हाम्रो खेतीपातीले सम्पूर्ण खेतबारी बनपाखा ढाक्न लागेको छ । तिम्रो बादल, घाम, पानी र हावाबतास हाम्रो खेतबारीमा अनुकूल भएर प्रत्येक मेलापातमा आओस्, भूल भए रक्षा गर भनी देवतालाई खुशी पार्न यो पृथ्वीका सबै मान्छेदेखि पशुपक्षी चराचुरुंगी सबैको विभिन्न शैलीमा नक्कल गर्दै शिली नाच नाचिन्छ । भूमे पूजा गरेको दिन ढोल झ्याम्टा बजाएर आकाशबाट पानी बोलाइन्छ । यस दिन जसरी भएपनि झरी परेकै हुन्छ र पर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ ।

द्यूम्च्यू तोसी (ठूलो पूजा)

माथि उल्लेखित चार तोसीहरुमध्ये  असारमा गरिने यो तोसी सबैभन्दा ठूलो पूजा हो । त्यसैले निकै रमाइलोका साथ गरिन्छ । यो पूजामा देवा (धामी)ले सेतो जामा, पगरी लगाएर सिदिमो भिरेर पुरै पहिरनमा हुनु पर्छ । तोसी गर्नुभन्दा अगाडि नै गाउँलेहरुले अन्न उठाएर चोखो जाँंड पकाइ राख्नुपर्छ । पूजाको लागि एउटा सुँंगुर र भाले ठिक पार्नुपर्छ ।
यो दिन साक्लेमार्सा अर्थात् पूजा गर्ने मूल देवता भएको ठाउँंमा गएर बेलुकीपख पूजा गर्न थालिन्छ । देवाले मुन्धुम फलाक्दै चिन्डोमा भरेको चोखो जाँंडले र बेल्स्यूले छर्किनुपर्छ । त्यसपछि  सुँंगुर र भालेको टाउको काटेर भोग दिइन्छ । त्यो दिन अन्य व्यक्तिहरुले भाकल अनुरुप थुप्रै कुखुराहरुको भोग दिने गर्दछन् ।

तोसीमा पुरै गाउँंबासी नै संलग्न रहन्छन् र ढोल, झ्याम्टा बजाउदै चमर हल्लाउदै युवायुवती, बुढाबुढी, केटाकेटी सबै लामवद्ध भएर तालमा ताल मिलाएर विभिन्न शिलि (शैली) निकाल्दै नाच्ने गर्दछन् 

तोसीमा पुरै गाउँंबासी नै संलग्न रहन्छन् र ढोल, झ्याम्टा बजाउदै चमर हल्लाउदै युवायुवती, बुढाबुढी, केटाकेटी सबै लामवद्ध भएर तालमा ताल मिलाएर विभिन्न शिलि (शैली) निकाल्दै नाच्ने गर्दछन् । ढोल, झ्याम्टा, भूम(शंख)को ध्वनी र त्यही पाराको गीतले गाउँं नै गुन्जायमान हुन्छ । यो तोसी पाँंच दिनसम्म मनाईन्छ । आफ्नो काम सिध्याएर घरघरमा गएर नाच्ने गरिन्छ ।

पाँंचौ दिनको दिन लङ्मा तोसी भनिन्छ । गाउँंलेहरु सबै भेला भएर मार्साखोम भूमे पूजा गर्ने ठाउँंमा गएर देवा र अन्य सहायक पुजारीहरुले आफ्नो पहिरनमा नाच्दै मुन्धुम फलाक्दै प्रार्थना पूजा गर्छन् । अर्कोले ढोल, झ्याम्टा, चमर बजाउदै धामीको सारमा नाच्ने गर्छन् । धामी अघि अघि क्रमशः अन्य महिला पुरुष क्रमबद्ध लागेर ढोल झ्याम्टा बजाउदै विभिन्न शिलि निकाल्दै नाचिन्छ । यसरी थुलुङहरुको भूमि पूजा अर्थात् तोसी नाचको रिती पूरा हुन्छ । भूमिपूजा गर्ने सार्वजनिक स्थान हराउँदै गएको छ । यसको संरक्षण हुनु जरुरी छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook