बहिस्करणमा भुजेल

बुधवार २३ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

बहिस्करणमा भुजेल


                                                                          अमृत सिं भुजेल

भुजेल नेपालको सुचीकृत आदिवासी जनजातिमध्ये एक हो । भुजेलहरुको सबैभन्दा बढी जनसंख्या तनहँु र मोरङमा छ । उनीहरुको पहूँच राज्यको कुनै पनि स्थानमा सम्मानजनक देखिदैन । यिनीहरु आर्थिक, सामाजिक तथा शैक्षिक पछौटेपनमा पारिएका छन् । विकासको प्रवाहभन्दा बाहिर रहेका यस जातिमा जातीय चेत, पहिचान, धर्म, संस्कृति, भाषा, चालचलन जस्ता कुराहरु क्रमिकरुपमा बाह्य संस्कृतिका प्रभावको कारण हराउदै जान थालेको छ ।

परम्परागत रुपमा भुजेलहरु पशुपालन, कृषि र बुन्ने पेशालाई अपनाएको देखिन्छ । तनहुँ र यस वरपरका भुजेलहरु चोया बुन्ने पेशालाई मुख्य रुपमा अपनाएका छन् भने भुजीनिसीमा काम्लो बुन्ने गरेको पाईन्छ । दक्षिण पुर्वी तनहँुका भुजेलहरुले संस्कृतिक कुराहरुलाई जसरी संरक्षण गरिरहेका छन्, त्यसरी नै परम्परागत आर्थोपार्जनका पद्धतिहरुलाई पनि अपनाईरहेका छन् । राजनीति, शिक्षण, निजामती, व्यापार तथा उद्योगजस्ता पेशामा भुजेलहरुको नगन्य सहभागिता देखिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

भुजेलहरुको अध्ययन गर्दा ढोरपाटनमा रहेर यिनीहरुका बाइस पुस्ताले राज्य गरेको पाईन्छ ।  १४औ शताव्दीको मध्यतिर बाइसे  राज्यको उदयसँगै भुजेल राज्यको अस्तित्व समाप्त भएको देखिन्छ । पराजित भएपछि भुजेलहरु मूल भूमि छाडेर विभिन्न स्थानतिर छरिन थाले । मूल भूमि गुमाउन पुगेपछि एकथरी भुजेलहरु ज्यान जोगाउनकै लागि झुण्ड झुण्डको रुपमा बिभिन्न ठाउँमा पुगे । यसैक्रममा केही झुण्ड तनहूँमा सुरक्षित ठानी बासोबास गरे  । भुजी उपत्यकाबाट भाग्न नसकेका भुजेलहरु पछिल्लो समयमा खस राज्यको विस्तारसँगै सहयोगीको रुपमा नेपालका विभिन्न ठाउँमा छरिन पुगे । ऐतिहासिक कालमा यिनीहरुको स्रोतमाथि पहूँच र प्राकृतिक स्रोतसँग सम्बन्ध भए पनि बिस्तारै यिनीहरु स्रोत र राज्य शक्तिबाट टाढा र पाखा पारिदै आएको देखिन्छ ।

भुजेलहरुको अध्ययन गर्दा ढोरपाटनमा रहेर यिनीहरुका बाइस पुस्ताले राज्य गरेको पाईन्छ ।  १४औ शताव्दीको मध्यतिर बाइसे  राज्यको उदयसँगै भुजेल राज्यको अस्तित्व समाप्त भएको देखिन्छ । पराजित भएपछि भुजेलहरु मूल भूमि छाडेर विभिन्न स्थानतिर छरिन थाले ।

असमाबेसीकरणको अवस्था

भुजेलहरुको असमाबेसीको अवस्था बाईसे राज्यको उदयसँगै शुरु भएको देखिन्छ ।  प्राचीन समयमा ढोरपाटनमा भुजेलहरुको राज्यको अस्तित्व पाईन्छ । मौखिक आख्यानहरुमा पनि ढोरपाटनको भुजीमा रहेर भुजेल राजाहरुले राज्य चलाउथे भन्ने लोक आहान अहिलेसम्म पनि पाईन्छ । त्यसबेला ढोरपाटन निकै बलियो थियो । त्यसको पुष्टि महिपालले सिंजा राज्यलाई पूर्व मस्र्याङ्दी गण्डकीसम्म पु¥याएपछि आफ्नो राजधानी गोह विषयमा पनि बनाएका थिए र यो गोह विषय भन्ने ढोरपाटन थियो ।

राणाहरुले आफ्नो शासनकालमा नेपालका जनजातिहरुलाई जनै बाँडेर जात उचाल्ने अभियान नै चलाएका थिए । जंगबहादुर राणाले त आदिवासी जनजातिहरुलाई नमासिन्य मतवाली र मासिन्य मतवाली गरी दुई भागमा विभाजन गरी मासिन्य मतवालीलाई किनबेच गर्न पाउने वा दास दासी बनाउन पाउने ब्यवस्था मुलुकी ऐनमा नै गरे । मासिन्य मतवालीमा पा¥या घर्तीदेखि भोटे, चेपाङ, कुमाल, हायु, थारु सम्मलाई राखियो ।

राणाहरुले आफ्नो शासनकालमा नेपालका जनजातिहरुलाई जनै बाँडेर जात उचाल्ने अभियान नै चलाएका थिए । जंगबहादुर राणाले त आदिवासी जनजातिहरुलाई नमासिन्य मतवाली र मासिन्य मतवाली गरी दुई भागमा विभाजन गरी मासिन्य मतवालीलाई किनबेच गर्न पाउने वा दास दासी बनाउन पाउने ब्यवस्था मुलुकी ऐनमा नै गरे ।

यसरी घर्तीलाई मासिन्या मतवालीमा राख्दा यसले नकारात्मक र हीन भावना आदिवासी जनजाति घर्तीहरुमा प¥यो । फलतः घर्ती भनेर पहिचान दिनुभन्दा पनि मगर (जीएम), वा घर्ती क्षेत्री (जीसी) र अन्य विभिन्न थरमा आफूलाई लुकाउन प्रेरित ग¥यो । यसको प्रभाब अशिक्षित घर्तीहरुमा यति गहिरोसँग प¥यो कि विस २०५९ सालसम्म आईपुग्दा पनि कास्की पोखराका केही घर्तीहरुले जनै भिरेर सामुहिक रुपमा जीसी समेत भए । ४५ बर्षको उमेरमा समेत जनै लगाएर हिन्दु संस्कृति अपनाउन पुगे । तर पूर्ण रुपमा क्षेत्री समाजमा सामेलीकरण हुन र उनीहरुकै समान सम्मान क्षेत्री समाजमा नपाउँदा पछिल्लो समयमा पुनः लज्जित भएर भुजेल समाजमा नै फर्किन बाध्य भए ।

माथि चर्चा गरिएको जस्तो प्रबृत्तिगत अभियानमा राज्यशक्ति नै लाग्दा जनजातिका संस्कार, संस्कृति  र जातीय आत्मसम्मानमा भने ठूलो क्षति भयो, उनीहरुको अपमान भयो । मुलुकी ऐनको जातीय बर्गीकरणले त भुजेल मात्रै होइन, अधिकांश आदिवासी जनजातिमा ठूलो नकारात्मक असर प¥यो । बास्तबमै यसको क्षतिपूर्ति त राज्यले तिरेरै सक्दैन र पनि झिनो क्षतिपूर्ति गर्नतिर पनि राज्य अग्रसर छैन । राज्यसँग ती ऐतिहासिक गल्तीको महशुृश सम्म पनि छैन । उल्टो विगतदेखि राज्यको शक्ति र श्रोतको आडमा हालिमुहाली गर्नेहरु नै आफ्ना हाली मुहाली खोसिएला कि भनेर बिभिन्न अभियान र आन्दोलन गर्नतिर लालयित छन् । जसको संकेत हो, हिजोका ती गल्ती महशुश गर्नुको सट्टा आफ्नो राज्यशक्तिसँगको साईनो जसरी तसरी जोगाई राख्नु या हालिमुहाली कायमै राख्नु । यसरी राणाहरुले आदिवासी भुजेलहरुलाई संस्कृतिक, जातीय उचानिचा र कानुनी रुपले समेत असमाबेशीको अवस्थामा पु¥याए । आदिवासी संस्कृतिलाई सम्मानित बनाउनुभन्दा पनि हिन्दुकरण गर्ने प्रयास गरेर असामेलीको अवस्था सृजना गरे ।

पंचायत कालको अवस्था

पंचायत कालमा पनि एक भाषा, एक धर्म र एक भेषको नीति राज्यले अबलम्बन ग¥यो । फलतः जनजातिको संस्कार, पहिचान, भाषा संस्कृतिले झाङ्गिने र फुल्ने मौकाको सट्टा खस भाषा, संस्कृति र धर्मको अतिक्रमण कायमै रह्यो । यी त भए नीतिगत र राज्यसँग गासिएका सबालहरु जसले आदिवासी भुजेलहरुलाई असमाबेशीको अवस्थामा राख्यो । त्यसरी नै सामाजिक रुपमा पनि उनीहरुले असामेली र बहिष्करणको अबस्था झेल्नु प¥यो । भुजेलहरु अल्पसंख्यकको रुपमा नेपालका बिभिन्न स्थानमा छरिन पुगे । यसरी अल्पसंख्यकका रुपमा बस्ती बस्दा संस्कृतिकरणको चपेटामा परेर आफ्नो भाषा, संस्कार, ईतिहास र संस्कृति भुल्न पुगे ।

पंचायत कालमा पनि एक भाषा, एक धर्म र एक भेषको नीति राज्यले अबलम्बन ग¥यो । फलतः जनजातिको संस्कार, पहिचान, भाषा संस्कृतिले झाङ्गिने र फुल्ने मौकाको सट्टा खस भाषा, संस्कृति र धर्मको अतिक्रमण कायमै रह्यो । 

पछिल्लो पुस्तासम्म आईपुग्दा उनीहरु सांस्कृतिक रुपमा यति कमजोर हुन पुगे कि उनीहरुको बैभबशाली ईतिहास, भाषा, संस्कृति थियो भन्ने कुरासम्म भुले । जहाँ बाक्लो र एकांकी बस्ती बसेका थिए । त्यस्तो स्थानमा भाषा, संस्कृति, ऐतिहासिक मौखिक बंशाबली र गाथा त बचाए ता पनि उनीहरु समेत सामाजिक रुपमा असमाबेशी वा अतिक्रमित भए । यस्ता स्थानमा बाहिरीयाहरुले भुजेल कुरा (पुङ्गालङूर) लाई चेपाङको भाषा भनेर हेप्ने काम गरे । तिमीहरुको त बेद छ । भुजेलहरुले त जनै लगाउँछन् भनेर भ्रम फैलाए । यस्तो प्रवृतिले यो वा त्यो गरेर उनीहरुलाई सामाजिक असमाबेसीको अवस्थामा पु¥यायो ।

मुल भुमि छाडेपछि भुजेलहरु भौगोलिक रुपमा विकट र कम स्रोत युक्त स्थानमा बसोबास गर्न पुगे । खासगरी एकथरी भुजेलहरु युद्धका कारण ज्यान बचाउनकै लागि लुकेका अनकन्टार भित्री भुगोलहरुमा बसोबास गर्न पुगे । जुन संस्कृतिक हिसाबले वर्तमानमा महत्वपूर्ण भए पनि बसोबासका हिसाबले उपयुक्त छैनन् । अर्काथरीहरु राज्य विस्तारका क्रममा खस बाहुनहरुका सहयोगीका रुपमा विभिन्न स्थानमा छरिन पुगे, जसलाई उपयुक्त र स्रोत सम्पन्न स्थानको उपलब्धता हुने संभाबना नै भएन । फलतः भौगोलिक रुपमा पनि भुजेलहरुले एकातिर मुल भुमि माथिको स्वामित्व गुमाएका छन् भने अर्कोतिर विकट र स्रोतविहिन अवस्थामा बस्नु परेको अवस्था छ ।

asbhujel@gmail.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook