तुवाचुङ जायजुम

शुक्रवार २५ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

तुवाचुङ जायजुम

प्रदिप नेपाल

म पूर्बको भोजपुरमा जन्मिएँ । मेरो गाउँको किनारैमा जिमीगाउँ छ । जिमी भनेको रार्ई हुन् भन्ने मेरो बाल्यकालीन चेतना हो । घर मरो पोखरे भए पनि म जन्मिन पुगेको थिए मेरो मावली गाउँ गोगनेमा । गोगनेको दक्षिण पश्चिम पुछारको गाउँ कट्टीका रार्ईहरुलाई मामाहरु किराँती गाउँ भन्नु हुन्थ्यो । जिल्ला सभापति प्रेमकुमार रार्ईलाई म मामा भन्थें । उहाँका बाबु भोजपुरमै ख्याती कमाएकी पखुवादेवीका पुजारीलाई म बाजे भन्थेँ । तर अहिले आफ्नो कथा भन्न बसेको होइन म । अहिलेको कथा मैले जिमी, थुलुङ, कुलुङ, चाम्लिङ साङपाङ, दिप्साली, आमचोके भनी सानैदेखि सुनेको रार्ईहरुको बारेमा हो ।

देवराज रार्ईसँग भेट

केही बर्ष अघि आफ्नो पुरानो मित्र देवराज रार्ईसँग बल्खुको पार्टी कार्यालयमा भेट्ने मौका मिल्यो । विचारले हामी एकै ठाउँमा थियौं । पुरानो गन्थन चल्दा मैले खोटाङका आफ्नो चिनारुहरुका बारेमा सोधपुछ गरेँ ।

उहाँले मुगाधन रार्ई पार्टीको सल्लाहकार रहेको, मेरो पुरानो साथी नीर चाम्लिङ गाइघाट झरेको जस्ता जानकारी गराउँदै भन्नुभयो, “म अहिले संघीय र तुवाचुङ जायजुमको अध्ययन अनुसन्धान कार्यमा लागेको छु ।”

मैले भनेँ, “धेरै राम्रो, आफ्नो अभियानमा तपाईलाई सफलता मिलोस् ।”

उहाँ मुसुक्क हाँस्नुभयो,  सुनाखरी फूलको मुस्कुराहट बोकेर ।

उहाँ बोल्नु हुन्न भन्ने बुझेपछि मैले नै सोधेँ फेरि, “अनि यो तुवाचुङ जायजुम भनेको के हो भाषै नबुझिने ।”

मैले तुवाचुङ जायजुम भनेको खोटाङ जिल्लाको हलेसीतिरको कुनै ठाउँ हो र त्यहाँ अहिले रार्ईहरुले उत्खनन तथा संरक्षणको अभियान थालेका छन् भन्नेसम्मको जानकारी पाएको थिएँ ।

“यो भनेको हाम्रा पितृहरुको खोजी हो” देवराजले भन्नु भयो, “तपाई भन्नु हुन्छ नि आफ्नो परिचयको खोजी, हो त्यही खोजी कार्यको म उपाध्यक्ष भएको छु ।”
त्यो भेटमा मैले तुवाचुङ जायजुम भनेको खोटाङ जिल्लाको हलेसीतिरको कुनै ठाउँ हो र त्यहाँ अहिले रार्ईहरुले उत्खनन तथा संरक्षणको अभियान थालेका छन् भन्नेसम्मको जानकारी पाएको थिएँ ।

त्यसपछि काठमाण्डौको भष्मासुर भुलभुलैयामा म र देवराज दुबै हरायौं । तर यो एक दुई बर्षमा रार्ईहरु टुक्रा टुक्रामा बिभाजित भएको देख्नुप¥यो मैले । बेलायती उपनिवेशशबाददेखि हुर्किएको “बिभाजन गर र शासन गर” भन्ने सुत्रलाई अहिलेको साम्राज्यबादले आफ्नो बिशेष नीति बनाएको छ र नेपालमा सिद्धान्त भएर बसेका अमेरिकी चेत बोेकेका डाक्टर र बुद्धिजीबी, समूह र समुदायलाई ससानो टुक्रामा बिभाजन गर्ने काममा लागेका छन् भनेर पटक पटक लेखे पनि त्यो लेखाई उन्मादीहरुका लागि “ब्राह्मणबादी सोच” का रुपमा बिकृत पारियो ।

ब्राह्मणबादसँग जोडिने अनुभव

पाठकहरुलाई एउटा रमाइलो जानकारी गराई हालौ– ब्राह्मणबादसँग जोडिने अनुभवसँग मेरो साइनो सम्बन्ध पनि रहेन । मेरा छेवर भएन, मेरो ब्रतबन्ध पनि भएन, रार्ईको पानी चल्थ्यो तर अछुट भनी हेला गरिने समुदायका साथीहरुसँग समेत मेरो सम्बन्ध सानैदेखि बलियो भयो । बिहे पनि मेरो किरात समुदायकै झुमा देवानसँग भयो । 

२०६८ सालको पूर्बसन्ध्यामा किराँत रार्ई यायोक्खाले काठमाण्डौमा अन्तर्राष्ट्रिय किरात रार्ई सम्मेलनको आयोजना गरेको र टुँडिखेलमा तीन दिनको प्रदर्शनी गर्ने जानकारी पाएपछि मलाई पनि प्रदर्शनीस्थल घुम्न मन लाग्यो ।

आफ्नो छिमेकी गाउँको नाम सम्झाउने जिमी रार्ईको स्टलमा सोलुखुम्बुका जिमीहरुको प्रदर्शनी हेरियो । लोक्ताबाट बनेको दौरा सुरुवाल र कोट आफैसँग भएको हुनाले मैले त्यहाँ केही किन्नु परेन । रार्ईहरुले मन पराउने सुँगुरको मःम खान पाइने स्टलको साइनबोर्ड रहेछ– मःम भेराईटी । ससुराली खलकले खोलेको मःम भेराईटीमा आराम गरेर बस्न मन लाग्यो । त्यहीँ आईपुग्नु भयो किरात रार्ई यायोख्खाका अध्यक्ष सहप्राध्यापक चतुरभक्त रार्ई ।

पाठकहरुलाई एउटा रमाइलो जानकारी गराई हालौ– ब्राह्मणबादसँग जोडिने अनुभवसँग मेरो साइनो सम्बन्ध पनि रहेन । मेरा छेवर भएन, मेरो ब्रतबन्ध पनि भएन, रार्ईको पानी चल्थ्यो तर अछुट भनी हेला गरिने समुदायका साथीहरुसँग समेत मेरो सम्बन्ध सानैदेखि बलियो भयो । बिहे पनि मेरो किरात समुदायकै झुमा देवानसँग भयो । 

चिनजान ग¥यौं दुबैले । मैले उहाँलाई झुमा देवान र उनका बहिनी तथा भदैहरुसँग चिनजान गराएँ ।

“सर पनि आधा रार्ई हुनुभएछ,” उहाँले हाँसो गर्नुभयो ।

“म त आधा मात्रै हुँ, त्यसैले म बिभाजित हुन्न । तर तपाईहरु यसरी बिभाजित हुनहोला भन्ने लागेको थिएन । पहिलो त किराँत एउटा समुदाय हुनुपथ्र्याे, त्यो भएन । लिम्बुवान र खम्बुवानमा तपाईहरु बिभाजित हुनुभयो । त्यतिले पनि नपुगेर तपाइहरु अहिले रार्ई रार्ई पनि पृथक हो भनेर  आफूलाई खण्डित गरिरहनु भएको छ ।”

मेरो कुरो सुनेर चतुरभुत रार्ई मुसुक्क हाँस्नुभयो र मलाई सँगसँगै बाँकी स्टलहरु घुम्न र साथीहरुसँग भेटघाट गर्न अनुरोध गर्नु भयो । म मःम भेराईटीबाट बाहिर निस्किएँ ।
अकस्मात भेट भयो देवराज रार्ईसँग । रार्ई भेषमा उभिएको पुरानो मित्रसँग बर्ष दिनपछि भेट हुँदा खुशी लाग्ने नै भयो । मै झट्ट पितृभूमिको खोजी गर्ने उहाँहरुको अभियानको चर्चा गरेँ । त्यो अघि बढिरहेको रहेछ । देवराजसँग हिँड्दै हिँड्दै कुरा गर्न थालियो । उहाँले मलाई पुस्तक भएको स्टलमा लानुभयो र आफ्नो पितृभूमिको खोजी कथा सुनाउन थाल्नुभयो । अन्तमा उहाँले भन्नुभयो, “मन्त्रीज्यूलाई (मंगोल समुदायमा एकपल्ट मन्त्री भएपछि सधैका लागि मन्त्रीको सम्बोधन पाइरहिन्छ) हाम्रो तुवाचुङ जायजुम स्मारिका उपहार । हेत्छाकुप्पा र डाक्टर के आर. खम्बुको किताव भने किनिदिनु पर्छ ।”

देवराजले अर्कै आवरणको हेत्छाकुप्पा मेरो हातमा हालिदिनु भयो र भन्ने भयो, “यो हाम्रो आदिम पुर्खाको सम्बन्धमा लेखिएको नाटक हो  । लेखकको नाममा पनि राजन मुकारुङ देखिन । त्यसैले प्रवीण पुमाले लेखेको हेत्छाकुप्पा नाटक पनि रुचिको बिषय लागेर किनेँ मैले ।

देवराजको सल्लाह मान्ने आधार मसँग थियो । के. आर. खम्बु मेरो पार्टीको कायकर्ता अनि सरिसृपको डाक्टर । त्यो मैले टिपिहालँे । यायोक्खाले आफ्नो पुस्तक पसलमा राखेर मेरो मित्र डाक्टर के. आर. खम्बुको सम्मान गरेजस्तो लाग्यो । हेत्छाकुप्पा उपन्यास चाहिँ मैले पढिसकेको थिएँ राजन मुकारुङले लेखेको । त्यसैले त्यो पढिसकेँ भन्न मात्रै के खोजेको थिएँ– देवराजले अर्कै आवरणको हेत्छाकुप्पा मेरो हातमा हालिदिनु भयो र भन्ने भयो, “यो हाम्रो आदिम पुर्खाको सम्बन्धमा लेखिएको नाटक हो  । लेखकको नाममा पनि राजन मुकारुङ देखिन । त्यसैले प्रवीण पुमाले लेखेको हेत्छाकुप्पा नाटक पनि रुचिको बिषय लागेर किनेँ मैले ।

तुवाचुङ जायजुम स्मारिका

यो संस्मरण लेखिरहँदा तुवाचुङ जायजुम स्मारिका मेरो अगाडि छ । इतिहास पढ्न रुचाउने  कनै पनि पाठकका लागि यो स्मारिका संग्रहणीय बन्न पुगेको छ । यो स्मारिकाले बेद र किराँत मुन्धुमको सम्बन्धका बारेमा अनौठो ज्ञान दिलाउँछ । अहिले हिन्दुहरुले तेत्तिस कोटी देवताको चर्चा गरे तापनि बेदमा जम्माजम्मी पाँच देवता मात्र छन् । किराँत मुन्धुमले पनि तिनै पाँच देवदेवीको पूजा गर्नु भन्दो रहेछ ।

ऋग्बेद र किराँत मुन्धुम दुबैमा पानी, आकाश, पृथ्बी, बायु र आगोलाई देवता मानिएको रहेछ । यसले वेद र किराँत मुन्धुमको इतिहासलाई सँगसँगै लैजाने रहेछ भनि अनुमान गर्ने आधार पनि दिनसक्छ । यद्यपि खोजी गर्ने काम अनुसन्धानकर्ताहरुको हो । तर आफूलाई लागेको आधारको चर्चा त लोकतान्त्रिक गणतन्त्रको सभ्यतामा गर्न पाइन्छ भनेरै मैले यो लेखेको हुँ ।

ऋग्बेद र किराँत मुन्धुम दुबैमा पानी, आकाश, पृथ्बी, बायु र आगोलाई देवता मानिएको रहेछ । यसले वेद र किराँत मुन्धुमको इतिहासलाई सँगसँगै लैजाने रहेछ भनि अनुमान गर्ने आधार पनि दिनसक्छ । यद्यपि खोजी गर्ने काम अनुसन्धानकर्ताहरुको हो । 

रार्ई जातिको केन्द्रिय थलोको खोजीमा अनुसन्धानकर्मीहरु तुवाचुङ जायजुम पुगेका रहेछन् । खोटाङ जिल्लाको हिन्दु र बौद्ध दुबै धर्मावलम्बीको साझा धार्मिकस्थलको रुपमा हलेसी क्षेत्रमा नै पर्दाेरहेछ यो तुवाचुङ जायजुम तीर्थस्थल पनि । अर्थात हिन्दु, बौद्ध र किराँत धर्ममा साझा चौतारी रहेछ खोटाङ जिल्लाको हलेसी ।

खोटाङ जिल्लामै किरात रार्ईहरुको आदिभूमि रहनुको सबैभन्दा महत्वपूर्ण पक्ष के हुन्छ भने पूर्बाञ्चलमा जति पनि किराँतहरु छन् ती सबै एकै हुन् । लिम्बु जातिका सबैले मानेका बिद्वान इमानसिंह चेम्जोङ र इतिहासकार साहित्यकार काजीमान कन्दङवाको निष्कर्ष पूर्बका सुनुवार, रार्ई, लिम्बुहरु सबै एउटै मूलका किराँतीहरु हुन भन्ने रहेको छ । तर पछिल्लो समयमा त्यही रार्ई समुदायभित्र पनि थर थरहरुले स्वतन्त्र अस्तित्व खोज्न थालेको सुन्दा खम्बुवान क्षेत्रको शान्ति पनि रसातलतर्फ लाग्न थालेजस्तो लाग्छ ।

किराँत रार्ईको एउटै मुन्धुम

म रार्ईहरुको मिलन र बिभाजनका बारेमा टिप्पणी गर्ने कुनै आधिकारिक ब्यक्ति होइन । किनभने यतिबेला भोजपुरसँग मेरो नाता भनेको पनि नस्टालजिक चिन्तन मात्रै हो । मैले त सबै किराँत रार्ईको एउटै मुन्धुम भएको, ती सबै किरात रार्ईहरुको एउटै उत्पत्ति केन्द्र भएको सत्य पनि क्रमशः प्रमाणित हुँदै गैरहेको हुनाले सिंगो किराँत रार्ई समुदाय एकै ठाउँमा उभिँदा आफ्नो क्षेत्रको, समुदायको भलो हुनसक्ला भन्ने राई मात्र दिन खोजको हो ।

म रार्ईहरुको मिलन र बिभाजनका बारेमा टिप्पणी गर्ने कुनै आधिकारिक ब्यक्ति होइन । सबै किराँत रार्ईको एउटै मुन्धुम भएको, ती सबै किरात रार्ईहरुको एउटै उत्पत्ति केन्द्र भएको सत्य पनि क्रमशः प्रमाणित हुँदै गैरहेको हुनाले सिंगो किराँत रार्ई समुदाय एकै ठाउँमा उभिँदा आफ्नो क्षेत्रको, समुदायको भलो हुनसक्ला भन्ने राई मात्र दिन खोजको हो ।

सोच्नुपर्छ, किराँत रार्ई समुदायका बिद्वानहरुले, फुटेर बिथोल्न त सकिएल । तर जुटेर तुवाचुङ जायजुम र हलेसी महादेवस्थान तथा बुद्ध धर्मका ठूला गुरु पद्मसम्भवले तपस्या गरेको थलोलाई एउटै बनाउने, धार्मिक सहिष्णुताको पक्षधर रहेको किरात रार्ई यायोक्खाको अभियानमा सबै थरका किरात रार्ईहरु एकजुट भए भने उनीहरुको एकताले अन्य समुदायसँगको एकतालाई पनि गाढा बनाउने छ । धार्मिक आधारमै भए पनि अत्यन्तै सम्मिश्रणमा बाँचेको हाम्रो सामाजिक सद्भावलाई बढाउने थियो र यो सद्भावबाट अरु धेरै समुदायले सिक्ने थिए । सबै राईहरुलाई एक ठाउँमा भेला गर्ने किराँत रार्ई यायोक्खाको अभियानले सार्थक सफलता पाओस् । मेरो शुभकामना छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook