इतिहासबाट ठगिएको ज्यापु समुदाय

विहिवार ०२ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

इतिहासबाट ठगिएको ज्यापु समुदाय


पदम श्रेष्ठ

ज्यापु महगुथिका केन्द्रीय अध्यक्ष विपिन्द्र महर्जन ९० प्रतिशत ज्यापुको हातमा जग्गाको लालपुर्जा छैन भन्नुहुन्छ ।एक समय जात्रा, कला, संस्कृतिको मूल स्रोत जग्गालाई जसको जोत उसको पोत गरिदिएपछि देवस्थलस“ग प्रत्यक्ष नाउ“मा रहेका जग्गा धमाधम बेच्न थालियो ।

जस्तोसुकै कठिन कार्यलाई पनि व्यवस्थित रूपमा पूरा गर्ने स्वभाव भएका नेपाल मण्डल (काठमाडौं उपत्यका) का आदिवासी ज्यापु (ज्या –काम, पु –सक्षम) आफैंमा गौरवमय नेवार समाज मानिन्छन् । भूमिपुत्र ज्यापु समाजलाई चिनाउने आदि बाजा धिमे र धुङया संस्कृति, धाः पोङ्गा, ख्याली भुस्यालगायतका संगीत छन् । परम्परागत पहिरन पतासि, भोटो, कय्ता, पुतुलं, भादगाउ“ले टोपीको भेषमा आधारित प्राचीनता नै समष्टिगत रूपमा नेवार परिचय हो ।

पूर्णत कृषि पेशामा आŒमनिर्भर ज्यापु नै काठमाडौं उपत्यकालाई खनी–खोस्री कृषियोग्य भूमिको  रूप दिने विश्वकर्मा हुन् । त्यसैले प्राचीन नेवार बस्ती पनौती लगायत उपत्यकाका विभिन्न ठाउ“मा ज्यापु–ज्यापुनीको पूजा र जात्रा गर्ने नेवार समाजमा मौलिक परम्परा पाइन्छ । ज्यापु खाना चिउरा, छोय्ला, तःखाः, चतांमरी, बारा लगायतका खानालाई नेवारी भोजन भनिन्छ । उपत्यकाका अधिकांश  जात्रा पर्व परम्परा अद्यावधिक ज्यापु समाजकै नेतृत्वमा सञ्चालन हुनुले ज्यापु र नेवार पर्यायवाची पहिचान बन्न पुगेको पाइन्छ । सम्पूर्ण नेवारको आधाभन्दा बढी जनसंख्या रहेका ज्यापु कृषि उत्पादनका वाहक धर्म, संस्कृति र भाषाका संरक्षक भईकन पनि इतिहासको कुनै पनि मोडमा राज्यसत्ताको निर्णायक बिन्दूसम्म पुग्न सकेका छैनन् ।

 दक्षिणबाट छिरेका लिच्छवि, मल्ल, शाह र राणाहरु उच्च ओहदामा छन् । तर यहींकै आदिवासी ज्यापु भने लिच्छविकालदेखि नै वैदिक शास्त्रको मनुस्मृतिको आधारमा शाषित हुनुबाहेक स्वतन्त्रताको अनुभव गर्न पाएका छैनन् ।

          ज्यापु समाजका लोक वंशावलीकार स्वर्गीय नाति मर्हजनले स्वनिगः या संस्कृति, जाति वा इतिहास दुवाला’ पुस्तकमा उल्लेख गर्नु भएको छ– उत्तरबाट नेपाल छिरेका किरा“त मंगोलले नेपालमा राज्य गरे । दक्षिणबाट छिरेका लिच्छवि, मल्ल, शाह र राणाहरु उच्च ओहदामा छन् । तर यहींकै आदिवासी ज्यापु भने लिच्छविकालदेखि नै वैदिक शास्त्रको मनुस्मृतिको आधारमा शाषित हुनुबाहेक स्वतन्त्रताको अनुभव गर्न पाएका छैनन् । ज्यापु समाज शोषणमा पर्नुको प्रमुख कारण शिक्षाको अभाव, बिहानै उठ्यो खेत गयो, साँझ जे छ, खायो सुत्यो, एकहोरो जीवन पद्दतिमा व्यस्त बाहिरी संसारस“ग कुनै सम्बन्ध नरहनु नै हो ।

 कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय बनाउन अधिकरण गरिएको ५ हजार रोपनी खेत ज्यापुबाट राज्यले लिएपछि उनीहरूलाई खेतीविहीन बनाउ“दै लगिएको छ ।

खनीखोस्री दुःखजिलो गरिरहेको खेत पनि विभिन्न समयमा राज्यसत्ता बलियो भई डाडुपन्यू हातमा लिएका लिच्छवि, मल्ल, शाह र राणाकाल सम्ममा पनि आफ्ना भाइदारलाई बक्सिस दिनुप¥यो, दरबार वा स्कूल क्याम्पस बनाउनुप¥यो भने तिनै ज्यापुको खेत अनेक षड्यन्त्रमूलक कानून बनाएर वा जबर्जस्ती अधिकरण गरी लिने गरिन्थ्यो । उदाहरणका लागि महाराजगञ्जदेखि जावलाखेलसम्म ५० हजार रोपनी खेतीयोग्य जग्गा ज्यापुको थियो, जसमा सिंंहदरबारदेखि राजदरबारसम्म निर्माण भएको छ । तोरीबारी उपनामले प्रख्यात भृकुटीमण्डप, भृकुटीमण्डप बसपार्क, गोंगबु बसपार्क मात्र होइन कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय बनाउन अधिकरण गरिएको ५ हजार रोपनी खेत ज्यापुबाट राज्यले लिएपछि उनीहरूलाई खेतीविहीन बनाउ“दै लगिएको छ ।

नेपालको इतिहास अध्ययन गर्नेहरूले नेवार संस्कृति, राजनीति, अर्थव्यवस्था, धर्म भाषा, लिपिबारे थाहा नपाई हु“दैन । तर ज्यापु महगुथिका केन्द्रीय अध्यक्ष विपिन्द्र महर्जन ९० प्रतिशत ज्यापुको हातमा जग्गाको लालपुर्जा छैन भन्नुहुन्छ । एक समय जात्रा, कला, संस्कृतिको मूल स्रोत जग्गालाई जसको जोत उसको पोत गरिदिएपछि देवस्थलस“ग प्रत्यक्ष नाउ“मा रहेका जग्गा धमाधम बेच्न थालियो । ज्यापुलाई काममा लगाएर बसी–बसी खानेको नाउ“मा जग्गा भएपछि त्यस्ता जग्गा पनि धमाधम बेच्न थालियो । फलस्वरूप परम्परागत जात्रा, पर्व, गुठी गाना चाहेर पनि बचाउन नसक्ने स्थितिमा छ । अध्यक्ष महर्जन भन्नुहुन्छ– जात्रा गुठी चलाउने ज्यापु, तर गुठी संस्थानमा हाकिम राखिन्छ गुठीबारे कुनै ज्ञान नभएका व्यक्ति, जसले हाम्रो जग्गा बेचेर गुठीको  कोष खडा गरिन्छ । तर जग्गा बेचेर आएको रकम गुठी संस्थानमा राजनीतिक रूपले जागिर खान जाने कर्मचारीलाई तलब खुवाउन खर्च गरिन्छ 

अध्यक्ष महर्जन भन्नुहुन्छ– जात्रा गुठी चलाउने ज्यापु, तर गुठी संस्थानमा हाकिम राखिन्छ गुठीबारे कुनै ज्ञान नभएका व्यक्ति, जसले हाम्रो जग्गा बेचेर गुठीको  कोष खडा गरिन्छ ।

          जंगली जनावरलाई धपाउन र जस्तोसुकै दुःखमा पनि रमाइलो गर्ने उपाय स्वरूप किरा“त समाजमा जस्तै धिमे बाजा र धुङया संस्कृतिको पहिचान बोकेका ज्यापु समाज पूर्णतः प्रकृतिपूजक बौद्ध धर्मावलम्बी भन्न रुचाउने गर्दछन् । घाम, पानी, हावा, आगो, पृथ्वी, आकाश, अन्न, रूख, ढुड्डा मात्र होइन नासःद्यो भनी आमा, बाबु र गुरुरूपी तीन प्वालयुक्त (नाट्यश्वर) नृत्य नाथलाई जुनसुकै शुभकर्मको शुरुवातमा पूजा गर्ने यो समाजमा गहिरो प्रभाव पाइन्छ ।

ज्यापुको थर उपथर

       इतिहासविद् भुवनलाल प्रधानका अनुसार ने.सं. ६०१ अर्थात् राजा राजल्लदेवीका श्रीमान् जयस्थिति मल्लभन्दा अघि कृषि तथा शारीरिक काम गर्नेलाई भावो र प्रशासन राजनीति आदि मानसिक काममा लागेकालाई भारो भनिन्थ्यो । भावो वर्गमा रहेका श्रमजीवी ज्यापुमध्ये सम्पन्नलाई महाजन अथवा महर्जन, नापी नक्सामा काम गर्ने नापी प्रमुखलाई डंगोल, फूलको खेती गरी व्यापार गर्ने ज्यापुलाई मुनिकार, माटोको भा“डाकु“डा बनाउने ज्यापुलाई प्रजापति, खाने पकाउनेलाई सुवाल, इ“टा बनाउने पेशामा लागेकालाई दुवाल भन्न थालिएको बताइन्छ ।

श्रमजीवी ज्यापुमध्ये सम्पन्नलाई महाजन अथवा महर्जन, नापी नक्सामा काम गर्ने नापी प्रमुखलाई डंगोल, फूलको खेती गरी व्यापार गर्ने ज्यापुलाई मुनिकार, माटोको भा“डाकु“डा बनाउने ज्यापुलाई प्रजापति, खाने पकाउनेलाई सुवाल, इ“टा बनाउने पेशामा लागेकालाई दुवाल भन्न थालिएको बताइन्छ ।

बौद्धधर्मको मूलच्छेदन गर्न नेपाल पसेका शंकराचार्यको प्र्रभावमा परी राजा जगतजय मल्लको राज्यकालमा जात परिवर्तन गरी हिन्दू धर्म अनुशरण गर्नेलाई शूद्रबाट वैश्य हुने घोषणा भएपछि अधिकांश भक्तपुरे ज्यापुले जात र धर्म परिवर्तन गरेको  आख्यान पाइन्छ । फलस्वरूप भक्तपुरमा आज पनि महर्जन, डंगोल, मुनिकार जातका ज्यापु पाइ“दैनन् । यहा“का छ सय ४० जातका नेवारमध्ये चारसय ११ जातका ज्यापु मात्र छन् । भक्तपुरका नेवार ज्यापु वर्गका अनुसन्धानकर्ता हरिराम लवजु र द्यःला समाजका महासचिव माइला बाबु द्यःलाका अनुसार यहा“ काठमाडांै, ललितपुर, मध्यपुर र कीर्तिपुरभन्दा छुट्टै प्रकृतिका अनगिन्ती जात पाइनुको कारण पनि राजनीतिक तथा धार्मिक हस्तक्षेप नै हो ।


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook