मगर जातिको लोककला

बुधवार ०८ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

मगर जातिको लोककला

देविका घर्ती मगर

मगर जाति नेपालको तेस्रो ठूलो जनसंख्या तथा आदिवासी जनजाति समुदायकै पहिलो ठूलो जनसंख्या रहेको समुदाय हो । राष्ट्रिय जनगणना २०६८ अनुसार १८ लाख ८७ हजार ७ सय ३३ मगर जातिको जनसंख्या छ । यो आलेख मगर लोककलामा केन्द्रित छ । 

लोकले आफ्ना दैनिक तथा परम्परागत कार्यहरु सम्पादन गर्न लोकले विभिन्न ज्ञानसिपको प्रयोग गर्दै आएको हुन्छ । लोकजीवनमा आफ्ना सुखदुःख, हर्षोल्लास र वेदनाहरु विभिन्न माध्ययमबाट पोखिएका हुन्छन् । दुःख र वेदनाका क्षणहरुलाई बिर्सदै रमाउन मगर जातिमा विभिन्न परम्परा, चाडवाडहरु रहेका छन् । त्यस क्रममा उनीहरुले गाउने, नाच्ने र अभिनय गर्ने गर्दछन् । लोकका दैनिक जीवनशैली, चाडपर्व, परम्परा, संस्कारसँग जोडिएर आउने कला लोकको कला हो । जो लोकजीवनसँग प्रत्यक्ष जोडिएका हुन्छन् । यस्ता लोककलाहरुले लोकजीवनमा लामो परम्परा र महत्वपूर्ण स्थान ओगटेका हुन्छन् । यही भूमिमा आदिम कालदेखि यहाँको प्रकृतिसँग पौंठेजोरी खेल्दै आएका मगर जाति यहाँका प्रकृति, जलवायु, खोलानाला, भिरपखेरा, हिमाल–पहाड, लेकबेँसीसँग साक्षात्कार छन् ।

मगर जातिमा परम्परागत ज्ञान, सीप एक पुस्तादेखि अर्को पुस्तामा सर्दै गएको पाइन्छ । जस्तै बावुले गर्ने काठको काम, घर बनाउने काम, कृषि, सैनिक सेवाको ज्ञान आदि छोरालाई सिकाउने र आमाको ज्ञान जस्तै  पाक शास्त्र, सरसफाई, तानमा कपडा÷राडीपाखी बुन्ने, धागो काट्ने, गुन्द्री बुन्ने आदि ज्ञान, सीप छोरीलाई सिकाउने प्रचलन रहेको छ 

प्रकृति ज्ञानको भण्डार हो । मगर जातिमा परम्परागत ज्ञान, सीप एक पुस्तादेखि अर्को पुस्तामा सर्दै गएको पाइन्छ । जस्तै बावुले गर्ने काठको काम, घर बनाउने काम, कृषि, सैनिक सेवाको ज्ञान आदि छोरालाई सिकाउने र आमाको ज्ञान जस्तै ः पाक शास्त्र, सरसफाई, तानमा कपडा÷राडीपाखी बुन्ने, धागो काट्ने, गुन्द्री बुन्ने आदि ज्ञान, सीप छोरीलाई सिकाउने प्रचलन रहेको छ । सांस्कृतिक, धार्मिक, परम्परागत यस्ता थुप्रै लोककला मगर जातिमा छन्, जसलाई समग्रमा मगर संस्कृतिको रुपमा ग्रहण गरिरहेका छन् । यहाँ केही लोककलाहरुको छोटकरीमा जानकारी दिइएको छ ।

अ) लोक चित्रकला 

मगर समुदायमा परम्परागत रुपमा धेरै प्रकारका चित्रकलाहरु प्रयोगमा रहेका छन् । यस्ता चित्रहरुको प्रयोगमा विविधता रहेको छ । ती चित्रकलाहरु निम्न छन् ।

क) गुल (नाग) चक्र ः

खेतिपाति शुरु गर्दा कुन दिशाबाट बीउ छर्ने भन्ने सन्दर्भमा गुल (नाग) चक्र हेरिन्छ । मौसम अनुसार सर्प जमिनमूनि फर्केर बस्छ । यस चक्रका आधारमा सर्पको शिर, पुच्छर कुन दिशामा छ भनेर बुझिन्छ । त्यसअनुसार खेतमा बीउ छरिन्छ । टाउकोतिर बीउ रोपिएमा खेति नहुने र पुच्छरतिर बीउ परेमा खेति हुने भन्ने विश्वास छ ।

ख) सर (मृग) चक्र 

सर चक्र सिकारका लागि प्रयोग गरिने चक्र हो । यसमा लोकविश्वास र गणितको सम्बन्ध रहेको छ ।

ग) भुमचाल चक्र 

भुमचाल चक्र ग्रहदशा हेर्दा प्रयोग गरिन्छ । यसमा नौवटा खण्ड रहेका हुन्छन् । यी नवग्रहका स्थान हुन् । यो चित्र खसहरुको अष्ठदल चित्रसँग मिल्दोजुल्दो छ ।

घ) वर (हलो) चक्र 

हलो चक्र नयाँ गोरु घरमा किनेर ल्याएपछि घरमा रहेको पुरानो गोरुसँग जोत्दा कस्तो हुन्छ भनेर हेर्ने चक्र हो ।

ङ) भङ (खोर) चक्र

भङ (खोर) चक्र  गाई, भैंसी, बाख्रा लगायतका पशुहरु खोरभित्र भित्र्याउने बेला राम्रो दिन हेर्नका लागि हेरिने चक्र हो ।

च) बस्त चक्र 

बस्त चक्र विवाह गर्दा, तथा बस्ती सर्ने बेलामा बार समय, ग्रहदशा हेर्नका निमित्त प्रयोग गरिने चक्र हो ।

छ) पाहुना चक्र 

कसैको घरमा पाहुना पर्न जाँदा त्यो व्यक्ति घरमा छ या छैन आदि कुरा जान्नका निमित्त पाहुना चक्र हेर्ने गरिन्छ ।

कसैको घरमा पाहुना पर्न जाँदा त्यो व्यक्ति घरमा छ या छैन आदि कुरा जान्नका निमित्त पाहुना चक्र हेर्ने गरिन्छ ।

ज) पन्थ चक्र 

बिरामीको नामबाट ग्रहदशा हेर्ने चक्र पन्थ चक्र हो ।

झ) विभिन्न सामाग्रीहरुमा कोरिने चित्र 

खुर्पेटो÷दाप 

खुर्पा राख्नका निमित्त प्रयोग गरिने सामग्री खुर्पेटो हो । काठद्वारा निर्मित खुर्पेटोमा कुँदेर विभिन्न आकारमा चित्रहरु कोरिएका हुन्छन् । यो सौन्दर्यका लागि प्रयोग गरिन्छ । त्यसैगरी खुकुरी राख्ने दापमा पनि विभिन्न प्रकारका चित्रहरु निर्माण गर्ने चलन छ ।

काठद्वारा निर्मित खुर्पेटोमा कुँदेर विभिन्न आकारमा चित्रहरु कोरिएका हुन्छन् । यो सौन्दर्यका लागि प्रयोग गरिन्छ ।

झोला वा कपडामा बनाइने चित्र 

मगर जातिमा ऊनको झोला, भाँग्रा, रुमाल आदि कपडाहरुमा चित्र बुन्ने चलन छ । ती कपडाहरुमा महिलाहरुले चरा, मयुर, डाँफे, फूल, नक्सा आदि चित्रहरु बुनेका हुन्छन् ।

ढुंगे चित्रकला 

ढुंगामा कुँदिएको चित्र ढुंगे चित्रकला हो । मगर समुदायमा यो मृत्यु संस्कारमा प्रयोग गरिने चित्र हो । शिलामा मृतकको सम्झनामा उसको परिचयसहित सूर्य, चन्द्रमा अंकित चित्र निर्माण गरी बिसौनीमा शिलालाई स्थापना गरिन्छ । दशैंमा यसको पूजा गरिन्छ ।

आ) काष्ठकला 

मगर जाति डोको, नाम्लो, थुन, छाँचुर, भार, राँगे, दाम्लो, जस्ता काठ तथा बाँसबाट विभिन्न सामाग्रीहरु निर्माण गरेका हुन्छन् । मगर समुदायले परम्परागत रुपमा चिउरीको विया कोल (काठद्वारा निर्मित तेल पेल्ने मेसिन) मा पेलेर तेल निकाल्ने गर्दथे । जो अहिले पनि पहाडी क्षेत्रमा विद्यमान छ । कृषिसँगै पशुपालन पनि गरिने भएकाले गाई तथा भैंसीको दुध दुहुने, दही, दमाउने र मही पार्नका निमित्त प्रयोग गरिने ठेंकी, कार्रे, मदानी लगायतको सामाग्री मगर जातिले काठबाट नै विभिन्न आकारप्रकारमा निर्माण गरेका हुन्छन् ।

मगर जातिको पहाडी क्षेत्रमा बसोवास बढी हुनाले जाडोमा लगाउने विभिन्न रेशाजन्य वस्तुबाट धागो तयार गरी आफै कपडा तयार गर्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा पालिने भेँडाको भुत्लाबाट धागो तयार गरी राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरु मगर महिलाले घरमै तानबाट तयार गर्दछन्  

इ) कटाई बुनाई कला 

मगर जातिको पहाडी क्षेत्रमा बसोवास बढी हुनाले जाडोमा लगाउने विभिन्न रेशाजन्य वस्तुबाट धागो तयार गरी आफै कपडा तयार गर्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा पालिने भेँडाको भुत्लाबाट धागो तयार गरी राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरु मगर महिलाले घरमै तान (घरेलु मेसिन) बाट तयार गर्दछन् । त्यस्तै भाँगो, पुवा, अल्लो आदि रेशाको प्राकृतिक विधिबाट धागो तयार गरिन्छ । जंगलबाट ल्याएको उक्त पुवाबाट बुन्न मिल्ने धागो तयार गर्न मगर महिलाहरुले विभिन्न चरणहरु पार गर्ने गर्दछन् । तयार भएको धागोबाट घरमै कपडा तयार गर्दछन् । त्यही कपडाबाट गादो (भाँग्रा), बख्खु, पटुका, छड्के लगायतका पोशाक तयार गरी लगाउँछन् । मगर समुदायका महिलाहरुले रेसाद्वारा तानमा तयार पारेको कपडा प्रयोग त गरेका छन् नै, यो अहिले ब्यावसायिक रुपमा समेत अगाडि बढि सकेको छ ।

मगर जातिले विशेषगरी वास्तुकला अन्तर्गत आफ्नो घर निर्माण गर्दा विशेष ध्यान दिएको पाइन्छ । नयाँ घर निर्माण गर्दा कुन ठाउँको माटो राम्रो छ ? भनि हेर्ने गरिन्छ

ई) वास्तुकला 

मगर जातिले विशेषगरी वास्तुकला अन्तर्गत आफ्नो घर निर्माण गर्दा विशेष ध्यान दिएको पाइन्छ । नयाँ घर निर्माण गर्दा कुन ठाउँको माटो राम्रो छ ? भनि हेर्ने गरिन्छ । नयाँ घर बनाउनको लागि २–४ ठाउँको माटो झाँक्री, धामी, जैसीसँग हेराइन्छ र राम्रो भन्ने मानिएको स्थानमा जैसीद्वारा शुभ दिन हेराएर खन्न शुरु गरिन्छ । मूल ढोका स्थापना गर्दा धजा, पाती र अक्षेताद्वारा पूजा गरिन्छ । घरभित्र विभिन्न खम्बाद्वारा दलिन तथा माथिल्लो तला अड्याइन्छ । खम्बाहरुमध्ये एउटा खम्बालाई विशेष सम्मानका लागि तोकिन्छ । उक्त खम्बालाई मयन खम्बा वा धुरी खामा भन्दछन् । मगर जातिको घरमा चुला अत्यन्त महत्वका साथ लिइन्छ ।

कुनै घरमा कूल देवताले नसहने हुँदा पाहुनालाई चुला छुन दिइदैन । जुठो नपार्ने, केही गरी परेमा चोखो पानीद्वारा चोख्याउने गरिन्छ । घरभित्र देवता राख्ने ठाउँलाई घुर भनिन्छ । बाहिरबाट अन्य मानिसले चुलो देख्न नहुने गरी बार लगाइएको हुन्छ । घरको धुरी, धुरी खम्बा, चुला समय समयमा पूजा गरिन्छ ।

pressgm@gmail.com

 

 

 

 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook