को हुन् ताजपुरिया ?

मंगलवार १४ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

को हुन् ताजपुरिया ?


                                                               तेजेन्द्र ताजपुरिया

ताजपुरिया जाति सुदुरपूर्व झापा र मोरङमा सदियौंदेखि वसोवास गर्दै आइरहेका त्यस ठाँउको मूलवासी, धर्तीपुत्र तथा आदिबासी हो । वि.स. २०६८ सालको राष्ट्रि«य जनगणना अनुसार ताजपुरियाको कुल जनसंख्या १९ हजार २ सय १३  छ । नेपालबाहेक भारतको पूर्वीबिहार, पस्चिम बंगाल, मजरिम, तेजपुर, जलपाइगुरी, आसाम आदि स्थानमा यिनको बसोबास छ ।
आफ्नै छुट्टै संस्कार संस्कृतियुक्त, भाषा, साहित्य, सामाजिक परम्परा रितिरिवाज मूल्यमान्यता, धर्म मानी आएको ताजपुरिया जातिले भिन्न अस्तित्व कायम गर्दै आएको छ ।

ताजपुरिया जातिको लिखित ऐतिहासिक दस्तावेज नभएता पनि थुप्रै त्यस्ता अलिखित तथा जनश्रुतिहरु प्रमाण स्वरुप हामीले पाउन सक्छौ । ताजपुरिया विवाह कार्यक्रममा बेहुला अर्थात् बेहुलीले शिरमा ताज लगाउनु अनिवार्य रहेको हुन्छ र त्यसै अनुरुप ताज लगाउने भएकोले ताजपुरिया भएको हो भन्ने सबुत हामीले पाउन सक्छौ । अर्कातिर ताजपुरियाहरु शिव र गंगा कुलको (वंश) हो, जसअनुसार ताजपुरिया जातिको कुल देवता ठाकुर (शिव) हो भन्ने भनाई पनि बुढापाकाबाट सुन्न पाइन्छ ।

धर्म

ताजपुरिया समुदायल प्रकृतिपुजक हो । मुर्ति पुजा तथा फोटो पुजा नहुने ताजपुरिया समुदायमा कुल देवतामा ठाकुर (शिव), ब्रम्हाणी (नाग) र हलुमान (हनुमान) र ग्राम देवतामा महाराज थानलाइ पुजा गर्ने गर्छन् ।

२०६८ सालको राष्ट्रि«य जनगणना अनुसार ताजपुरियाको कुल जनसंख्या १९ हजार २ सय १३  छ । नेपालबाहेक भारतको पूर्वीबिहार, पस्चिम बंगाल, मजरिम, तेजपुर, जलपाइगुरी, आसाम आदि स्थानमा यिनको बसोबास छ 

खानपान

ताजपुरिया समुदायका मानिसले जातिय खानाको रुपमा घुँगी, गँगटो, सिपी, जस्ता समुद्रिक खाना खान्छन भने अन्य रस्सा, फेद्गो, कान्जी, घोटोल, पेल्का बिशेष तरकारीजन्य परिकारहरु हुन् । सामान्यतया ताजपुरिया समुदायले खाने खाना उसिना चामलको भात, दाल र आलुको भुजिया(फ्राइ)नै हो । ताजपुरिया समुदायले जाडो याममा बासीभातलाई खरखरा (भुटेको) खाने गर्दछन् भने गर्मी याममा पान्ता (पानी हालेको) खाने गर्दछन् । त्यसैगरी लाफ साग, पोइ साग, सुक्ता(सुकाती) पनि ताजपुरिया समुदायको बिशेष परिकार हुन् । पुरुष प्रधान ताजपुरिया समुदाय महिलाहरु भातभान्सामै दिन गुजारा हुन्छ ।

पहिरन

ताजपुरिया समुदायका पूर्वजहरुले लङ्गोटी (गम्छा) लगाउथे । पछि पछि धोती लगाउन थाले । जातीय पहिरनमा पुरुषहरुले धोती, गन्जी, चप्पल लगाउँछन् । पहिले पहिले खराउ, फेटा (गलबन्दी) लगाउथे भने महिलाहरुले पहिले पहिले पेटानीमात्र लगाउथे । पछि आएर पेटानीको साथै छिट (सल) अनि सारी चोलो लगाउन थाले । केटाकेटी उमेरमा केटाहरुले कट्टु गन्जी लगाउछन् भने केटीहरुले घाँघरी, जामा लगाउँछन् ।

गरगहना

ताजपुरिया समुदायका महिलाहरुले पहिले पहिले विशेष माटोबाट बनेका माटोको माला र धातुका पैसाबाट बनेका माला लगाउथे भने अहिले सुन र चाँदीका गरगहनाहरु लगाउछन् । खुट्टामा खरुवा, पाउजु, छर्रा आदी हातमा बाँक, सिप्टितार, चुरी आदी घाँटीमा दुइनरिया, चारनरिया, बिच्छा, कानमा सना आदि  लगाउँछन् । ताजपुरिया जातिको महिलाहरुले नाक नछेड्ने प्रमुख बिशेषता हो ।

ताजपुरिया समुदायले मान्ने प्रमुख चाड सिरुवा हो । यो बर्षको चैत मसान्तदेखि बैशाख २ गतेसम्म मनाइन्छ । त्यसैगरी औंसिया (तिहार), फगुवा, जेत्रा (दशै), कृष्णअष्टमी, नायाँ खाबार पाबुन, शिबरात्री आदि चाड पनि मनाउँछन् 

चाडबाड

ताजपुरिया समुदायले मान्ने प्रमुख चाड सिरुवा हो । यो बर्षको चैत मसान्तदेखि बैशाख २ गतेसम्म मनाइन्छ । त्यसैगरी औंसिया (तिहार), फगुवा, जेत्रा (दशै), कृष्णअष्टमी, नायाँ खाबार पाबुन, शिबरात्री आदि चाड पनि मनाउँछन् ।

जन्म संस्कार

बच्चा जन्मिने बेला भएपछि सुत्केरीलाई कोठाभित्र राखिन्छ र सुँढेनी (मेझ्यानी) को तुरन्तै ब्यवस्था गरिन्छ । धामीझाँक्रीबाट झारफुक गर्ने काम पनि चलिरहेको हुन्छ । हाल आएर भने ब्यथा लाग्ने बित्तिकै अस्पताल लाने गरिन्छ । बच्चा जन्मेको दुई तीन दिनमै चोखिने चलन छ । हजामको खुर कैचीको पानीले छर्कि घरभित्र, आँगनमा समेत लिपपोत गरेमा उक्त घर चोखिएको हुन्छ । बालकको सालनाल सुँढेनीले काट्छिन् ।

विवाह संस्कार

ताजपुरिया समुदायमा अनेकन थरीको विवाहको चलन छ । जस्तो कि मागी विवाह, भागी विवाह, विदभाङा, दामदुम, घनजिया, डङुवा आदि । तीमध्ये मागी विवाह र भागी विवाह (विद भाङा) मुख्य रुपमा चलनचल्तीमा छ ।

उमेर पुगेको केटा पक्षको मान्छेले करुह्वा (लमी) का साथ केटीको घरमा औपचारिक रुपमा माग्न जाने र कुरो मिल्ने भएपछि केटी पक्षका दुईचार जना भद्रभलाद्मी र आफन्त केटाको घरमा केटा हेर्ने (दुल्हा देखी) गर्छन् । त्यस लगत्तै केटा पक्षबाट पनि त्यहि अनुसार मान्छे लिई केटी पक्षकहाँ सुब–मनचुक्ती अर्थात् डालिखरा (फूलमाला) गर्छन् । त्यसपछि पात्रो हेरि बैसाख, जेठ, असारसम्म अनुकुल समय मिलाइ विवाहको लगन जुराइ दिन तोकिन्छ । ताजपुरिया समुदायमा विवाह तीन दिनसम्म चल्छ ।

आफ्नो कुल देवता तथा ग्राम देवतालाई जगाउने काम पनि हुन्छ । बेलुकापख डाकिएका आफन्तजन आइ काँचो बेसार ओखलमा पिस्ने र लेदो बनाउने काम गर्छन्, जुन विवाहित दिदीबहिनीले मात्र गर्न पाउँछन्

पहिलो दिन

 पहिलो दिनलाइ हल्दी भनिन्छ । त्यस दिन वैवाहिक घरमा सत्यनारायनको पूजा लगाउने चलन छ । आफ्नो कुल देवता तथा ग्राम देवतालाई जगाउने काम पनि हुन्छ । बेलुकापख डाकिएका आफन्तजन आइ काँचो बेसार ओखलमा पिस्ने र लेदो बनाउने काम गर्छन्, जुन विवाहित दिदीबहिनीले मात्र गर्न पाउँछन् । त्यसपछि दुल्हा कैना अर्थात् बेहुला बेहुलीभन्दा अग्रजहरुबाट त्यो लेदो गालामा दल्ने गरिन्छ ।

दोस्रो दिन

दोस्रो दिनकासाकुटा हो । त्यस दिन सबभन्दा नजिकका नातेदार वैवाहिक घरमा आउने गर्छन् । विवाहिता दिदीबहिनीलाई रातो रंगको बरती (सुती कपडा) र ज्वाईलाई रातो रंगकै धोती दिइन्छ । दिदीबहिनीले विशेष खालको चुल्होमा कासा (जडिबुटी तथा औषधी, अत्तर) भुट्ने र ओखरमा कुट्ने गरिन्छ । तोरीको तेलमा उक्त धुलो मिसाई लेप तयार गरिन्छ । कुल देवता, इष्ट देवता तथा ग्राम देवतालाई पूजा गरिसकेपछि आफन्तजनबाट उक्त लेप बेहुला तथा बेहुलीको गालामा र जिउमा लगाउने गरिन्छ । त्यसपछि माटोले बनेको सानो खालको बरिया (गाग्रा) ले अग्रज आफन्तजनले पालैपालो पाँच पाँचचोटी बेहुला तथा बेहुलीलाई टाउकोमा पानी खन्याई नुहाइदिने कार्य हुन्छ । जसलाई जलढाल्ला भनिन्छ ।

तेस्रो दिन

तेस्रो दिन खास विवाहको दिन हो । त्यस दिनलाई सम्भर तथा कुमरमर भनिन्छ । त्यस दिन बेहुलाले देवताको ढोगसेवा गर्नुपर्छ र आँपको फेदमा पाँच फेरा परिक्रमा गर्दै टाउको जुधाउनु पर्छ । जब बेहुलाले जन्ती लिई बेहुलीकहाँ पुग्न लाग्दा बेहुलीकी दिदीबहिनीले पान, सुपारी लिनलाई बेहुला तथा करुह्वालाई छड्के रुपमा गायनमार्फत् विभिन्न माग राख्छन् । पान, सुपारी माग गर्दा विशेष प्रकारको डाली (डालो) टाउकोमा बोक्ने गर्छन् ।

बेहुलाले देवताको ढोगसेवा गर्नुपर्छ र आँपको फेदमा पाँच फेरा परिक्रमा गर्दै टाउको जुधाउनु पर्छ । जब बेहुलाले जन्ती लिई बेहुलीकहाँ पुग्न लाग्दा बेहुलीकी दिदीबहिनीले पान, सुपारी लिनलाई बेहुला तथा करुह्वालाई छड्के रुपमा गायनमार्फत् विभिन्न माग राख्छन्

बेहुलाले लिएर गएको डोलीमा बसाली बेहुलीलाई पनि आँपको बोटमा पाँच फेरा लगाउदै टाउको जुधाउनु पर्छ । अब विवाहको विद (मण्डप,जग्गे) मा बस्ने बेलामा बेहुली कोहोबर (बेहुला बेहुली बस्ने घर) बाट रुदै एक हातमा दहीको लदिय ा(माटोको भाडो) लिएर दिदीबहिनीको साथमा जग्गेमा ल्याउँछन् । लगभग पुरोहित र हजामको कर्मकाण्ड र बेहुलीको अभिभावबाट कन्यादान, उचकरन साथै बेहुलाबाट सिन्दुर दान हुदै विद सकिन्छ । बेहुलाले बेहुली ल्याइसकेपछि बेहुला घरमा पनि विद हुने गर्छ । त्यसको भोलिपल्ट बेहुली पक्षका केही मानिस आउँछन् र सम्धी लगाउने काम हुन्छ । र, बेहुली लिइ घर फर्कन्छन्, त्यस दिनलाई आठवारी भनिन्छ । त्यसको भोलिपल्ट फेरी बेहुलासहित केही मान्छे बेहुलीकहाँ गई बेहुली ल्याउने काम हुन्छ, त्यस दिनलाई बसौनी भनिन्छ । यसरी विवाहको रिती सकिन्छ ।

मृत्यु संस्कार

ताजपुरिया समुदायमा कुनै मान्छेको मृत्यु भएमा यदि नावालक भएमा गाड्ने र अन्यलाई जलाउने परम्परा छ । मान्छे मरेपछि उत्तर शिरान र दक्षिण खुट्टा गरी राखिन्छ । सबै आफन्तजन भेला भई मृतकलाई मचली (घारो) मा राखी घाटमा लगिसकेपछि विधिविधानका साथ दाहसंस्कार गरिन्छ । दागबत्ति दिनेले क्रियापुत्रीको रुपमा बस्नुपर्ने हुन्छ । मृत्यु भएको चार दिनलाई तारात भनिन्छ । त्यस दिन चेलीबेटीहरु चोखिन्छन् । दशौं दिनलाई दसक्रम भनिन्छ, त्यस दिन आफ्ना वंशका मानिसहरु चोखिन्छन् । एघारौं दिनलाई सुन, बाह्रौं दिनलाई मठ भनिन्छ । त्यस दिन कण्ठा (काट्टो खाने) बाहुनले पाँचदान लिने र क्रियापुत्रीद्वारा अन्न भोजन गराई उसलाई चोख्याउने काम हुन्छ । सोही दिन साँझ धामीझाँक्रीमार्फत् मृतकको प्राण त्यस घरबाट बिदाई गर्ने गरिन्छ, त्यसलाई जीव चलानी भनिन्छ । तेह्रौ दिनलाई भोज भनिन्छ । गच्छे अनुसार मानिसले धेमाली दिने चलन पनि छ । त्यस दिन मांसहारी भोजन पनि चल्छ ।
                          लेखक गोरखापत्र दैनिककको ताजपुरिया भाषाको पृष्ठ संयोजक हुन्                                  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook