आदिवासी जनजाति पत्रकारका जातीय छाता किन ?

शनिवार १८ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

आदिवासी जनजाति पत्रकारका जातीय छाता किन ?


गीता चौधरी

सञ्चारकर्मीहरुको हक हितको लागि आवाज उठाउनलाई नेपाल पत्रकार महासंघको स्थापना भएको छ । राज्यको चौथो अङ्ग पत्रकारितालाई लिईन्छ । स्वच्छ र निष्पक्ष पत्रकारिताले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । पत्रकार महासंघ श्रमजीवी र व्यावसायिक मैत्रीपूर्ण  संस्थाको रुपमा पत्रकारहरुको साझा छाताको रुपमा रहेको छ । महासंघको पछिल्लो दुइ अधिबेशनबाट आदिवासी जनजाति, महिला, दलित पत्रकारको लागि छुट्टाछुट्टै कोटा आदिवासी जनजाति समावेशी बनाउने प्रयास गरिएको छ । जसमा आदिवासी जनजातिका लागि २ वटा कोटा आरक्षण गरिएको छ ।

बीसौ अधिबेशनमा आदिवासी जनजाति कोटाबाट राजकुमार दिक्पाल (अन्नपूर्ण पोष्ट) तथा उजीर मगर (नागरिक) पत्रकार महासंघको केन्द्रीय सदस्य चुनिएका थिए । त्यस्तै, एक्काइसौं अधिबेशनमा आदिवासी जनजाति कोटाबाट खिम घले (कान्तिपुर) तथा दिलिप थापा मगर (नेपाल टेलिभिजन), बाइसौ अधिवेशनमा लक्की चौधरी (गोरखापत्र) तथा मोहनंिसह लामा (गोरखा एफएम) केन्द्रीय सदस्य चुनिएका थिए । यसरी एउटा सिङ्गो पत्रकार महासंघ हँुदाहुँदै राई, तामाङ, थारु,  शेर्पा, नेवार, तमु लगायत जातीय पत्रकार तथा सञ्चारकर्मीहरुको छुट्टाछुट्टै छाता संघहरु पनि खोलिएका छन् । आखिर जनजाति सञ्चारकर्मीलाई किन चाहियो छुट्टै छाता संघहरु ? यो बहसको बिषय हो । 

एउटा सिङ्गो पत्रकार महासंघ हँुदाहुँदै राई, तामाङ, थारु,  शेर्पा, नेवार, तमु लगायत जातीय पत्रकार तथा सञ्चारकर्मीहरुको छुट्टाछुट्टै छाता संघहरु पनि खोलिएका छन् । आखिर जनजाति सञ्चारकर्मीलाई किन चाहियो छुट्टै छाता संघहरु ? यो बहसको बिषय हो । 

२०६४ सालमा स्थापना भएको किरात राई पत्रकार संघको संस्थापक अध्यक्ष गणेश राई भन्छन्– सर्वप्रथम त जाति, भाषा, संस्कृति तथा अस्तित्व जोगाउनको लागि छुट्टै छाता संघ जरुरी छ । राजनीतिक परिवर्तनसगै मुलुक नयाँ संविधानको ऐतिहासिक मोडमा छ । नेपाली मिडियामा बलियो पहुँच र स्वाभिमानको रक्षाको लागि, राज्यको अन्य संरचनाहरु जस्तै एकपक्षिय सांस्कृतिक मान्यताबाट निर्देशित रहेकोले अब बन्ने संघीय राज्यभित्र किरात राईहरुको उत्थानको लागि किरात राई पत्रकार संघको आवश्यकता महशुस गरि खोलेका हौं ।

त्यसो त नेपालको पत्रकारितामा पहिलो स्नातकोत्तर गर्ने पत्रकार लालध्वज देउसा राई हुन् । त्यस्तै पहिलो रेडियो सञ्चारकर्मी नारदमुनी थुलुङ हुन् । तर ऐतिहासिक तथ्याङ्क भएर के गर्नु, मूलधारको सञ्चार माध्यममा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व र पह“ुच अत्यन्तै न्यून छ । मातृभाषा सबै समुदायको ढुकढुकी हो, यसलाई अस्तित्वमा नल्याउने हो भने सबै जातजातिको स्थानीय पहिचान हराउने अवस्थामा पुग्न सक्छ । यी तथ्यहरुलाई मध्यनजर गर्दै हरेक जातजातिले मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्नु पर्छ र संगठित हुनुपर्छ ।
नयाँ पुस्ताले आफ्नो इतिहासमा गर्व गरुन् तथा पेशागत रुपमा सञ्चार माध्यमलाई दीर्घकालिन रुपमा अंगाल्न सकुन् र पेशागत रुपमा सचेत होउन् भन्ने  सचेतनाको  लागि किरात राई पत्रकार सघले समय समयमा मातृभाषा बिकासको निम्ति तथा दक्ष प्रशिक्षकहरु उपलब्ध गराउनको लागि पनि जातीय पत्रकार संघहरु चाहिएको महशुश गरेको हो ।

२०६४ सालमा स्थापना भएको किरात राई पत्रकार संघको संस्थापक अध्यक्ष गणेश राई भन्छन्– सर्वप्रथम त जाति, भाषा, संस्कृति तथा अस्तित्व जोगाउनको लागि छुट्टै छाता संघ जरुरी छ 

तामाङ संचार समुह २०६२ सालमा स्थापना भएको हो । अहिलेसम्म करीब २०० को संख्यामा तामाङ सञ्चारकर्मी यस समुहमा सदस्य छन् । ‘पहिलो त सञ्चार माध्यममा लाग्ने सञ्चाारकर्मीहरुको आफ्नै हक हितको लागि तथा क्षमता अभिबृिद्धको साथै पेशा सुरक्षाको लागि, दोश्रो कुरा आफ्नो जातिको राजनीतिक मुद्धालाई छिटो छरितो ढंगले सम्बन्धित निकायससम्म पु¥याउनलाई पनि एउटा माध्यमको आवश्यकता भएको सोचले पनि जातीय पत्रकार संघ खोल्नु परेको’ जिकिर गर्छन् नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव समेत रहेका तामाङ सञ्चार समुहको पूर्व अध्यक्ष प्रतिक तामाङ । उनले भने– तामाङ सञ्चार समुहलाई जिल्लातिर बिस्तार गर्ने क्रममा छौं । तामाङ समुदायमा रहेका बिशिष्ट ब्यक्तित्व, समाजसेवी, बिज्ञ तथा सभासद् राजनितिज्ञबिच समय समयमा अन्तरकृया गराउनुको साथै तामाङ भाषाको उत्थान र प्रर्वधनको लागि तालिमहरु पनि दिने गरेका छौं ।

थारु पत्रकार संघ नेपाल २०६७ साल चैत १६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिधिवत रुपमा दर्ता भएको छ । संघको अध्यक्ष पूर्व अध्यक्ष बिनिता चौधरी भन्छिन्– नेपाल पत्रकार महासंघको एक्लो प्रयासबाट सबै भाषाभाषी पत्रकारहरुको हक हित सुनिश्चित गर्न पहिचान सम्भव छैन । जातीय पत्रकारहरुको सुझाव, आवाज र समस्याहरुलाई पत्रकार महासंघसम्म संगठन मार्फ पु¥याउन तथा समस्या समाधानका लागि दवाव सिर्जना गर्नका लागि यसको स्थापना गर्नुपरेको हो । यसैगरि थारु जातिका इतिहास, धर्म, संस्कृति, भाषा, चाडपर्व, भेषभुषा र जीवन भोगाई आदिलाई पनि विश्वसामु परिचित गराउन एउटा संगठित पत्रकारिताको माध्यमबाट सहज हुने भएकोले  थारु पत्रकार संघ नेपाल जन्मिएको हो । संघको निवर्तमान अध्यक्ष लक्की चौधरी भन्छन्– हामीले थारु लगायत अन्य आदिवासी जनजातिको मुद्दालाई पनि उठाउने छौं र संवाद, छलफलका माध्यमबाट निकालिएको निचोडलाई नेपाल पत्रकार महासंघसम्म पु¥याउनेछौं । जसको माध्यमबाट समाधानका उपायहरु अवलम्बन गर्न नेपाल पत्रकार महासंघलाई पनि टेवा पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।

 थारु पत्रकार संघ  निवर्तमान अध्यक्ष लक्की चौधरी भन्छन्– हामीले थारु लगायत अन्य आदिवासी जनजातिको मुद्दालाई पनि उठाउने छौं र संवाद, छलफलका माध्यमबाट निकालिएको निचोडलाई नेपाल पत्रकार महासंघसम्म पु¥याउनेछौं ।

२०६४ साउन ३१ ग्ते राजधानीमा क्रियाशिल मगर पत्रकारहरुको भेलाले मगर आमसञ्चारकर्मी समाज गठन गरेको हो । मगर जातिको जातीय भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक लगायतका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गराउने सञ्चार माध्यममा कार्यरत मगरहरुलाई संगठित गरेर उनीहरुको हकहित र अधिकार संरक्षण तथा व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, मगर जातिको सर्वाङगीण बिकासका लागि आमसञ्चार माध्यमको संस्थागत बिकास गर्ने  मूल लक्ष्य लिएर स्थापना गरिएको हो । 

मगर आमसञ्चारकर्मी समाज केन्द्रिय सदस्य मनोज घर्तीमगर भन्छन्– ६ दशक लामो इतिहास बोकेको पत्रकार महासङघलाई सबै पत्रकारले साझा भनेर स्वीकार गरेको भए पनि मूलतः अहिले पनि यो आदिबासी जनजाति पत्रकारहरुको पह“ुचभन्दा बाहिर छ । पत्रकार महासंघको निर्वाचनलाई हेर्ने हो भने पनि आदिवासी पत्रकारका लागि छुट्याइएको सदस्यमा बाहेक अन्यमा जनजातिको अनुहार देखिन्न ।

पत्रकार महासंघमा पहु“च नभए पनि जनजाति पत्रकारहरुको  संख्या भने दिन प्रतिदिन बढ्दो छ । उनीहरु पत्रकारिताबाट जीविकोपार्जन गर्ने मात्र नभई आफ्नो पेशाबाट आफ्नो समुदायको उत्थानका लागि केही गर्न चाहन्छन् । 

पत्रकार महासंघमा पहु“च नभए पनि जनजाति पत्रकारहरुको  संख्या भने दिन प्रतिदिन बढ्दो छ । उनीहरु पत्रकारिताबाट जीविकोपार्जन गर्ने मात्र नभई आफ्नो पेशाबाट आफ्नो समुदायको उत्थानका लागि केही गर्न चाहन्छन् । तमू जातिको ठुलो पर्व ल्होसारको अवसरमा हालै तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले ८ जना गुरुङ पत्रकारहरुलाई पुरस्कृत गरेको छ । थारु पत्रकार संघले पनि थारु समुदायको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्नेलाई यस बर्ष पुरस्कारको घोषणा गरेको छ ।

पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको पह“ुचलाई माथि उठाउने मात्रै होईन, आफ्नो समुदायको लागि केही गर्नलाई पनि आदिवासी जनजाति पत्रकारहरु  सङ्गठित हुनु आवश्यक छ । त्यसो त समग्र आदिवासी पत्रकारहरुको छाता सङ्गठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)  पनि छ । यसले समग्र अदिवासी पत्रकारको हकहित र समग्र आदिवासी जनजातिको बारेमा महत्वपूर्ण कार्यहरु गरे पनि मातृभाषामा पत्रकारिता गरिरहेकाहरुलाई नसमेटेकाले जातीय पत्रकार संघ सङगठन पनि खोलिने क्रम जारी छ । जो आवश्यकता पनि हो ।

लेखिका थारु पत्रकार संघको सल्लाहकार हुन्
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook