मधेश आन्दोलन, लोकतन्त्र र राष्ट्रवाद

मंगलवार २१ पौष, २०७२   |   राजनीति

Print This   |   Font Size + -

मधेश आन्दोलन, लोकतन्त्र र राष्ट्रवाद

रामकुमार दीक्षित

मधेशमा एउटा कहावत छ, ‘खिसियानी बिल्ली खम्भा नोचे’ । अर्थात दूध खाएर पल्केकी विरालोले कुनै अवरोध भएर दूध खान नसकेपछि गाडिएको खम्भालाई नङ्गले कोट्याउने । ठिक त्यस्तै स्थिति र परिस्थिति आइपरेको छ पहाडिया शासकहरू माथि, जसलाई अभिव्यक्त गरेका हुन् राजु नेपालले (हेर्नुहोस्ः नागरिक दैनिक, २०७२ मंसिर २८ अंकमा “भारत विरोधी भावना” शीर्षक मार्फत्) ।

सन १८१६ र सन १८६० गरी दुई चरणमा हालको मधेश नेपालको आधिपत्यमा आएको हो । नेपालको भू–भागमा मधेश मिसिएपछि बेलायतले भारतलाई उपनिवेश बनाएजस्तै खस बाहुन क्षेत्रीहरूले मधेशलाई उपनिवेश बनाए । उपनिवेश भनेको एउटा निश्चित भू–भाग (छुट्टै राज्य) को उत्पादन साधन श्रोतलाई आफ्नो भू–भाग (राज्य) मा लैजाने आफ्नो विकास गर्ने र उपनिवेश बनेको भू–भागको नागरिकसँग छुट्टै राज्यझैं ब्यवहार गर्ने । ठिक त्यस्तै ब्यवहार गरे मधेशीसँग पहाडिया शासकले । मधेशीलाई विदेशीझैं काठमाडौं प्रवेश गर्दा प्रवेशाज्ञा दिइन्थ्यो । प्रवेशाज्ञा कसलाई दिइन्छ ? विदेशी नागरिक वा आफ्नै देशका नागरिकलाई ? राजु नेपाल जीलाई राम्ररी थाहा होला ।

जिस थाल में खाना उसी थाल में छेद करना’ खस बाहुनहरूले यो संस्कार ऐतिहासिक रूपमै संगै लिएर आएका छन् । भारतीय भूमिबाट विभिन्न कालखण्डमा धपाइएका यी बाहुन क्षेत्रीहरूलाई नेपालका आदिवासी जनजातिहरूले पाहुनाको रूपमा स्वागत गरे 

‘जिस थाल में खाना उसी थाल में छेद करना’ खस बाहुनहरूले यो संस्कार ऐतिहासिक रूपमै संगै लिएर आएका छन् । भारतीय भूमिबाट विभिन्न कालखण्डमा धपाइएका यी बाहुन क्षेत्रीहरूलाई नेपालका आदिवासी जनजातिहरूले पाहुनाको रूपमा स्वागत गरे । तर शासन कलामा निपुर्ण यी खस पाहुनाहरू कालान्तरमा उनै आदिवासीहरूलाई शासित बनाए र आज जब उनै शासितहरू आफ्नो अधिकार पुनर्बहालीको लागि आन्दोलनरत छन्, शासकहरू गोली ठोक्दैछन् । हिजो जसले भगौडाहरूलाई गाँस, बास र कपास दियो उनै भूमिपुत्रहरूलाई विदेशी भनी अपमानित गर्न आतुर छन् र आफ्नो पछिल्लो भगौडा भएको इतिहास मेटाउन खोज्दैछन् ।

शम्शेरले नेपालीलाई प्रजाको संज्ञा दिए, जुन २०६३ सालमा सार्वभौम जनता भएका छन् । तर ब्यवहारमा हालसम्म पनि चन्द्र शम्शेरका प्रजा नै छन् । लेखक नेपालले ‘हरूवा’ शब्द प्रयोग गरेझैं प्रचण्डले पनि हरूवा शब्द प्रयोग गरेका थिए । तर उनै जनताले उनलाई कहाँ पु¥याई दिए सबैलाई राम्ररी थाहा छ । अब काठमाडौं मात्रै नेपाल रहेन, अहिलेको सम्पूर्ण भूगोल नेपाल हो । आम नेपाली जनता खसहरूको चर्तिकलाको बारेमा राम्ररी थाहा पाइसकेका छन् । उत्तर र दक्षिणको ‘डर’ देखाएर आम नेपाली जनतालाई मूर्ख बनाइ राख्ने र राष्ट्रवादको नाममा जनताको चुल्हो बाल्न नदिने दिन गइसके ।

‘राष्ट्रवाद’ शब्द समुन्नत राष्ट्रको अवधारणा र कल्पनामा आधारित छ भने नेपाली राष्ट्रवाद भनेको साँस्कृतिक जातीय राष्ट्रको अवधारणामा आधारित छ 

‘राष्ट्रवाद’ शब्द समुन्नत राष्ट्रको अवधारणा र कल्पनामा आधारित छ भने नेपाली राष्ट्रवाद भनेको साँस्कृतिक जातीय राष्ट्रको अवधारणामा आधारित छ । एउटै जाति संस्कृति परम्परा (खस बाहुन क्षेत्री) नै राष्ट्रवाद हो । जातीय राष्ट्रवादले भूकम्प पीडितलाई पनि छाडेन । भूकम्प पीडितको नाममा १४ अर्ब घोटाला गरियो भने काठमाडांैमा पेट्रोलियम पदार्थको सरकारी स्तरमा सरकारी राष्ट्रवादीहरूले कालोबजारी गरेको बारे अख्तियारले जारी गरी रहेको सूचीले पनि प्रमाणित गरिरहेको छ । 

जहाँसम्म भारत विरोधी भावनाको बारेमा राजु नेपालको धारणा छ, झट्ट पढ्दा सत्य प्रतीत भए पनि वास्तविकता त्यसैमा लुकेको छ । सर्पलाई जति दूध खुवाए पनि मौका पाएमा बाँकी राख्दैन । यो उखान अहिले केही खस ‘बौद्धिक’ हरूको जमातले प्रमाणित गरिरहेका छन् । यिनीहरूको अभिव्यक्तिमा बौद्धिक दरिद्रता र ईश्र्या देखिन्छ । सम्पत्तिको दरिद्रताले स्वयं व्यक्ति र परिवार पीडित हुन्छ भने ‘बौद्धिक दरिद्रता’ ले परिवार समाज र सिंङ्गो राष्ट्र नै पीडित हुन्छ, जुन अहिले प्रत्यक्ष रूपमा देखिएको छ । अहिले केही यस्तै दरिद्रहरूको कारणले नेपाल यो अवस्थामा आइपुगेको छ । यिनै दरिद्रहरूले २ लाखमा महाकालीदेखि राप्ती र राप्तीदेखि गण्डकी, गण्डकीदेखि कोशी, कोशीदेखि टिष्टा नदी बीचको समथर भू–भाग तथा टिष्टा नदीको उत्तर पहाडी भू–भाग समेत इष्ट इण्डिया कम्पनीलाई बेचे । ससुरालीमा पाएको भैंसीजस्तै र कोशी गण्डकी टनकपुरलाई बिक्री गरे, बाबुको पैतृक सम्पत्ति जस्तै ।

सधैँ सत्तासँग टाँसिएर बस्ने केही बौद्धिक रूपले दरिद्र बुद्धिजीवीहरूको जमातले पत्रपत्रिकामा लेखेर, टीभीमा बोलेर, भारत विरोधी नारा लगाएर भारत विरोधी भावना आम सर्वसाधारणमा जगाउन सक्दैनन् । अब उनै जनताले प्रश्न गर्छन्, आफ्ना छोरा छोरीलाई भारतले दिएको छात्रवृत्तिमा पढाउने, उसैको पेन्सन खाने, लैनचौरबाट भत्ता बुझ्ने, काठमाडौंमा लैनचौर विरूद्ध उर्लने र सत्ता प्राप्तिपछि दिल्लीमा गएर माफी माग्ने अनि जनतालाई राष्ट्रियताको पाठ पढाउने ?

 शासनमा एउटै जाति (बाहुन क्षेत्री) मात्रै किन देखिन्छन् ? प्रशासनमा न्यायालयमा मधेशी, आदिवासी जनजाति कहाँ छन् ? के नेपालका आदिवासी जनजाति, मधेशीहरू नेपाली होइनन् ? नेपालमा कहाँ छ लोकतन्त्र ?

नेपाली जनता भारत विरोधी कहिल्यै पनि हुन सक्दैन । केही बुद्धिजीवीहरू मात्रै क्षणिक रूपमा भारतको विरोध गर्छन्, त्यो पनि केही पाउनका लागि देखावटीका लागि । भारतलाई प्रचण्डभन्दा बढी कसैले पनि गाली गरेन होला । तर उनी प्रधानमन्त्री बनेपछि पहिला भ्रमण भारतकै गरे । जहाँसम्म राष्ट्रवादीको कुरा छ, मधेशी, थारू, मुस्लिम, आदिवासी, जनजातिहरू नै असली नेपाली र राष्ट्रवादी हुन् । वास्तविक राष्ट्रवादी नेपालीलाई हेर्नुछ भने भारतमा गएर हेर्नुस्, उनीहरूको जीवनशैली हेर्नुुस्, कति कष्टपूर्ण र संघर्षपूर्ण छ, तर पनि उनी कहिले आफ्नो मातृभूमिलाई बिर्सेका हुँदैनन् र वर्षमा एक चोटी भएपनि दशैं तिहारमा नेपाल आउँछन् । तर कथित राष्ट्रवादीहरू ग्रीनकार्ड र पीआर लिएर उच्च स्तरको जागिर खान्छन् र सँधैका लागि मातृभूमिलाई छाडेर जान्छन् र फर्केर आउँदैनन् ।

जनताले गर्ने शासन पद्धतिलाई लोकतन्त्र भनिन्छ । मधेशका जनता, पहाडका जनता सबै नेपाली हुन् । वर्तमान भुगोलमा बस्ने सबै जनता नेपाली हुन् । तर शासनमा एउटै जाति (बाहुन क्षेत्री) मात्रै किन देखिन्छन् ? प्रशासनमा कहाँ छन् मधेशी ? न्यायालयमा मधेशी, आदिवासी जनजाति कहाँ छन् ? के नेपालका आदिवासी जनजाति, मधेशीहरू नेपाली होइनन् ? नेपालमा कहाँ छ लोकतन्त्र ?
                                                           लेखक अधिवक्ता हुन्


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook