किरात पहिचान र येले संवत्

आईतवार २६ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गणेश राई

गणेश राई

काठमाडौ

किरात पहिचान र येले संवत्

बहुजाति, बहुभाषिक, बहुसांस्कृति र बहुधार्मिक अर्थात् धर्मनिरपेक्ष गणतान्त्रिक मुलुक नेपालमा जातीय पहिचानको विषयलाई तीव्रतर ढंगले उठेको छ । जुनकुरा शासक वर्गका एक पक्षले स्वीकार्न सकिरहेका छैनन् । स्वीकार्ने पक्षले शासनपद्धति र समग्र नीतिलाई समावेशी, समानुपातिक बनाऔं भनिरहँदा उल्टै खाल्डो परिने हो कि ? भनेर आफैं सशंकित हुने थालेको भान हुन्छ । यद्यपि सत्य कुरो २१ औं शताब्दीमा मनुस्मृतिले मात्र शासन थाम्छ भनिरहनु भूल हुनेछ ।

राजनीतिक इतिहासमा वल्लोकिरात, माझकिरात र पल्लोकिरात उल्लेख छ । वर्तमानमा किरात प्रदेश, लिम्बुवान, खम्बुवान, कोइँचवान, कोइँचवान, वल्लोकिरात आदिको चर्चा छ । यी भनेका किरात जातिहरूको आदिम बस्तीको साङ्गोपाङ्ग भूगोल पहिचानका रूपहरू हुन् । किरातभित्र पहिचान पाएका चार जाति सुनुवार (कोइँच), राई, याक्खा र लिम्बू छन् । राई जातिभित्र रहेका अन्य केही भाषिक समूहले छुट्टै किरात जातिमा सूचिकृत हुन पाउनु पर्ने माग पनि तीव्र ढंगले उठ्दै आएको छ ।

जातीय पहिचानसहितको संघीय राज्य नेपालको नयाँ संविधान जारी नगरे पनि आम नेपालीको मानसपटलमा ‘एकात्मक हिन्दुवादी केन्द्रीकृत राज्यसत्ता’ अब रहने छैन ।

ऐतिहासिक संविधानसभा (वि.सं. २०६४ चैत २८– २०६९ जेठ १४) ले जातीय पहिचानसहितको संघीय राज्य नेपालको नयाँ संविधान जारी नगरे पनि आम नेपालीको मानसपटलमा ‘एकात्मक हिन्दुवादी केन्द्रीकृत राज्यसत्ता’ अब रहने छैन । त्यसअर्थमा आफ्नो पहिचान स्थापित गर्नेतर्फ लागिपरेका छन् । किरात जातिले चाहेको स्वायत्त प्रदेश हो । त्यो प्रदेशको पहिचानका विभिन्न पाटाहरूमध्ये एउटा कडी सम्वत् पनि हो । जसलाई किरात येले (यलम्बर) संवत् भनेर प्रचलनमा छ । यो संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो । (रेग्मी, २०६४ कार्यपत्र) चार किरात संस्था किरात सुनुवार सेवा समाज, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र किरात याक्थुङ चुम्लुङको संयुक्त रूप किरात समन्वय समितिले यो संवत्लाई ‘किरात येले संवत्’ भनेर उल्लेख गर्ने निर्णय गरेका छन् । यो संवत् भावी किरात राज्य वा किरात मूलथलो संघीय प्रदेशको साझा संवत्का रूपमा प्रचलनमा रहने छ ।

संवत् प्रयोग र यसबारे इतिहासविद्

किरात जातिहरूको समष्टि जनसङ्ख्या अनुमानित २० लाखले वर्तमान नेपालमा किरात संस्कृति र सम्पदाको बिज धानेको मानिन्छ । किरात समाजमा यो संवत्लाई लिम्बूले ‘येले तङ्बे’, राई बान्तावाले ‘येले दोङ’ र कोइँचले ‘येले थोचे’ यद्यपि अन्य किराती भाषाहरूमा पनि साल÷संवत् जनाउने शब्दमात्र राखेर प्रयोग गर्लाउँ । किरात एकताका निम्ति भने ‘किरात येले संवत्’ नै हो । राज्य नियन्त्रिक पञ्चाङ्ग निर्णायक समितिले यसैलाई ‘किरात येले संवत्’ भनेर उल्लेख गर्दा पुग्छ । 

किरात जातिहरूको समष्टि जनसङ्ख्या अनुमानित २० लाखले वर्तमान नेपालमा किरात संस्कृति र सम्पदाको बिज धानेको मानिन्छ ।

इतिहासविद् प्रा.डा. जगदीशचन्द्र रेग्मीको शब्दमा किरात वर्गीय जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसेको पाइन्छ । ‘नेपालमा पनि एतिहासिक कालमा आर्य जातिकाले मात्र हैन आर्य–इतर किरात वंशका नेताहरूले पनि राज्यशासन सञ्चालन गरेको तथ्य गोपालराजवंशावलिले सुरक्षित गरेको छ,’ उनको कार्यपत्रमा छ, ‘उक्त स्रोतमा ३२ जना किरात राजाहरूले जम्मा १९६४ वर्ष शासन गरेको थाहा पाइने र त्यसलाई इतिहासक्रममा जोड्दा इस्वीपूर्व १७७९ मा किरात वंशका पहिला राजा यलम्ले सोही गणनाअनुसार हाल ई.२०११ मा सो घटना ३७९० वर्ष पहिले भएको मान्नु पर्ने हुन आउँछ । नेपालमा किरात शासनको स्थापना गर्ने यलम्को सम्मानमा प्रचलन गर्न खोजिएको संवत् पनि सोहीअनुसार हुनु पर्ने सिद्ध हुन आएको छ । उपरोक्त विश्वासअनुसार किरात–येलम् संवत्को व्यवहार हुनु पर्ने देखिएको छ ।’ रेग्मीको तथ्यगत मतानुसार सन् २०१२ (वि.सं. २०६८ माघदेखि) किरात येले संवत् ३७९२ हुन आउँछ ।

तर समाजमा किरात येले संवत् ५०७२ भनेर प्रचलनमा छ । जुन कलिगत ४० लाई अनुमान गरी चलनमा ल्याइएको भन्ने छ । यो मतलाई निष्कर्षमा पु¥याउन प्राज्ञ बैरागी काइँलाको संयोकत्वमा गठित किरात येले संवत् अध्ययन समन्वय समिति र किरात समन्वय समितिको आयोजनामा २०६६ कार्तिक २८–२९ गते राजधानी काठमाडौंमा ‘किरात यÞेलÞे संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सम्पन्न भएको थियो । इतिहासविद्, विद्वत्त समुदायमा सम्पन्न गोष्ठीले यो किरात येले संवत्लाई तथ्यगत आधारमा निर्णायक मोडमा पु¥यायो । उक्त गोष्ठीपछि राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, संस्कृति मन्त्री, एमाओवादीका अध्यक्षलगायतलाई ‘किरात येले संवत् संविधानमा सूचिकरण गर्न’ ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।

किरात समाजमा यो संवत्लाई सामाजिक रूपमा ‘कौटुम्बिक एकताको प्रतीकको रूपमा सहर्ष स्वीकार’ गरिएको छ । यो संवत्को साझा प्रयोगले सांस्कृतिक जागरण र किरात एकतालाई उजागर गरेको मान्न सकिन्छ ।

संवत् नयाँ मोडतिर

जीवन निर्वाह र सामाजिक व्यवहार चलाउन कालगणना पद्धति आवश्यक हुन्छ र त्यस्तो पद्धति प्रयोगकर्ता समुदायको सांस्कृतिक र धार्मिक आस्थाको अनुकूल पनि भएमा त्यसको सांस्कृतिक महत्व पनि त्यत्तिकै हुने हुन्छ । किरात समाजमा यो संवत्लाई सामाजिक रूपमा ‘कौटुम्बिक एकताको प्रतीकको रूपमा सहर्ष स्वीकार’ गरिएको छ । यो संवत्को साझा प्रयोगले सांस्कृतिक जागरण र किरात एकतालाई उजागर गरेको मान्न सकिन्छ ।

किरात जातिको साङ्गोपाङ्ग अध्ययनका निम्ति यतिखेर ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) संस्था स्थापना भएको छ । यसले २०१२ जुन १० (२०६९ जेठ २८) नेपाल प्रज्ञा प्रतिष्ठानसित संयुक्त रूपमा ‘सामाजिक संस्कारको सांस्कृतिक महत्व तथा नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरूको पात्रो लेखन पद्धति’ विषय सङ्गोष्ठी सम्पन्न गरेको छ । यो संगोष्ठीले ‘किरात येले संवत्को पात्रो’ निर्माणको पहल गर्नेतर्फ दिशानिर्देश गरेको छ । नयाँ संविधान जारी हुने प्रतिक्षामा रहेका आम नेपाली नागरिकले भावी संघीय राज्यमा आफ्नो पहिचान स्थापित गर्ने नै छन् । त्यतिखेर किरात जाति पनि आफ्नै मुन्धुम, संस्कृति, भाषा, लिपि, साहित्यका साथसाथ किरात येले संवत् प्रचलनलाई व्यापकता दिने निश्चित छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।

Time Chronology of Kirat Kings

YALAMBAR FOUNDATION (Kiratology Research Centre)


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook